Suman Pokhrel's Blog: सुमन पोखरेल Suman Pokhrel, page 16
September 8, 2010
غزل
غزل
سُمن پوکھريل-
ہمارے عشق کو رلّگي سا خبر نۂ بنایا ہوتا
اے سنگ رل، تونے محبّت کوذھد نۂ بنایا ہوتا
خنضر- سیاھہ – شب کیسکیس کو ماد لیتا کیا پتا
آنشوعوں نے رھو رھو کے اگر حم نے سحر نۂ بنایا ہوتا
اس آوارگی مے کہاں جاکے بھٹکتے حم یاروں
اگر لوگوں نے اس گاوں کو شحر نۂ بنایا ہوتا
اک کام تو تو نے بھی اچچھا کیا ہے سُمن !
پاگل کہلاتا اگر خورکو شاعر نۂ بنایا ہوتا ۔
Suman Pokhrel

Published on September 08, 2010 02:10
August 15, 2010
काठमान्डौ ओर्लेपछि (कविता)
काठमान्डौ ओर्लेपछि
- सुमन पोखरेल
काठमान्डौ ओर्लेपछि
एकाएक छाती रित्तो लाग्छ।
मायालुले छोडेर गएको मुटुजस्तै,
सपनाले छोडेर गएको आँखाजस्तै।
आफैँ बाँच्न नभ्याउने काठमान्डौले
मायालुजस्तो सुन्दर गीत रच्न सकेन।
बिपना भोग्न नपाउने काठमान्डौले
जीवनजस्तो राम्रो सपना देख्न सकेन।
प्रेयसीका ओठजस्तै गीत रचूँ भनेर
आफ्ना आँखाजस्तै सपना देखूँ भनेर
छोडेको हुँ काठमान्डौ उहिले।
काठमान्डौ छोएपछि जहिलै पनि
रित्तो भएको मनभित्रको कुनै रित्तो कोठामा लगिरहन्छ,
यी उज्यालो छोप्न बलेका बत्तीहरूले जलाइरहेछन् खोरम्पाहरूका बस्तीहरू।
यी लङ्गडा दौडाइहरूले कुल्चिरहेछन् तमाम अकाठमान्डौका
कोमल-निर्मल सपनाहरू,
यी खोक्रा उचाइहरूले प्रत्येक पल निहुर्याइरहेछन्
स्वाभिमानी ळशिरहरूलार्इ।
जीवन देख्दै नदेखी
जीवनको भ्रममा रिक्तता बाँचिरहेझैँ
कहीँ नपुग्न तँछाडमछाड गरिरहेको काठमान्डौलाई छोएपछि
जीवन साँच्चै रिक्तताभन्दा ज्यादा रित्तो लाग्छ।
जीवनको सुन्दरता तुलना नगर्दै मात्र जीवित रहन्छ कि कसो!
काठमान्डौ रहुन्जेल नछामे पनि रित्तो लागिरहन्छ छाती,
पानीले छोडेर गएको खहरेजस्तै
आँधीले छोडेर गएको खण्डहरजस्तै।
छाम्छु, उफ्!
सनातनदेखिको रित्तो लाग्छ
मानौँ मेरो छातीमा कहिल्यै कुनै छाती नै थिएन।
जीवनको गहनता त एक्लै बाँचिरहँदा मात्र गह्रौँ हुने रहेछ।
हरेकपल्ट काठमान्डौ ओर्लेपछि यस्तै लाग्छ।
(फागुन २०६०, काठमान्डौ)
Jeevanko Chheubaata

Published on August 15, 2010 22:57
August 6, 2010
मैले लेखेको नै स्वतन्त्र रहनका लागि हो
मैले लेखेको नै स्वतन्त्र रहनका लागि हो
– सुमन पोखरेल (Suman Pokhrel)
(साहित्यिक त्रैमासिक पत्रिका 'मोनालिया'सँग सुमन पोखरेलको अन्तर्वार्ता)
मोनालिया :-
कविता लेख्दा तपाईँ एउटा आम विषयमा प्रवेश गरेर नौलो परिवेश निर्माण गर्नहुन्छ, त्यहाँबाट फर्कँदा कस्तो लाग्छ ?
सुमन पोखरेल :–
कविता भनेकै आम विषयलाई नियमित गन्जागोलबाट झिकेर एउटा सुन्दर परिदृष्यमा पुर्याउनु हो भन्ने लाग्दछ, मलाई । त्यसो भयो भने कविता बन्यो जस्तो लाग्दछ । साँच्चैको कविता लेखियो भने कविताले सिर्जना गरेको परिवेशबाट फर्कँदा एउटा मीठो सपनाबाट ब्यूँझिएझैँ, प्रेमको उत्कर्षले जोडेको अन्तरङ्ग मिलनबाट आफूलाई झिकेर निस्किएझैँ, तमाम बोझहरू बिसाएर रित्तिएझैँ र बाँच्नुको सार्थकता भेट्टाएर फर्किएझैँ लाग्दछ; एक किसिमको समाधीबाट फर्किए झैँ लाग्दछ ।
मोनालिया :-
साहित्य सोख, नसा वा कर्तब्य ? तपाईँका लागि ?
सुमन पोखरेल :–
सुरुसुरुमा रहरले पनि पढियो, लेखियो होला । पछि बिस्तारै यो एउटा सोखजस्तो भयो । अहिले आएर हेर्दा यो एक प्रकारको नसानै भइसक्यो, त्यही लतका कारणले पढ्छु, लेख्छु । कर्तब्यको कुरा भने पठनभन्दा लेखनसँग ज्यादा सम्बन्धित छ जस्तो लाग्दछ, । कतिपय अवस्थामा कर्तब्य पुरा गर्न पनि लेख्नु पर्ने हुन्छ, तर कर्तब्य ठानेर मैले कम नै लेखेको छु ।
मोनालिया :-
एक नागरिक सुमनको सुरक्षामा कवि सुमनले विद्रोह गर्नसकेको छैन नि ? तपाईँ नरम धारमा उभिन मनपराउनु हुन्छ । आफ्नो धारणा बताइदिनोस् न!
सुमन पोखरेल :–
मैले कतै लेखेको पनि छु, म विचारमा विद्रोही र ब्यवहारमा सम्झौताबादी हुँ, भनेर । मेरो कविले विद्रोह गरेकै छ, बरु ब्यक्ति नरम किसिमको छ । म यस्तो देख्छु; बाहिरबाट त तपाईँहरूले देख्ने हो । तै पनि यो प्रश्न पो उल्टो भयो कि जस्तो लाग्दैछ, यहाँनिर मलाई ।
मोनालिया :-
के अझै जीवनको छेउमा हुनुहुन्छ ? जीवनसँग जम्काभेट भएको पनि लेख्नु भएको छ । के जीवनसम्म पुग्नु भएको छैन ?
