Suman Pokhrel's Blog: सुमन पोखरेल Suman Pokhrel, page 3
July 21, 2016
उस्तै थिएँ हरेक ठाउँमा म (Nepali translation of Ashok Kumar Pandey's poem "मैं हर जगह था वैसा ही")
उस्तै थिएँ हरेक ठाउँमा म
- अशोककुमार पाण्डेय
म बम्बईमा थिएँ
तरवार र लठ्ठीहरूबाट जोगिँदैजोगाउँदै कुदिरहेको, कराइरहेको;
जनावरजस्तै कुटिएको र तिनीहरू नै जसरी रेलका डिब्बामा कोचिएको।
सन् साठ्ठीमा मद्रासी थिएँ, नब्बेमा मुसलमान
र त्यसपछि बिहारी भएँ ।
म काश्मिरमा थिएँ
पिठ्यूँभरि कोर्राको सुम्ला बोकिहिँड्ने,
घरविहीन, ओतविहीन, हेपिएको, विवश;
सन् तीसमा मुसलमान थिएँ
नब्बेमा हिन्दू भएँ ।
म दिल्लीमा थिएँ
भालाले उनिएको, आगोले भुटिएको, आफ्नै रगतले आफ्नो अनुहार धुँदै गरेको,
सड्चालीसमा मुसलमान थिएँ
चौरासीमा सिख भएँ ।
म भागलपुरमा थिएँ
म बडौदामा थिएँ
म नरोडा-पाटियामा थिएँ,
म प्यालेस्टाइनमा थिएँ र अहिलेसम्म त्यहीं छु
आफ्नो चिहानमा स्वास गन्दै गरेको,
म ग्वाटेमालामा थिएँ
म इराकमा थिएँ ।
पाकिस्तान पुग्दानपुग्ने हिन्दु भएँ ।
ठाउँ फेरिन्छन्
कारणहरू फेरिन्छन्
र फेरिन्छन् धर्म पनि ।
म जस्ताको जस्तै ।
(मूल हिन्दीबाट सुमन पोखरेलद्वारा नेपालीमा अनुदित)
Suman Pokhrel
- अशोककुमार पाण्डेय
म बम्बईमा थिएँ
तरवार र लठ्ठीहरूबाट जोगिँदैजोगाउँदै कुदिरहेको, कराइरहेको;
जनावरजस्तै कुटिएको र तिनीहरू नै जसरी रेलका डिब्बामा कोचिएको।
सन् साठ्ठीमा मद्रासी थिएँ, नब्बेमा मुसलमान
र त्यसपछि बिहारी भएँ ।
म काश्मिरमा थिएँ
पिठ्यूँभरि कोर्राको सुम्ला बोकिहिँड्ने,
घरविहीन, ओतविहीन, हेपिएको, विवश;
सन् तीसमा मुसलमान थिएँ
नब्बेमा हिन्दू भएँ ।
म दिल्लीमा थिएँ
भालाले उनिएको, आगोले भुटिएको, आफ्नै रगतले आफ्नो अनुहार धुँदै गरेको,
सड्चालीसमा मुसलमान थिएँ
चौरासीमा सिख भएँ ।
म भागलपुरमा थिएँ
म बडौदामा थिएँ
म नरोडा-पाटियामा थिएँ,
म प्यालेस्टाइनमा थिएँ र अहिलेसम्म त्यहीं छु
आफ्नो चिहानमा स्वास गन्दै गरेको,
म ग्वाटेमालामा थिएँ
म इराकमा थिएँ ।
पाकिस्तान पुग्दानपुग्ने हिन्दु भएँ ।
ठाउँ फेरिन्छन्
कारणहरू फेरिन्छन्
र फेरिन्छन् धर्म पनि ।
म जस्ताको जस्तै ।
(मूल हिन्दीबाट सुमन पोखरेलद्वारा नेपालीमा अनुदित)
Suman Pokhrel
Published on July 21, 2016 09:44
July 18, 2016
असफल प्रेम पश्चात् (Nepali translation of Anju Sharma's poem "असफल प्रेम के बाद")
असफल प्रेम पश्चात्
-अञ्जु शर्मा (भारत)
मस्तिष्कमा नीमको झैँ तिक्तता घोलिएको
अस्तित्वमा, बढ्दै गएका उदासीहरूको अँगालो
विषादले भरिएका साँझका कुराकानी,
निर्क्यौल गर्न मुस्किल छ पहिले के मर्छ
प्रेम या सपना ।
प्रेमको संसारमा टेकेको पहिलो पाइलो र
जीवनमा बसन्त आउनुको
जहिल्यै पनि समान अर्थ हुन्छ भन्ने के नै छ र !
