गीत
- सुमन पोखरेल
तिमीले जलाएको मुटु अझै जलिरहेछ
कसरी पत्याऊँ यहाँ झरी छ भनेर
मन वरिपरि माया अझै छाइरहेछ
कसरी पत्याऊँ यहाँ दूरी छ भनेर
मेरा तिर्सनामा तिमीले पिएकीछ्यौ
भाका मुर्छनामा तिमीले दिएकीछ्यौ
चोट बनी मेरा गीतमा लेखिइन्छ्यौ
कसरी पत्याऊँ यहाँ दूरी छ भनेर
सम्झनाहरूमा तिमी नै बसेकीछ्यौ
वेदनाहरूमा तिमी नै पसेकीछ्यौ
आँसु बनी मेरा आँखामा आइदिन्छ्यौ
कसरी पत्याऊँ यहाँ दूरी छ भनेर
Published on May 09, 2010 09:15