Suman Pokhrel's Blog: सुमन पोखरेल Suman Pokhrel, page 12
April 6, 2012
Amidst the Trees and Birds by Suman Pokhrel
Amidst the Trees and Birds
by Suman Pokhrel
Birds in the trees of my courtyard,
sing and unfurl to greet the dawn,
a serenade woven with nature's fingers,
awakens me from
the grasp of slumber.
Their melodies,
like whispers from another realm,
find their way to the sanctuary of my soul,
infusing each moment with the grace of flight.
Their song, an artist's brush
on the canvas of dawn,
strokes of melody paint stories untold,
a symphony painting rhythms
to guide the walk of the earth.
But what if,
one morning, their song should falter?
what if
these colors faded, the canvas turned blank?
Would I, stripped
of their music's tender offering,
still find the same vigor to embrace the day?
...

Published on April 06, 2012 04:42
March 14, 2012
नयाँ वर्ष (Nepali translation of Nazik Al Malikah's poem)
नयाँ वर्ष
-नाजिक अल मलाइका (इराक)
नआऊ नयाँ वर्ष
हाम्रा घरमा ।
प्रेतको दुनियाँबाट आएका,
मानिसबाट नपत्याइएका घुमन्ते हौँ हामी ।
रात सधैँ हामीलाई छोडेर भाग्ने गर्छ,
भाग्यले सखाप पारेको छ हामीलाई ।
हामी घुमन्ते आत्माहरूझैँ बाँच्ने गर्छौँ,
कुनै स्मृति बिना,
सपना र इच्छाहरू बिना,
आशाहरू बिना ।
धमिल्लिएका छन् हाम्रा दृष्टिका क्षितिजहरू
जमेको दहको खराने रङ्गजस्तै भएर,
धड्कनविहीन, उष्णताविहीन
र कविताले नङ्ग्याइएका छन्
मौन छन् हाम्रा आँखिभौँजस्ता ।
जीवन के हो भन्ने नबुझी बाँच्ने गर्छौँ हामी ।
खुरुखुरु जाऊ नयाँ वर्ष ।
तिम्रा पाइलालाई हिँड्न सिकाउने बाटाहरू प्रसस्त छन् ।
हाम्रा त नशाहरू पनि कठोर काँसले बनेका छन्
र हामीलाई दु:खका बारेमा केही थाह छैन ।
हामी मरिसकेकाहरूमा गनिन चाहेर पनि
चिहानले नस्वीकारेका जन्तु हौँ ।
हामी त्यस वर्षदेखि इतिहास लेख्न चाहन्छौँ
जबहामी एउटै ठाउँमा बाँधिइरहनु भनेको को हो भन्ने बुझ्न सक्ने हुनेछौँ
जब हाम्रा अनुहारलाई अँध्यारामा बेर्नलाई
हाम्रै लागि भनेर हिउँले हिउँद ल्याउन थाल्नेछ ।
जब कुनै दिन स्मृति, वा आशा वा पछुतोले
हाम्रो देशको बाटो थुन्नेछ,
जब हामी बौलठ्ठीपनबाट डराउन थाल्नेछौँ,
वा यदि निरन्तरको यात्रा र ठक्कर
वा कुनै असम्भव प्रेमको पीडाका कारण बिथोलिन थाल्नेछ
हाम्रो जीवन ।
हामी इतिहास त्यसबेलादेखि लेख्न थाल्नेछौँ
जब हामी
अरू मान्छेहरू कै जसरी मर्न सक्ने हुनेछौँ ।
(अनुवाद- सुमन पोखरेल)
Nazik Malaikah
Suman Pokhrel

Published on March 14, 2012 11:03
December 18, 2011
जिन्दगीका चोटहरूले चहर्याउँदा छाती (गीत)
गीत
- सुमन पोखरेल
जिन्दगीका चोटहरूले चहर्याउँदा छाती
रक्सिएर रम्न खोज्छु जब हुन्छ राति
साथीहरू नरिसाउनु मात्यो एक्लै भनी
हर प्यालामा मिसिएको छ घात आँसु बनी
म त कहिल्यै एक्लो हुन्न पीर हुन्छ साथी
रक्सिएर रम्न खोज्छु जब हुन्छ राति
भीडबाट टाढिएर संसार हेर्दै मातिन्छु
हर चीजलाई बेग्लै देखी एक्लै आत्तिन्छु
लाग्छ त्यस्तो बाँच्नु भन्दा यस्तै बाँच्नु जाति

