Suman Pokhrel's Blog: सुमन पोखरेल Suman Pokhrel, page 15
December 29, 2010
खै के सुनाउनु उनलाई मुटु मेरो पोलेको (गीत)
गीत
-सुमन पोखरेल
खै के सुनाउनु उनलाई मुटु मेरो पोलेको
देख्दछु उनको मुहारमा मेरै व्यथा दुखेको
चोट लुकाए झैँ मनमा
देख्दिनँ जाँगर तनमा
मुस्कान हराएको देख्छु
फिकाफिका अधरमा मेरै कथा लेखेको
देख्दछु उनको मुहारमा मेरै व्यथा दुखेको
शब्द हराए झैँ भाकामा
देख्दिनँ रहर आँखामा
आँसु रसाएको देख्छु
उदासउदास नजरले मेरै जेथा बोकेको
देख्दछु उनको मुहारमा मेरै व्यथा दुखेको
Hazaar Aankhaa Yee Aankhaama
Suman Pokhrel
-सुमन पोखरेल
खै के सुनाउनु उनलाई मुटु मेरो पोलेको
देख्दछु उनको मुहारमा मेरै व्यथा दुखेको
चोट लुकाए झैँ मनमा
देख्दिनँ जाँगर तनमा
मुस्कान हराएको देख्छु
फिकाफिका अधरमा मेरै कथा लेखेको
देख्दछु उनको मुहारमा मेरै व्यथा दुखेको
शब्द हराए झैँ भाकामा
देख्दिनँ रहर आँखामा
आँसु रसाएको देख्छु
उदासउदास नजरले मेरै जेथा बोकेको
देख्दछु उनको मुहारमा मेरै व्यथा दुखेको
Hazaar Aankhaa Yee Aankhaama
Suman Pokhrel
Published on December 29, 2010 08:19
December 13, 2010
निर्णय गर्नुअघि (कविता)
निर्णय गर्नुअघि
- सुमन पोखरेल
बहुलाऊँ म कसकसको मस्तिष्कमा?
सोधूँ कसलार्इ?
एकोहोरो उफ्रिरहूँ धारो झरेको ठाउँबाट पानीका कण उफ्रिएझैँ
कि
बिलकुल स्थिर रहूँ त्यही धारामुनिको ढुङ्गाजस्तो?
जो निरन्तरै भए पनि तरल चुटाइले झक्झक्याउँदा
रत्तीभर चट्पटाउँदैन।
कुन आँखालार्इ हेरूँ,
नितान्त तर्कहीन उत्तर पाउनका लागि?
वा
कसैलार्इ नसोधिनुपर्ने प्रश्न सबैलार्इ सोधिरहूँ
कि नसोधिएको प्रश्नको जवाफ दिइरहूँ आकाशतिर फर्किएर?
बाँच्नको लागि लगातार बहुलाइरहनुपर्ने यस परिवेशमा
कुन साइत रोजूँ बहुलाउन ?
मैले सोधिनँ कुनै लप्सीको गेडाजस्तो गुदीविहीन टाउकालार्इ
साइत देखाइनँ मैले कुनै टाँकीको चिउलाजस्तो विवेकलार्इ।
¨ ¨ ¨ ¨
सधैझैँ उत्सव गरिरहेथ्यो शीतको थोपाले रक्सीको स्वादमा
रातभरि फूलसँग मातेर,
बिहानी घामको किरणले पनि
अनुष्ठान गरिरहेथ्यो नदीमाथि नाङ्गै नुहाएर।
अलिबेरमा सकियो,
त्यो उत्ताउलोपन भुवाजस्तो सेतो बादलमा परिणत भएरै छाड्यो।
मैले कसैसँग नसोधिकनै आफूलार्इ बौलाइदिएँ
त्यही घाम र त्यही बादलमुनि बसेर।
मलार्इ विश्वास भइरहेथ्यो
एक दिन सबै बहुलाउने छन्
मलार्इ सद्दे देख्नका लागि।
माघ २०५५, भोजपुर
Jeevanko Chheubaata

Published on December 13, 2010 22:51
December 8, 2010
सार्वकालिक अनुभूतिका सुवासहरू (भूमिका)
सार्वकालिक अनुभूतिका सुवासहरू
-सुमन पोखरेल
केहीअघि एक कवितामय दिनमा मञ्जु दिदीले आग्रह गर्नु भएको थियो - "सुमन भाइ, मेरो गीतसङ्ग्रहको भूमिका लेखिदिनु पर्यो । " म अनकनाएको थिएँ- "दिदी, हामीकहाँ भूमिका समालोचनाजस्तै लेख्ने चलन छ, र पछि गरिने समालोचनाहरू कृतिमा भन्दा पनि भूमिकामा ज्यादा केन्द्रित हुने गरेको पाइन्छ । म गीत/कविता लेख्ने मान्छे, मैले लेखेँ भने त गीत लेख्नेले लेख्नेजस्तो मात्र लेख्न सक्छु । कृतिमाथि अन्याय हुने सम्भावना ज्यादा रहन्छ । दिदीले बरू..."