सुमन पोखरेल :–
जीवनको छेउमा हुनुका विविध अवस्थाहरू हुन सक्छन् । एउटा, जीवनसम्म पुग्न बाँकी भएको; एउटा, जीवनलाई पार गरेर पल्लो छेउतिर पुगेको; अर्को, जीवनभित्र राइफाँडो गरिवरि फर्किएर छेउमा उभिएको र अर्को, जीवनलाई अँगालो हालेर सहारा दिँदै सँगसगैँ हिँडेको । मेरो शीर्षक यो चौथो अवस्थासँग सम्बन्धित छ ।
मोनालिया :-
एक साहित्यकारको नाताले यो देशको समकालिन परिवेशलाई कसरी नियालिरहनु भएको छ ?
सुमन पोखरेल :–
साहित्यकारलाई देशको अवस्थासँग त्यसले सिर्जना गर्ने कलात्मक कलेबरसम्म मात्र सरोकार रहन्छ । त्यसभन्दा ज्यादा साहित्यकारले गरेको जेजति चासो देख्दछौँ हामी, त्यो एउटा नागरिकले गरेको चासो हो । "आमाको सपना" नागरिक गोपालप्रसाद रिमालको सपना हो, जसमा कवि रिमालले कला भरिदिए । "एन्जिनो पेक्टोरिस" क्रान्तिकारी बन्दी नाजिम हिकमतको दुःख हो, जसलाई कवि नाजिम हिकमतले शब्दले सिँगारे । "काठमान्डु एक्लैले काठमान्डु बोक्न सक्दैन" एउटा आम अकाठमान्डेली नेपाली नागरिक कृष्णभूषण बलको पीडा र आक्रोश हो, जसलाई कवि कृष्णभूषण बलले अभिब्यक्ति दिए ।
आन्दोलनमा सामेल भएर जुलुसमा नागरिक हामी हिँडेका हौँ । त्यसैले देशलाई मैले एक आम नेपाली नागरिकले जस्तै नै हेरिरहेको छु । र भन्नै पर्दा, जे जे हुनुपर्थ्यो ती भइरहेका छैनन् वा कम भएका छन् र जेजे नहुनु पर्थ्यो ती निरन्तर भइरहेका छन्, मेरा दृष्टिमा ।
मोनालिया :-
आख्यान जति कविताका किताब पढिँदैनन् भनिन्छ, कविता लोकप्रिय हुन नसकेकै हो कि ?
सुमन पोखरेल :–
नसके कै हो । कविता अभिब्यक्तिको उच्चतम् माध्यम हो । कविताले आफू लेखिएकै भाषाभित्र नयाँ भाषाको आविस्कार गर्छ । आम मान्छेले सँधै बोल्ने भाषामा राम्रो कविता लेखिँदैन । अशिक्षाका कारणले चेतनाको कमी भएको हामी सबैले स्वीकार गरेको हाम्रो यथार्थ हो । यही दुर्दशा ब्याख्या गरेर हाम्रा राजनीतिकर्ताहरू नेता भइटोपल्या छन् । यही नाराको छायामा यहाँ कतिको जीवन निर्वाह भइरहेको छ । लोकको अधिकांश भाग यस्तो भएको अवस्थामा कविता कसरी लोकप्रिय हुन सक्छ । हामी कहाँ शिक्षित भनिएकाहरू पनि अधिकांशतः पत्रिकासाक्षर (newspaper-literate) मात्र छौँ । साहित्य सबैका लागि लेखिने भएता पनि यो जसले तसले सजिलै खेलाउन सक्ने खेलौना हैन । त्यसमा पनि कविता सबैभन्दा माथि ईन्द्रेणीजस्तो टाँगिएको हुन्छ, कतिपय त यसको बिँड खोज्दाखोज्दै जीवन गुज्रिसकेको थाहै पाउँदैनौँ ।
छयालीस सालपछि हामीकहाँ पत्रपत्रिकाहरू बढे, पढ्ने मान्छेको सङ्ख्या बढ्यो, तर स्तरीयता र गहन अध्ययनशिलता त्यस अनुरूप बढ्न सकेन । तर अहिले आशा लाग्दो हुँदैछ, परिवेश । पत्रिका पढ्नेहरू राम्रा कथा पढ्न थाल्या छन्, उपन्यासतिर तानिँदैछन् । अबका पच्चीस–तीस बर्षपछि कविता पढ्नेहरू पनि
निस्कन्छन् भनेर मलाई आश लाग्न थाल्या छ ।
अर्कातिर हामी कविता भनेर जे पायो त्यही लेखिरहेका, छापिरहेका पनि छौँ । कविता भन्दै पत्रिकाहरूमा विकृतिका जुलुसका नाराजस्ता अर्थहीन, कलाको आभाषसम्म नभएका शब्दका केके जाति थुप्राहरू छापिरहेका छौँ । त्यसले कवितातिर आकृष्ट हुनसक्ने आम मान्छेलाई झन टाढा खेदिरहेको छ । हामीलाई
मनमा, मष्तिष्कमा जेजे आउँछ, तिनलाई लेख्ने बित्तिकै कविता भै हाल्ने हैन । जब हामी हामीले लेखेका जे सुकै पनि कविता हुन् भन्न छाड्छौँ र कविता भनेर कविता मात्र छाप्न थाल्छौँ, त्यसपछि आफैँ पाठक पाउने छौँ भन्ने लाग्दछ ।
मोनालिया :-
के अहिले साहित्यमा साधना र क्षमताभन्दा विज्ञापन र प्रदर्शनको स्तर उच्च भएको जस्तो लाग्दैन ?
सुमन पोखरेल :–
यसको उत्तर त यही प्रश्न मै भएजस्तो लाग्यो । तर स्तरविहीन लेखेर विज्ञापन गर्नेहरूले कहिलेसम्म विज्ञापन गरिरहने ? सामर्थ्य नभएका रचनाहरू समयको चाल्नीबाट बिस्तारै आफैँ चालिँदैजान्छन्, बाहिरिँदै जान्छन् । साहित्यको लेखन एक वर्ष दुई वर्ष वा केही वर्षका लागि हैन । "पछि जे होला होला, यो हात चैँ जितूँ" भनेर खेलिने जुवाजस्तो हैन साहित्य भनेको । चकलेट, सेम्पू वा रक्सी, र साहित्यमा धेरै अन्तर छ । तर बढी विज्ञापन गरिएका सबै कृतिहरू स्तरविहीन नै हुन्छन् भन्ने पनि छैन । केही हदको विज्ञापन यस युगको आवस्यकता पनि हो ।
मोनालिया :-
गीतिसङग्रह र गजलमा कुन पहिला छाप्नुहुन्छ ?