Published on December 18, 2011 09:32
December 13, 2011
हराएछन् सबै आश जिन्दगीका मेरा (गीत)
गीत
- सुमन पोखरेल
हराएछन् सबै आश जिन्दगीका मेरा
अत्याउँछन् सबै त्रास जिन्दगीका मेरा
साथ दिने रक्सी नै छ आजकल मेरो
भट्टी नै छ घरजस्तो आजभोलि मेरो
भत्किएछन् सबै बास जिन्दगीका मेरा
हराएछन् सबै आश जिन्दगीका मेरा
जिउँदैरहेँ बहुलाजस्तो एक्लै कराउँदै
आफूसँगै पिउँदै रहेँ आफैँ हराउँदै
पोखिएछन् सबै प्यास जिन्दगीका मेरा
हराएछन् सबै आश जिन्दगीका मेरा
- सुमन पोखरेल
हराएछन् सबै आश जिन्दगीका मेरा
अत्याउँछन् सबै त्रास जिन्दगीका मेरा
साथ दिने रक्सी नै छ आजकल मेरो
भट्टी नै छ घरजस्तो आजभोलि मेरो
भत्किएछन् सबै बास जिन्दगीका मेरा
हराएछन् सबै आश जिन्दगीका मेरा
जिउँदैरहेँ बहुलाजस्तो एक्लै कराउँदै
आफूसँगै पिउँदै रहेँ आफैँ हराउँदै
पोखिएछन् सबै प्यास जिन्दगीका मेरा
हराएछन् सबै आश जिन्दगीका मेरा
Published on December 13, 2011 09:23
November 16, 2011
कति मिठा कति न्याना (गीत)
https://soundcloud.com/sumanpokhrel/k...
गीत
-सुमन पोखरेल
कति मिठा कति न्याना तिम्रा प्रीतका वर्सात्हरु
आज आफैँ सुकिगए यी आँखाका प्रपातहरू
रमाइला रातहरू बेहोशीका वातहरू
खुलेका ती केशहरू सङ्गीतमय हातहरू
अङ्गअङ्ग जताततै यौवनका मातहरू
केलाई छोऊँ केलाई चुमूँ के दिऊँ म सौगातहरू
किन यति छोटा हुन्छन् मधुमासका रातहरू
मनमा कहिल्यै नसकिने पीरतीका बातहरू
खुसी खोस्न आइहाल्छन् यहाँ फेरि प्रभातहरू
कहाँ लुकाऊँ कता लुकाऊँ यी रमाइला साथहरू

Published on November 16, 2011 23:16
October 31, 2011
Setting Fire on Desires by Suman Pokhrel.
Setting Fire on Desires
by Suman Pokhrel.
Let there be fire set to all my desires.
I’d extinguish it if I could,
or be devoured by its flame.
The breeze I clutched, thinking love was only fire,
the feeling I groped assuming love was nothing but a fire.
every fervent gasp, flickers of heat;
keep a spark alive in your heart, too,
I’d extinguish it if I could,
or be devoured by its flame.
Every sigh of longing, just another ember,
the moments I lived, as I believed life was all flame;
let there be a pyre kept for me somewhere,
I’d extinguish it if I could,
or be devoured by its flame.
.................................
(Original work written in March 2002 as मेरा सबै रहरहरूमा आगो लाउँला म [Mera Sabai Raharharuma Aago Launla Ma], in Nepali. Published in मलाई जिन्दगी नै दुख्दछ Malai Zindagi Nai Dukhdachha , 2016, p. 15. Biratnagar: Sirjan Publications.)
Translated by the poet himself.