वैवाहिक जीवनको
यदी हुन्थ्यो कुनै गेटपास भने
अनुभवहरूको माइक्रोस्कोपले पनि भेट्टाउन सक्ने थिएन यसमा
कुनै ग्यारेन्टी, अथवा वारेन्टी ।
ठेगान छैन
मधुमासले सधैँ नै भरिदिन्छ जीवनमा
महजस्तै पलहरूको स्वाद भन्ने,
चुहिन्छ मधूकलश
महिना पुग्नुभन्दा ठीक्क अगाडि, कहिलेकाहीँ ।
सम्झौताहरूको अन्त्यहीन फेहरिस्तमा
परिवर्तित हुन्छ प्रेम,
आशा गरेर बस्छ देखावटी मुखुण्डो,
तमाम डर र शङ्काहरू बोक्दै
अनिश्चितताको लिकैलिक घस्रिने ट्रेन चढेर
जान्छन् भएभरका सपनाहरू,
र आखैँका अगाडि लम्पसार हुन्छन्
धूमिल हुँदै गरेका फर्किने सबै बाटाहरू ।
यस यात्रामा हरेक रात
अलिअलि गर्दै मैन भएर पग्लिन्छे एउटी नारी,
मौनताको संसारबाटबाहिरतिर एकएक पाइला हिँड्दाहिँडदै
एक दिन झट्कारिदिन्छे आत्मामा टाँसिएको विवशता र लाचारी,
ऐनामा चिनेर आफूलाई
फ्याँकिदिन्छे फुकालेर ढर्राको पहिरन एक दिन,
पोखिदिन्छे आफूभित्रको तमाम आगो
त्यसैमा खन्याइदिन सकियोस् त्यस थुप्रोलाई भनेर
जसलाई कुनै बेला प्रेमपत्र भनिएको थियो ।
प्रहार गर्छे सारा अस्तित्वलाई,
वर्षौँ पुरानो आफ्नो तसबीरसँग कुरा गर्छे,
"गुड मर्निङ !",
खोज्दछे आफ्नो नामको एउटा उदाउँदो सूर्य
समाउँछे कफीको एउटा ठूलो मग ।
र जहाँ समाप्त हुनु थियो दुनियाँले
त्यहींबाट शुरू हुन्छ एक स्त्रीको
आफ्नो संसार ।
(हिन्दीबाट सुमन पोखरेलद्वारा अनुदित)
Suman Pokhrel
Suman Pokhrel
-अञ्जु शर्मा (भारत)
मस्तिष्कमा नीमको झैँ तिक्तता घोलिएको
अस्तित्वमा, बढ्दै गएका उदासीहरूको अँगालो
विषादले भरिएका साँझका कुराकानी,
निर्क्यौल गर्न मुस्किल छ पहिले के मर्छ
प्रेम या सपना ।
प्रेमको संसारमा टेकेको पहिलो पाइलो र
जीवनमा बसन्त आउनुको
जहिल्यै पनि समान अर्थ हुन्छ भन्ने के नै छ र !
वैवाहिक जीवनको
यदी हुन्थ्यो कुनै गेटपास भने
अनुभवहरूको माइक्रोस्कोपले पनि भेट्टाउन सक्ने थिएन यसमा
कुनै ग्यारेन्टी, अथवा वारेन्टी ।
ठेगान छैन
मधुमासले सधैँ नै भरिदिन्छ जीवनमा
महजस्तै पलहरूको स्वाद भन्ने,
चुहिन्छ मधूकलश
महिना पुग्नुभन्दा ठीक्क अगाडि, कहिलेकाहीँ ।
सम्झौताहरूको अन्त्यहीन फेहरिस्तमा
परिवर्तित हुन्छ प्रेम,
आशा गरेर बस्छ देखावटी मुखुण्डो,
तमाम डर र शङ्काहरू बोक्दै
अनिश्चितताको लिकैलिक घस्रिने ट्रेन चढेर
जान्छन् भएभरका सपनाहरू,
र आखैँका अगाडि लम्पसार हुन्छन्
धूमिल हुँदै गरेका फर्किने सबै बाटाहरू ।
यस यात्रामा हरेक रात
अलिअलि गर्दै मैन भएर पग्लिन्छे एउटी नारी,
मौनताको संसारबाटबाहिरतिर एकएक पाइला हिँड्दाहिँडदै
एक दिन झट्कारिदिन्छे आत्मामा टाँसिएको विवशता र लाचारी,
ऐनामा चिनेर आफूलाई
फ्याँकिदिन्छे फुकालेर ढर्राको पहिरन एक दिन,
पोखिदिन्छे आफूभित्रको तमाम आगो
त्यसैमा खन्याइदिन सकियोस् त्यस थुप्रोलाई भनेर
जसलाई कुनै बेला प्रेमपत्र भनिएको थियो ।
प्रहार गर्छे सारा अस्तित्वलाई,
वर्षौँ पुरानो आफ्नो तसबीरसँग कुरा गर्छे,
"गुड मर्निङ !",
खोज्दछे आफ्नो नामको एउटा उदाउँदो सूर्य
समाउँछे कफीको एउटा ठूलो मग ।
र जहाँ समाप्त हुनु थियो दुनियाँले
त्यहींबाट शुरू हुन्छ एक स्त्रीको
आफ्नो संसार ।
(हिन्दीबाट सुमन पोखरेलद्वारा अनुदित)
Suman Pokhrel
Suman Pokhrel
Published on July 18, 2016 21:52
July 12, 2016
زندگی گزارا جائے (Urdu Ghazal by Suman Pokhrel)
زندگی گزارا جائے
سمن پوکھریل -
آپ کے حسن و شباب کو غور سے نهارا جائے
تمنا ہوا آج آپ کو خود ہی سنوارا جائے
کاجل سے کچھ دھبے لگا دیں کیا رخسار پر؟
اور چاند کو حقیقت میں زمین پر اتارا جائے
آپ ہیں گلسن گلسن تو میں بھی ہوں اک پرندہ
آپ کے زلفوں کا نشیمن میں زندگی گزارا جائے
آپ مسكرايےں تو نہ شرمايےں ، شرمايےں تو نہ مسكرايےں
بگرنا ہم سے آپ کو دیکھا جائے نہ پکارا جائے
چاہا ہے ہم نے بھی بولنا آپ کی طرح آنکھوں سے
پکڑ لینا آپ نظروں سے، بیکار نہ میرا اشارہ جائے
بغیر خوشبو کے، معلوم نہیں ہوتا شباب گل
آئیے محبت سے حسن عشق کو نکھارا جائے
ان کی حسن کا جواب خود حسن سے نہیں ہے
دوا کرو سمن، کہ دور کبھی نہ یہ نظارہ جائے
Published on July 12, 2016 19:06
March 15, 2016
मातृभूमि (Nepali Translation of Imojeet Ningombam's Poem "Motherland")
मातृभूमि
- इमोजीत निङ्गोम्बम (भारत)
स्वतन्त्रता, तिमी कहाँ छौ ?