सुमन पोखरेल :–
यसमा मैले केही सोचेको छैन । उनान्साठ्ठी सालमा मेरो पहिलो गीतसङग्रह प्रकाशित हुँदा ताका नै अरू दुई सङग्रह पुग्ने गीत थिए, अहिले तिनमा केही थपिएका छन् । सङग्रह निकाल्छौँ भनेर नेपाल मुस्लिम यूथ कमिटिका साथीहरूले मेरा उर्दू गजलहरू मेरो पहिलो कवितासङग्रह निस्कनु भन्दा एक वर्षअघि चौवन्व सालमै लग्नुभएको अहिलेसम्म छापिएको छैन । यो पनि परिवेशको सामञ्जस्यको कुरा रहेछ, जसको साइत जहिले जुर्छ तहिले छापिने रहेछ । यी गीत, गजलभन्दा पहिले अनुवादहरूको एउटा सङग्रह आउलाजस्तो लाग्दैछ मलाई । सबै अनुकूल रहे विभिन्न भाषाबाट अङ्ग्रेजीमा अनुवाद भएका विभिन्न देशका कविहरूका कविताको नेपाली अनुवादको एउटा सङग्रह आउला, एक डेढ वर्षभित्र । म अहिले त्यसमा काम गर्दैछु ।
मोनालिया :-
समकालिन सहित्य परिवृत्तमा आफ्ना किताबको चर्चा कम भएजस्तो लाग्दैन ?
सुमन पोखरेल :–
केही चर्चा त भइरहेकै छ । यसलाई कसरी मापन गर्नु र ? कसैले पनि आफूलाई जे मनपर्छ त्यसैको चर्चा गर्ने हो । मनपर्नका लागि चाहिने उत्प्रेरक तत्वहरू अलगअलग हुन सक्छन्, त्यो अर्कै कुरा हो । र अर्को महत्वपूर्ण कुरा समय हो । समय कहिल्यै मर्दैन, मेरा रचना चर्चा गर्न योग्य रहेछन् भने कुनै समयमा तिनको थप चर्चा हुनेनै छ । म मेरा कमजोर रचनालाई महत्वाकांक्षाको रथ चडाएर क्षणभरको योद्धा बनाउन चहन्न । मेरा कवितामा सामर्थ्य छ भने, कालान्तरसम्म ती आफैँ आफ्नो युद्ध लडिरहेछन् र जितिरहनेछन् ।
मोनालिया :-
स्वतन्त्र सहित्यको पक्षमा हुनुहुन्छ कि तपाईँ कुनै परिभाषाको खेमा मन पराउनु हुन्छ ?
सुमन पोखरेल :–
म कुनै खेमामा बाँधिन चाहन्न । लेखक, कविका रुपमा म एक स्वतन्त्र लेखक हुँ र ब्यक्तिमा म एक स्वतन्त्र नागरिक । मैले लेखेको नै स्वतन्त्र रहनका लागि हो, म कुनै खेमामा बाँधिएर पराधिन हुन चाहन्न । साहित्य स्वतन्त्र रहुन्जेल नै सवल रहने रहेछ, खेमा समातेपछि साहित्य साहित्य नभएर नारा हुने जोखिम हुँदोरहेछ । विश्वभरि यही देखिएको छ । ओक्टाभियो पाजले खेमाको एउटा खुडि्कलामा बसेर लेखेका कविताभन्दा त्यहाँबाट उक्लिएर लेखेका कविताहरूले नै उनलाई कवि भनेर चिनायो । साहिर लुधियानवीले खेमाको ओडारबाट लेखुन्जेल पर्चा मात्र लेखे त्यहाँबाट निस्केपछि कवि भए । पाब्लो नेरुदा, नाजिम हिकमत, ल्याङ्ग्स्टन ह्यूज, भूपि शेरचन वा फैज अहमद फैजहरूले पनि बन्द अवस्थामा वा बन्दी भएर स्वतन्त्रता, न्याय, प्रेम र जीवनका पक्षमा लेखेका साहित्य भए, मुक्त भएर खेमाको फलैँचामा बसेर लेखेका केवल पर्चा भए । यसरी हेर्दा, कुनै पनि लेखन जीवन र जगतको पक्षमा लेखुन्जेल, न्यायका पक्षमा लेखुन्जेल मात्र साहित्य रहने रहेछ । कुनै खेमाको गोडा समाएपछि त्यसले गरेका अन्याय, अनियमितता र जेसुकैको पनि पक्षमा लेखिन थाल्दोरहेछ र साहित्यको रूप विकृत भएर बिस्तारै नारामा परिणत हुन थाल्दोरहेछ ।
मोनालिया :-
खेमामा आबद्ध भएर लेख्नेहरूलाई के भन्नु हुन्छ त ?
सुमन पोखरेल :–
बन्द परिवेशमा सम्पूर्ण मानवजातीको स्वतन्त्रता र न्यायका लागि लेख्नु, युगको अत्यन्त सङ्कटग्रस्त विन्दुमा धर्तीको रक्षाका लागि लेख्नु र खुल्लामा एउटा पक्ष विशेषसँग टाँसिएर आफ्ना स्वार्थका लागि लेख्नु अलग कुरा हुन् । तर खेमामा बाँधिएर लेख्नेहरूसँग मेरो कुनै विमति भने छैन, जीवन सबैले आफूले सजिलो ठानेका ठाउँबाट बाँच्न पाउनु पर्छ । आखिर, लेख्नलाई पनि पहिले त बाँच्नु पर्यो नि! जो स्वतन्त्र भएर बाँच्नै जान्दैन वा सक्दैन, अथवा जो कसैको अधिनमा रहन चाहन्छ, त्यसले खेमाको शरणमा पस्नु अपरिहार्य हुन्छ । र राजनीतिले धुजाधुजा पारेको यस मुलुकको वर्तमानमा स्वतन्त्र भएर बाँच्न निक्कै कठीन पनि छ । यसमा पनि लेखक भएपछि स्वार्थवस् कुनै खेमातिर जानु र कुनै खेमामा तद्अनुरूपको कुनै विशेष भूमिकामा रहेर लेखक पनि हुनु फरकफरक अवस्था हुन् ।
मोनालिया :-
राज्यले साहित्यप्रतिको दायित्व कत्तिको निर्वाह गरेको ठान्नुहुन्छ ?