"हैन, मलाई गीतकारले लेख्नेजस्तो लेखिदिनु भयो भने हुन्छ । "– दिदीले मेरो भनाइलाई छोट्याइदिनु भएको थियो ।
त्यसको केही दिनपछि साँझ म घर पुग्दा यी गीतहरू भएको एउटा ठूलो खामले मलाई पर्खिरहेथ्यो । खामबाट झिकेर सर्सर्ती हेरेँ र ब्यागमा हालेँ । मलाईसमेत बोकेर विराटनगर-इटहरी ओहोरदोहोर गर्ने मेरो ल्यापटप ब्यागले मसँगसँगै मञ्जु दिदीका गीतको टङ्कणलिपीलाई पनि अनेक ठाउँ घुमाइरह्यो । म मौकामौकामा यी गीतसँग गफ्फिइरहेँ । तर जीवनले खेदेको कविजस्तो भइरहेँ र यसमाथि केही लेख्न चाहिने समय, सनक र आफूलाई एकैपल्ट भेट्टाउने अनुकूलता रहेन । यी गीतसँग गरेका सम्बादहरूले मनभित्र एउटा तलाउ नै सिर्जना गरे पनि बाहिर लेख्नका लागि मेसो मिलिरहेको थिएन ।
इटहरी जुट विकास चोकमा चेरीको बोटमुनि बसेर चिया खाँदै गर्दा गायक/सङ्गीतकार भाइ वेदनिधि पौडेलले सोध्नु भयो – "दाजु, यी गीत कसका हुन्?" मैले उत्तर दिएँ, "यी मञ्जु दिदीका गीत हुन्, मञ्जु शर्माका । वहाँ गीत/भजन लेख्नु हुन्छ र कार्यक्रमहरूमा सस्वर वाचन गर्नु हुन्छ, वहाँको गायन पनि अत्यन्तै सुन्दर छ" ।
प्राय: एउटा उत्तरले अर्को प्रश्न जन्माउँछ नै - "वहाँ अरू के गर्नु हुन्छ?" भन्ने वेदको जिज्ञासालाई सम्बोधन गर्दै मैले भनेँ - "मलाई थाह भएको वहाँ गीत/भजन लेख्नु हुन्छ, ज्योतिषकार्य गर्नुहुन्छ । ब्यक्तिगतरूपमा मलाई यत्ति थाह छ । गीत हेर्दा वहाँले जीवनलाई धेरैतिरबाट भोग्नु भए झैँ लाग्छ । वहाँका गीतमा कतै बुद्धत्व पनि भेटिन्छ, र कतै आम मान्छे पनि । ल हेर्नुस् " –
म जल्दा कसैलाई पोल्छ भने
पिल्सँदा उसलाई दुख्छ भने
त्यो मुटु मेरै हो भनी सोचेँ मैले
- गीत सङ्ख्या २८
"एउटाको पीडा अर्कोले अनुभूत गर्न सक्नु नै बुद्धत्व हो नी, हैन र ! अनि यहाँ हेर्नुस् त, एउटा साधारण मान्छेको मनलाई वहाँले कसरी लिपीबद्ध गर्नुभएको छ"-
मेरै सामू अरूलाई आँखाको तीर नचलाउनू
– गीत सङ्ख्या ११
पसले बैनीले चियाका गिलास उठाउँदै गर्दा वेदले अर्को प्रश्न गर्नु भयो- " प्रेमसम्बन्धी अरू गीत पनि छन् दाजु, वहाँका?"
