Suman Pokhrel's Blog: सुमन पोखरेल Suman Pokhrel, page 17
May 9, 2010
तिमीले जलाएको मुटु अझै जलिरहेछ (गीत)
गीत
- सुमन पोखरेल
तिमीले जलाएको मुटु अझै जलिरहेछ
कसरी पत्याऊँ यहाँ झरी छ भनेर
मन वरिपरि माया अझै छाइरहेछ
कसरी पत्याऊँ यहाँ दूरी छ भनेर
मेरा तिर्सनामा तिमीले पिएकीछ्यौ
भाका मुर्छनामा तिमीले दिएकीछ्यौ
चोट बनी मेरा गीतमा लेखिइन्छ्यौ
कसरी पत्याऊँ यहाँ दूरी छ भनेर
सम्झनाहरूमा तिमी नै बसेकीछ्यौ
वेदनाहरूमा तिमी नै पसेकीछ्यौ
आँसु बनी मेरा आँखामा आइदिन्छ्यौ
कसरी पत्याऊँ यहाँ दूरी छ भनेर
- सुमन पोखरेल
तिमीले जलाएको मुटु अझै जलिरहेछ
कसरी पत्याऊँ यहाँ झरी छ भनेर
मन वरिपरि माया अझै छाइरहेछ
कसरी पत्याऊँ यहाँ दूरी छ भनेर
मेरा तिर्सनामा तिमीले पिएकीछ्यौ
भाका मुर्छनामा तिमीले दिएकीछ्यौ
चोट बनी मेरा गीतमा लेखिइन्छ्यौ
कसरी पत्याऊँ यहाँ दूरी छ भनेर
सम्झनाहरूमा तिमी नै बसेकीछ्यौ
वेदनाहरूमा तिमी नै पसेकीछ्यौ
आँसु बनी मेरा आँखामा आइदिन्छ्यौ
कसरी पत्याऊँ यहाँ दूरी छ भनेर
Published on May 09, 2010 09:15
April 30, 2010
तिम्रा आँखा कतै कहीँ अरुसँगै झुके होलान् (गीत)
गीत
- सुमन पोखरेल
तिम्रा आँखा कतै कहीँ अरुसँगै झुके होलान्
न्याना तिम्रा अधरले अरुलाई नै चुमे होलान्
म त एक्लो त्यसै पनि एक्लै ओठ टोकिरहुँला
अनन्त हुन् तिम्रा खुसी त्यसैमा म हाँसिरहुँला
विछोडको आघातमा मुटु झनै चल्न खोज्छ
सम्भव भए बाहिर निस्की सलाइझैँ बल्न खोज्छ
पराई भयौ तिमी अब माया भने साँचिरहुँला
अनन्त हुन् तिम्रा खुसी त्यसैमा म हाँसिरहुँला
माया चोट भएपछि मन यस्तै रुँदोरहेछ
शरीर हिँडछ यताउता, मन त्यहीँ हुँदोरहेछ
सँधै तिम्रो सम्झनालाई छातीभरि टाँसिरहुँला
अनन्त हुन तिम्रा खुसी त्यसैमा म हाँसिरहुँला
- सुमन पोखरेल
तिम्रा आँखा कतै कहीँ अरुसँगै झुके होलान्
न्याना तिम्रा अधरले अरुलाई नै चुमे होलान्
म त एक्लो त्यसै पनि एक्लै ओठ टोकिरहुँला
अनन्त हुन् तिम्रा खुसी त्यसैमा म हाँसिरहुँला
विछोडको आघातमा मुटु झनै चल्न खोज्छ
सम्भव भए बाहिर निस्की सलाइझैँ बल्न खोज्छ
पराई भयौ तिमी अब माया भने साँचिरहुँला
अनन्त हुन् तिम्रा खुसी त्यसैमा म हाँसिरहुँला
माया चोट भएपछि मन यस्तै रुँदोरहेछ
शरीर हिँडछ यताउता, मन त्यहीँ हुँदोरहेछ
सँधै तिम्रो सम्झनालाई छातीभरि टाँसिरहुँला
अनन्त हुन तिम्रा खुसी त्यसैमा म हाँसिरहुँला
Published on April 30, 2010 09:16
April 20, 2010
प्रेम गर्नुबाहेक तिमीलाई प्रेम गर्नुको कुनै कारण छैन (Nepali translation of Pablo Neruda's poem "I Do Not Love You Except Because I Love You")