सुमन पोखरेल :–
राज्य, जनताजस्ता शब्दहरूका बारेमा म विगत दशबार्हर वर्षदेखि सोचमग्न छु । को हो यो राज्य भनेको ? वा जनता भनेको ?
हामी विविध किसिमले काम नलाग्ने भइसकेका छौँ, जस्तो लाग्दछ मलाई कहिले काहीँ । र आफ्ना कमजोरीमा पनि राज्य वा सरकार वा सम्बन्धित निकाय जे छ अगाडि, त्यसैलाई दोष लागाउँछौँ र त्यसैलाई गाली गर्छौँ । किनभने त्यसले हतपत मुख फर्काउँदैन ।
हुन त राज्यले आफ्नो दायित्व कतै पनि निर्वाह गरेको छैन । यहाँ सुतिरहेको नागरिकको ज्यानको सुरक्षा
छैन, केटाकेटीका सपनाको सुरक्षा छैन, आँखाहरू उज्यालाबाट वञ्चित छन्, तिर्खाले पानी खान पाउँदैन, यात्राहरूका गोडा बाँधिएका छन्... अनेकौँ छन् यस्ता कुरा । मानव विकास प्रतिवेदन हेर्नुहोस् न !
यस्तो मुलुकमा कला, साहित्यको के कुरा गर्नु ? यहाँ बाँचीबाँची कविता लेख्न सकिँदैन । मैले अघिनै पनि भनेँ, त्यो अवस्था आउन अझै पच्चिस–तीस वर्ष लाग्छ, कम्तिमा । हामीले कविता कि त बाँच्न छोडेर लेख्नुपर्छ कि त बाँचिसकेर लेख्नु पर्छ । यस्तो स्थितिमा राज्यले के नै गरोस् र ? नागरिकलाई शिक्षित बनाउने हो; शिक्षामा, स्वास्थ्यमा काम गर्ने हो, गरिरहेकै छ ।
राज्यले एकेडेमी बनाइदिएको छ । खर्च धान्दिएको छ । गरेकै छ । तर त्यहाँ पुग्ने त ब्यक्तिहरू, कविसाहित्यकारहरू हुन् नि; तपाईँ हामी हौँ नि ! के हामीहरू आफ्नो दायित्व निर्वाह गर्दैछौँ ? यसरी मुलुकको समष्टिगत रूप हेर्दै आफूसम्म आइपुग्दा राज्यले साहित्यलाई विशेषरूपमा वा दुराग्रह राखेरै अपहेलना गरेको जस्तो देखिँदैन । जेजति गरेको वा नगरेको छ, त्यसको कारण असक्षमता हो , नियत हैन
जस्तो लाग्दछ । अब, असक्षमता दोष हो वा हैन, त्यो अर्कै कुरो हो ।
मोनालिया :-
अन्त्यमा मानवीयता केन्द्रित तपाईँको कविताको एक प्रश्न तपाईँलाई नै – जीवनले मायाको सिर्जना गर्छ कि, मायाले जीवनको ?
सुमन पोखरेल :–
यो त मेरै प्रश्न हो नि ! यसका बारेमा त तपार्इँले मलाई ब्याख्या गरिदिनु हुन्छ कि भन्ने आश थियो । उल्टै मैतिर पो आयो त यो !
मलाई दुबैले एकआपसको सिर्जना गर्दछन् जस्तो लागेर यो लेखेको हुँ । जीवन अस्तित्वमा आउँछ र मायाको सिर्जना गर्दछ । र फेरि मायाबिना जीवन हुर्कनै सक्दैन । अनि जीवन नै हो कि हैन जसरी बाँचिरहेको जीवनमा माया प्रवेश गर्दछ र प्ररूप मात्रको जीवनमा साँच्चैको जीवन भरिदिन्छ । यस्तो लागेकाले मैले त्यो अभिब्यक्त गरेको हुन सक्छ ।
मोनालिया :-
आफ्नो साधनाको समय हामीलाई दिनुभएकोमा धन्यवाद ।
सुमन पोखरेल :–
यहाँहरूलाई पनि धेरैधेरै धन्यवाद ।
(साहित्यिक त्रैमासिक पत्रिका 'मोनालिया, अङ्क २, साउन - असोज २०६७' सँग सुमन पोखरेलको अन्तर्वार्ता)

Published on August 06, 2010 21:55
July 16, 2010
थुनेर चाहना निरस भएँ (गीत)
गीत
- सुमन पोखरेल
थुनेर चाहना निरस भएँ
यो दुनियाँ सामु विवश भएँ
मेरो मौनताका धेरै अर्थ छन्
यो जिन्दगीमा शायद ती भन्न सक्दिनँ
एक्लै एक्लै एक्लै बाँच्न मनपराएँ
रक्सीभित्र पसी एक्लै नै हराएँ
म मातिनुका धेरै कारण छन्
यो जिन्दगीमा शायद ती बताउन सक्दिनँ
तिनैसँग रोएँ तिनैसँग हाँसे
तिनै आँसु समेटी मुटुको घाऊ टाँसे
यी आँसुका आफ्नै व्यथा छन्
यो जिन्दगीमा शायद फुकाउन सक्दिनँ
- सुमन पोखरेल
थुनेर चाहना निरस भएँ
यो दुनियाँ सामु विवश भएँ
मेरो मौनताका धेरै अर्थ छन्
यो जिन्दगीमा शायद ती भन्न सक्दिनँ
एक्लै एक्लै एक्लै बाँच्न मनपराएँ
रक्सीभित्र पसी एक्लै नै हराएँ
म मातिनुका धेरै कारण छन्
यो जिन्दगीमा शायद ती बताउन सक्दिनँ
तिनैसँग रोएँ तिनैसँग हाँसे
तिनै आँसु समेटी मुटुको घाऊ टाँसे
यी आँसुका आफ्नै व्यथा छन्
यो जिन्दगीमा शायद फुकाउन सक्दिनँ
Published on July 16, 2010 09:49
July 10, 2010
सुमन पोखरेल र जीवनको छेउबाट
सुमन पोखरेल र जीवनको छेउबाट
-बद्री पलिखे
सुमन पोखरेल पचासको दशकदेखि प्रखररूपमा नवीन चिन्तन र उच्च बौद्धिक कविको रूपमा नेपाली काव्यजगतमा उदाएका प्रतिभाशाली कवि हुन् । कविता, गीत, गजल र लघुकथाका विधामा कलम चलाइरहेका कवि सुमनको २०५६ सालमा प्रकाशित शून्य मुटुको धड्कनभित्र (कवितासङ्ग्रह) पछि दोस्रो कृति हजार आँखा : यी आँखामा (गीतसङ्ग्रह) २०५९मा प्रकाशनमा आएको छ भने तेस्रो कृतिका रूपमा जीवनको छेउबाट (कवितासङ्ग्रह)-२०६६ को यहाँ चर्चा गरिएको छ ।