"वहाँका गीतमा धेरैजसो त एउटा विह्वल प्रेमीलाई नै भेटिन्छ, यी गीत हेर्नू न!" -
हरक्षण उसैको यादमा म त्यसैत्यसै टोलाउँछु
हरपल उसैको मुहार म आँखाबीच सजाउँछु ।
– गीत सङ्ख्या ३
यिनै नजरको सामुमा, तिमी भयौ पराइ
न्यानो अँगालोमा पस्यौ, मेरो मुटु जलाई
– गीत सङ्ख्या ५१
"प्रेमी कि प्रेमिका?" – वेद हाँस्नुभो' ।
"यहाँनेर मेरो आफ्नै तर्क छ । प्रेम गर्ने प्रेमी नै हो । प्रेमको स्वरूप हुँदैन । हृदयको लिङ्ग हुँदैन, मेरो मतलब, हृदयको लिङ्गभेद हुँदैन । हृदयबाट प्रेम गर्ने सबै प्रेमी हुन् । कुरो जब शरीरतिर निस्कन्छ, त्यसबेला नारी र पुरुष होलान् वा हुन्छन् । त्यसपछि प्रेमी र प्रेमिका छुट्टिन्छन् । वहाँ अधिकांश गीतमा प्रेमी हुनुहुन्छ र केहीमा प्रेमिका । " – मेरो धारणा राखेँ मैले ।
"मञ्जु दिदीका यी गीतहरूमा कुनै पङ्क्ति साह्रै उत्कृष्ट छन्, कुनै ठीकै लाग्छन् । एउटा उत्कृष्ट गीत लेख्ने गीतकारले किन कुनै गीत ठीकै मात्र लेख्छन्, दाजु?" - वेदले बुझ्न खोज्नु भो' ।
"तपाईँले उत्कृष्ट भन्नु भएका गीतहरू कविताको उचाइमा छन् । कविता जमीनमा टेकेर लेख्न सकिँदैन । धर्तीकै कविता लेख्ने हो लेख्नेले, तर धर्तीमा टेकेर कविता लेखिँदैन । त्यसका लागि समाधिसम्मको उडान चाहिन्छ । र मान्छे सँधै त्यस उचाइको उडानमा रहिरहन सक्दैन । जब तल ओर्लेर, धर्ती टेकेर, लेख्छ; ठीकठीकै लेख्छ । "- मैले, मलाई लागेको भनेँ ।
हामीले यी र यस्तै कुराहरू गर्यौँ , गरिरह्यौँ ।
गीत र कविता एकै भएता पनि गीत मात्रको कुरा गर्दा कहिलेकाहीँ कविताभन्दा पृथक वास्तविकता र व्यवहारिकता देखिन्छन् । म यहाँ गीतको इतिहास लेखिरहेको छुइनँ, र गीतमा हुनु पर्ने वा नहुनु पर्ने केके हुन् भनेर ब्याख्या गरिरहेको पनि छुइनँ । तर के चाहिँ हो जस्तो लाग्दछ भने पहिलो गीत प्रथम मानवले गाएको लोकगीत हो र गीतको पहिलो लिखितरूप सामवेद हो । त्यसपछि ईसापूर्व एकतीसौँ शताब्दीतिर मेसोपोटामियालीहरूले गाएका अनेकन गीतहरू सङ्ग्रहित गरे । मायालीहरूले गाएका गीत र तिनीहरूको सङ्गीतको महक त हालसम्म पनि दक्षिण अमेरिकी स्पेनिस गीतहरूमा अनुभव गर्न सकिन्छ नै । पूर्वमा वैदिक कालमै आएको गीत पश्चिमतिर सृष्टिको ओल्लो कालमा मेसोपोटामिया र मायापछि स्कटल्यान्डमा तेर्हौँ इश्वी सम्बत्, इङ्ल्यान्डमा चौधौँ इश्वी सम्बत् र अमेरिकामा सत्रौँ इश्वी सम्बत्देखि मात्र सङ्ग्रहित हुन थालेको देखिन्छ ।
हामीकहाँ सुवानन्दन दासदेखि कविताका रूपमा आए गीतहरू । भनुभक्तले रामायणको गीत बनाए, हरेक शिक्षित नेपाली गायक भैदिए । र अहिलेसम्म आउँदा गीतकारसँगसगैँ स्पस्टरूपमा देखिने सङ्गीतकार र गायक मिलेर मात्र गीत पूर्ण हुने भयो ।
गीतहरू अनेकन विषयबस्तुमा लेखिने गरेता पनि अरू गीत प्रेमगीत जस्तो अमर भएका देखिँदैन् । मानवीय चेतनाको पहिलो झिल्कोदेखि आजसम्म प्रेमको अनुभूति उही रहेको देखिन्छ । मलाई मञ्जु दिदीका यी गीतहरूमा भएका प्रेमानुभूतिमा नै रुमल्लिरहूँ लागिरहेछ ।
माध्यमिक युगका अघिल्लो चरणलाई प्रेमगीतका लागि अँध्यारो युग मानिन्छ । चर्चले प्रेमगीत प्रति लागाएको प्रतिबन्धले गर्दा उक्त अवधिमा प्रेम गीतहरू लेखिएनन् । तर पनि पछि फेरि उस्तैगरी आए- लेखिइए पनि र गाइए पनि प्रेमगीतहरू । प्रेम कसैले रोकेर रोकिने कुरो थिएन, हैन पनि । लेख्नु र गाउनुसम्मलाई कुनै प्रकारको सोचाइले आफ्नो अधिकार रहुन्जेललाई रोक्न सक्थ्यो । र ती रोक्नेहरू आफू नै पनि सबै प्रेम वा यौनविहीन चाहिँ पक्कै थिएनन् भन्ने लाग्दछ, मलाई ।
