Suman Pokhrel's Blog: सुमन पोखरेल Suman Pokhrel, page 4

November 28, 2015

अजनबी की तरह (An Urdu Ghazal by Suman Pokhrel)

माहजबी की तरह


कानून बनाएँ मयकशीका कानून-ए-मजहबी की तरह
फिर मिल के जलील करेँगे पण्डितको शराबी की तरह

हरेक बात कह देने की शिताबी की तरह
इजहार-ए-दिल किए हम ने शायर-ओ-कवि की तरह

बाहजाराँ ख्वाहीसेँ उछल रहे थे दिल में
वो मिले भी तो मिले कोई अजनबी की तरह

उम्मिद था इजहार-ए-मुहब्बत का हमें मगर
चले गए वो शरमा के जब कभी की तरह

कब तक दूर रहते उन्हे आना ही था आखिर
वो आए शब-ए-जिन्दगी मे माहजबी की तरह

आहिस्ता आहिस्ता चढने लगा शुरूर ए मुहब्बत
हम झुमने लगे शबाना रोज शराबी की तरह

शुरू मे तो खुदा सा लगने लगा था प्यार हमे
होले होले करने लगा असर खराबी की तरह

तजरिबा न था प्यार-ओ-मुहब्बतका हमें, सुमन !
देखते रहे उन्हे तसबीर-‍ए-किताबी की तरह


Suman Pokhrel
1 like ·   •  0 comments  •  flag
Share on Twitter
Published on November 28, 2015 06:27

November 27, 2015

बेकार न मेरा इशारा जाये (An Urdu Ghazal by Suman Pokhrel)

बेकार न मेरा इशारा जाये
सुमन पोखरेल



आप के हुश्न ओ शबाब को गौर से निहारा जाये
तमन्ना है कि आपको खुद ही संवारा जाये

काजल से कुछ धब्बे लागा देँ क्या रूखसार पर ?
और चाँद को हकिकत में जमीन पर उतारा जाये

आप हैं गुलसन गुलसन तो मैं भी हूँ एक परिन्दा
आपके जुल्फों का नशेमन मेँ जिन्दगी गुजारा जाये

आप मुस्कुरायें तो न शरमायें, शरमायें तो न मुस्कुरायें
बगर्ना हम से आपको देखा जाये न पुकारा जाये

चाहा है हम ने भी बोलना आपकी तरह आखों से
पकड लेना आप नजरों से, बेकार न मेरा इशारा जाये

बगैर खुस्बु के, मालूम नहीं होता शबाब ए गुल
आइये मुहब्बत से हुश्न ओ इश्क को निखारा जाये

उनकी हुश्न का जवाब खुद हुश्न से भी नही है
दुवा करो सुमन कि दूर कभी न ये नजारा जाये


Suman Pokhrel
1 like ·   •  0 comments  •  flag
Share on Twitter
Published on November 27, 2015 08:32 Tags: i-b-क-जल-b-i

November 12, 2015

शायर न बनाया होता (An Urdu Ghazal by Suman Pokhrel)

हमारे इश्क को दिल्लगी का घर न बनाया होता
ए संगदिल तुम ने मुहब्बत को जहर न बनाया होता

चादर-‍ए-स्याह-ए-शब मिटा देता सारी दुनिया को
अश्कों से धो धो के अगर हम ने सहर न बनाया होता

इस आवारगी में कहाँ जा के भट्कते हम यारों
लोगों ने इस गावँ को अगर शहर न बनाया होता

ना इन्साफी ही की है तुम ने भी हम पे ए खुदा मेरे
दिल-ए-नाजुक देना था हमे, तो उन्हे पथ्थर न बनाया होता

जिते ही रहते हम, रूठ कर उनका चले जाने से भी
काश ! हम ने उन्हे जान-ए-जिगर न बनाया होता

किधर जाता, किस से मिलता, पहुँचता कहाँ मैं सोचता हूँ
आपने अगर इस तरह मुझको हमसफर न बनाया होता

एक काम तो तुम ने भी अच्छा किया है, सुमन !
पागल कहलाता अगर खुद को शायर न बनाया होता


Suman Pokhrel
1 like ·   •  1 comment  •  flag
Share on Twitter
Published on November 12, 2015 17:46

के तिमीलाई थाह छ ? (Nepali Translation of Sushila Puri's Poem "PATAA HAI TUMHE !")

के तिमीलाई थाह छ ?
-सुशीला पुरी



के तिमीलाई थाह छ ?
जहिल्यै हामीले कुरा गरिरहेको बेलामा
के भइरहेको हुन्छ ?