२०२४ साल असोज ५ गते कचिँडे धनकुटामा विद्वान परिवारमा जन्मिएका सुमनमा परिवारको सभ्य, शिष्ट र शालिन भद्र संस्कारगत स्वाभाव देखिन्छ।सन् २००८ उडिसा (भारत)मा सम्पन्न प्रथम सार्क युवा कवि सम्मेलन, सन् २००८ भारतमा वृहत अन्तराष्ट्रिय लघुकथा महोत्सव, सन् २००८ मै रायपुर भारतको अन्तरष्ट्रिय लघुकथा महोत्सव, सन् २००९ तथा २०१० मा भएका सार्क लेखक सम्मेलनहरू तथा २०१० मै भएको सार्क लोकसंस्कृति महोत्सवमा समेत नेपालको प्रतिनिधित्व गरिसक्नुभएका कवि सुमन पोखरेलसँग बेलाबेलामा विभिन्न कविता गोष्ठीहरूमा भेट हुने गरेको छ. म वहाँको कवितावाचन गर्ने रोचक प्रस्तुतिबाट औधि प्रभावित छु ।
यस सङ्ग्रहको भूमिकामा विद्वान समालोचक प्रा.डा. अभि सुबेदीले वैकल्पिक चिन्तन र काव्यसामर्थ्य सुमन पोखरेलका कविताको आधारमा नाजिम हिकमत, भूपि, देवकोटा, लाओत्जे, सिद्धिचरण, बोदेयर, टी.एस. इलियट, सेमुअल बेकेटको चिन्तन र काव्यधारासँग तुलना गर्दै सुमनका कवितामा जटीलताका क्षणहरूको चित्रणमा वैकल्पिक आधुनिकता देख्न सकिन्छ भनी उच्च मूल्याङ्कन गर्नु भएको छ।
सुमन कवितामा जीवन लेख्छन्, कवितामा हृदय पोख्छन्। उनका कवितामा दार्शनिकता छ। नवीन चिन्तन छ। भाव गहिराइ र गाम्भीर्य छ। उनका कविताहरू सुकोमल फूलका थुङ्गाजस्ता लाग्छन् । फूल- गुलाबका फूल हुन उनका कविता। गुलाबमा जीवन छ, सुन्दरता छ, सुवास छ, मोहकता छ। त्यस्तै लाग्छन् सुमनका कविता। गुलाबमा काँडा पनि छ। उनका कविता छुँदै जाँदा कताकता च्वास्स घोच्छ पनि। पढ्दै जाँदा देवकोटाले भनेझैँ उद्यानमा गई सबतत्व खुल्छ। उनका कवितामा प्रकृतिको खुल्ला पुस्तक पढ्न पाइन्छ, जीवनका सबै पक्ष छ्याङ्गै उघ्रिन्छ। उनका कवितामा शाश्वत प्रेम पनि छ। मलाई त यस्तो लाग्छ, उनको कविता कञ्चन तलाउ हो जहाँ पूर्णेको जून छर्लङ्ग देखिन्छ। तलाउको गहिराइ, जूनको सुन्दरता र स्वच्छ पानी हो हुनको कवित्व ।
सुमनको ‘केटाकेटी’ शीर्षकको कविता हेरौँ – ससाना पाउ, ओठमा, तोते जस्ता अलङ्कारले कवितालाई कति निश्छल मुस्कान दिएको छ। भन्छन् पुराणमा बाललिला हेर्न स्वर्गका देवताहरू पनि पृथ्वीमा अवतरण हुन्छन् अरे । कुनै विद्वानले भनेकै छन् तरवारले जित्न नसकेको युद्ध केटाकेटीको निश्छल मुस्कानले जित्छ।
"तिनका ओठमा बसेपछि
उच्चारण गर्दै डरलाग्ने शव्द पनि
तोते भएर निस्कन्छ।
तिनको मुस्कानको निश्छलता
युगौंको अभ्यासले पनि अनुकरण गर्न सकेन कुनै फूलले "(पृ. १ र २)
गर्मी, विदा हुँदाहुँदै, रुख, हरेक बिहानमा जीवानुभूति छ। जीवन र जगत, जीवनको भोगाइका अनुभवजन्य अनुभूति पाइन्छ। खोरम्पा, काडमान्डौ ओर्लेपछिमा स्थानविशेषको भौगोलिकता र अनुभव पाइन्छ।
मलाई कमैया बस्तीमा कविता मार्मिक लाग्यो। कमैयाको अबोधता, उनीहरूको जीवनको कठोरता, उपेक्षित जीवन र बाँच्नुको विवशतालाई कवि आफ्नो अनुभूतिमा यस्तो लेख्छन् –
"पानी पर्यो भने के गर्छौ ? सोधिरहेथे साथीहरू
खै के हुन्छ, भिज्छौँ होला, हाँस्दै उत्तर दिइरहेथे उनीहरू
भरे के खान्छौ ? उत्तर थिएन उनीहरूसँग हाँस्नुबाहेक अर्को।"
यसलाई भन्छ - हँसते जख्म। मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ, नारायण गोपालले गाएको गीत। नदी बोक्ने गाउँ – काकाकुल जिन्दगी र बाढी पहिरोको भोगाइ, भरिया– गरिबी र विवशताको कटु यथार्थ, आगाले भिजेको आकाश – द्वन्द्वकालको मर्माहत व्यथा, जिन्दगी – जिन्दगीको परिभाषा, रहर – जीवन जिउनुको क्रम, जिजिविषा – बाँच्ने चाहना। ठाडो उभिएको आकाश तथा आकाशबाट – सन्त्रास र त्रासद समय, पुनरागमन, कार्यालय, यात्रामा निस्कँदै, पिलो जीवन भोगाइका पीडाका स्वरहरू छन् यी कविताहरूमा। आदेश – यो कविता मैले उहाँबाट बाचन भएको सुनेको थिएँ। यो कवितामा निरङ्कुश समयको पराधिन जिन्दगीको जागिर भोगाइको व्यङ्ग्यलाई सरल ढङ्गले अभिव्यक्त गरिएको छ। सुन्नु वस सुन्नु र आदेश मान्नुको नियति हो यो आदेश।