हामी कहाँ पनि प्रेमगीतहरू प्रतिबन्धित भए नै । सुक्तिसिन्धुलाई प्रतिबन्ध नगरिएको भए, "उठ प्यारी अब ता कुखुरा कराए"हरू पनि कतै सङ्गीतबद्ध हुने थिए होला, रेडियो भैदिएको भए बज्थे पनि होला । तर पनि फेरि हामीकहाँ पनि प्रेममा हजारौँ गीत लेखिए र अझ भनौँ ज्यादाजसो गीत प्रेमगीत नै लेखिए । प्रेममाथि लेखिएका किरण खरेल, रत्नशमशेर थापा, शरण प्रधान, गोपाल योञ्जन, नागेन्द्र थापा, चेतन कार्की, कालीप्रसाद रिजाल, दिनेश अधिकारी, कृष्णहरि बराल आदि गीतकारका कतिपय गीतहरू लामो समयदेखि लगाताररूपमा लोकप्रिय रहेकाले ती गीतहरू कालजयी हुने सम्भावना देखिन्छ । हाम्रा लोकगीतहरू नलेखिँदा पनि लेखिँदा पनि; रेकर्ड नगरिँदा पनि, गरिँदा पनि ज्यादाजसोले प्रेमकै विविध रूपहरूलाई गाउँदै आएका छन् । मानव रहुन्जेल प्रेम रहनेछ, त्यसैले मानवजाती लोप नहुन्जेल प्रेमगीतहरू मर्ने छैनन् , लेखिइरहने छन्, गायिइरहनेछन्, बजिरहने छन् सुनिइरहने छन् ।
नारी-पुरुषबीचको प्रेम होस्, वा गीतकार/गायक/भक्तको ईश्वरप्रतिको प्रेम होस्, मानवसभ्यता शुरू भएदेखि आज, यस क्षणसम्म उही रहेको देखिन्छ । तीन हजार वर्षअघिको बाइबल (पुरानो करार)मा हिब्रुमा लिपीबद्ध "गीतहरूको गीत" ("सङ् अब् सङ्ज्" अर्थात् "सङ् अब् सोलोमन्")मा भएको अनुभूति -
मेरो मन लुट्यौ तिमीले
मेरी प्रिया, मेरी अर्धाङ्गिनी
मेरो मन लुट्यौ तिमीले
तिम्रा आँखाको एक दृष्टीले
तिम्रो गलाको एक सिक्रीले ।
र मञ्जु दिदीका निम्न हरफहरू -
चोरेर लग्यौ मन आफ्नो बनायौ
मेरा भाव लुछेर आफूलाई सजायौ
-गीत सङ्ख्या ४६
मा कुनै ठूलो भिन्नता देख्दिनँ म ।
अन्य कतिपय विषयमा लेखिएका गीत/कविताहरूले बुझिनका लागि पृष्ठभूमिमा इतिहास, भूगोल वा घटनाक्रमलगायत अनेकौँ कुराको ज्ञान खोज्दछन् तर प्रेमगीत बुझ्नका लागि एउटा हृदय भए मनग्य हुन्छ ।
एक्कासी तिमीलाई सामू भेट्दा
बोल्न सक्दिनँ म - बोली लरबराउँछ
मेरो नसानसामा मधुर ज्वाला उठ्दछ
ग्रिसेली कवयित्री सप्फोले ईसापूर्व छ सय तीसतिर लेखेकी यो गीतको मर्म बुझ्न र मञ्जु दिदीको एउटा गीतका निम्न पङ्क्ति बुझ्न कुनै अग्रिम ज्ञानको आवस्यकता पर्ने देखिँदैन ।
अङ्गभरि उमङ्गका लहर सल्बलाई
नसानसा छाइरहे रक्त चलबालाई
---
ढुकढुकीले धड्कन छोड्यो ओठ थर्थरायो
लरबरिए गोडाहरू बेहोसीझैँ छायो
- गीत सङ्ख्या-५९
प्रेम तथा प्रेमजनित यौनिक अनुभूतिलाई भूगोल र समयले अलग्याउन सकेको देखिँदैन । प्रथम ईस्वी सम्बततिर रोमन कवि ओभिदको "आफूले सँधै गर्नेजस्तो गर्नमा अलिकति चुक्ने बित्तिक्कै प्रेमिकाले अर्की स्त्रीप्रति शङ्का गर्दछे" भन्ने अभिब्यक्तिको सत्यता आजसम्म पनि यथावतरूपमा रहिरहेको देखिन्छ । मञ्जु दिदीकै गीतको एउटा अंश हेरौँ -
मलाई दिने मायाहरू अरूलाई बाँडी हिँड्छौ
शब्दका ती भावहरू अरूलाई साटी हिँड्छौ
– गीत सङ्ख्या १२
गीत गाइने अनुभूति हो, नगाइने गीत हुँदैनन् । र कुशल सङ्गीतकारले जस्तोसुकै संरचनाका शब्दसङ्ग्रहलाई पनि गीत बनाउन सक्दछ । यसरी हेर्दा जेसुकै पनि गीत हुन्जस्तो लाग्दछ ।
