Suman Pokhrel's Blog: सुमन पोखरेल Suman Pokhrel, page 10
March 29, 2013
Colour of Horizon
Colour of Horizon
by Suman Pokhrel
Standing on top of each morning briefly
stopping by each evening shortly
unmindful, my eyes are chasing,
my eyelids are sweeping with light the sky
splattered with colours pilled out
after hitting horizon’s last shore.
I am thinking
what is this crimson,
colour of lovers’ hearts
torn from each other and
taking on to opposite paths,
or the reddish glow of minds
come together after
dark moments of separation?
Half of my life is soaked in colour
watching these red glows
spilled over the side-door that admits the day
and the bamboo portals
that shut out the day,
but could not understand
whether this earth and sky
part in the evening
and meet in the morning
or part in the morning
and meet in the evening!
--
(Translated from Nepali by Prof. Abhi Subedi)
Suman Pokhrel
Abhi Subedi

Published on March 29, 2013 11:07
March 18, 2013
While Getting Chased (English Translation of Seema Avas's Poek "LAKHETINDA LAKHETINDAI")
While Getting Chased
-Seema Aavas
I got chased away from the soil I touched for the first time,
I got chased away from the face I saw for the first time,
I got chased away from the hands that hold me for the first time.
while being chased,
I got chased away from myself.
On searching for the gardens of love and affections
in the desert that makes flowers thirsty
I got chased,
and fled with my perspiring forehead and soulful of thirst.
As the desolate path chased me away,
a land of blooming rhododendron ran before my sight
stream water began to fall from my eyes
and the cuckoo started singing the melody
drenched out from the leaves of Kafal.
On being chased again and again,
I handed over the green hills growing inside my fist
to the children playing with their dreams.
Being failed to tolerate the volcano within me
my shadow dropped down to the shed of my desire,
and again, I got chased away
from my own land.
- Translated from original Nepali by Suman Pokhrel

Published on March 18, 2013 21:45
February 18, 2013
छामूँ म छामूँ के छाती नै रित्तो लाग्दछ
छामूँ म छामूँ के, छाती नै रित्तो लाग्दछ
अड्न खोज्दा मबाट झन् टाढा भित्तो भाग्दछ
मलाई न रहर थियो न फाइदा थ्यो’ जिउँदा
त्यसैले म पिउँदथेँ, मरे झैँ हुन्थेँ पिउँदा
पिउने रहरले झन मलाई नै रित्याइदियो
