Suman Pokhrel's Blog: सुमन पोखरेल Suman Pokhrel, page 14

May 21, 2011

पटक पटक मरेर फेरि बाँच्न खोज्छु (गीत)

गीत
- सुमन पोखरेल


पटक पटक मरेर फेरि बाँच्न खोज्छु
यौवनको प्यास नभनूँ त के भनूँ

एक मृत्यु त्यो नजरमा मरेँ
अर्कोपल्ट फेरि अधरमा मरेँ
कपोलमा मरेँ केशपासमा मरेँ
रहर उत्तिकै छ अझै मर्न खोज्छु
पटक पटक मरेर फेरि बाँच्न खोज्छु

रहरैले पनि तिर्सनामा मरेँ
एकछिन मायाको चाहनामा मरेँ
सामीप्यमा मरेँ आलिङ्गनमा मरेँ
निसास्सिई अझै खै केमा मर्न खोज्छु
पटक पटक मरेर फेरि बाँच्न खोज्छु

Suman Pokhrel
 •  0 comments  •  flag
Share on Twitter
Published on May 21, 2011 23:23

May 17, 2011

लीसा (Hindi Translation of Geeta Tripathi's Poem "Lisa"

लीसा
गीता त्रिपाठी Geeta Tripathee



एक रोज
पुछा था लीसा ने मुझ से -
“बापू बडे हैं या माँ?”
उसके चेहरे पे उठे भावों को पढे बगैरह ही
बेफिक्र कह दिया मैने - दोनों।

मेरा इसी वचन पे
उसका विश्वास टिका हुवा था -
आएगें किसी रोज
कबुतरे की जोडी की तरह
उस से मिलने - दोनों।

“जिन्दगी धूप-छाँह है”- मैंने उस को पढाया।

बेहद गर्मी के एक दिन
शीतल छाँव का इन्तजार करती लीसा
मरूस्थल की तपिश में तपती रही
केवल सूरज को ले आया उस के बापू के संग
शीतल छाँव न था।

सर्दी के किसी दुसरे दिन
गरम धूप का इन्तजार कर रही लीसा
शीतलहर के ठंड में ठिठुरती रही
केवल छाँव को ले आयी उस की माँ के पास
गरम धूप न था।

सही जवाफ ना पाई हुई वह
अब भी मुझे
प्रश्नोभरी आँखों से देखती है।

मुझे डर लगता है
कहीँ वह
मुझ पे भी शक करने न लगे।

क्योंकि
मैं
अब भी उस की टीचर हूँ।


(सुमन पोखरेल द्वारा मूल नेपाली से अनुदित)
Suman Pokhrel
 •  0 comments  •  flag
Share on Twitter
Published on May 17, 2011 07:14

May 13, 2011

मैथुन (Nepali translation of Octavio Paz's poem "Maithuna")

(Traducción al nepalí del poema "Maithuna" de Octavio Paz )

- ओक्टाभियो पाज (३१ मार्च १९१४ मेक्सिको सिटी, मेक्सिको - १९ अप्रिल १९९८ मेक्सिको सिटी, मेक्सिको)


मेरा आँखाहरू
नग्न फेला पार्दछन्‌ तिमीलाई
र छोपिदिन्छन्
हेराइको न्यानो वर्षाले ।

ओछ्यानबाट तिमी उठ्दै गर्दा
तिम्रो हाँसो,
र अझ बढी, तिम्रो शरीर,
र जूनको तिम्रो चोलीसँगै
रातका तिम्रा तिघ्राभन्दा सेता भएर
उघ्रिन्छ स्वरहरूको एउटा खोर
बिहानतिर ।

तेर्सिएको उज्यालो,
नागबेली गुन्गुनाहट
निमेषभरमा स्थापित
चर्खे
X
को
सुकिलो लयमा बेरिन्छ ।

मेरो दिन
तिम्रो रातमा पुगेर फुट्दछ ।
तिम्रो रुवाइ
धुजाधुजा भएर उड्दछ ।
रातले तिम्रो शरीरलाई शरीरभित्रै धोएर फिँजाइदिन्छ,
र फेरि एकपल्ट बाँधिदिन्छ ।

उभिरहेको क्षण
घुमाउँछ चम्किरहेका आफ्ना पाङ्ग्रा ।
कर्दहरूको बगैँचा
छलहरूको उत्सव मनाउँछ ।