तर, हाम्रो पौरस्त्य शास्त्रीय परम्पराले गीतका लागि एउटा संरचना तय गरेको छ । जसमा स्थायी, अन्तरा, सञ्चरी र आभोग भनेर छुट्याइन्छ । भारतीय विभिन्न भाषाहरू तथा नेपालका नेपालीलगायतका प्राय:जसो भाषाका गीतहरू यसबाट प्रभावित छन् र यसका अनुयायी रहेका छन् । मूलत: उर्दूमा लेखिने गरेका गजलहरू हरेक दुई हरफ स्वतन्त्र हुने भएता पनि कतिपय गायनमा यही स्थायी-अन्तराको संरचना समातेर हिँड्ने गरेको पाइन्छ । अङ्ग्रेजी वा स्पेनिस गीतहरू यसभन्दा अलग वा कहिलेकाहीँ यस्तै पनि देखिन्छन् । तिनीहरूमा स्थायीका रूपमा दोहोरिने वाक्यखण्ड (हूक) गीतको सुरुका नभएर बीचका पनि हुने गर्दछन् । हाम्रोमा भने सुरूका दुई पङ्तिनै स्थायीका रूपमा दोहोरिने चलन रहिआएको छ ।
गीत पूर्ण हुन शब्द, सङ्गीत र स्वर तीन वटै चाहिन्छ भनिन्छ तर गीतको पूर्णता यतिमा सीमित हुँदैन भन्ने लाग्दछ मलाई । गायनमा एउटै सङ्गीत र स्वरमा पनि विविधता हुन सक्दछ र एउटै सङ्गीतभित्र विविध गहिराइहरू हुने गर्दछन् । गीतका शब्दहरूबीच रहेका संवेदनलाई यिनीहरूले फरकफरकरूपमा सम्प्रेषण गर्दछन् र मनका विविधरूपहरूलाई आ-आफ्नो किसिमले प्रभावित गर्दछन् । यस विषयमा अनेकौँ उदाहरणहरू हुन सक्दछन् । अहिलेलाई ग्लूमी सन्डे कै दृष्टान्त लिऔँ । ल्याज्लो जेभरद्वारा लिखित हङ्गेरियन कविता सोमोरू भासर्नाप (उदास आइतबार)का आधारमा रेजो सेरेजले कम्पोज गरेर हङ्गेरियनमै गाएको यस गीतले सयौँ मान्छेको ज्यान लियो भनिन्छ । अङ्ग्रेजी अनुवादमा कयौँ गायकगायिकाले यो गीत करिबकरिब उही सङ्गीतमा गाए । तर बिली होलिडेले गाएको गीत मात्र ज्यानमारा भयो । हालसम्म विभिन्न भाषामा सतासी गायकगायिकाले गाउँदासम्म कुनै गायन पनि मूल हङ्गेरियनमा रेजो सेरेजले सन् उन्नाइस सय पैँतीसमा गाएको र बिली होलिडेले अङ्ग्रेजीमा सन् उन्नाइस सय एकचालीसमा गाएकोजस्तो हृदयस्पर्शी र घातक हुन सकेनन् ।
मैले बुझेसम्म एउटा गीतकारले कुनै पनि गीत कुनै न कुनै सङ्गीतमा लेख्दछ । त्यो प्राय: पहिले गाइएको कुनै गीतको सङ्गीत वा कुनै नयाँ धून हुन सक्दछ । त्यसलाई फेरि गाउनका लागि गीतकारले आफ्नो लेखनको सङ्गीत भए त्यसैमा नभए सङ्गीतकारको नयाँ सङ्गीतमा गेय बनाउने हो र गायकले सोहीअनुरूप गाउने हो ।
मञ्जु दिदीले एउटा गीतकारले गर्नुपर्ने दायित्व निर्भाह गर्नु भएको छ । बाँकी दायित्व सङ्गीतकार, गायक तथा गीत उत्पादकहरूमा सरेको छ ।
यस सङ्ग्रहमा रहेका गीतहरू त्रुटीविहीन छन् भन्ने मलाई लागेको छैन । तर त्रुटी खोज्ने काम मलाई झन्झटिलो लाग्दछ । अर्को कुरा यो यस कृतिभित्र पस्नुअघिको सामान्य भूमिका मात्र हो । तसर्थ, यसमा भएका अरू राम्रा पक्षहरू, प्राविधिकता, लेखनको कलात्मकता एवम् काब्यशिल्पविशेषताहरूका बारेमा विमर्श गर्ने समालोचकहरूको अधिकारक्षेत्रमा पस्न चाहन्नँ ।
मञ्जु दिदीलाई मेरो शुभकामनै शुभकामना !
२०६७ साउन ६ गते
विराटनगर
(मञ्जु शर्माको गीतसङ्ग्रह 'रित्तिएको मुटु -२०६७'को भूमिका)

Published on December 08, 2010 22:00
November 28, 2010
बौलाहा-प्रश्न (लघुकथा)
बौलाहा-प्रश्न (लघुकथा)
-सुमन पोखरेल
रेडियोबाट प्रसारणरत संसद गतिविधि सुन्न बिथोल्दै उसले एक्कासी सोध्यो, "ए हजुर!हजुरले चुनावमा भोट दिनुभो ?"