तिमीलाई खोज्दै हिँड्दा
जहीँतहीँ मैले
भर्खरै निर्मित चिहानका वरिपरि
बिछोडिएका नायकहरूका
आत्मालाई जागाउँदै
फूल छर्दै गरेका विधवाहरूलाई भेट्टाएँ ।
आनन्दित भएर परेवाहरू उड्नुपर्ने आकाशमा
जीवनसँग खेलबाड गर्दै
गोलीहरू नाच्ने गर्दछन् ।
हरेक ढोकाअगाडि निस्पट्टताका विरुद्धमा युद्धरत
हजारौँ आमाहरूले हातमा बोकेका दियालाहरूलाई
रातको अँध्याराले निल्दछ ।
मेरो हृदयभित्र चम्किरहेको शान्तिको ज्वाला
मधुरो हुँदै भर्भराउन थालेको छ ।
रात बितेपछि
सूर्यका किरण धरतीमा ठोक्किनुअघि
तिनीहरू तैयार हुनेगर्छन्
आफ्ना बाटामा आउने हरेक मानिसलाई
चिहानको चौघेरातिर खेद्नका लागि ।
के यी मानिसहरूलाई
उनीहरूका आ-आफ्ना चिहानभित्र पस्नुअघि
बाटाका दुबैतिर छरिएका चिहानहरूलाई साथ लगाएर
स्वतन्त्रताको पथमा धेरै टाढासम्म हिँड्नुपर्ने हुन्छ ?
स्वतन्त्रता, म पनि तिम्रो खोजी गर्छु ।
तर अहँ, म कहिल्यै चाहन्न
बाटाछेउ भेट हुने चिहानप्रति प्रेमासक्त हुँदै
स्वतन्त्रताको बाटो पार गर्न ।
स्वतन्त्रताका बारेका सोच्दा
मेरो जीउ थर्थराउन थाले पनि
मातृभूमिका बारेमा सोच्दा
मेरो हृदय उफ्रन थाले पनि
अझै जीवित छ
एउटा स्वतन्त्र मातृभूमिको मेरो सपना ।
(मूल मणीपुरीबाट बी. एस. राजकुमारले गरेको अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा नेपालीमा अनुदित)
Imojit Ningombam's poem translated by Suman Pokhrel
- इमोजीत निङ्गोम्बम (भारत)
स्वतन्त्रता, तिमी कहाँ छौ ?
तिमीलाई खोज्दै हिँड्दा
जहीँतहीँ मैले
भर्खरै निर्मित चिहानका वरिपरि
बिछोडिएका नायकहरूका
आत्मालाई जागाउँदै
फूल छर्दै गरेका विधवाहरूलाई भेट्टाएँ ।
आनन्दित भएर परेवाहरू उड्नुपर्ने आकाशमा
जीवनसँग खेलबाड गर्दै
गोलीहरू नाच्ने गर्दछन् ।
हरेक ढोकाअगाडि निस्पट्टताका विरुद्धमा युद्धरत
हजारौँ आमाहरूले हातमा बोकेका दियालाहरूलाई
रातको अँध्याराले निल्दछ ।
मेरो हृदयभित्र चम्किरहेको शान्तिको ज्वाला
मधुरो हुँदै भर्भराउन थालेको छ ।
रात बितेपछि
सूर्यका किरण धरतीमा ठोक्किनुअघि
तिनीहरू तैयार हुनेगर्छन्
आफ्ना बाटामा आउने हरेक मानिसलाई
चिहानको चौघेरातिर खेद्नका लागि ।
के यी मानिसहरूलाई
उनीहरूका आ-आफ्ना चिहानभित्र पस्नुअघि
बाटाका दुबैतिर छरिएका चिहानहरूलाई साथ लगाएर
स्वतन्त्रताको पथमा धेरै टाढासम्म हिँड्नुपर्ने हुन्छ ?
स्वतन्त्रता, म पनि तिम्रो खोजी गर्छु ।
तर अहँ, म कहिल्यै चाहन्न
बाटाछेउ भेट हुने चिहानप्रति प्रेमासक्त हुँदै
स्वतन्त्रताको बाटो पार गर्न ।
स्वतन्त्रताका बारेका सोच्दा
मेरो जीउ थर्थराउन थाले पनि
मातृभूमिका बारेमा सोच्दा
मेरो हृदय उफ्रन थाले पनि
अझै जीवित छ
एउटा स्वतन्त्र मातृभूमिको मेरो सपना ।
(मूल मणीपुरीबाट बी. एस. राजकुमारले गरेको अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा नेपालीमा अनुदित)
Imojit Ningombam's poem translated by Suman Pokhrel
Published on March 15, 2016 04:17
March 13, 2016
पित्तलका फूल (Nepali Translation of Adyasha Das' Poem "Brass Flowers")
पित्तलका फूल
आद्याशा दाश (भारत)
जेसुकै राख मेरो नाम
जुनसुकै भूमिका देऊ मलाई
सोध, जेजे मन लाग्छ;
समर्पित गरिसकेकी छु आफूलाई मैले
तिम्रो प्रेमको पूर्णभक्तिमा,
त्यो
चाहे सेतो होस् वा पहेँलो ।
जुनसुकै रङ्ग छानिदेऊ
तिम्रो तत्कालको ईच्छा अनुसार,
पहिरिने छु म एकचित्तले
गहिरो लगनका साथ ।
शरीर या मस्तिस्क
सोचहरू या स्पर्श
तिमी नै छान रातका लागि,
छोपिनेछु त्यसैमा म
सम्पूर्ण स्वतन्त्र भएर ।
के तिमीले अनुभव गरेनौँ ?