"आदेशहरू त सुनिरहिन्छ तल बसेपछि
---------
----------
----------
मैले बुझ्न सकेको छैन
आदर्श दिनेले किन सोच्न सक्दैन ?" (पृ. ५२)
ढाका – वास्तविकताको चित्रण, अनुभव र दृश्यावलोकनको प्रतिबिम्ब आफूले काठमान्डौ भोगेकोे अनुभूति छ ढाका, बङ्गलादेशको राजधानी ढाका।
"उसको नियति पनि
काठमान्डौ कै जस्तो थियो।" (पृ.५५)
लोडसेडिङ् – दैनिक भोगाइ, ह्याङ्ओभर – सामाजिक पुराना मान्यताहरूको असन्तोष र नवीन युगको प्रतीक्षा, तिमी जसरी छ्यौ एक पुष्प बीजको आह्वान, यो सहर कसको हो? सपना नदेखूँ, कविता फुरिरहेको छैन–१,२, व्यस्तता, बर्सात्मा बुद्धको मूर्ति सामु शीर्षकका सुमनका कविताहरूमा जीवन बग्छ, मानवीय मूल्य र मान्यताहरू सलबलाउँछन्, भौगोलिक अनुभव पाइन्छ। प्रेम र मानवता भेटिन्छ।
मलाई “बर्सात्मा बुद्धको मूर्ति सामु” कविता औधि मन पर्यो। यो कवितामा अन्तर्राष्ट्रवादको झन्डा फहराउँछ। विश्वप्रेम झल्किन्छ। “बसुधैव कुटुम्बकम्”, यो विश्वग्रामको युगमा शान्ति, प्रेम र अहिंशाको सन्देश नै अचूक अस्त्र हो। शान्तिभन्दा मीठो सङ्गीत अरु के हुन सक्छ ? प्रेमभन्दा जीवनको सञ्जीवनी अरु के हुन सक्छ ? यसमा प्रयोग जेबुन्निसा, क्याथोरिन, क्लियोपेट्रा, फेनिच्का वागमती, टेम्स, पिखुवा नाइलले के विश्ववन्धुत्वको सन्देश दिएको छैन र ? विश्व शान्तिको आह्वान छ यो कवितामा। अङ्गुलीमाल, आम्रपाली पनि त बुद्धको शरणागत भएपछि तथागत भएकै हो। कविलाई माटो बगेको पनि पीरलो छ। कविलाई पहाड समतल हुने हो कि, पहाडको प्रकृति र सुन्दरताको माया छ। कविलाई मिथक इतिहास, कथा र अमूर्त आकृतिहरूको भन्दा बर्सात्ले पौरखहरू बगाइदेला कि भन्ने चासो छ। राम्रो आदर्श छ यसमा।
"बुद्धले बन्दुक बोकेनन् भनेर के भन्नू
पियानो पनि त बजाएनन्।
न त कुनै चित्र बनाएकै वृतान्त सुनिन्छ कतै
यस क्षण मलाई
मिथक, इतिहास र कथामा टाँसिएका अमूर्त आकृतिहरूको भन्दा
यो बर्सात्ले बगाइलगेको
पौरखहरूको चासो छ।
कतै पुग्न ढिलो भयो भन्ने भन्दा
मेरो माटो बग्यो भन्ने पीर भइरहेछ।
यो पहाड
बगेरै समथर हुने हो कि भन्ने
डर लागिरहेछ। "(पृ. ७५)
बैंसभरि नबुझेको कुरा, मनको गीत, जीवनसँगको जम्काभेटमा, मध्यरात सडकमा जीवनवादी राम्रा कविताहरू हुन। सुमन जीवन र प्रेम, सुन्दरता र जीजीविषा, प्रकृति, रुख, विहान, साँझ, घाम र जून, आगो, आकाश, सपना, कविता, फूल, नदीलाई कलात्मक नौलो शैलीमा सिँगारेर प्रतीक र बिम्बद्वारा भाव पोख्छन्। उनका कविता आगरा, ढाका, यात्रा, काठमान्डू पिखुवा खोला, खोरम्पाहरूमा जीवन र भौगोलिकता पाइन्छ।
कवि सुमन गीतकार पनि हुन त्यसैले उनका कवितामा जीवनको लय पाइन्छ। जीन्दगीको गति पाइन्छ। उनका कवितामा जीवनको धून बज्छ। मानवीय मीठो स्वर सुनिन्छ। गीत, सङ्गीत, कला र कविताको सङ्गम छ, सरगम छ उनका कवितामा।
सुमन हामीलाई अज्ञात प्रदेशहरूमा पुर्याउँछन् त्यहाँका नौला नौला दृष्यावलोकन गराउँछन्। पाठकले नँया अनुभूति पाउँछ। उनी पाठकलाई त्यसै छाड्दैनन् पुनः यथास्थानमा ल्याउँछन्। रोमानी लाग्छ घरिघरि। तिलस्मीझैँ पनि लाग्छ।
उनको 'ताजमहल र मेरो प्रेम' अत्यन्त राम्रो र स्तरीय कविता हो। त्यसो त देवकोटाको शाहजहाँको इच्छा नेपाली साहित्यमा ताजमहलबारे पहिलो कविता हो भन्छन्। ताजमहल– प्रेम, जीवन, वियोग र सुन्दरताको अनुपम स्मारक हो। यसमा सुमनले प्रेम, जीवन, वियोग र अमरताको लागि शाहजहाँको ताजमहलमाथि यसरी प्रेमको भाव व्यक्त गरेका छन्।
"उ शहंशाह थियो
म ऊ जत्तिकै वैभवशाली हुन्थेँ भने
ताजमहल बनाउन
प्रेमिकाको मृत्यु पर्खने थिइनँ "(पृ. ९२)
सुमनको यो कविता प्रेमको लागि रानीमहल हो। प्रताप मल्लको रानी पोखरी हो। सुमनका प्रेमगीत ताजमहलभन्दा सुन्दर छन्। अमर छन्। शाश्वत छन् । सुमनका कविताहरू जीवनका गीत हुन्, प्रेमका सङ्गीत हुन् ।
Review of Suman Pokhrel's poetry collection Jeevanko Chheubaata

Published on July 10, 2010 20:44
June 20, 2010
ए, मेरी प्रिया ! (Nepali translation of Nizar Quabbani's poem " Oh, My Love")
ए, मेरी प्रिया !
- निजार कब्बानी
ए मेरी प्रिया !