कति दिऊँ म त्यसलाई अझै त्यो आँसु माग्दछ
छामूँ म छामूँ के छाती नै रित्तो लाग्दछ
बाँचेथेँ जतिञ्जेल, कि रात थियो कि दिन थियो
सबै पग्लेर सकियो शायद त्यो मैन थियो
आफू भन्नु जे थिएँ पलपललाई बाँडिदिएँ
कति दिऊँ म त्यसलाई अझै त्यो उमेर माग्दछ

Published on February 18, 2013 11:28
February 17, 2013
कामसुत्रको एउटा पाठ (Nepali Translation of Mahmoud Darwish's Poem "A Lesson from Kamasutra)
कामसुत्रको एउटा पाठ
- महमुद दर्विश (प्यालेस्टाइन)
नीलो प्याला लिएर उनलाई पर्ख
बसन्तको साँझमा गुलाफहरूले घेरिएर उनलाई पर्ख
पहाड उक्लिन सिकाइएको घोडाको धैर्य लिएर उनलाई पर्ख
कुनै युवराजको झैँ अनेक सौन्दर्यचेत लिएर उनलाई पर्ख
बादलका सात सिराने लिएर उनलाई पर्ख
उड्दै गरेका नारीजनिन सुगन्धहरू लिएर उनलाई पर्ख
घोडाका पिठ्यूँमा रहेको चन्दनको पौरुषीय सुगन्ध लिएर उनलाई पर्ख
उनलाई पर्ख र हतार नगर।
ऊ ढीलो आइन् भने उनलाई पर्ख
ऊ चाँडै आइपुगिन् भने उनलाई पर्ख
उनको सिँगारिएको केशको चरोलाई नतर्साऊ
वगैँचामा आएर उनी बस्न सक्छिन्,
पर्ख, उनी फूलहरूका टुप्पामा बस्न सक्छिन्।
पर्ख,
उनका लागि नितान्त नौलो यो हावामा उनी सास फेर्न सक्छिन्।
उनका गोडाबाट उनको लुगा बिस्तारै उठाउनलाई प्रतिक्षा गर।
उनलाई पर्ख र
डोर्याएर बार्दलीमा लैजाऊ दूघमा डुबिरहेको जून देखाउनलाई।
उनलाई पर्ख र वाइनभन्दा अघि पानी देऊ पिउनका लागि।
उनका छातीमा निदाइरहेका जोडी परेवातिर नहेर।
पर्ख,
र तिमीले उनको प्रतिक्षाको शीत बोकिरहेझैँ गरेर
उनले प्याला राख्दै गर्दा बिस्तारै उनको हात छोऊ।
भोलिले के बोकेर आउनेछ भन्ने थाह भएजसरी
एउटा त्रसित भ्वाइलिनको तारसँग बाँसुरीले जसरी कुरा गर्छ
त्यस्तै स्वरमा कुरा गर उनीसँग।
पर्ख, र उनका लागि रातलाई रङ्ग्याऊ।
रातले
"तिमीहरू दुई जनाबाहेक कोही पनि जीवित छैन" ’नभनुन्जेल
उनलाई पर्ख।
त्यसपछि भने
बिस्तारै उनलाई तिमीले यतिकाबेरदेखि चाहेको मृत्युतिर लैजाऊ,
र पर्ख।
(अनुवाद- सुमन पोखरेल)
Mahmoud Darwish

Published on February 17, 2013 10:40
January 10, 2013
मैले थाह नपाएका मलाई मनपर्ने चिजहरू (Nepali translation of Nazim Hikmet's poem "Things I Didn't Know I Loved")
मैले थाह नपाएका मलाई मनपर्ने चिजहरू
- नाजिम हिकमत (१५ जनवरी १९०२ सालोनिका, ओटोमन - ३ जुन १९६३ मास्को, सोभियत सङ्घ)
आज उन्नाइस सय बैसठ्ठी मार्च अठ्ठाइस
प्राग-बर्लिन रेलको झ्यालमा बसेर हेरिरहेछु म ।
साँझ ढल्दैछ ।
हुस्सुले भिजेको फाँटमा
कुनै थकित चरो जसरी रात पर्दै गएको मलाई मनपर्दोरहेछ
मलाई थाह थिएन ।
साँझ पर्नुलाई एउटा थकित चरोसँग तुलना गर्नु
ठीक लागेन मलाई ।
म धर्तीलाई मनपराउँदो रहेछु, मलाई थाह थिएन
के यस धरालाई नचलाएको कसैले उसलाई माया गर्छ?