कान्छा दाइले सामान्यरूपमा जवाफ दिए , "दिएँ।"
उ फिसिक्क हाँस्यो, एउटा व्यङ्गात्मक र दार्शनिक हँसाइ र पुन: सोध्यो, "ल अब भन्नुस्, मलार्इ बहुला भनेर भोट हाल्न दिएनन्, मैले के पाइन, हजुरले दिनभरि घाममा टटि्टएर भोट हाल्नु भो र के पाउनु भो ?"
कान्छा दाइ त्यसैबेलादेखि उत्तर खोजिरहेका छन् तर भेटिरहेका छैनन् । बाट्बाटै बर्बराउँदै हिँड्छन् "उसले के पाएन, मैले के पाएँ?"

Published on November 28, 2010 23:04
मलाई अभिशाप लाग्दछ, तिमी जिन्दगी हो भन्दछ्यौ (गीत)
गीत
- सुमन पोखरेल
मलाई अभिशाप लाग्दछ, तिमी जिन्दगी हो भन्दछ्यौ
यो पश्चातापको सागर हो, तिमी जिन्दगी जो भन्दछ्यौ
शान्त भएर सँधै यहाँ कोलाहल ज्यूनु छ
खुसी मानेर चोटलाई यहाँ आँसु प्यूनु छ
यो आगोलाई माया नभन
मलाई यो ताप लाग्दछ
तिमी जिन्दगी हो भन्दछ्यौ
मलाई अभिशाप लाग्दछ
झिकेर मुटु छातीबाट फेरि छातीमै खोज्नु छ
अघाएर जीवनबाट फेरि जीवन नै रोज्नु छ
यो बाध्यता मोह हो नभन
मलाई यो श्राप लाग्दछ

Published on November 28, 2010 09:39
November 22, 2010
यसरी बस्यौ यो मुटु माझ निकाल्न सकिनँ (गीत)
गीत
- सुमन पोखरेल
यसरी बस्यौ यो मुटु माझ निकाल्न सकिनँ
यो मुटुभित्र कसैलाई अरू स्वीकार्न सकिनँ
अँध्यारो कालो संसारबीच तिमी के आइदियौ
निभेको मेरो मनको आभा तिमी नै भैदियौ
बोलाए होलान् कतिले मलाई थाह नै पाईनँ
मधुर तिम्रो निमन्त्रण मैले पन्छाउन सकिनँ
वसन्त बनी बाह्रैमास मनमा छाइदियौ
भुलिनसक्नु प्रगाढ माया मुटुमा लाइदियौ
दिएथे होलान् कतिले माया थाह नै पाइनँ
बैँसालु तिम्रो रहरलाई मैले पन्छाउन सकिनँ
झकाएका आँखा नशालु पारी यसरी हेरिदियौ
गुलाबी अधर ओठमा राखी रङ्ग नै फेरिदियौ
साँचेथे होलान कतिले तृष्णा थाह नै पाइनँ
नशालु तिम्रो यौवनलाई मैले पन्छाउन सकिनँ

Published on November 22, 2010 09:21
November 13, 2010
उचाइ (Nepali Translation of Atal Bihari Vajpeyi's Poem "UCHAI"
उचाइ
अटलविहारी वाजपेयी
अग्ला पहाडमा
उम्रँदैनन् रुखबिरुवा
न त झार नै पलाउँछ।
जम्दछ केवल हिउँ
जो, कात्रो झैँ सेतो र
मृत्युजस्तै चिसो हुन्छ,
हाँस्दोखेल्दो नदी
जुन रूप अँगालेपछि
पश्चातापले तप्पतप्प रुन्छ ।
जसलाई छोयो भने पानी पनि ढुङ्गो बन्दछ,
जसलाई देख्दा आफू पुड्को भए झैँ लाग्छ,
त्यो उचाइ
अभिनन्दनको हकदार हुन सक्छ
आरोहीहरूका लागि आमन्त्रण हुन सक्छ
त्यसमा झन्डा गाड्न सकिन्छ,
तर,
कुनै गौँथलीले
त्यहाँ गुँड बनाउन सक्दैन
न कुनै बटुवा
त्यसको छायामा एक झप्को निदाउन सक्छ।
केवल उचाइले नहुने रहेछ।
सबैबाट छुट्टिएर
परिवेशबाट अलग्ग
आफन्तहरूबाट चोइटिएर
शून्यमा एक्लै उभिनु
हिमालको महानता हैन
विवशता हो, सायद।
अनन्तको फरक हुँदोरहेछ
उचाइ र गहिराइमा।
जो जति अग्लो, त्यति नै एक्लो हुन्छ
आफ्ना बोझहरू एक्लै बोक्दछ
बाहिर अनुहारमा हाँसो टाँसेर
भित्र आफैँसँग रुनेगर्छ।
उचाइ सँगसँगै फैलाइ पनि हुनु रहेछ,
जसले गर्दा
खाँबो जस्तो उभिइरहनु नपरोस मान्छेलाई ।
ऊ अरूहरूमा बाँडियोस्
कसैलाई साथ लागाओस्
कोहीसँग कुम जोडेर हिँडोस्।
भीडमा हराउनु
सम्झनामा डुब्नु
आफैँलाई बिर्सिनुले
अस्तित्वलाई अर्थ र
जीवनलाई सुगन्ध दिनेरहेछ।
धरतीलाई पुड्काको हैन
अग्ला मान्छेको खाँचो छ
यति अग्ला कि आकाश छोउन
नयाँ नक्षत्रहरूमा प्रतिभाको बीऊ छरुन्।
तर त्यति अग्ला पनि हैनन्
कि
टेकेको ठाउँमा दुबै नउम्रियोस्
कुनै काँढाले घोच्दै नघोचोस्
कोपिलाहरू फक्रिनै नसकुन्।
न वसन्त होस् न पतझडको बैराग्य
जहाँ उचाइको आँधीले कुटेको
एक्लोपनको नीरवता मात्र बाँचेको होस् ।
प्रभू!