तिनै प्रतिध्वनित स्वरहरूका बीचबाट
पस्दछ्यौ तिमी कोमलतासँग
मेरा पाखुराहरूको नदीमा ।

अँध्यारामा तिमी
पौडिन्छ्यौ
ज्वरोकोभन्दा चाँडो गतिमा ।
सुम्सुम्याहटका बीच
तिम्रो छाया छर्लङ्ग देखिन्छ,
तिम्रो शरीर बिलाउँछ अँध्यारामा कतै ।

हिच्किचाएझैँ
कसरी, कहिले, किनभने, र
अँऽ, आँऽऽ, ऊँऽऽऽ का
पार नलाग्ने किनारतिर उफ्रन खोज्छ्यौ तिमी ।

तिम्रो हाँसोले
जलाउँछ तिम्रा लुगालाई,
र भिजाउँछ
मेरो निधार, मेरा आँखा र मेरा कामनालाई ।
तिम्रो शरीरले जलाइदिन्छ तिम्रो छायालाई;
डरको च्यापमा पिङ खेल्न थाल्छ्यौ तिमी ।
न्वारानदेखिको तिम्रो त्रास
ढुङ्गेभीरमा गर्दै
हेर्दछ मलाई, तिम्रा विस्फारित आँखाबाट ।

पहिलेभन्दा उज्यालो हुन्छ तिम्रो शरीर
पहिलेभन्दा अँध्यारो देखिन्छ तिम्रो छाया
हाँस्दछ्यौ तिमी, मरुन्जेलको हाँसो ।

ताछिएको घामको कलेजी जिब्रो
तिम्रा अनिँदा बैँसको साम्राज्य चाट्ने जिब्रो
नबाँधिएको केश
पोताहरूले बोलिएका जिब्राहरूको जिब्रो ।
तिम्रो पिठ्ठ्यूँमा खुस्किएको
तिम्रा स्तनमा बाँधिएको ।

जोसिलो अक्षरमा तिमी लेख्ने लेखाइले
तिमीलाई नग्नता ओढाइदिने लेखाइले
तिमीलाई रहस्यले बेरिदिने लेखाइले
र त्यो लेखाइले, जसभित्र म मुर्दाझैँ गाडिएको हुन्छु;
एउटा छापो लगाएर
छोडिदिन्छ
तिमीमाथिको स्वामित्वलाई ।

खुलेका केशसँगै
अनुपम रात तिम्रो शरीरभरि चाकाचुली खेल्छ ।
सङ्कोचको दानाभरि पोखिएको
तातो मदिराको अन्ती
सर्पहरूको गुजुल्टो
अङ्गुरको झुप्पो
जूनको चिस्सिएको मनले कठ्याङ्ग्रिएको
हातहरूको वर्षाले
नग्न, मौन बादललाई गुहार्दै
औँलाहरूको बतास चलाइदिन्छ,
तिम्रो शरीरभरि, मेरो शरीरभरि,
तिम्रो शरीरभरि ।

खुलेका केश
अस्थिवृक्षका पातहरू,
घामबाट रात पिउने
जरा नदेखिने वृक्षका पातहरू,
मांसपिण्डवृक्ष र मृत्युवृक्षका पातहरू ।

गए राती
तिम्रो ओछ्यानमा
हामी तीन थियौँ:
जून, तिमी र म ।

मैले उघारिदिएँ
तिम्रा रातका ओठहरू

निस्कनै नपाई, रित्तियो ओस ।
उन्मुक्त पानीको हतारझैँ
प्रतिध्वनित भयो उज्यालो ।

निदाउनु; तिमीमा निदाउनकै लागि निदाउनु,
अझ झन
कालो, गोरो, कालो
गोरो
तिम्रो स्वबीच मेरा आँखा उघार्नका लागि ब्यूँझनु
र अनिँदो घाम हुनुले
झिल्का उठाउँछ तिम्रो स्मरणमा ।
(र तिम्रो स्मृतिलाई मेरो स्मरण गराउँछ)

फेरि आकाशसँगै उठ्छ
प्रेमसुधा
(साल्भिया तिम्रो नाममै आगाको ज्वाला छ)
जुर्मुराउँदै, थर्थराउँदै ।
(उष्ण हिउँको वर्षा)

त्यहीँ छ, मेरो जिब्रो
(तिम्रो गुलाफ
जल्दछ हिँउमा)

अब भने
(तिम्रो यौनलाई थुनिदिएँ मैले)