कहिल्यै जमीन खनेको छुइनँ मैले
मेरो यो माया पक्कै वासनारहित हुनुपर्छ ।
र मैले नदीलाई सधैँ माया गरेको छु
यस्तै गतिहीन हुँदा पनि र मर्किँदै पहाडलाई बेरेर झर्दा पनि,
चाहे ती भव्य महलहरूको श्रीपेच लगाएर उभिएका यूरोपेली चुचुरा हुन्
वा
मदेसको लम्बाइभरि आँखाले भ्याउनेजति परसम्म लमतन्न तन्किएका पहाड ।
मलाई थाह छ, उही नदीमा दोहोर्याएर केही पनि पखाल्न सक्दैनौँ हामी ।
थाह छ, हामीले कहिल्यै नदेखेको उज्यालो ल्याउनेछ नदीले
थाह छ, हामी घोडाभन्दा अलि बढी बाँच्छौँ तर काग जति धेरै बाँच्दैनौ
थाह छ, यसले उहिलेदेखिका मान्छेलाई पिरोलेकोछ, र पछिकालाई पनि सताइरहनेछ ।
थाह छ, यी सबै कुरा हजारौँपल्ट भनिसकिएका छन्,
र फेरि कयौँपल्ट भनिने छन् ।
म आकाश मन पराउँदोरहेछु, मलाई थाह थिएन ।
चाहे त्यो बादलले छोपेको होस् वा नाङ्गै ।
कालकोठरीको आन्द्रेले बोरिदिनोमा छउन्जेल उसका पिठ्यूँमा पढ्यो
जेलमा छँदा युद्ध र शान्तिका दुबै भाग तुर्कीमा अनुवाद गरेँ मैले ।
मैले स्वरहरू सुनेँ
कालकोठरीबाट हैन, आँगनबाट आएको स्वर
फेरि कसैलाई चुट्दै थिए गार्डहरू ।
म रूखहरू मन पराउँदोरहेँछु भन्ने मलाई थाह थिएन ।
हिउँदमा मलाई भेट्न आउँदा शिष्ट र मृदुल भएर आउँछन्
मास्कोछेउ पेरेडेल्किनोका हाडेबदामका नाङ्गा रूखहरू ।
हाडेबदाम रसियन हुन्, पपलरहरू तुर्की भए जसरी ।
“इज्मिरका बुट्टाहरू
आफ्ना पात झारिरहेछन्...
तिनीहरू मलाई चक्कु भन्छन्...
हुर्केका रूखजस्ता प्रेमीहरू...
विशाल भवनहरूलाई आकाशमा पुग्ने गरी हुत्याउँछु म ।“
उन्नाईस सय बीसमा आफ्नो बुट्टे रुमाल मैले
इल्गाजको जङ्गलको एउटा सल्लाको रुखमा बाँधेर हिँडेको थिएँ,
भाग्य सुध्रेला भनेर ।
म बाटाहरू मन पराउँदोरहेछु भन्ने मलाई कहिल्यै थाह थिएन,
पिच बाटाहरू समेत ।
बिर चक्काको पछाडिपट्टि छ,
हामी मास्कोबाट क्रिमिया कोकतेबेल जाँदैछौँ ।
तुर्कीमा भन्नु पर्दा पहिलेको “गोक्तेपे इली ।
एउटा बन्द बाकसभित्र छौँ हामी दुई
यसअधि जीवनमै कसैसँग यति धेर नजीक भएको थिइनँ म ।
म अठार वर्षको छँदा
रातो बाटोमा पर्ने बोलु र गेरेदेका बीच मलाई डाकाहरूले रोकेथे ।
त्यस घोडागाडामा तिनीहरूले लान सक्ने मबाहेक अरू केही थिएन,
र उसै पनि अठार वर्षको उमेरमा हामीलाई जीवन नै सबैभन्दा कम महत्वको लाग्दछ ।
मैले यो पहिले नै कतै लेखिसकेको छु ।
रमजानको एक रात
अँध्यारो हिले बाटामा छ्यापछ्याप गर्दै
जाँदैछु म अँध्यारो खेल्न,
एउटा कागजे लालटिन बाटो देखाइरहेछ ।
त्यस्तो त्यसअघि कहिल्यै नभएको हुनसक्छ,
इस्टनबुलमा रमजानको कुनै रात
आफ्ना हजुरबाको हात समातेर एउटा आठ बर्षे बालक
अँध्यारो खेल्न गएको,
मैले कतै पढेको हुन सक्छ ।
उसका हजुरबाले फेजटोपी र
झम्के कल्लर भएको भुवादार कोट लगाएका हुन्छन्
र म खुसीले आफूलाई थाम्न सकिरहेको हुन्नँ ।
खै किन हो फूलहरूको सम्झना आउँछ
पप्पीहरू, सिउँडीहरू, सयपत्रीहरू ।
इस्टनबुलको खादिखोयमा सयपत्रीको बगैँचामा
मारिकालाई किस गरेको थिएँ मैले,
उनको निश्वासमा ताजा अल्मोन्ड थियो ।
म सत्र वर्षको थिएँ
मेरो हृदयले पिङ खेल्दै आकाश छोएथ्यो ।
मलाई थाह थिएन,
म फूल मन पराउँदोरहेछु ।
जेलमा छँदा तीनवटा थुङ्गेफूल पठाइदिएका थिए
साथीहरूले मलाई ।
अहिले भर्खरै मैले ताराहरूलाई सम्झेँ
म तारा पनि मनपराउँछु ।
तिनलाई भुइँमा सुतेर हेर्दा पनि
र तिनीहरू कै छेउछेउमा उडिरहेको बेला पनि ।
मलाई अन्तरिक्षयात्रीहरूसँग केही कुरा सोध्नु थियो-
के ताराहरू यहाँबाट हेर्दाका भन्दा निक्कै ठूला देखिन्छन्?