प्रेम गर्नुबाहेक तिमीलाई प्रेम गर्नुको कुनै कारण छैन
-पाब्लो नेरुदा (१२ जुलाई १९०४ पर्राल, चिली - २३ सेप्टेम्बर १९७३ सान्टिएगो, चिली)
प्रेम गर्नुबाहेक तिमीलाई प्रेम गर्नुको कुनै कारण छैन
जब म तिमीलाई प्रेम गर्दा र नगर्दा बीचको अन्तर जोख्दछु
तिमीलाई पर्खँदा र नपर्खँदा बीचको दूरी नाप्दछु
मेरो हृदय हिँउ र आगो बीच ओहोरदोहोर गर्न थाल्छ।
मैले प्रेम गरेकी केवल तिमी हौ,
त्यसैले तिमीलाई प्रेम गर्छु।
म तिमीलाई भनिनसक्नुको घृणा गरिहेर्छु,
र फेरि तिमी प्रति समर्पित भई हेर्दछु।
मेरो फेरिँदै गएको तिमी प्रतिको प्रेमको तुलोले देखाउँछ-
धृणाले तिम्रो अनुहारै नहेर्ने हुँदा पनि
म तिमीलाई खपिनसक्नुको माया गर्दोरहेछु।
हुन त,
पुसका घामको छुच्चो किरणले
मेरो कोमलाताको साँचो चोरेर
मेरो हृदयलाई खाइदिएको पनि हुन सक्छ।
कथाको यस अध्यायमा
मर्ने
म, र केवल म नै हुँ
म
तिमीलाई खपिनसक्नुको प्रेम गरेर
प्रेममा मर्छु।
म तिमीलाई प्रेम गर्छु,
प्रेम,
नसानसा, रोमरोमभित्रदेखिको प्रेम।
(मूल स्पेनिसबाट स्टिफन ट्यापस्कटले गरेको अङ्ग्रेजी अनुवादको सुमन पोखरेलद्वारा नेपालीमा अनुदित)
Pablo Neruda
Suman Pokhrel
-पाब्लो नेरुदा (१२ जुलाई १९०४ पर्राल, चिली - २३ सेप्टेम्बर १९७३ सान्टिएगो, चिली)
प्रेम गर्नुबाहेक तिमीलाई प्रेम गर्नुको कुनै कारण छैन
जब म तिमीलाई प्रेम गर्दा र नगर्दा बीचको अन्तर जोख्दछु
तिमीलाई पर्खँदा र नपर्खँदा बीचको दूरी नाप्दछु
मेरो हृदय हिँउ र आगो बीच ओहोरदोहोर गर्न थाल्छ।
मैले प्रेम गरेकी केवल तिमी हौ,
त्यसैले तिमीलाई प्रेम गर्छु।
म तिमीलाई भनिनसक्नुको घृणा गरिहेर्छु,
र फेरि तिमी प्रति समर्पित भई हेर्दछु।
मेरो फेरिँदै गएको तिमी प्रतिको प्रेमको तुलोले देखाउँछ-
धृणाले तिम्रो अनुहारै नहेर्ने हुँदा पनि
म तिमीलाई खपिनसक्नुको माया गर्दोरहेछु।
हुन त,
पुसका घामको छुच्चो किरणले
मेरो कोमलाताको साँचो चोरेर
मेरो हृदयलाई खाइदिएको पनि हुन सक्छ।
कथाको यस अध्यायमा
मर्ने
म, र केवल म नै हुँ
म
तिमीलाई खपिनसक्नुको प्रेम गरेर
प्रेममा मर्छु।
म तिमीलाई प्रेम गर्छु,
प्रेम,
नसानसा, रोमरोमभित्रदेखिको प्रेम।
(मूल स्पेनिसबाट स्टिफन ट्यापस्कटले गरेको अङ्ग्रेजी अनुवादको सुमन पोखरेलद्वारा नेपालीमा अनुदित)
Pablo Neruda
Suman Pokhrel
Published on April 20, 2010 15:23
February 27, 2010
हरेक बिहान (कविता)
हरेक बिहान
- सुमन पोखरेल
हरेक बिहान
रक्ताम्य खबरहरूसँगै ब्यूँझन्छु
र सशङ्कित हुँदै छाम्दछु आफूलार्इ
आफैँ हो कि हैन भनेर।
कृतज्ञता व्यक्त गर्दछु
आफ्नो एकमात्र संरक्षकलार्इ
"धन्य र्इश्वर!