चाहे तिमी मलाई आफ्नो बगैँचाको अभिनव फूल बनाऊ
या आफूले धारण गरेको पेपरवेटको
भावावेशले पग्लिने पित्तलका फूल बनाऊ
तयार रहेकी हुन्छु म जहिल्यै पनि ।
खोज्नु छैन मलाई बाहिर निस्कने ठाउँ
यो एकतर्फी बाटोको यात्राबाट ।
(मूल अङ्गेजीबाट सुमन पोखरेलद्वारा अनुदित)
"Brass Flowers" form Brass Flowers By Adyasha Das translated from English by Suman Pokhrel
आद्याशा दाश (भारत)
जेसुकै राख मेरो नाम
जुनसुकै भूमिका देऊ मलाई
सोध, जेजे मन लाग्छ;
समर्पित गरिसकेकी छु आफूलाई मैले
तिम्रो प्रेमको पूर्णभक्तिमा,
त्यो
चाहे सेतो होस् वा पहेँलो ।
जुनसुकै रङ्ग छानिदेऊ
तिम्रो तत्कालको ईच्छा अनुसार,
पहिरिने छु म एकचित्तले
गहिरो लगनका साथ ।
शरीर या मस्तिस्क
सोचहरू या स्पर्श
तिमी नै छान रातका लागि,
छोपिनेछु त्यसैमा म
सम्पूर्ण स्वतन्त्र भएर ।
के तिमीले अनुभव गरेनौँ ?
चाहे तिमी मलाई आफ्नो बगैँचाको अभिनव फूल बनाऊ
या आफूले धारण गरेको पेपरवेटको
भावावेशले पग्लिने पित्तलका फूल बनाऊ
तयार रहेकी हुन्छु म जहिल्यै पनि ।
खोज्नु छैन मलाई बाहिर निस्कने ठाउँ
यो एकतर्फी बाटोको यात्राबाट ।
(मूल अङ्गेजीबाट सुमन पोखरेलद्वारा अनुदित)
"Brass Flowers" form Brass Flowers By Adyasha Das translated from English by Suman Pokhrel
Published on March 13, 2016 22:06
March 7, 2016
एकपल्ट फेरि (Nepali Translation of Nirmala Putul's Poem "EK Baar Phir")
एकपल्ट फेरि
-निर्मला पुतुल (भारत)
एकपल्ट फेरि
भेला हुनेछौँ हामी
विशाल सभागारमा
भाडाका भीडका बीच ।
एकपल्ट फेरि
इज्जतिला ठानिएका
आधा काटिएको ब्लाउज लगाएका महिलाहरू
गर्नेछन् हाम्रो जुलुसको नेतृत्व
र प्रतिनिधित्वको गर्या भन्दै
मञ्चासीन हुनेछन् अगाडि ।
एकपल्ट फेरि
एउटा विशाल ब्यानरमुन्तिर
मञ्चमा ठडिएको माइकमा कराउनेछन्
व्यवस्थाका विरूद्धमा
र हाम्रो ताली बटुल्दै
हात उठाएर भ्रमित पर्नेछन्
उनीहरू भनेकै हामी हौँ भनेर ।
एकपल्ट फेरि
शब्दहरूका वायुपङ्खी रथमा बसाएर
तीनले लग्नेछन् हामीलाई संसदको कोठाचोटा घुमाउन
जहाँ पुरुषहरूका अहम्सँग जुध्नेछन् हाम्रा मुद्धाहरू
र चकनाचूर हुनेछन्
त्यसमा रहेका हाम्रा सपनाहरू ।
एकपल्ट फेरि
हाम्रो सभालाई सम्बोधित गर्नेछन्
माननीय मुख्यमन्त्रीले
र हामी गौरवान्वित हुनेछौँ आफैँप्रति
हाम्रो सभामा उनको उपस्थिति पाएर ।
एकपल्ट फेरि
बहसको खरो ज्वालामा पाक्नेछ नपुंसक विचार
र लिइनेछ -
दाइजो-हत्या, बलात्कार, यौन उत्पीडन
वेश्यावृत्तिका विरुद्धमा मोर्चाबन्दी गरेर लड्ने सङ्कल्प ।
एकपल्ट फेरि
आफ्नो शक्तिको समुहिक प्रदर्शन गर्दै
हिँड्नेछौँ हामी शहरका बाटाहरूमा,
पुरुष-सत्ताका विरुद्धमा
हावामा मुठ्ठी कसेर, हात हल्लाउँदै
र हाम्रा उत्तेजक नाराको तापले
तात्नेछ शहरको बतास ।
एकपल्ट फेरि
एकझुन्ड भएर हामीले उत्तेजक नारा लगाइरहेको
शहरको व्यस्ततम् चोकमा
पर्तिरपट्टी पर्खालका भित्तामा टाँसिएका पोस्टरहरूबाट
ब्रा र पेन्टी मात्र लगाएका सिने-अभिनेत्रीहरूले
लाजपचाएर नायकको पाखुरामा च्यापिँदै
बुढीऔँला देखाएर गिज्याउनेछन् हामीलाई ।
बिस्तारै चिसिन थाल्नेछ भित्रको आगो
र एकपल्ट फेरि
तितरबितर हुनेछौँ हामी चोकबाट
आ-आफ्ना पति र केटाकेटीहरूको
अफिस र स्कूलबाट फर्किने बेला भइसक्यो भन्ने चिन्ता बोकेर ।
