Suman Pokhrel's Blog: सुमन पोखरेल Suman Pokhrel, page 7

February 10, 2014

रातभरि रोएँ म त, शीतभरि रोएँ

गीत
- सुमन पोखरेल



रातभरि रोएँ म त, शीतभरि रोएँ
आँसु लुकाई परेलीमा गीतभरि रोएँ

एउटा काँढा रोपिएछ मनको मझेरीमा
त्यही काँढा बिझाउँछ सँधै अँधेरीमा
घाऊ जस्तै चहर्‍याउने प्रीतभरि रोएँ
आँसु लुकाई परेलीमा गीतभरि रोएँ

दिन पनि रात पनि, उसकै यादको बर्को
सम्झूँ भन्छ एउटा मन, बिर्सूँ भन्छ अर्को
दुवै मनलाई हराएर जीतभरि रोएँ
आँसु लुकाई परेलीमा गीतभरि रोएँ



(यो गीत यस लिङ्कमा सुन्न सकिनेछ)
https://soundcloud.com/sumanpokhrel/r...

Suman Pokhrel
1 like ·   •  1 comment  •  flag
Share on Twitter
Published on February 10, 2014 20:15

सँगै बिताउने यो रातलाई उज्यालो पारौँ न आज

गीत
- सुमन पोखरेल



सँगै बिताउने यो रातलाई उज्यालो पारौँ न आज
सँधै आँसुले भरिन्छ आँखा अनुरागले भरौँ न आज

म गीत दिन्छु तिमी धून भर
म प्रीत दिन्छु तिमी माया गर
सम्झना मिठो बनाइदिने यस्तो केही गरौँ न आज

म ओठ दिन्छु तिमी निधार देऊ
म छाती दिन्छु तिमी शिर देऊ
सबै अङ्ग-अङ्गलाई एकअर्काकोमा सारौँ न आज



(यो गीत यस लिङ्कमा सुन्न सकिनेछ)
https://soundcloud.com/sumanpokhrel/s...


Suman Pokhrel

Hazaar Aankhaa Yee Aankhaama
1 like ·   •  2 comments  •  flag
Share on Twitter
Published on February 10, 2014 20:11

कति मिठा कति न्याना तिम्रा प्रीतका वर्सात्‌हरू

गीत
- सुमन पोखरेल


कति मिठा कति न्याना तिम्रा प्रीतका वर्सात्‌हरू
आज आफैँ सुकिगए यी आँखाका प्रपातहरू

रमाइला रातहरू बेहोशीका वातहरू
खुलेका ती केशहरू सङ्गीतमय हातहरू
अङ्गअङ्ग जताततै यौवनका मातहरू
केलाई छोऊँ केलाई चुमूँ के दिऊँ म सौगातहरू

किन यति छोटा हुन्छन् मधुमासका रातहरू
मनमा कहिल्यै नसकिने पीरतीका बातहरू
खुसी खोस्न आइहाल्छन् यहाँ फेरि प्रभातहरू
कहाँ लुकाऊँ कता लुकाऊँ यी रमाइला साथहरू


(यो गीत यस लिङ्कमा सुन्न सकिनेछ)
https://soundcloud.com/sumanpokhrel/k...

Suman Pokhrel
 •  0 comments  •  flag
Share on Twitter
Published on February 10, 2014 19:38

पग्लिएर पोखिऊँ झैँ जलीजली सकिऊँ झैँ

गीत
- सुमन पोखरेल


पग्लिएर पोखिऊँ झैँ जलीजली सकिऊँ झैँ
लाग्छ मलाई आज आफू यतै कतै बिलाऊँ झैँ

सौन्दर्यलाई चुमेर आज साँच्चै गलूँ म
पग्लिऊँ सामिप्यमा आलिङ्गनमा जलूँ म
प्रेमको उत्कर्षमा अकारण नै रोऊँ झैँ
पग्लिएर पोखिऊँ झैँ, जलीजली सकिऊँ झैँ

डुबूँ मौन मौन भित्र भित्र कहाँ कहाँ म
भेटूँ नौलो केही त्यहाँ, केही नौलो दिऊँ म
लाग्छ आफू सम्पूर्ण नै सिद्धिएर फिरूँ झैँ
पग्लिएर पोखिऊँ झैँ, जलीजली सकिऊँ झैँ


(यो गीत यस लिङ्कमा सुन्न सकिनेछ)
https://soundcloud.com/sumanpokhrel/p...