Published on October 31, 2011 09:18
October 18, 2011
रुख – २ (कविता)
रुख – २
- सुमन पोखरेल
हाँगामा चढेर प्रदर्शित गरे आफूलार्इ
र बैठक र मन्दिर चहार्दै हराए फूलहरू।
कुनै आकारमा अटाउन नसकेर बेठेगान दौडिरहे नदीहरू।
असङ्ख्य गन्तव्य बोकेर जताततै बराल्लिइरहे बाटाहरू।
म भने उही माटालार्इ समाएर
उभिइरहेछु निरन्तर।
कति युगल मेरो फेदमा बसेर
कल्पनाको संसार उडी रमाए,
ढाकर बिसाएर कति भरियाहरू
मेरो आडमा रहरको जीवनजस्तै सपना निदाए।
केटाकेटीहरू हाँगाहाँगामा उफ्रिएर
बाल्यकाल सम्झाउने चिनो बोकी हुर्किएर गए।
बेतोडले कुदेका हावाका झुन्डहरू
मेरा पातमा बसी एक छिन साउती मारेर आकाश खेद्दै क्षितिजतिर दौडिए,
बचेराहरू मेरै हाँगामा काढिएर
पँखेटा उमारी जीवन बोकेर उडे,
थकानले आफैँलार्इ बिर्सी आइपुगेका यात्री पनि
मेरो छायामा बौरिए र आफूलार्इ लिएर गए।
कतिपल्ट दिनभरि हिर्काएर घामले
उभिएको ठाउँबाट खेद्न खोजिरह्यो मलार्इ,
पानीले चुटेर मलार्इ नै पानी बनार्इ बगाउन खोज्यो,
आँधीले ठेलेर उडाउने चेष्टा गर्दै
कतै पुर्याएर आफैँजस्तै बिलाइदिन खोज्यो।
इन्द्रेनी बोकेका किरणहरू पनि अडिएनन्,
नौमती बाजा र एकोहोरो शङ्खका आवाजहरू पनि
पालैपालो आए र कतै गइरहे।
घरबाट निस्कनुअघि चार दिन परको बटुवा
मेरो छहारीमा एकपल्ट सुस्ताएर हिँड्ने सोच्दछ,
मेरा हाँगामा चल्ला काढ्ने निधो गरेर
चराहरू वसन्त बोलाउँछन्,
कतै हराइयो भने यहीँ भेट्ने भनेर बाटाहरू छुट्टिन्छन्,
आँधीले खेद्दै ल्याएका धुला र कसिङ्गरहरू
मेरा पातमा छेलिएर थकाइ मार्छन्।
बर्षाको कुटाइले पानी भएको माटो
मेरा जरा समाएर आफ्नो अस्तित्वमा फर्कन्छ।
बिजुलीले आँखै बिर्साउने गरी नाचेर लोभ्याउन खोजिरहे,
चट्याङहरूले तर्साएझैँ गरिरहे,
बादलहरूले पानी छ्याप्दै ब्यूँझाउन खोजेझैँ गरिरहे।
हिँडू लागेन
यहाँबाट कहिल्यै मलार्इ।
फागुन २०६३, विराटनगर
Jeevanko Chheubaata

Published on October 18, 2011 20:29
October 13, 2011
त्यस्ती ठानेछौ तिमीले मलाई (Nepali Translation of Anna Akhmatova's Poem
त्यस्ती ठानेछौ तिमीले मलाई
-अन्ना आख्मातोभा
त्यस्ती पो ठानेछौ तिमीले त मलाई।
तिमी मलाई चटक्कै बिर्सन सक्नेछौ,
र
म चाहिँ अनुनय गर्दै रुनेछु, र
आफूलाई समाप्त गर्नेछु, भन्ठानेछौ।
अथवा म
जोखाना देखाउन पुग्नेछु कुनै बुढीबजू कहाँ
माग्नेछु जडिबुटीबाट बनाएको कुनै मोहनीओखती र
मन्त्र फुक्न लगाई
पठाउनेछु
मेरो अमूल्य सुगन्धित रुमालको व्याकुल उपहार तिमीलाई- भन्ठानेछौ।
भुत्रैसित्ति!
म तिम्रो अभिशप्त मनलाई
संवेदनले भिजेको आँसु वा
हेराइको एक झिल्कोसम्मले पनि
अनुगृहित गर्ने छैन।
म वचन दिन्छु तिमीलाई, परीहरूको बगैँचाछेउ उभिएर,
म वचन दिन्छु, हुनै नसक्नेलाई पनि सम्भव गराइदिने देवीथानबाट,
र हाम्रा रातहरूका ज्वाला र तिनका धूँवाछेउबाट -
तिमीलाई भेट्न अब
कहिल्यै आउने छैन म।
(मूल रसियनबाट रिचर्ड म्याककेनेले गरेको अङ्ग्रेजी अनुवादको सुमन पोखरेलद्वारा नेपालीमा अनुवाद)
Anna Akhmatova