(मूल सन्थाल भाषाबाट हिन्दीमा गरेको अनुवादबाट सुमन पोखरेलद्वारा नेपालीमा अनुदित)
* कविले यो कविता नारी दिवसको कार्यक्रमका लागि निम्तोपत्र पाएपछि लेखेको जनाएकी छन् ।
-निर्मला पुतुल (भारत)
एकपल्ट फेरि
भेला हुनेछौँ हामी
विशाल सभागारमा
भाडाका भीडका बीच ।
एकपल्ट फेरि
इज्जतिला ठानिएका
आधा काटिएको ब्लाउज लगाएका महिलाहरू
गर्नेछन् हाम्रो जुलुसको नेतृत्व
र प्रतिनिधित्वको गर्या भन्दै
मञ्चासीन हुनेछन् अगाडि ।
एकपल्ट फेरि
एउटा विशाल ब्यानरमुन्तिर
मञ्चमा ठडिएको माइकमा कराउनेछन्
व्यवस्थाका विरूद्धमा
र हाम्रो ताली बटुल्दै
हात उठाएर भ्रमित पर्नेछन्
उनीहरू भनेकै हामी हौँ भनेर ।
एकपल्ट फेरि
शब्दहरूका वायुपङ्खी रथमा बसाएर
तीनले लग्नेछन् हामीलाई संसदको कोठाचोटा घुमाउन
जहाँ पुरुषहरूका अहम्सँग जुध्नेछन् हाम्रा मुद्धाहरू
र चकनाचूर हुनेछन्
त्यसमा रहेका हाम्रा सपनाहरू ।
एकपल्ट फेरि
हाम्रो सभालाई सम्बोधित गर्नेछन्
माननीय मुख्यमन्त्रीले
र हामी गौरवान्वित हुनेछौँ आफैँप्रति
हाम्रो सभामा उनको उपस्थिति पाएर ।
एकपल्ट फेरि
बहसको खरो ज्वालामा पाक्नेछ नपुंसक विचार
र लिइनेछ -
दाइजो-हत्या, बलात्कार, यौन उत्पीडन
वेश्यावृत्तिका विरुद्धमा मोर्चाबन्दी गरेर लड्ने सङ्कल्प ।
एकपल्ट फेरि
आफ्नो शक्तिको समुहिक प्रदर्शन गर्दै
हिँड्नेछौँ हामी शहरका बाटाहरूमा,
पुरुष-सत्ताका विरुद्धमा
हावामा मुठ्ठी कसेर, हात हल्लाउँदै
र हाम्रा उत्तेजक नाराको तापले
तात्नेछ शहरको बतास ।
एकपल्ट फेरि
एकझुन्ड भएर हामीले उत्तेजक नारा लगाइरहेको
शहरको व्यस्ततम् चोकमा
पर्तिरपट्टी पर्खालका भित्तामा टाँसिएका पोस्टरहरूबाट
ब्रा र पेन्टी मात्र लगाएका सिने-अभिनेत्रीहरूले
लाजपचाएर नायकको पाखुरामा च्यापिँदै
बुढीऔँला देखाएर गिज्याउनेछन् हामीलाई ।
बिस्तारै चिसिन थाल्नेछ भित्रको आगो
र एकपल्ट फेरि
तितरबितर हुनेछौँ हामी चोकबाट
आ-आफ्ना पति र केटाकेटीहरूको
अफिस र स्कूलबाट फर्किने बेला भइसक्यो भन्ने चिन्ता बोकेर ।
(मूल सन्थाल भाषाबाट हिन्दीमा गरेको अनुवादबाट सुमन पोखरेलद्वारा नेपालीमा अनुदित)
* कविले यो कविता नारी दिवसको कार्यक्रमका लागि निम्तोपत्र पाएपछि लेखेको जनाएकी छन् ।
Published on March 07, 2016 19:37
January 11, 2016
तुम जिस तरह हो (Hindi translation of Suman Pokhrel's poem "Timi Jasari Chhyou"
जिस तरह हो तुम
सुमन पोखरेल
मैं
किसी न-जिन्दा जिन्दगी के किनारे पे खडे रहकर
बहना छोडा हुआ हवा की तरह, नामौजुद किसी आकृति को गले लगाकर
जीने का वहम में छँछा मद पे ही खुस हो रहा होता ।
आज तक
दुसरों के लगाये हुए अर्थ से ही शितलता को जानता रहता,
गुलाब या उसी तरह के किसी हृदयविहीन फूल की सुगन्ध से ही
मदहोश हो रहा होता,
अगर तुम्हारे मुहब्बत के कोमल आभासों ने
मेरा हृदय के परागों पे
स्नेहिल सुगन्ध बिखेरा नहीं होता ।
मेरे गीतों के मूर्च्छनाएँ,
मेरी कविताओं के विम्व,
मेरी जीवनकथा,
पत्ते गिरे हुए पेड़ दर पेड़ घुमते रहनेवाले
खिँजा का हवा की तरह सौन्दर्यविहीन
उकता देनेवाला गुंगा दौड पे
विना गन्तब्य दौड रहे होते ।
सूरज की किरणेँ
हर सुबह जिन्दगी लेकर
मेरे उमंगों को हौसला देने नहीं आते ।
मुझे गाने सुना सुना के उड चलनेवाले चिडियाँ
अपने स्वर मे मन के अन्तर से प्रेम भर के
गुन्गुना नहीं पाते ।
तुम्हारे कोमलतम् शब्दों से भी टुट सकने वाला