तिमी पनि म जत्तिकै प्रेमाशक्त भएकी भए,
आफ्ना सबै गहना फ्याल्ने थियौ,
तिम्रा सुनका बाला बेच्ने थियौ,
र मेरा आँखाभित्र निदाउने थियौ।
(अनुवाद- सुमन पोखरेल)
Nizar Qabbani
Suman Pokhrel
- निजार कब्बानी
ए मेरी प्रिया !
तिमी पनि म जत्तिकै प्रेमाशक्त भएकी भए,
आफ्ना सबै गहना फ्याल्ने थियौ,
तिम्रा सुनका बाला बेच्ने थियौ,
र मेरा आँखाभित्र निदाउने थियौ।
(अनुवाद- सुमन पोखरेल)
Nizar Qabbani
Suman Pokhrel
Published on June 20, 2010 11:47
June 12, 2010
बिदा हुँदाहुँदै (कविता)
बिदा हुँदाहुँदै
- सुमन पोखरेल
तमाम झ्यालहरूले हेरिरहेजस्तो पनि लागिरहेकै हो
तमाम भित्ताहरूले सुनिरहेजस्तो पनि लागिरहेकै हो
त्यस बेला
ती सडक र पेटीहरूले बोलिरहेजस्तो पनि लागिरहेकै हो
आफ्ना आवरणहरू खोलिरहेजस्तो पनि लागिरहेकै हो।
मैले हिँडिरहे पनि
मैले अडिरहे पनि
तमाम
वृक्ष र चराहरूले
आकाश र ताराहरूले
वक्ष र चुराहरूले
देखिरहेजस्तो पनि लागिरहेकै हो।
त्यो द्विविधामा
अडूँ कि बढूँको
उत्रिऊँ कि चढूँको,
तमाम बाटाहरू अगम्य लागिरहेको पनि हो।
केही फुटेका
केही टुटेका
केही चुक्किएका
केही आकाङ्क्षाहरू पढेको पनि हुँ
परिवेशहरूका अनुहारमा।
केही वाक्यहरूलार्इ छामेको पनि हुँ
केही शब्दहरूलार्इ चुमेको पनि हुँ।
आँखाहरूले बाटो रोके त पन्छाउनु पनि
मुटुहरूले बाटो छेके के गर्नु?
त्यसैले
ती झ्याल र भित्ताहरूलार्इ
नदेखेझैँ गरेको पनि हुँ।
त्यस बेला मेराविरुद्ध षडयन्त्र भइरहेझैँ पनि लागिरहेकै हो,
मेरा शब्दहरूमा मलार्इ प्रहार गर्ने सन्यन्त्र खोजिरहेझैँ पनि लागिरहेकै हो।
ती आँखा र हेराइहरूले
भावनाका फूलहरूको एउटा नदी कतै पठाइरहेझैँ पनि लागिरहेकै हो।
कल्पनाका सुगन्धहरूको एउटा पहाड कहीँ उक्साइरहेझैँ पनि लागिरहेकै हो।
त्यस बेला, मेरो मन मायाको आनन्दमा निदाइरहेझैँ पनि लागिरहेकै हो।
जीवनका संवेदनशील हाँगाहरू भाँच्दै
कुनै नीरस मोहले मलार्इ लिएर कतै गइरहेझैँ पनि लागिरहेकै हो।
ती क्षणहरूमा
मेरो मानस भोगाइका मरुभूमिमै सौन्दर्य फुलाउने आँट लिएर
बाँच्नको लागि ब्यूँझिरहेझैँ पनि लागिरहेकै हो।
म अहिले जुन ठाउँमा छु
नठान्नु होला
यहाँ म पैह्रोझैँ बगेर पुगेको हुँ
वा बादलझैँ बाफिएर।
आफ्नो कोमल मनमा
समयको तरवार रोपी
त्यसैको बिँडमा समातेर उक्लिआएको हुँ।
कसैले सम्झाए पनि नसम्झाए पनि
दुखिरहन्छ जीवनको एक अंश
मेरो छाती समाएर।
असार २०५६, भोजपुर

Published on June 12, 2010 20:38
May 23, 2010
मनभरि मायैमाया तर भाका खोल्न सक्दैनन् (गीत)
गीत
- सुमन पोखरेल
मनभरि मायैमाया तर भाका खोल्न सक्दैनन्
चोट देखेर मौन छन्, यी आँखा बोल्न सक्दैनन्
तिम्रा वेदनाहरूमा आँसु पोख्ने गर्छन्
तिम्रै पीर पढी गह भिज्ने गर्छन्
दुखेका तिम्रा विवशता अरुले बुझ्न सक्दैनन्

आँसुहरूले शायद व्यथा धुने गर्छ्यौ
मनमा बोझ बढी एक्लै रुने गर्छ्यौ
लुकेका तिम्रा निरसता मुस्कानले छेक्न सक्दैनन्

Published on May 23, 2010 09:47
May 11, 2010
अरूभन्दा बेग्लै कोही (Nepali translation of Forough Farrokhzad's poem "Someone Who Is Not Like Anyone")
अरूभन्दा बेग्लै कोही
-फरोग फारुखजाद
मैले कोही आइरहेको सपना देखेँ ।
मैले एउटा रातो ताराको सपना देखेँ ।
मेरा आँखा फुर्फुराउन थाले
मेरा गोडा लरखराउन थाले ।
मैले ढाँटेकी भए मरी जाऊँ,
अन्धी भै जाऊँ;
साँच्चै मैले
ब्यूँझै, त्यो रातो ताराको सपना देखेँ ।
एकजना कोही आउँदैछ
एकजना नौलो कोही आउँदैछ
अरूभन्दा असल एकजना कोही आउँदैछ ।
बाजस्तो हैन,
एन्सीजस्तो हैन, याह्याजस्तो पनि हैन
र आमाजस्तो पनि हैन,
सबैभन्दा अलग कोही आउँदैछ।
जस्तो हुनुपर्थ्यो त्यस्तै एकजना कोही आउँदैछ,
जो मामारको बारीको रूखभन्दा पनि अग्लो छ
जसको मुहार बार्हौँ इमामको भन्दा पनि ओजस्वी छ।
जो सैनिकको पोसाक लगाउने सइद जावेदको भाइसँग पनि डराउँदैन
अरू त अरू, ऊ
हाम्रो घरका सबै कोठाहरूमा एकछत्त अधिकार रहेको
र हाम्री आमाले हरेक पूजापछि नबिर्सिकन अर्चना गर्नु हुने
स्वयम् सइद जावेदसँग पनि डराउँदैन।
ए, समस्त न्यायदाताहरूका न्यायकर्ता!
ए सारा विश्वका परिचालक!