Suman Pokhrel
1 like ·   •  0 comments  •  flag
Share on Twitter
Published on February 10, 2014 19:33

आज यो अँध्यारोले बिर्सिएको बात सम्झायो (युवती)

गीत
- सुमन पोखरेल


आज यो अँध्यारोले बिर्सिएको बात सम्झायो
मैनबत्तीको उज्यालोले तिमीसँगको रात सम्झायो

कहिले रिसाएझैँ, कहिले रमाएझैँ बतासले छोएझैँ गर्दा
कति प्रेमिल दृष्य बनेको, यो शिखाले रोएझैँ गर्दा
यो दृष्यले रूँदा अँगाल्ने, मलाई तिम्रो हात सम्झायो
आज यो अँध्यारोले बिर्सिएको बात सम्झायो

बलिरहने, चलिरहने, यो बत्तीलाई यौवनको हलचल
कहिले जिस्किने कहिले मात्तिने सँधैभरी नै चञ्चलचञ्चल
यो शिखाले तिम्रो मेरो, मलाई बैँसको मात सम्झायो
आज यो अँध्यारोले बिर्सेको बात सम्झायो



(यो गीत यस लिङ्कमा सुन्न सकिनेछ)
https://soundcloud.com/sumanpokhrel/a...

Suman Pokhrel
 •  0 comments  •  flag
Share on Twitter
Published on February 10, 2014 19:30

आज यो अँध्यारोले बिर्सिएको बात सम्झायो

गीत
- सुमन पोखरेल



आज यो अँध्यारोले बिर्सिएको बात सम्झायो
मैनबत्तीको उज्यालोले तिमीसँगको रात सम्झायो

कहिले लजाएझैँ कहिले रिसाएझैँ बतासका मायाहरूमा
कति राम्रा बुट्टा बनेका भित्ताभरिका छायाहरूमा
यो बुट्टाले मेहन्दी लागाको, मलाई तिम्रो हात सम्झायो
आज यो अँध्यारोले बिर्सिएको बात सम्झायो

बलिरहने, चलिरहने, यो बत्तीलाई यौवनको हलचल
कहिले लाडिने, कहिले जिस्किने सँधैभरी नै चञ्चलचञ्चल
यो शिखाले तिम्रो मेरो, मलाई बैँसको मात सम्झायो
आज यो अँध्यारोले बिर्सेको बात सम्झायो



(यो गीत यस लिङ्कमा सुन्न सकिनेछ)
https://soundcloud.com/sumanpokhrel/a...

Suman Pokhrel
 •  0 comments  •  flag
Share on Twitter
Published on February 10, 2014 19:23 Tags: आज-य-अ-ध-य-र-ल

December 4, 2013

बन्धन (Nepali Translation of Delmira Agustini's poem "The Knot"

बन्धन
- डेलमिरा अगस्टिनी (२४ अक्टोबर १८८६, मोन्टेभिडियो, उरुग्वे - ६ जुलाई १९१४ मोन्टेभिडियो, उरुग्वे)



तिनीहरूको जीवनको मीठास
सुकिलो वसन्तको न्यानो काखमा मुस्काइरहेका
दुई जोडी ओठहरूको मुस्कान थियो...
तिनीहरू यसरी प्रेममग्न रहन्थे
मानौँ, तिनका प्रेमील औँलाहरूमा मिसिएर
सपनाहरूको स्वर्गीय रूप झङ्कृत भइरहेछ।
 
सौम्य दिनको प्रदीप्त उज्यालाको महलमा
रुँदाकोझैँ मुटु छुने लयमा बोल्दथे तिनीहरू
र आपसमा समाहित भएर चुम्बन गर्थे हृदयभित्रसम्म !
सुनफूलको तरेलीझैँ मुस्कुराउँथ्यो समय।
 
भाग्यले आफ्ना चिसा दुई हातले हस्तक्षेप गर्‍यो...
उफ्!शरीरहरू नासिए,
तर
सर्वाधिक बलिया बन्धन भएर
कहिल्यै नफुस्कने गरी बाँधिइए
जोडिएका आत्माहरू ...
 