के कालो मखमलमा विशाल गहनाहरू राखेजस्ता देखिन्छन् ती?
कि हलुवाबेतजस्ता सुन्तले रङ्गका?
के तपाईँलाई ताराहरूको नजीक पुग्दा ज्यादै गर्व लागेथ्यो?
मैले ओगोनेक पत्रिकामा तारामण्डलको रङ्गीन फोटो देखेथेँ ।
निराश नहुनुस् कामरेड,
तर हामीले तिनलाई अस्पष्ट वा नबुझिने भन्नैपर्छ ।
हो, तीमध्ये केही भने
स्पष्ट र बुझिने भन्न सकिने चित्रजस्ता देखिन्थे ।
तिनीहरूलाई हेर्दा मेरो मुटु मुखसम्म आइपुगेको थियो ।
हरेक चिजमा आधिपत्य जमाउन चाहने हाम्रा अनन्त रहर हुन् तिनीहरू
मैले त तिनीहरूलाई हेरेर मृत्युका बारेमा समेत सोचेँ,
तर एकरत्ति पनि निराश भइनँ ।
मलाई थाहै थिएन, म तारामण्डल मनपराउँदो रहेछु ।
हिउँ मेरा आँखैका अगाडि चम्किन्छ
दुबै खाले
गर्हौँ, रसिलो भई जमेको हिउँ पनि,
र भुमरी परेको सुख्खा पनि
मलाई थाह थिएन,
म हिउँ मनपराउँदोरहेछु ।
मलाई थाह थिएन, म घाम मनपराउँदो रहेछु,
अहिले अस्ताउँदै गर्दाजस्तै चेरीझैँ रातो हुँदाको समेत ।
इस्टनबुलमा पनि कहिलेकाहीँ यो पोस्टकार्डको रङ्मा अस्ताउने गर्छ
तर त्यसलाई त्यसै गरी रङग्याउन खोजेको भने हैन ।
मलाई थाह थिएन म समुद्र मनपराउँदोरहेछु
एजोभ सागर बाहेक सबै ।
र
म बादल कति बिघ्न मनपराउँदो रहेछु भन्ने मलाई थाहै थिएन
आफू तीभन्दा तल हुँदा पनि र तिनको माथिमाथि उड्दा पनि,
तिनीहरू भयङ्कर ठूला हुँदा पनि र भुवाझैँ पातला हुँदा पनि ।
सर्वाधिक कृत्रिम, सर्वाधिक अल्छि बोर्जुवा जूनको किरणले
मलाई कतै भित्रैदेखि छुन्छ ,
म जूनको उज्यालो मनपराउँछु ।
मलाई थाह थिएन, म पानी परेको मनपराउँदोरहेछु ।
जालीझैँ मिहिनसँगले सिमसिम पर्दा पनि
र शिशामाथि दर्किँदा पनि ।
मेरो मनले मलाई
कि त जालीमा अल्झाइदिन्छ
कि थोपाभित्र थुनिदिन्छ ।
र नभएका देशतिर डुलाइहिँड्छ ।
मलाई थाह थिएन, म बर्सात् मनपराउँदोरहेछु ।
तर यी सबै मोहहरू बारे मैले आज एक्कासी
यो प्राग-बर्लिन रेलको झ्यालमा बसेर कसरी पत्तो पाएँ?