मलाई त्यति अग्लो कहिल्यै नबनाऊ
त्यति रूखो कहिल्यै नबनाऊ
पराईलाई अँगालो हाल्न नसकूँ!
Suman Pokhrel
अटलविहारी वाजपेयी
अग्ला पहाडमा
उम्रँदैनन् रुखबिरुवा
न त झार नै पलाउँछ।
जम्दछ केवल हिउँ
जो, कात्रो झैँ सेतो र
मृत्युजस्तै चिसो हुन्छ,
हाँस्दोखेल्दो नदी
जुन रूप अँगालेपछि
पश्चातापले तप्पतप्प रुन्छ ।
जसलाई छोयो भने पानी पनि ढुङ्गो बन्दछ,
जसलाई देख्दा आफू पुड्को भए झैँ लाग्छ,
त्यो उचाइ
अभिनन्दनको हकदार हुन सक्छ
आरोहीहरूका लागि आमन्त्रण हुन सक्छ
त्यसमा झन्डा गाड्न सकिन्छ,
तर,
कुनै गौँथलीले
त्यहाँ गुँड बनाउन सक्दैन
न कुनै बटुवा
त्यसको छायामा एक झप्को निदाउन सक्छ।
केवल उचाइले नहुने रहेछ।
सबैबाट छुट्टिएर
परिवेशबाट अलग्ग
आफन्तहरूबाट चोइटिएर
शून्यमा एक्लै उभिनु
हिमालको महानता हैन
विवशता हो, सायद।
अनन्तको फरक हुँदोरहेछ
उचाइ र गहिराइमा।
जो जति अग्लो, त्यति नै एक्लो हुन्छ
आफ्ना बोझहरू एक्लै बोक्दछ
बाहिर अनुहारमा हाँसो टाँसेर
भित्र आफैँसँग रुनेगर्छ।
उचाइ सँगसँगै फैलाइ पनि हुनु रहेछ,
जसले गर्दा
खाँबो जस्तो उभिइरहनु नपरोस मान्छेलाई ।
ऊ अरूहरूमा बाँडियोस्
कसैलाई साथ लागाओस्
कोहीसँग कुम जोडेर हिँडोस्।
भीडमा हराउनु
सम्झनामा डुब्नु
आफैँलाई बिर्सिनुले
अस्तित्वलाई अर्थ र
जीवनलाई सुगन्ध दिनेरहेछ।
धरतीलाई पुड्काको हैन
अग्ला मान्छेको खाँचो छ
यति अग्ला कि आकाश छोउन
नयाँ नक्षत्रहरूमा प्रतिभाको बीऊ छरुन्।
तर त्यति अग्ला पनि हैनन्
कि
टेकेको ठाउँमा दुबै नउम्रियोस्
कुनै काँढाले घोच्दै नघोचोस्
कोपिलाहरू फक्रिनै नसकुन्।
न वसन्त होस् न पतझडको बैराग्य
जहाँ उचाइको आँधीले कुटेको
एक्लोपनको नीरवता मात्र बाँचेको होस् ।
प्रभू!
मलाई त्यति अग्लो कहिल्यै नबनाऊ
त्यति रूखो कहिल्यै नबनाऊ
पराईलाई अँगालो हाल्न नसकूँ!