हिजो मर्ने र मारिनेहरूको सूचीमा
मेरो नाम छैन "।
Jeevanko Chheubaata
Suman Pokhrel
- सुमन पोखरेल
हरेक बिहान
रक्ताम्य खबरहरूसँगै ब्यूँझन्छु
र सशङ्कित हुँदै छाम्दछु आफूलार्इ
आफैँ हो कि हैन भनेर।
कृतज्ञता व्यक्त गर्दछु
आफ्नो एकमात्र संरक्षकलार्इ
"धन्य र्इश्वर!
हिजो मर्ने र मारिनेहरूको सूचीमा
मेरो नाम छैन "।
Jeevanko Chheubaata
Suman Pokhrel
Published on February 27, 2010 20:44
February 8, 2010
यो मेरो हठ हो हुनसक्छ दृढता हो (गीत)
गीत
- सुमन पोखरेल
यो मेरो हठ हो हुनसक्छ दृढता हो
वेदना बाँधी नै राख्छु मनको गाँठो खोल्न सक्दिनँ
यो मेरो माया हो हुनसक्छ शिष्टता हो
तिम्रो भेद खुल्ला भनी आफ्नो पीर पोख्न सक्तिनँ
मनका तृष्णाहरूले आफैँलाई डसाइदिन्छु
आँसु प्यारो मलाई एक्लै खसाइदिन्छु
यो मेरो चाहना हो हुनसक्छ बहाना हो
तिम्रो खुसी फुट्ला भनि भीडमा आँसु झार्न सक्दिनँ
मेरो छेउ पनि बहार नआएको हैन
मायाले भिजेको जीवन पनि नबाँचेको हैन
यो मेरो रहर हो हुनसक्छ विवशता हो
तिम्रो कथा बोल्ला भनी आफ्नो अतीत लेख्न सक्तिनँ
- सुमन पोखरेल
यो मेरो हठ हो हुनसक्छ दृढता हो
वेदना बाँधी नै राख्छु मनको गाँठो खोल्न सक्दिनँ
यो मेरो माया हो हुनसक्छ शिष्टता हो
तिम्रो भेद खुल्ला भनी आफ्नो पीर पोख्न सक्तिनँ
मनका तृष्णाहरूले आफैँलाई डसाइदिन्छु
आँसु प्यारो मलाई एक्लै खसाइदिन्छु
यो मेरो चाहना हो हुनसक्छ बहाना हो
तिम्रो खुसी फुट्ला भनि भीडमा आँसु झार्न सक्दिनँ
मेरो छेउ पनि बहार नआएको हैन
मायाले भिजेको जीवन पनि नबाँचेको हैन
यो मेरो रहर हो हुनसक्छ विवशता हो
तिम्रो कथा बोल्ला भनी आफ्नो अतीत लेख्न सक्तिनँ
Published on February 08, 2010 09:30
September 13, 2009
चस्किदियो छाती फेरि सम्झनामा तेरो (गीत)
गीत
- सुमन पोखरेल
चस्किदियो छाती फेरि सम्झनामा तेरो
किन अझै आफ्नी हुन्छेस् कल्पनामा मेरो
मनभरि तेरो माया छातीभरि घात
दिन दिन्छु अरूलाई आफ्नो केवल रात
अन्धकारमा किन घोच्छेस् यादहरूले यस्तो
फूल जति अरूको र काँढा मेरो जस्तो
रम्न खोज्छु केशमा, त्यो रात बनिदिन्छ
आँखाभित्र डुब्न खोज्दा आँसु झरिदिन्छ
अधरका मिठासहरू आज तिर्सना जस्तो
सँगै बिताएका रातहरू अब सपना जस्तो
- सुमन पोखरेल
चस्किदियो छाती फेरि सम्झनामा तेरो
किन अझै आफ्नी हुन्छेस् कल्पनामा मेरो
मनभरि तेरो माया छातीभरि घात