किनभने मैले छैटौँ चुरोट सल्काइसकेको छु
एउटै मात्रले पनि मेरो प्राण लिन सक्छ ।
किनभने
म मास्कोमा भएको कसैलाई सम्झिरहेर आधा मरेको छु
जसका पराले रङ्कका खैरा केश र नीला परेला छन् ।
रेल अलकत्राजस्तो कालो रातको बीचैबीच हुँइकिरहेको छ
मलाई थाह थिएन, म अलकत्रे कालो रात मनपराउँदोरहेछु ।
इन्जिनबाट झिल्काहरू उड्दैछन्
म आगाका झिल्का मनपराउँछु भन्ने मलाई थाह थिएन ।
म यतिका धेरै चिज मनपराउँछु भन्ने मलाई कहिल्यै थाह थिएन,
र यति थाह पाउनका लागि
मैले साठी वर्षको हुन्जेल पर्खनुपर्नेछ
र कहिल्यै नफर्कने यात्रामा हिँडेको जस्तो
दुनियाँ विलिन हुँदै गएको हेर्दै
यो प्राग-बर्लिन रेलको झ्यालमा बस्नुपर्नेछ भन्ने
मलाई कहिल्यै थाह थिएन ।
(मूल तुर्कीबाट मुत्लु कोनुक र र्यान्डी ब्लासिङले गरेको अङ्ग्रेजी अनुवादबाट नेपालीमा सुमन पोखरेलद्वारा अनुवाद)

Published on January 10, 2013 23:36
December 20, 2012
हजार आँखा यी आँखामा जुध्छन् पलपल हराउँछन् (गीत)
गीत
- सुमन पोखरेल
हजार आँखा यी आँखामा जुध्छन् पलपल हराउँछन्
ती दुई नयन यी आँखामा जुध्दा हलचल गराउँछन्
हेरिरहूँ लाग्छ बदामी आँखा किन नजर झुक्दछन्
आश छ तर भनिदेऊ कहिले ती परेली फुक्दछन्
विरक्त मेरा यी आँखा पनि ती आँखामा रमाउँछन्
ती दुई नयन यी आँखामा जुध्दा हलचल गराउँछन्
हार हुन्छ भन्ने जानेर पनि यी आँखा जुध्दछन्
अजेय आँखा यी मेरा किन ती सामु चुक्दछन्
लजालु आँखा इशारा गरी खै के के अह्राउँछन्
ती दुई नयन यी आँखामा जुध्दा हलचल गराउँछन्
नशालु नजर मृगिणी नयन जुध्नलाई पोख्त छन्
नजुदाउ धेरै गाजलु आँखा विछोडमा दुख्दछन्
ती खुसी आँसु बन्लान कि भनी यी आँखा डराउँछन्

Published on December 20, 2012 09:27
December 17, 2012
परिचयपत्र (Nepali Translation of Mahmoud Darwish's Poem "Identity Card")
परिचयपत्र
- महमुद दरविस (प्यालेस्टाइन)
लेख !
म एउटा अरबी हुँ
र मेरो परिचयपत्र नम्बर पचास हजार हो ।
मेरा आठ जना छोराछोरी छन्
र नवौँ यो बर्खा सकिएपछि जन्मिँदैछ ।
यो सुनेर तिमीलाई रिस उठ्यो ?
लेख !