जीवनको क्रोधले
आफ्नो अतिमानवीय बौलट्ठी गन्जागोलसँगको झगडामा
पैँचो लियो ती जोडी हातहरू,
र शक्तिहीन बनाइदियो हाम्रा बलिया औँलाहरूलाई ।
हे!विधाता...



(मूल स्पेनिसबाट भ्यालेरी मार्टिनेजले गरेको अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा नेपालीमा अनुदित)


Delmira Agustini
Translated by Suman Pokhrel form English translation of Valerie Martinez
1 like ·   •  0 comments  •  flag
Share on Twitter
Published on December 04, 2013 06:26

September 11, 2013

आजको रात सर्वाधिक दुःखद पङ्ति लेख्न सक्छु (Nepali Translation of Pablo Neruda's Poem "Tonight I Can Write The Saddest Lines")

आजको रात सर्वाधिक दु:खद पङ्क्ति लेख्न सक्छु
- पाब्लो नेरुदा (चिली)


आजको रात
म सर्वाधिक दु:खद पङ्क्ति लेख्न सक्छु।

जस्तो: “ यो रात भाँच्चिएको छ
र ती दिगन्तका ताराहरू थरथर कामेर नीला भएका छन्”

रातको यो बतास गुनगुनाउँदै बराल्लिएर हिँडिरहेछ।

आजको रात, म सर्वाधिक दु:खद पङ्क्ति लेख्न सक्छु।
म उनलाई माया गर्थेँ, र
ऊ पनि कहिले काहीँ मलाई माया गर्ने गर्थिन्।

यस्तै रातहरूमा मैले उनलाई आफ्नो अँगालामा बेरेको थिएँ
अनन्त आकाशमुनि मैले उनलाई कयौँ पटक चुमेको थिएँ।

ऊ मलाई माया गर्थिन्‌,
म पनि कहिले काहीँ उनलाई माया गर्ने गर्थेँ।
उनका ती सुन्दर निश्चल आँखालाई
माया नगरी कसरी रहन सक्थेँ र म?

आजको रात म सर्वाधिक दु:खद पङ्क्ति लेख्न सक्छु
उनी मसँग छैनन्‌ भनेर,
मैले उनलाई गुमाएको अनुभव गर्न।
 
यो कष्टकर रातभरि, उनी बिनाको यो कष्टतम्‌ रातभरि
दुबोमा शित पोखिएझैँ
पोखिन्छन्‌ शब्दहरू हृदयमा।
 
मैले उनलाई अँगाल्न नसक्नुले के अर्थ राख्छ?
यो रात भाँच्चिएको छ, र उनी यसबेला मसँग छैनन्‌
 
नियति यही नै हो, टाढा, धेरै टाढा कतै कसैले गाउँदैछ।
आफूले उनलाई गुमाएकोमा खुसी छैन मेरो हृदय।
 
तै पनि मेरो हेराइ उनीसम्म पुग्न चाहन्छ,
उनैलाई खोजिरहन्छ
मेरो हृदय उनको बाटो हेरिरहन्छ, उनी मसँग छैनन्‌।
 
उही रात उही रुखहरूलाई उजिल्याइरहेछ।
हामी,
त्यसबेलाका हामी, अहिले उस्तै रहेनौँ।

म अब उनलाई माया गर्दिनँ भन्ने निश्चित छ
तै पनि मैले उनलाई कसरी माया गरेँ!
मेरो स्वर उनीसम्म पुग्ने मन्द बतासको खोजीमा छ।
 