Published on October 13, 2011 10:02
September 17, 2011
दिनदिनको उतारचढाव विपना गाह्रो लाग्छ (गीत)
गीत
- सुमन पोखरेल
दिनदिनको उतारचढाव विपना गाह्रो लाग्छ
ब्युँझूँ भने तिमी हुन्नौ सपना प्यारो लाग्छ
हेरिदिन्छ्यौ, मुस्काउँछ्यौ, लजाउँछ्यौ पनि
खुलिदिन्छ्यौ आफ्ना मनका सबै कुरा भनी
त्यसैले त तिम्रो मेरो बन्धन दह्रो लाग्छ
ब्यूँझूँ भने तिमी हुन्नौ सपना प्यारो लाग्छ
नजीक आई सोधिदिन्छ्यौ के छ खबर भनी
छोइदिन्छ्यौ औँलाहरूले चुमिदिन्छ्यौ पनि
कति कोमल स्पर्श यो फूल साह्रो लाग्छ

Published on September 17, 2011 09:37
August 20, 2011
ताजमहल (Nepali translation of Sahir Ludhiyanvi's poem "Tajmahal"
ताजमहल
-साहिर लुधियानवी
ताज तिम्रा लागि प्रेमको अनुपम प्रतीक नै भए पनि
त्यस सुरम्य ठाउँ प्रति तिमीलाई अगाध श्रद्धा नै भए पनि
मेरी प्रिया, हामी कहीँ अन्तै भेट्ने गरौँ ।
राजदरवारमा गरीवको प्रवेशको के अर्थ ?
राजसी वैभवका चिन्ह टाँसिएका बाटामा
प्रेमले भरिएका मुटुहरू यात्रा गर्नुको के अर्थ ?
मेरी प्रिया, प्रेमको विज्ञापनको पर्दा पछिल्तिर
देख्यौ नै होला तिमीले वैभवका अनेकन् चिन्हहरू
मृत शासकहरूको चिहानमा रमाउने तिमीले
आफ्नो अँध्यारो छाप्रोलाई एकचोटी सम्झे हुन्थ्यो बरू ।
असङ्ख्य मानिसले गरेका छन् प्रेम यो संसारमा
को भन्न सक्छ तिनका भावना पवित्र थिएनन् भनेर,
थिएनन् तर तिनीहरूसँग प्रचारका सरदामहरू
किनभने तिनीहरू पनि निर्धन थिए हामी जस्तै ।
स्वेच्छाचारी राजाहरूका महानताका स्तम्भ
यी महल र चिहान, यी किल्ला, यी पर्खाल,
दुनियाँको बर्कोमा बुट्टा हान्ने ती रङ हुन्
जसमा मिसिएको छ तिम्रा-मेरा पुर्खाको रगत ।
मेरी प्रिया ! तिनीहरूले पनि त गरेथे होलान् प्रेम
जसका हातका कलाले दिए यसलाई सुन्दरता
तिनका प्रेमका चिहानहरू परिचय नपाई हराए
बालेन आजसम्म कसैले एउटा दीयोसमेत तिनमा ।
यी बगैँचा, यो जमुनाको तट, यो महल
यी बुट्टेदार ढोका र खोपाहरू, यी मेहराब, यी पर्खाल
एउटा बादशाहले सम्पत्तिको आडमा
हामी गरीबको प्रेमको खिल्ली उडाएको छ ।
मेरी प्रिया हामी कहीँ अन्तै भेट्ने गरौँ ।
(उर्दूबाट अनुवाद- सुमन पोखरेल)
Sahir Ludhianvi

Published on August 20, 2011 00:25
सुमन पोखरेल Suman Pokhrel
This blog contains the literary works of poet, lyricist and translator Suman Pokhrel.
- Suman Pokhrel's profile
- 125 followers