म एउटा अरबी हुँ
अरू साथीसँगै ढुङ्गा खानीमा काम गर्ने ।
मेरा आठ जना छोराछोरी छन्,
म तिनीहरूका लागि खाना लुगा र किताबहरू
यिनै ढुङ्गाबाट बटुल्छु ।
म दयाको भीख माग्दै तिम्रा ढोकामा पसारो पर्दिनँ ।
न त आफूलाई तिम्रा दैलामुनिका खुड्किलामा खुम्च्याउन चाहन्छु ।
त्यसो हुँदा के तिमी रिसाउँछौ ?
लेख !
म एउटा अरबी हुँ ।
मेरो एउटा नाम छ, कुनै पद बिनाको
र नागरिकहरूलाई क्रुद्ध पारिएको एउटा देशमा
सुरक्षित गरिएको छ प्रतिलिपी अधिकार
त्यस नामको ।
दर्होसँग गाडिएका छन् मेरा जरा
समय जन्मनुभन्दा पहिल्यैदेखि,
युगहरूका ढोका खुल्नुभन्दा पहिल्यैदेखि,
सल्ला र सालका रूखहरूभन्दा पहिल्यैदेखि,
र घाँस उम्रन थाल्नुभन्दा पहिल्यैदेखि ।
मेरा बुवा, कुनै सम्भ्रान्त परिवारमा हैन
हलो जोत्दै हुर्किनु भएको हो ।
मेरा हजुरबा किसान हुनुहुन्थ्यो,
न त राम्रोसँग बढ्न पाउनु भयो, न त राम्ररी जन्मनु नै भयो !
वहाँले पढ्न सिकाउनुभन्दा पहिले
सूर्यको गौरवका बारेमा बुझाउनु भएको थियो मलाई ।
मेरो घर एउटा पालेघर जस्तै छ
बाँसका सिक्रा र रुखका हाँगाले बनेको ।
के मेरो अवस्थाले तिम्रो चित्तलाई तृप्त पार्यो
मेरो एउटा नाम छ, कुनै पद बिनाको !
लेख !
म एउटा अरबी हुँ ।
तिमीले चोरेका छौ
मेरा पुर्खाहरूको खेतबारी
मैले बाली लगाएको मेरो धर्ती
र मेरा छोराछोरीसमेत ।
तिमीले हाम्रा लागि केही पनि बाँकी राखिदिएनौ
यी ढुङ्गाहरू बाहेक ।
र यो पनि राज्यले लानेछ भन्ने सुनिँदैछ अचेल ।
त्यसैले !
पहिलो पृष्ठको सबैभन्दा माथि लेख -
मानिसलाई घृणा गर्दिनँ म
न त म अरूको सम्पत्ति हडप्दै हिँड्छु ।
तर म भोकाएँ भने
मेरो सम्पत्ति बलजफ्ति हडप्नेहरूको मासु नै मेरो आहार हुनेछ ।
सावधान...
सावधान रहू...
मेरो भोक र
मेरो रिसबाट ।
(मूल अरबीबाट मुनिर अक्श तथा डानियल मूरले गरेको अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा नेपालीमा अनुदित)

Published on December 17, 2012 16:57
November 22, 2012
प्रेमोत्सव (Nepali Translation of Anna Akhmatova's Poem "Celebrate"
प्रेमोत्सव
- अन्ना आख्मातोभा
आऊ, वार्षिकोत्सव मनाऔँ
हाम्रो प्रेमको -
के तिमीले देखेनौ?
