तिम्रो मनको मझेरीमा बसूँबसूँ जस्तो लाग्छ (गीत)

गीत
- सुमन पोखरेल

तिम्रो मनको मझेरीमा बसूँबसूँ जस्तो लाग्छ
हामी दुईको सम्बन्धलाई कसूँकसूँ जस्तो लाग्छ

जिन्दगीको मध्यान्हमा जताततै पोलेजस्तो
कसले कसले वर्षौदेखि सँधैभरि खेदेजस्तो
रेशमी त्यो केशमा एकछिन लुकूँलुकूँ जस्तो लाग्छ
नचुँडिने एउटा नाता गाँसूँगाँसूँ जस्तो लाग्छ

खोजेको घर मैले त्यो मनभित्र देखेजस्तो
भित्र पस्ने बाटो तर मौनताले छेकेजस्तो
गाजलु ती आँखाबाट पसूँपसूँ जस्तो लाग्छ
यो मुटुलाई त्यो मुटुमा टासूँटासूँ जस्तो लाग्छ


Hazaar Aankhaa Yee Aankhaama
Suman Pokhrel
 •  0 comments  •  flag
Share on Twitter
Published on August 10, 2009 08:21
No comments have been added yet.


सुमन पोखरेल Suman Pokhrel

Suman Pokhrel
This blog contains the literary works of poet, lyricist and translator Suman Pokhrel.
Follow Suman Pokhrel's blog with rss.