प्रेम जैसा ही कोमल मेरे दिल को चुभ कर
अगर न तोड़ देती जीने की लय को कभीकभी, तो
प्रेम का आधा रहस्य समझे बगैरह ही
जीवन संगीतमय होने की बात मलूम किए बिना ही
जिन्दगी कह कर
समय के रिक्त सिँढी चढ के भाग निकले होते
मेरे सारे तजुर्बेँ ।
अपनी आकाङ्क्षाओं को अनगिनत रंगीन छटाओँ से
जिस तरह सजायी हो
जिन्दगी के मेरे दृष्यों को,
अगर वैसा न होता तो
सृष्टी की सौन्दर्य का भ्रमित व्याख्या कर के ही
मुरझा के गिर चुकी होती मेरी इच्छाएँ ।
मेरी जिन्दगी की जिन धूनों पे
जिस तरह हो तुम
उस तरह न होती अगर
तो,
सामर्थ्य से सम्पूर्ण भर कर
हजार जिन्दगी जिने की लालसा ले के
खडा है जो,
तुम्हारे सामने, वो मैं नहीं होता ।
(मूल नेपाली से कवि द्वारा स्वयं अनुदित)
Suman Pokhrel
सुमन पोखरेल
मैं
किसी न-जिन्दा जिन्दगी के किनारे पे खडे रहकर
बहना छोडा हुआ हवा की तरह, नामौजुद किसी आकृति को गले लगाकर
जीने का वहम में छँछा मद पे ही खुस हो रहा होता ।
आज तक
दुसरों के लगाये हुए अर्थ से ही शितलता को जानता रहता,
गुलाब या उसी तरह के किसी हृदयविहीन फूल की सुगन्ध से ही
मदहोश हो रहा होता,
अगर तुम्हारे मुहब्बत के कोमल आभासों ने
मेरा हृदय के परागों पे
स्नेहिल सुगन्ध बिखेरा नहीं होता ।
मेरे गीतों के मूर्च्छनाएँ,
मेरी कविताओं के विम्व,
मेरी जीवनकथा,
पत्ते गिरे हुए पेड़ दर पेड़ घुमते रहनेवाले
खिँजा का हवा की तरह सौन्दर्यविहीन
उकता देनेवाला गुंगा दौड पे
विना गन्तब्य दौड रहे होते ।
सूरज की किरणेँ
हर सुबह जिन्दगी लेकर
मेरे उमंगों को हौसला देने नहीं आते ।
मुझे गाने सुना सुना के उड चलनेवाले चिडियाँ
अपने स्वर मे मन के अन्तर से प्रेम भर के
गुन्गुना नहीं पाते ।
तुम्हारे कोमलतम् शब्दों से भी टुट सकने वाला
प्रेम जैसा ही कोमल मेरे दिल को चुभ कर
अगर न तोड़ देती जीने की लय को कभीकभी, तो
प्रेम का आधा रहस्य समझे बगैरह ही
जीवन संगीतमय होने की बात मलूम किए बिना ही
जिन्दगी कह कर
समय के रिक्त सिँढी चढ के भाग निकले होते
मेरे सारे तजुर्बेँ ।
अपनी आकाङ्क्षाओं को अनगिनत रंगीन छटाओँ से
जिस तरह सजायी हो
जिन्दगी के मेरे दृष्यों को,
अगर वैसा न होता तो
सृष्टी की सौन्दर्य का भ्रमित व्याख्या कर के ही
मुरझा के गिर चुकी होती मेरी इच्छाएँ ।
मेरी जिन्दगी की जिन धूनों पे
जिस तरह हो तुम
उस तरह न होती अगर
तो,
सामर्थ्य से सम्पूर्ण भर कर
हजार जिन्दगी जिने की लालसा ले के
खडा है जो,
तुम्हारे सामने, वो मैं नहीं होता ।
(मूल नेपाली से कवि द्वारा स्वयं अनुदित)
Suman Pokhrel
Published on January 11, 2016 04:49
December 1, 2015
त्यस्ती ठानेछौ तिमीले मलाई (Nepali Translation of Anna Akhmatova's Poem "You thought I was That Type")
त्यस्ती ठानेछौ तिमीले मलाई
अन्ना आख्मातोभा (२३ जुन १८८९ ओडेस्सा युक्रेन - ५ मार्च १९६६ लेलिनग्राड, सोभियत सङ्घ)
त्यस्ती पो ठानेछौ तिमीले त मलाई ।
तिमी मलाई चटक्कै बिर्सन सक्नेछौ,
र
म चाहिँ अनुनय गर्दै रुनेछु, र
आफूलाई समाप्त गर्नेछु, भन्ठानेछौ ।
अथवा म
जोखाना देखाउन पुग्नेछु कुनै बुढीबजू कहाँ
माग्नेछु जडिबुटीबाट बनाएको कुनै मोहनीओखती र
मन्त्र फुक्न लगाई
पठाउनेछु
मेरो अमूल्य सुगन्धित रुमालको व्याकुल उपहार तिमीलाई- भन्ठानेछौ ।
भुत्रैसित्ति!
