भित्तामा टाउको बजारेँ मैले (Nepali translation of Anna Swir's poem "I Knocked My Head against the Wall")

भित्तामा टाउको बजारेँ मैले
-अन्ना स्वीर (पोल्यान्ड)

सानी छँदा
आगामा औँलो झोसेँ मैले
योगी भै टोपल्नका लागि।

किशोरी छँदा
दिनहूँ बजारेँ
भित्तामा टाउको।

युवती छँदा
बुइँगलका झल्यालबाट छिरेर उक्लिएँ छानामा,
हाम्फाल्नका लागि।

आइमाई भएपछि
मेरा जिउभरि जुम्रा परे।
पट्पट् मर्थे ती
मैले सुइटरमा इस्त्री लगाउँदा।

साठी मिनेटसम्म पर्खिएँ मैले
मारिनका लागि।
छ वर्षदेखिकी भोकी थिएँ म।

छोराछोरी जन्माएँ त्यसपछि मैले।
सुत्न नदिई कुँदिरहे
तिनीहरूले मलाई।

त्यसपछि चटयाङ्‌ले तीनपल्ट मार्‍यो मलाई
र मैले तीनपल्ट ज्यूँदिनुपर्‍यो
कसैको सहयोग बिना।

थकाइ मार्दैछु छु म यसबेला
तीनपल्टको पुनर्जन्मपछि।



(मूल पोलिसबाट चेसलफ्‌ मीओस तथा लेनाड नथनद्वारा गरिएको अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा नेपालीमा अनुदित)


Anna Swir
Suman Pokhrel
 •  0 comments  •  flag
Share on Twitter
Published on November 05, 2012 11:09
No comments have been added yet.


सुमन पोखरेल Suman Pokhrel

Suman Pokhrel
This blog contains the literary works of poet, lyricist and translator Suman Pokhrel.
Follow Suman Pokhrel's blog with rss.