ऊ तीन कक्षाका किताबका तमाम अफ्ट्यारा शब्दहरू आँखा चिम्लेरै भन्न सक्दछ
ऊ दुई करोडबाट एक हजार सजिलैसँग घटाउन सक्दछ,
ऊ सइद जावेदको दोकानबाट मनपरेको जे सुकै पनि लिन सक्दछ।
र ऊ ‘अल्लाह’को चिन्हलाई
मोफ्तायन मस्जिदपछाडिको बिहानको आकासझैँ हरियो रङ्गमा
फेरि
चम्काउन सक्छ।
अहो...
कत्ति चम्किलो उज्यालो
कत्ति प्रदीप्त प्रकाश!
म हृदयदेखि चाहन्छु,
याह्याको आफ्नै एउटा ठेला होस्
आफ्नै एउटा लालटिन होस्
र म याह्याको ठेलामा तरबुजाहरू बीच बसेर
मोहमदियान चोक घुम्न जाऊँ ।
अहो...
चोक वरिपरि घुम्दा कत्ति रमाइलो हुँदो हो!
छानामाथी उत्तानो परेर पल्टिँदा कत्ति मज्जा हुँदो हो!
पेप्सीकोला सुरूप्प पार्दा कत्ति आनन्द आउँदो हो!
फर्दिन[1]ले खेलेको सिनेमा हेर्दा कत्ति रमाइलो हुँदो हो!
र यी सबै गर्न पाए म कत्ति बिघ्न रमाउनेथेँ होला!
म साहिद जावेदकी छोरीको कपाल भुत्ल्याउने थिएँ होला।
किन म बाटैमा हराउने गरीकी सानी छु?
बुवा बाटामा नहराउने ठूलो भएर पनि
मैले सपनामा देखेकाको स्वागतको लागि
किन केही पनि गर्नुहुन्न ?
र ऊ, त्यहाँका मासु काटनेहरू,
जसका आँगनका फूलका कोपिलासमेत रक्ताम्य छन्
जसका जुत्ताका तलुवाहरू रक्ताम्य छन्
तिनीहरू किन त्यति सारो निष्कृय बसेका?
---
यो हिउँदे घाम कति बिघ्न अल्छी भएको ?
-----
मैले भर्याङ्देखि छानासम्म बढरिसकेँ
मैले झ्यालका खापाहरू पखालिसकेँ
बुवा किन सुतेका बेलामा मात्र सपना देख्नु हुन्छ ?
----
मैले छानो बढारेँ
झ्यालका खापाहरू पखालेँ
कोही आउँदैछ।
हृदयदेखिनै आफ्नो
हाम्रै मनको बोली बोल्ने
कोही आउँदैछ।
जसलाई
अपराधीलाईझैँ पक्रन सक्दैन कसैले
कसैले हतकडी लगाएर जेल हाल्न सक्दैन।
जसले याह्याको घर पर्तिर, बुढो रूखमुनी
हरेक दिन हुर्किरहने एउटा बालक जन्माएको छ।
ऊ आउनेछ
झमझम परेको पानीका बीचबाट
यो बर्सादकाबीचबाट
घन्टीफूलको गुनगुनाहट बीचबाट
साँझमा तोपखाना चोकमा नाचिरहेका फूलझरीका झर्नाहरूका बीचबाट।
र लुगाहरू बाँड्नेछ,
खानेकुराहरू बाँड्नेछ,
पेप्सीकोला बाँड्नेछ,
सिटी पार्क बाँड्नेछ,
लहरे खोकीको दबाइ बाँड्नेछ,
स्कूल भर्ना हुने अवसरहरू बाँड्नेछ,
अस्पतालमा पालो पर्खिने ठाउँहरू बाँड्नेछ,
रबरका जुत्ताहरू बाँड्नेछ,
फर्दिनले खेलेका सिनेमाका टिकटहरू बाँड्नेछ,
साहिद जावेदकी छोरीका लुगाहरू बाँड्नेछ।
उसले किनबेच नहुने सबैथोक बाँड्नेछ
र हामीलाई
आ-आफ्नो भाग दिनेछ।
मैले एउटा सपना देखेँ।
(मूल फारसीबाट मुहम्मद करिमी हक्काकले गरेको अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा नेपालीमा अनुदित)
नोट:-
.तोपखना चोक – मानिसहरूको जमघट हुने तेहरानको एक लोकप्रिय ठाउँ ।
.फर्दिन – १९५० र १९६० का दशकका इरानी फिल्मी अभिनेता जसले १९७८-१९७८को इस्लामिक अन्दोलनपछि कार्पेटको ब्यापार गरेर बाकीँ जीवन बिताए।

Published on May 11, 2010 11:43
May 9, 2010
तिमीले जलाएको मुटु अझै जलिरहेछ (गीत)
गीत
- सुमन पोखरेल
तिमीले जलाएको मुटु अझै जलिरहेछ
कसरी पत्याऊँ यहाँ झरी छ भनेर
मन वरिपरि माया अझै छाइरहेछ
कसरी पत्याऊँ यहाँ दूरी छ भनेर
मेरा तिर्सनामा तिमीले पिएकीछ्यौ
भाका मुर्छनामा तिमीले दिएकीछ्यौ
चोट बनी मेरा गीतमा लेखिइन्छ्यौ
कसरी पत्याऊँ यहाँ दूरी छ भनेर
सम्झनाहरूमा तिमी नै बसेकीछ्यौ
वेदनाहरूमा तिमी नै पसेकीछ्यौ
आँसु बनी मेरा आँखामा आइदिन्छ्यौ
कसरी पत्याऊँ यहाँ दूरी छ भनेर
- सुमन पोखरेल
तिमीले जलाएको मुटु अझै जलिरहेछ
कसरी पत्याऊँ यहाँ झरी छ भनेर
मन वरिपरि माया अझै छाइरहेछ
कसरी पत्याऊँ यहाँ दूरी छ भनेर
मेरा तिर्सनामा तिमीले पिएकीछ्यौ
भाका मुर्छनामा तिमीले दिएकीछ्यौ
चोट बनी मेरा गीतमा लेखिइन्छ्यौ
कसरी पत्याऊँ यहाँ दूरी छ भनेर
सम्झनाहरूमा तिमी नै बसेकीछ्यौ
वेदनाहरूमा तिमी नै पसेकीछ्यौ
आँसु बनी मेरा आँखामा आइदिन्छ्यौ
कसरी पत्याऊँ यहाँ दूरी छ भनेर
Published on May 09, 2010 09:15
सुमन पोखरेल Suman Pokhrel
This blog contains the literary works of poet, lyricist and translator Suman Pokhrel.
- Suman Pokhrel's profile
- 123 followers