दिन दिन्छु अरूलाई आफ्नो केवल रात
अन्धकारमा किन घोच्छेस् यादहरूले यस्तो
फूल जति अरूको र काँढा मेरो जस्तो
रम्न खोज्छु केशमा, त्यो रात बनिदिन्छ
आँखाभित्र डुब्न खोज्दा आँसु झरिदिन्छ
अधरका मिठासहरू आज तिर्सना जस्तो
सँगै बिताएका रातहरू अब सपना जस्तो
Published on September 13, 2009 08:28
August 10, 2009
तिम्रो मनको मझेरीमा बसूँबसूँ जस्तो लाग्छ (गीत)
गीत
- सुमन पोखरेल
तिम्रो मनको मझेरीमा बसूँबसूँ जस्तो लाग्छ
हामी दुईको सम्बन्धलाई कसूँकसूँ जस्तो लाग्छ
जिन्दगीको मध्यान्हमा जताततै पोलेजस्तो
कसले कसले वर्षौदेखि सँधैभरि खेदेजस्तो
रेशमी त्यो केशमा एकछिन लुकूँलुकूँ जस्तो लाग्छ
नचुँडिने एउटा नाता गाँसूँगाँसूँ जस्तो लाग्छ
खोजेको घर मैले त्यो मनभित्र देखेजस्तो
भित्र पस्ने बाटो तर मौनताले छेकेजस्तो
गाजलु ती आँखाबाट पसूँपसूँ जस्तो लाग्छ
यो मुटुलाई त्यो मुटुमा टासूँटासूँ जस्तो लाग्छ
Hazaar Aankhaa Yee Aankhaama
Suman Pokhrel
- सुमन पोखरेल
तिम्रो मनको मझेरीमा बसूँबसूँ जस्तो लाग्छ
हामी दुईको सम्बन्धलाई कसूँकसूँ जस्तो लाग्छ
जिन्दगीको मध्यान्हमा जताततै पोलेजस्तो
कसले कसले वर्षौदेखि सँधैभरि खेदेजस्तो
रेशमी त्यो केशमा एकछिन लुकूँलुकूँ जस्तो लाग्छ
नचुँडिने एउटा नाता गाँसूँगाँसूँ जस्तो लाग्छ
खोजेको घर मैले त्यो मनभित्र देखेजस्तो
भित्र पस्ने बाटो तर मौनताले छेकेजस्तो
गाजलु ती आँखाबाट पसूँपसूँ जस्तो लाग्छ
यो मुटुलाई त्यो मुटुमा टासूँटासूँ जस्तो लाग्छ
Hazaar Aankhaa Yee Aankhaama
Suman Pokhrel
Published on August 10, 2009 08:21
August 8, 2009
च्यातिएको मनमा के घर बन्ला, नबन्दै भत्केला (गीत)
गीत
- सुमन पोखरेल
च्यातिएको मनमा के घर बन्ला, नबन्दै भत्केला
भाग्य पनि फुटेकै होला, के हेर्नु हत्केला
दुखेका रहर चुँडिएका इच्छा किचिएको हृदय
हजारौँ हजार सपना बोकी थिचिएको हृदय
फाटेको मुटु के सिउनु र, सिउनी नै खुस्केला
भाग्य पनि फुटेकै होला के हेर्नु हत्केला
फूलैले घोच्छ शीतैले पोल्छ चर्केको मनमा
चाहनाको चितामा ठोक्किई मर्केको मनमा
प्रीतको दीप के बल्थ्यो अब धुँवा चैँ निस्केला
भाग्य पनि फुटेकै होला के हेर्नु हत्केला
- सुमन पोखरेल
च्यातिएको मनमा के घर बन्ला, नबन्दै भत्केला
भाग्य पनि फुटेकै होला, के हेर्नु हत्केला
दुखेका रहर चुँडिएका इच्छा किचिएको हृदय
हजारौँ हजार सपना बोकी थिचिएको हृदय