बिहान भैछाड्यो
तमाम जोखिम बढारेर ।


(मूल स्पेनिसबाट इलियट विनबर्गरले गरेको अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा नेपालीमा अनुदित)

Octavio Paz
Translated by Suman Pokhrel
2 likes ·   •  0 comments  •  flag
Share on Twitter
Published on May 13, 2011 10:28

May 8, 2011

काठमान्डू की धूप (Hindi Translation of Abhi Subedi's Poem "Kathmanduko Ghaam"

काठमान्डू की धूप
- अभि सुबेदी


काठमान्डू
अपने अनेक धूप
और
अनेक मूहँ से बोलता है।

पत्थर के वाणी पे तरासा हुवा मन से
काठमान्डू अपना प्राचीन मूहँ खोल
सैलानियोँ से बोलता है ।

लेकिन
हम लोगोँ से यह
यन्त्र के मूहँ से बात करता है।

मटमैली धूप लेकर हम
धूवोँ के धुन्ध के निचे
लङ्गुर सा चलते रहते हैँ ।

कचरोँ के ढेर में से लुढक कर
घायल बनी हुई धूप
शहर के अन्दर बचे हुए कुछेक जगहोँ पे
बेमन से चलती है ।

बच्चे हात पकड कर
इस को ढलोँ मे से
बाहर निकालते हैँ ।
प्राचीन इमारतोँ पे
औरतेँ
इस की थकित पीठ और नितम्बोँ पे
मालिस कर देती हैँ ।

सरोपा तेल से लथपथ धूप
पवित्र बागमती की ओर दौडती है, और
सहसा छलाङ लगाती है ।

और
भिगा हुवा बदन ले
कल हम सभी से बोले जानेवाली भाषा की खोज मेँ
घबराते हुए
भीड में ढुक कर
कहीँ खो जाता है ।


(मूल नेपाली से सुमन पोखरेल द्वारा अनुदित)


Abhi Subedi
Suman Pokhrel
1 like ·   •  0 comments  •  flag
Share on Twitter
Published on May 08, 2011 09:54

April 30, 2011

कुरूप कविता (Hindi Translation of Bhupin Vyakul's Poem "KUROOP KAVITA"

कुरूप कविता
-भुपिन व्याकुल



अकेली ही कब तक
सुन्दर हो के रहे कविता?
अकेली ही कब तक
सौन्दर्य का अविश्रान्त प्रेमी बनती रहे कविता?

जी कर रहा है
आज उसे कुरूप बना डालेँ।

दुनियाँ की सब से कुरूप राज्यसत्ता में भी
सब से सुन्दर दिखाई दे रही है कविता।
हिंसा के
सब से घिनौने समन्दर में नहा कर भी
सब से साफ-सुथरा हो के निकल रही है कविता।
जी कर रहा है
आज उसे कुरूप बना ही डालेँ।

आओ प्रिय कविजनोँ!
इसबार कविता को
सुन्दरता के गुलामी से आजाद करायेँ
कला के अनन्त बन्धनोँ से मुक्ति दिलायेँ
और देखेँ-
कविता का दीया बुझ जाने के बाद
किस हद तक अँधियारी दिखाई देगी यह दुनियाँ
कितनी खोकली हो जाएगी रिक्तता?

फर्क ही क्या है
मन्दिर और बेश्यालय के नग्नता में?
क्या अन्तर है
संसद और श्मशानघाट के दुर्गन्धोँ में?
किस बात पे अलग है
न्यायालयें और कसाई के दुकानें?
इन्ही सब के दिवारोँ के बाहर
सब से ज्यादा इमानदार हो खडी रहती है कविता।

जी कर रहा है
आज उसे कुरूप बना डालेँ।

आओ प्रिय कविजनोँ!
आज ही घोषणा कर दिया जाये
कविता की मृत्यु की।
और देखें-
कितनी जीवन्त दिखाई देगी
अपने ही लास के उपर जन्मी कविता।

देखेँ
कविता की मृत्यु की खुसी में
किस जुनून तक पगलाएगा बन्दुक,
कितनी दूर तक सुनाई देगा सत्ता का अट्टहास,
कितना फिका दिखाई देगा कला का चेहरा?

सुन्दर कविताएँ लिखने के लिए तो
अभी और भी सुन्दर समय बाँकी है।
क्योँ आज मन हो रहा है कि
समय की अन्तिम सिंढी तक ना लिखा हुवा
सब से ज्यादा कुरूप कविता लिख डालने का?
जिस तरह बन्दुकेँ
शहिदोँ के सिने पे लिखा करते हैँ
हिंसा के कुरूप कविताएँ ।

अकेली कब तक
सुन्दर हो के रहे कविता?