Suman Pokhrel
Published on November 13, 2010 00:49
November 7, 2010
साँझको घाम र जूनको कथा (कविता)
साँझको घाम र जूनको कथा
-सुमन पोखरेल
बाटो आउँछ कतैबाट
र पर्खिरहेको चौतारीको वास्तै नगरी
गइरहन्छ एक्लै अगाडि कताकता
नलिर्इ साथ चौतारीलार्इ।
जहीँतहीँ यस्तै छ
हरेक युगमा यस्तै नै छ।
आजसम्म कुनै चौतारीलार्इ साथ लिएर गएन बाटाले।
बाटो आयो
आइरह्यो
हिँडिरह्यो
कतै गइरह्यो
परदेसी जसरी एक्लै।
चौतारी पर्खिरह्यो
हेरिरह्यो
रोइरह्यो
निस्ताइरह्यो
गाउँबेँसी जसरी एक्लै।
न बाटो अल्झिन सक्यो
चौतारीको मायामा कतै
न चौतारी पछि लाग्न सक्यो बाटाको मोहनीमा कतै।
घामले आज साँझ पनि
यही कथा भन्यो
र बाटो लाग्यो।
जून भने अझै पछ्याउँदै छ उसैलार्इ।

Published on November 07, 2010 21:33
October 8, 2010
हजार टुक्रा भएर पनि नधड्की भा' छैन (गीत)
गीत
- सुमन पोखरेल
हजार टुक्रा भएर पनि नधड्की भा' छैन
हरेक पल टुक्रिन्छ मुटु जोडिएको था' छैन
आँखाले खोज्छ मायाको मुहार त्यै टाढा भइदियो
ओठलाई चाह माया कै अधर अप्राप्य भइगयो
प्रियतमसँगै गएको बहार अझै आ' छैन
हरेक पल टुक्रिन्छ मुटु जोडिएको था' छैन
अँध्यारो चिसो रातले सँधै प्रियालाई सम्झाउँछ
मुटुको दियो बलेर पनि अन्धकार बोलाउँछ
प्रेयसीसँगै गएको आभा अझै आ' छैन
हरेक पल टुक्रिन्छ मुटु जोडिएको था' छैन
म हाँस्न खोज्छु तर यो मन दुःखले रुझाउँछ
सम्झनाको खुसीले पनि आँखैलाई भिजाउँछ
मायालुसँगै गएको हाँसो अझै आ' छैन

Published on October 08, 2010 09:42
September 17, 2010
कमैया बस्तीमा (कविता)
कमैया बस्तीमा
- सुमन पोखरेल
म छुट्याउन सकिरहेको थिइनँ
उनीहरूका भाग्य र
उनीहरूका छाप्रा अड्याइरहेका ती झिना झिक्राहरूमध्ये
कुन बढी विश्वासयोग्य थिए।
उनीहरूले पछारेको घिनलाग्दो इतिहास
र उनीहरूलार्इ जिस्क्याइरहेको निर्लज्ज वर्तमानमध्ये
कुन ज्यादा नाङ्गो थियो,
कुन अधिक वीभत्स थियो
मैले बुझ्न सकिरहेको थिर्इनँ।
तिनका अनुहारमा सन्तुष्टिजस्तै हँसाइ पोती
जब गुन्जिरहेथे स्वाभिमानमा उभिएका
ती उन्मुक्त आवाजहरू हाम्रो वरिपरि,
मलार्इ उदेक लागिरहेथ्यो।
"पानी पर्यो भने के गर्छौ?", सोधिरहेथे साथीहरू
"खै के हुन्छ, भिज्छौँ होला", हाँस्दै उत्तर दिइरहेथे उनीहरू
"भरे के खान्छौ?", उत्तर थिएन उनीहरूसँग, हाँस्नुबाहेक अर्को।
मलार्इ रिस उठ्लाझैँ भइरहेथ्यो
मेरो बोली हराएझैँ गरिरहेथ्यो
जसरी तिनीहरू आफ्ना सपना हराइरहेथे।
नभोगेको खुसीमा हाँस्दै गरेका ती अनुहारमा
चड्याङ्चड्याङ् हिर्काउँझैँ लागिरहेथ्यो मलार्इ
त्यो दु:खमा किन हाँसिरहेछन् तिनीहरू भनेर।
इन्द्रेनी पनि लत्पतिएर टाँगिएजस्तो
पानी पनि सुइरो भएर बर्सिएजस्तो
घाम उदाएर पनि बस्तीको आकाशलार्इ समेत नछोर्इ उम्किभागेजस्तो
उनीहरूको सपनामाथिको ठट्टा देखेर मलार्इ रोऊँरोऊँ भइरहेथ्यो।
त्यो गन्तव्यविहीनतामा रुमल्लिइरहेका यात्राहरूको बस्तीबीच
बेसुरमा गाइरहेका चराहरूको स्वर
नियतिदेखि अनभिज्ञ नाचिरहेका पुतलीका उमङ्ग
र मिठासविहीन बहिरहेको लाटो हावा देखेर
मलार्इ बहुलाऊँबहुलाऊँ भइरहेथ्यो।
त्यत्रो अपमान पराजित गरेपछि जन्मिएको
त्यो निस्सारता देखेर मलार्इ मरूँमरूँ लागिरहेथ्यो।
उनीहरू रमाइरहेथे संसार विजय गरेझैँ।
मलार्इ जीवनको रहस्यले पिरोलिरह्यो,
प्रश्न आयो मनमा,
के स्वतन्त्रता जीवनभन्दा मिठो हुन्छ?
वा जीवन कठीन भएपछि बाँच्न सजिलो हुन्छ?
साउन २०६०, नेपालगञ्ज

Published on September 17, 2010 20:02
सुमन पोखरेल Suman Pokhrel
This blog contains the literary works of poet, lyricist and translator Suman Pokhrel.
- Suman Pokhrel's profile
- 123 followers