हेर त -
फर्किआएकोछ आज फेरि
हाम्रो पहिलो हिउँदको हिउँ फुलेको रात।
प्रत्येक बाटामा, हरेक रूखमा
हीरा झैँ चम्किलो
त्यही हाम्रो पहिलो जाडोको रात फर्किआएकोछ।
तबेलाहरूबाट पोखिएर
बाहिर निस्किरहेछ वाफ।
मोइका नदी डुब्दैछ हिउँभित्र,
जून मिथकहरूमा झैँ भिजेको छ ओसमा।
यसबेला हामी के गर्दैछौँ भन्ने केही होश छैन मलाई,
मार्सोभोमा खेलिरहेछन् हिउँका ढिक्काहरू
हिउँका दानाको प्रेममा उन्मत्त छ लेब्याज्ह तलाउ।
यसबेलाको मेरो चित्तदशासँग
कसको मन दाँजिन सक्ला र !
भन्न सक्तिनँ म
मेरो हृदयको गहिराइभरि यस क्षण
आनन्द पोखिइरहेछ वा भय दौडिरहेछ !
यस रात
गुन्जिरहेछ मेरा कुम वरिपरि
कुनै कोकिल पक्षीको झैँ तिम्रो बोली।
र
तिम्रो प्रेमिल स्वरको न्यानो किरणले भिजेको हिउँ
चम्किरहेछ
चाँदीको चमक बोकेर।
(मूल रसियनबाट उदिथ हेम्सेमेयरले गरेको अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा नेपालीमा अनुवाद)
Anna Akhmatova

Published on November 22, 2012 19:48
November 10, 2012
गुलाफ (Nepali translation of Gabriela Mistral's poem "The Rose")
गुलाफ
-गाब्रिएला मिस्ट्रल
गुलाफको हृदयमा देखिएको सुन्दरता
तिम्रो आफ्नै हृदयको सौन्दर्य हो ।
फैलाइदेऊ यसलाई गुलाफले जसरी
बुझ्नेछ उसले तिम्रा चोटहरू ।
छरिदेऊ कुनै गीतमा यसलाई,
वा छरिदेऊ
एउटा महान प्रेमको उत्कण्ठामा ।
यसको ज्वालामा जल्न खोज्यौ तिमीले भने
सहँदैन गुलाफले ।
(मूल स्पेनिसबाट ल्याङ्ग्सटन ह्यूजद्वारा गरिएको अङ्ग्रेजी अनुवादको सुमन पोखरेलद्वारा नेपालीमा अनुदित)
Mistral

Published on November 10, 2012 10:19
November 5, 2012
भित्तामा टाउको बजारेँ मैले (Nepali translation of Anna Swir's poem "I Knocked My Head against the Wall")
भित्तामा टाउको बजारेँ मैले
-अन्ना स्वीर (पोल्यान्ड)
सानी छँदा
आगामा औँलो झोसेँ मैले
योगी भै टोपल्नका लागि।
किशोरी छँदा
दिनहूँ बजारेँ
भित्तामा टाउको।
युवती छँदा
बुइँगलका झल्यालबाट छिरेर उक्लिएँ छानामा,
हाम्फाल्नका लागि।
आइमाई भएपछि
मेरा जिउभरि जुम्रा परे।
पट्पट् मर्थे ती
मैले सुइटरमा इस्त्री लगाउँदा।
साठी मिनेटसम्म पर्खिएँ मैले
मारिनका लागि।
छ वर्षदेखिकी भोकी थिएँ म।
छोराछोरी जन्माएँ त्यसपछि मैले।
सुत्न नदिई कुँदिरहे
तिनीहरूले मलाई।
त्यसपछि चटयाङ्ले तीनपल्ट मार्यो मलाई
र मैले तीनपल्ट ज्यूँदिनुपर्यो
कसैको सहयोग बिना।
थकाइ मार्दैछु छु म यसबेला
तीनपल्टको पुनर्जन्मपछि।
(मूल पोलिसबाट चेसलफ् मीओस तथा लेनाड नथनद्वारा गरिएको अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा नेपालीमा अनुदित)
Anna Swir

Published on November 05, 2012 11:09
सुमन पोखरेल Suman Pokhrel
This blog contains the literary works of poet, lyricist and translator Suman Pokhrel.
- Suman Pokhrel's profile
- 123 followers