अर्कैकी, उनी अर्कैकी हुनेछिन्
जसरी पहिले उनी मेरा चुम्बन थिइन्
उनको बोली, उनको सुन्दर शरीर, उनका अप्रतिम आँखा।

म उनलाई माया गर्दिनँ भन्ने निश्चित छ,
तै पनि कतै म उनलाई अझै पो माया गर्छु कि?
प्रेम छोटो हुन्छ, बिर्साइ अनन्त लामो।
 
मैले यस्तै रातहरूमा उनलाई अँगालामा बेरेकोले
उनलाई गुमाएकोमा मेरो हृदय खुसी छैन।
 
उनले मलाई पिरोल्न सक्ने अन्तिम हरफ यिनै हुन्‌

मैले उनका लागि लेख्ने अन्तिम पङ्क्ति पनि यिनै हुन्‌।



...........................................................
(मूल स्पेनिसबाट डब्लु. एस् मेर्विनले गरेको अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा नेपालीमा अनूदित)


Pablo Neruda
Suman Pokhrel
मनपरेका केही कविता [Manpareka Kehi Kavita
1 like ·   •  0 comments  •  flag
Share on Twitter
Published on September 11, 2013 21:40

August 30, 2013

वेदनाको बजार भयो (A Ghazal by Suman Pokhrel)

पहिले त मुटु नै छेड्‍ने गरी प्रहार भयो
पछि त्यही हेराइ नै मेरो बाँच्ने आधार भयो
 
चैतजस्तै उजाड थिएँ, बाँचेको थिएँ मरेकोझैँ
मनभित्र मुस्कुरायौ जीवन भयो, वहार भयो
 
खुसी छु म तिमी जितेर, तिमी हर्षित किन ?
दुवैले जित्ने खेल थियो वा, कतै मेरो हार भयो ?
 
नभेट्या भए तिमीलाई के नै काम पाउनेथेँ र !
तिम्रै प्रीतका चोट गन्नु मेरो रोजगार भयो
 
तिम्रो मन उस्तो हो वा मेरो बुझाइ गलत ‘थ्यो ?
बल्दाबल्दैको प्रेमको आगो कसरी अँगार भयो ?
 
उत्कण्ठा लिई आउँछन् मान्छे घाउ छोडी जान्छन्
सुमन ! मेरो छाती सधैँ वेदनाको बजार भयो


Suman Pokhrel
 •  0 comments  •  flag
Share on Twitter
Published on August 30, 2013 19:42

August 29, 2013

न पुकारा जाये (A Ghazal by Suman Pokhrel)

आप के हुश्न-ओ-शबाब को गौर से निहारा जाये
तमन्ना हुवा आज आपको खुद संवारा जाये

क्या काजल से कुछ धब्बे बना लेँ रूखसार पर?
और हकिकत मे चाँद को जमीन पर उतारा जाये

आप की जुल्फों को देक के कहने लगा है दिल
इन्ही लटों पे नशेमन बना के जिन्दगी गुजारा जाये

आप मुस्कुरायेँ तो न शरमाये, शरमायेँ तो न मुस्कुरायेँ
बर्ना हम से आपको देखा जाये न पुकारा जाये

आपकी हुश्न का जवाब खुद हुश्न से भी नही है
ख्वाहिस है मुझ से दूर न कभी ये नजारा जाये

आपकी तरह हम ने भी आँखोँ से बोलना चाहा है
समझ लिजिएगा बेकार न मेरा इशारा जाये

मालूम नही होता फूलोँ का शबाब बगैरह खुस्बु के
आइये मुहब्बत से हुश्न-ओ-इश्क को निखारा जाये


मैने जाना नामुमकिन है उन को सवाँर लेना
तुम ही बताओ, सुमन! बहार को कैसे बुहारा जाये


Date written- June 1995

Suman Pokhrel
2 likes ·   •  0 comments  •  flag
Share on Twitter
Published on August 29, 2013 08:06

सुमन पोखरेल Suman Pokhrel

Suman Pokhrel
This blog contains the literary works of poet, lyricist and translator Suman Pokhrel.
Follow Suman Pokhrel's blog with rss.