फाटेको मुटु के सिउनु र, सिउनी नै खुस्केला
भाग्य पनि फुटेकै होला के हेर्नु हत्केला
फूलैले घोच्छ शीतैले पोल्छ चर्केको मनमा
चाहनाको चितामा ठोक्किई मर्केको मनमा
प्रीतको दीप के बल्थ्यो अब धुँवा चैँ निस्केला
भाग्य पनि फुटेकै होला के हेर्नु हत्केला
Published on August 08, 2009 08:27
July 7, 2009
धेरै धेरै रहरहरू तर प्राप्ति गाह्रो भो' (गीत)
गीत
- सुमन पोखरेल
धेरै धेरै रहरहरू तर प्राप्ति गाह्रो भो'
मेरै इच्छा आज किन विवशताको तारो भो'
छातीमा विश्वास जलेपछि
एक्लोपन शायद प्यारो भो'
सपना पानीझैँ बहिपछि
आँसु झर्न के गाह्रो भो'
खुसी खरानी भै जलिसक्दा
शायद बाँकी अँध्यारो भो
माया चोट भई बसेपछि
मुटु दुख्न के गाह्रो भो'
खुसी खरानी सपना पानी
जिन्दगी नै अफ्ठ्यारो भो'
पीरले बोली रोकेपछि
ओठ टोक्न के गाह्रो भो'
- सुमन पोखरेल
धेरै धेरै रहरहरू तर प्राप्ति गाह्रो भो'
मेरै इच्छा आज किन विवशताको तारो भो'
छातीमा विश्वास जलेपछि
एक्लोपन शायद प्यारो भो'
सपना पानीझैँ बहिपछि
आँसु झर्न के गाह्रो भो'
खुसी खरानी भै जलिसक्दा
शायद बाँकी अँध्यारो भो
माया चोट भई बसेपछि
मुटु दुख्न के गाह्रो भो'
खुसी खरानी सपना पानी
जिन्दगी नै अफ्ठ्यारो भो'
पीरले बोली रोकेपछि
ओठ टोक्न के गाह्रो भो'
Published on July 07, 2009 22:08
June 6, 2009
विश्वास हो माया भावना हो माया (गीत)
गीत
- सुमन पोखरेल
विश्वास हो माया भावना हो माया
मुटु बोकी हिँडनेको गहना हो माया
मधुमासमा मनको झङ्कार हो माया
यौवनको सुन्दर शृङ्गार हो माया
मनको पवित्र चाहना हो माया
मुटु बोकी हिँडनेको गहना हो माया
संसारका सुखको खानी हो माया
जीवनको प्राण पानी हो माया
तर कहिलेकाँही तिर्सना हो माया
मुटु बोकी हिँडनेको गहना हो माया
- सुमन पोखरेल
विश्वास हो माया भावना हो माया
मुटु बोकी हिँडनेको गहना हो माया
मधुमासमा मनको झङ्कार हो माया
यौवनको सुन्दर शृङ्गार हो माया
मनको पवित्र चाहना हो माया
मुटु बोकी हिँडनेको गहना हो माया
संसारका सुखको खानी हो माया
जीवनको प्राण पानी हो माया
तर कहिलेकाँही तिर्सना हो माया
मुटु बोकी हिँडनेको गहना हो माया
Published on June 06, 2009 09:11
सुमन पोखरेल Suman Pokhrel
This blog contains the literary works of poet, lyricist and translator Suman Pokhrel.
- Suman Pokhrel's profile
- 125 followers