म तिम्रो अभिशप्त मनलाई
संवेदनले भिजेको आँसु वा
हेराइको एक झिल्कोसम्मले पनि
अनुगृहित गर्ने छैन ।
म वचन दिन्छु तिमीलाई, परीहरूको बगैँचाछेउ उभिएर,
म वचन दिन्छु, हुनै नसक्नेलाई पनि सम्भव गराइदिने देवीथानबाट,
र हाम्रा रातहरूका ज्वाला र तिनका धूँवाछेउबाट -
तिमीलाई भेट्न अब
कहिल्यै आउने छैन म ।
Anna Akhmatova
Translated by Suman Pokhrel
अन्ना आख्मातोभा (२३ जुन १८८९ ओडेस्सा युक्रेन - ५ मार्च १९६६ लेलिनग्राड, सोभियत सङ्घ)
त्यस्ती पो ठानेछौ तिमीले त मलाई ।
तिमी मलाई चटक्कै बिर्सन सक्नेछौ,
र
म चाहिँ अनुनय गर्दै रुनेछु, र
आफूलाई समाप्त गर्नेछु, भन्ठानेछौ ।
अथवा म
जोखाना देखाउन पुग्नेछु कुनै बुढीबजू कहाँ
माग्नेछु जडिबुटीबाट बनाएको कुनै मोहनीओखती र
मन्त्र फुक्न लगाई
पठाउनेछु
मेरो अमूल्य सुगन्धित रुमालको व्याकुल उपहार तिमीलाई- भन्ठानेछौ ।
भुत्रैसित्ति!
म तिम्रो अभिशप्त मनलाई
संवेदनले भिजेको आँसु वा
हेराइको एक झिल्कोसम्मले पनि
अनुगृहित गर्ने छैन ।
म वचन दिन्छु तिमीलाई, परीहरूको बगैँचाछेउ उभिएर,
म वचन दिन्छु, हुनै नसक्नेलाई पनि सम्भव गराइदिने देवीथानबाट,
र हाम्रा रातहरूका ज्वाला र तिनका धूँवाछेउबाट -
तिमीलाई भेट्न अब
कहिल्यै आउने छैन म ।
Anna Akhmatova
Translated by Suman Pokhrel
Published on December 01, 2015 18:23
स्वीकार नगर (Nepali Translation of Yaduha Amicai's Poem "Do Not Accept")
स्वीकार नगर
-येहुदा अमिसाई (१९२४-२००० इस्राइल)
ढिलो आएका यी बर्सात्लाई स्वीकार नगर ।
बरू अलमल गरिदेऊ ।
तिम्रा दु:खलाई मरूभूमिको बिम्ब बनाऊ ।
यो सबै भनिसकेको हो भन्देऊ, र
पश्चिमतिर नहेर ।
अस्वीकार गरिदेऊ, आत्मसमर्पण गर्न ।
यस वर्ष पनि
लामो गर्मीभरि एक्लै बाँच्ने कोसिस गर ।
सुक्दैगरेका तिम्रा आफ्नै रोटी खाऊ,
आँसुबाट निस्क,
र नसिक अनुभवबाट ।
आधा रातमा फर्किने गरेको
मेरो युवाकालको उदाहरण लेऊ ।
पोहरको बर्सात्मा जे सुकै लेखिए पनि
केही फरकपर्ने छैन यसपाली ।
तिम्रा अनुभूतिहरूलाई मेरै भावना ठान ।
सबै थोक पहिलेझैँ हुनेछ -
अब्राहम फेरि अब्राम हुनेछ र
सराह फेरी हुनेछे सरई ।
Yehuda Amichai
Translated by Suman Pokhrel
-येहुदा अमिसाई (१९२४-२००० इस्राइल)
ढिलो आएका यी बर्सात्लाई स्वीकार नगर ।
बरू अलमल गरिदेऊ ।
तिम्रा दु:खलाई मरूभूमिको बिम्ब बनाऊ ।
यो सबै भनिसकेको हो भन्देऊ, र
पश्चिमतिर नहेर ।
अस्वीकार गरिदेऊ, आत्मसमर्पण गर्न ।
यस वर्ष पनि
लामो गर्मीभरि एक्लै बाँच्ने कोसिस गर ।
सुक्दैगरेका तिम्रा आफ्नै रोटी खाऊ,
आँसुबाट निस्क,
र नसिक अनुभवबाट ।
आधा रातमा फर्किने गरेको
मेरो युवाकालको उदाहरण लेऊ ।
पोहरको बर्सात्मा जे सुकै लेखिए पनि
केही फरकपर्ने छैन यसपाली ।
तिम्रा अनुभूतिहरूलाई मेरै भावना ठान ।
सबै थोक पहिलेझैँ हुनेछ -
अब्राहम फेरि अब्राम हुनेछ र
सराह फेरी हुनेछे सरई ।
Yehuda Amichai
Translated by Suman Pokhrel
Published on December 01, 2015 00:38
November 29, 2015
आतङ्की गाउँ (Nepali Translation of Kamini Kamayani's Poem "AATANKI GAAM"
आतङ्की गाउँ
-कामिनी कामायनी
हातगोडा बाँधेर
निदाए झैँ थियो गाउँ,
जहाँ त्यसबेलासम्म पनि कोहीकोही गाउने गर्दथे