(सुमन पोखरेल द्वारा मूल नेपाली से अनुदित)

Suman Pokhrel
1 like ·   •  1 comment  •  flag
Share on Twitter
Published on April 30, 2011 22:02

April 29, 2011

बेवतन (Hindi Translation of Jyoti Jungle's Poem "DESHBINA"

बेवतन
-ज्योति जङ्गल



अनचाहे हो
ना आओ सपनों मेरे आँखों में।
नजरें
मेरे वतन के क्षितिजों पे छुट गए हैं।
इस जगह कहीं न दिखनेवाला मैं
एक खोया हुवा ठिकाना भर हूँ।

टुटा हुवा हूँ
खुद का पलाबढा पेड को वहीँ कहीँ छोडकर।
पत्तोँ पे रख अपना वजुद को
यूँ ही कहीँ गिर गया हूँ
एक बुढे पत्ते की तरह
जर्द सन्तुष्टि लेकर
या फिर सब्ज जिन्दगी गुजरकर।

निस्वाद को उत्कर्ष तक जिता हूँ हर लम्हा
अतीत ऐसे काटता है कि हर कदम मरते हुए चलता हूँ।
कितने ही बरस बित जाए लेकिन
सरहद पार की यह मिट्टी नहीं अपनाती मुझे ।
कडवी लगती है मुझे इस आसमाँ की निलिमा भी ।
और बढता ही चला है मेरा प्यास
इस बेगाने शिविर के पानी से ।

ना सता मुझे ए!मुजरिम तसल्ली!
कि मुझे अपने वतन के ही किसी हवालात में
कैद होना था।
पनाह के इस कारागार में
बेवजुद मुस्कुराया हुवा मेरा परिचय
मेरे लास तक आ पहुँचेगा जरुर।

वैसे तो अब भी मैं
जिया ही कहाँ हूँ?

(सुमन पोखरेल द्वारा मूल नेपाली से अनुदित)


Suman Pokhrel
1 like ·   •  0 comments  •  flag
Share on Twitter
Published on April 29, 2011 21:58

March 20, 2011

साँचो (Nepali Translation of Ramdhari Shing 'Dinkar's Poem "KUNJI"

साँचो
रामधारी सिँह 'दिनकर'


म अबोध, अनभिज्ञ बालक छँदा
घेरेका थिए मलाई
तिम्रा स्वासका बतासले।
ती तिम्रा स्वासका बतासले सुगन्ध ल्याउँदथे।
तिनका काँधमा चडेर म
आकासमा कताकता घुमेर फर्कन्थेँ ।

सृष्टी त्यसबेला पनि रहस्य नै थियो, सायद
तर कुने परीले मलाई साथ दिन्थिन्।
मलाई थाह त थिएन
तर ताल्चाको साँचो मेरै हातमा रहेछ त्यसबेला।

वयस्क भएपछि म मान्छे रहिनँ
बारीको झारमा परिणत भएँ ।

तिम्रो बतास अहिले पनि आउँछ
झारसँग खेल्दछ,
र ऊसँग कानेखुसी गरेर फर्कन्छ।

झार उड्न खोज्छ र छटपटाउँछ,
उसका जरा धर्तीमा गाडिएका छन्,
हावासँग उड्न सक्दैन ऊ।

चेतन शक्ति अब जड भएको छ।
केटाकेटी छँदा मसँग भएको साँचो
उमेर बढ्दै जाँदा
कतै हराएको छ।


(सुमन पोखरेलद्वारा हिन्दीबाट अनुवाद)

Ramdhari Singh Dinkar

Suman Pokhrel
 •  0 comments  •  flag
Share on Twitter
Published on March 20, 2011 11:35

February 16, 2011

ठन्डे सपने (Hindi Translation of Uma Subedi's Poem "Chisa Sapanaharu"

ठन्डे सपने
- उमा सुबेदी


यह ठन्डी रात
काली रात
शून्यता पे विलिन रात
खुदको धुन्ध में लपेटकर
टकटकी आँखों से देखती हुई यह रात ।

