छामूँ म छामूँ के छाती नै रित्तो लाग्दछ

छामूँ म छामूँ के, छाती नै रित्तो लाग्दछ
अड्‍न खोज्दा मबाट झन् टाढा भित्तो भाग्दछ

मलाई न रहर थियो न फाइदा थ्यो’ जिउँदा
त्यसैले म पिउँदथेँ, मरे झैँ हुन्थेँ पिउँदा
पिउने रहरले झन मलाई नै रित्याइदियो
कति दिऊँ म त्यसलाई अझै त्यो आँसु माग्दछ
छामूँ म छामूँ के छाती नै रित्तो लाग्दछ

बाँचेथेँ जतिञ्जेल, कि रात थियो कि दिन थियो
सबै पग्लेर सकियो शायद त्यो मैन थियो
आफू भन्नु जे थिएँ पलपललाई बाँडिदिएँ
कति दिऊँ म त्यसलाई अझै त्यो उमेर माग्दछ
छामूँ म छामूँ के छाती नै रित्तो लाग्दछ


Suman Pokhrel
 •  0 comments  •  flag
Share on Twitter
Published on February 18, 2013 11:28
No comments have been added yet.


सुमन पोखरेल Suman Pokhrel

Suman Pokhrel
This blog contains the literary works of poet, lyricist and translator Suman Pokhrel.
Follow Suman Pokhrel's blog with rss.