प्रभाती, किर्तन र कजरी,
जहाँ विभेद नै भए पनि
त्यसबेलासम्म पनि एउटै घाटमा
पानी खाने गर्दथे बाघ र बाख्रा ।
खेत र खलाहरूमा परपरसम्म फिँजिएका हुन्थे धान
हाँसखेल गर्दै जिस्किरहेका मान्छेहरू
चबाइरहकै हुन्थे पान ।
चर्चा हुने गर्थे नयाँनयाँ प्रेमप्रसङ्गका
राम्रानराम्रा कुरामा खर्च हुने गर्थ्यो बुद्धी।
जहाँ त्यसबेलासम्म पनि जोगिएकै थिए
पछ्यौरीका लाज
नारीहरू मन मारेरै भए पनि
गर्ने गर्थे आआफ्ना काम।
जहाँ त्यसबेलासम्म पनि बिहानदेखि बेलुकीसम्म
बन्ने गर्दथे किसिमकिसिमका खानेकुरा
जीवनबाट सन्तुष्ट रहेको सुखासनमा बसेर
मानस पढ्ने गर्दथे ज्ञानी र ध्यानीहरू ।
जहाँ त्यसबेलासम्म पनि ठाडै थियो परालको माच
र खलबल गर्दै, रमाउँदै खेलिरहन्थे केटाकेटीहरू ।
त्यही निदाएझैँ, उँघेझैँ गरिरहेको गाउँमा
पसेका थिए एक दिन
केही अपरिचितहरू
नौला थिए जसका बोली र ब्यवहारहरू ।
र थिए हातमा हरियाहरिया कट्कटाउँदा नोट र बन्दुक।
तिनीहरू
भ्रन्ति बेचेर शान्ति किन्नलाई आएका थिए
खेतबारीमा
बारुद र आर डी एक्स उमार्न आएका थिए ।
छरिरहे तिनीहरूले पैसाका दलहरू
र हेर्दाहेर्दै विषाक्त भयो गाउँको पोखरी ।
बन्द भए किर्तन, भजन र अजानहरू
र आफैँसँग डराउन थाल्यो समाज
यसबेला
ठप्प छ त्यहाँ प्रकृतिको नियमित गति
र
राताराता आँखाबाट आगो ओकल्दै
भयानक अट्टहास गरिरहेको छ
आतङ्कको घिनलाग्दो साम्राज्य !!
(मूल मैथिलीबाट सुमन पोखरेलद्वारा अनुदित)
-कामिनी कामायनी
हातगोडा बाँधेर
निदाए झैँ थियो गाउँ,
जहाँ त्यसबेलासम्म पनि कोहीकोही गाउने गर्दथे
प्रभाती, किर्तन र कजरी,
जहाँ विभेद नै भए पनि
त्यसबेलासम्म पनि एउटै घाटमा
पानी खाने गर्दथे बाघ र बाख्रा ।
खेत र खलाहरूमा परपरसम्म फिँजिएका हुन्थे धान
हाँसखेल गर्दै जिस्किरहेका मान्छेहरू
चबाइरहकै हुन्थे पान ।
चर्चा हुने गर्थे नयाँनयाँ प्रेमप्रसङ्गका
राम्रानराम्रा कुरामा खर्च हुने गर्थ्यो बुद्धी।
जहाँ त्यसबेलासम्म पनि जोगिएकै थिए
पछ्यौरीका लाज
नारीहरू मन मारेरै भए पनि
गर्ने गर्थे आआफ्ना काम।
जहाँ त्यसबेलासम्म पनि बिहानदेखि बेलुकीसम्म
बन्ने गर्दथे किसिमकिसिमका खानेकुरा
जीवनबाट सन्तुष्ट रहेको सुखासनमा बसेर
मानस पढ्ने गर्दथे ज्ञानी र ध्यानीहरू ।
जहाँ त्यसबेलासम्म पनि ठाडै थियो परालको माच
र खलबल गर्दै, रमाउँदै खेलिरहन्थे केटाकेटीहरू ।
त्यही निदाएझैँ, उँघेझैँ गरिरहेको गाउँमा
पसेका थिए एक दिन
केही अपरिचितहरू
नौला थिए जसका बोली र ब्यवहारहरू ।
र थिए हातमा हरियाहरिया कट्कटाउँदा नोट र बन्दुक।
तिनीहरू
भ्रन्ति बेचेर शान्ति किन्नलाई आएका थिए
खेतबारीमा
बारुद र आर डी एक्स उमार्न आएका थिए ।
छरिरहे तिनीहरूले पैसाका दलहरू
र हेर्दाहेर्दै विषाक्त भयो गाउँको पोखरी ।
बन्द भए किर्तन, भजन र अजानहरू
र आफैँसँग डराउन थाल्यो समाज
यसबेला
ठप्प छ त्यहाँ प्रकृतिको नियमित गति
र
राताराता आँखाबाट आगो ओकल्दै
भयानक अट्टहास गरिरहेको छ
आतङ्कको घिनलाग्दो साम्राज्य !!
(मूल मैथिलीबाट सुमन पोखरेलद्वारा अनुदित)
Published on November 29, 2015 06:23
सुमन पोखरेल Suman Pokhrel
This blog contains the literary works of poet, lyricist and translator Suman Pokhrel.
- Suman Pokhrel's profile
- 123 followers