बर्फ की ठंडी से सिकुडी हुई
रुग्ण सर्दी के बैसाखी के सहारे चलती हुई
यह जीर्ण बुढी रात
निश्वास लेती हुई वक्त के सिंढियों पे चढती जा रही है ।
लडखडाती हुई, गिरती हुई, सम्भलती हुई
कभी डुबती हुई, कभी उतरती हुई
बेमतलब लम्बी होती जा रही है
दम घुटते हुए आगे चली जा रही है ।

सागर के उस ओर से
मुस्कराता हुवा
चाँदविहीन आकाश उलाहने दे रहा है,
पर
यह काली रात
यह अकेली रात
मेरी हो सकी न आकाश की
हुई तो केवल तनहाईं की ।

मेरे ठंडे सपनों की ढाकीयां ढोकर
निरन्तर अकेली चल रही है
यह काली अँधियारी रात ।



(नेपाली से अनुवाद- सुमन पोखरेल)

Suman Pokhrel
 •  0 comments  •  flag
Share on Twitter
Published on February 16, 2011 15:16

January 9, 2011

तिम्रा रहरहरूमा भिजाऊ मलाई (गीत)

गीत
- सुमन पोखरेल


तिम्रा रहरहरूमा भिजाऊ मलाई
केही आश देखाई रिझाऊ मलाई

थुप्रै इच्छा बोकी लजाएकी झैँ
केही बोल्न खोजी शर्माएकीझैँ
सँधै तिर्सनामा कति देखूँ म
लौ सामु आऊ सबै धक फुकाई
यौवनका चाहना सुनाऊ मलाई

वैँसका सबै उमङ्ग नै जलाई
निश्वासलाई यसरी चलाई
सँधै कल्पनामा कति लेखूँ म
लौ आज रोकौँ उच्छवासलाई
केही त अनुभव दिलाऊ मलाई


Hazaar Aankhaa Yee Aankhaama
Hajara Amkha, Yi Amkhama: Sumana Pokharelako Gae Gita Nagae Kavita Srnkhalako Pahilo Bhaga = Hazaar Aankhaa, Yee Aankhaama: Lyrical Poems / By S
Suman Pokhrel
Sumana Pokharela
 •  0 comments  •  flag
Share on Twitter
Published on January 09, 2011 02:42

December 29, 2010

खोरम्पा * (कविता)

खोरम्पा *
- सुमन पोखरेल

मेला लागिरहेथ्यो कुहिराहरूको
त्यो डाँडा र त्यसको वरिपरि।

मैले बुझिनँ,
किन मेला लागेथ्यो त्यस ठाउँमा
घामका किरणहरूको ओत लागेर
ती कुहिराहरूको।

मैले सोधिनँ पनि कसैलार्इ,
किन चलिरहेछ हावा यसरी
कुहिरालार्इ खेद्दै।

बरु सोध्न मन लागेथ्यो
किन खोरम्पा त्यति अप्ठ्यारो भएर बन्यो,
तर सोधिनँ त्यो पनि।

त्यो अप्ठ्यारो ठाउँमा
त्यो विकट अवस्थितिमा
बस्ती किन बस्यो जीवनहरूको?
जहाँ यात्राको लागि निस्कन्छ जीवन
आफैँले थाह नपाएको लक्ष्य लिएर
र हिँडिरहन्छ अभावहरूले भरिपूर्ण भएर
कतै हुँदै नभएको गन्तव्यतिर।

अनि, अन्त्य हुन्छ थाहै नपार्इ कसैले
कहिले भीरबाट लडेर
कहिले खोलामा बगेर
कहिले ढुङ्गाले किचिएर।

मैले सोधिनँ,
किन सकिने गर्छ जीवन त्यसरी।

खोरम्पा
अद्यापि झुन्डिरहेछ बाँकी जीवनहरूको बस्ती बोकेर त्यही ठाउँमा।

कारण सोधिनँ मैले त्यो निरन्तर झुन्ड्याइको।
यसैले हुनसक्छ,
सायद,
सहज मृत्युभन्दा असहज जीवन नै जीवनमय हुन्छ।


साउन २०५७, भोजपुर

( * खोरम्पा - भोजपुर जिल्ला, हसनपुर गा.बि.स. वार्ड नं. ९ मा पर्ने एउटा विकट बस्ती )


Jeevanko Chheubaata
Suman Pokhrel
 •  0 comments  •  flag
Share on Twitter
Published on December 29, 2010 20:04

सुमन पोखरेल Suman Pokhrel

Suman Pokhrel
This blog contains the literary works of poet, lyricist and translator Suman Pokhrel.
Follow Suman Pokhrel's blog with rss.