शीतका ससाना थोपाहरूमा
अनवरत भिजिरहन्छ मेरो आत्मा
कुद्न थालेकी हुन्छु म बिहानको पहिलो झुल्कोझैँ
कोमल नाङ्गा दूबाहरूमा ।

अनेकौँ पुतलीहरू उड्न थाल्छन्
चेतनाको बगैँचामा
अम्बाका बोटहरू माझ लुक्न थालेकी हुन्छु म
र टिप्न थालेकी हुन्छु अम्बाका कटमिरा दाना ।

अन्धवेगले कुद्न थाल्छ सुगन्धझैं केही
धमनी र शिराहरूमा,
र गोडामुनीको धर्ती पनि
मगमगाउन थालेको हुन्छ एक्कासी ।

कैयन गौँथलीहरू चिरबिराउन थालेका हुन्छन्
दलान, छाना र बार्दलीमा,
घर पनि लामोलामो निश्वास लिन थालेको हुन्छ ।

अङ्गुरका लहरा
आँगनभरि फिँजिन थालेका हुन्छन्
र तिनको छायाबाट
म बनाइरहेकी हुन्छु तिम्रो चित्र ।

एउटा अज्ञात लयमा
मरुभूमीदेखि समुद्रसम्म नाच्न थाल्छ हावा
नाच्दछु म पनि एकरत्ती नगलीकन आदिम धून र तालमा
शब्दहरू अडिन्छन् मौनता ओढेर ।

त्यही महामौनतामा बग्दछन्, आँसुका झर्ना,
दुबैका आँसु बटुलेर
बनाउँछु म एउटा लामो नदी,
मनतातो-मनतातो भएर बिस्तारै बिस्तारै
बेमनले बग्न थाल्छ त्यो ।

त्यसका लहरमा माछाहरू छन्
र ती माछाहरूमा म छु ।


(मूल हिन्दीबाट सुमन पोखरेलद्वारा अनुदित)
 •  1 comment  •  flag
Share on Twitter
Published on November 12, 2015 06:50

September 6, 2015

माया गर्छु म उसलाई (Nepali translation of Laura Mucelli Klemm's poem "JE L'AIME")

माया गर्छु म उसलाई
-लुहा मुचेल्ली क्लेम (फ्रान्स)



उसका आँखाको युग
मेरा शब्दको रङमा ।

त्यो पुरुष, जो
प्रेमबाट सिर्जिएर
मेरा सोचाइमा हरपल उडिरहेका
भावनाका रेशा बटुलेर बुन्दछ

कोमल
त्यो सागरपुत्र
मधुर
यो धरतीपुत्री

आकाश
मधुर नीलो
मनमोहक निश्तब्दताको
पानीरङ

उसको कोमताबाट
लेखिएको
कुनै पुतली फूलझैं
मेरो सपना

ऊ हाँस्दा
मेरो उमुक्ति ऊ
म रुँदा
उसको स्वच्छता म

थाह छैन
किन माया गर्छु म उसलाई
यत्ति थाह छ
म उसलाई माया गर्छु


संसारको सुन्दरतामा
प्रतिध्वनित गराउँदै
सम्पूर्ण प्रेम
गाउँछ ऊ

हिजो र भोली
एउटा पलमा, मिसिन्छन् एकै ठाउँ

हाम्रो जीवनको यो दोभानले
हामी हुनुको सत्यलाई सार्थक बनाउँछ

उसमा विश्राम लिन्छु म
ऊ ममा नुहाउँछ
एउटा रेशमी विश्वासले
जोडिएका छौँ आपसमा हामी

मैले छुने
या अनुभूत गर्ने जेसुकै
रुपाङ्कित छन्
उसकै हातद्वारा


म जे बुझ्दछु
या जे बाँच्दछु
आलोकित छन् ती सबै
उसकै हृदयद्वारा

थाह छैन
किन माया गर्छु म उसलाई
यत्ति थाह छ
म उसलाई माया गर्छु ।


(मूल फ्रेन्चबाट मार्गारेट स्येनले गरकेो अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा नेपालीमा अनुदित)

Translated by Suman Pokhrel
2 likes ·   •  2 comments  •  flag
Share on Twitter
Published on September 06, 2015 21:15

August 30, 2015

जब तिमी थाह पाउँदैनौ (Nepali Translation of Rita Stanzione's Poem "MENTRE NON LO SAI")

- रिता साञ्चियोनी (इटाली)


म तिमीलाई हेरिरहन्छु
जब तिमी जान दिन्छौ र थाह पाउँदैनौ
छायाका खेलमा बिलाएको तिम्रो मुहारको आवरणले
तिम्रा हजारौँ अनुहार बनाउँछ ।

मेरो नजर तिम्रा आखाँमा गएर विश्राम गर्छ
टाढा कतै अनुभूत हुन्छन्
घोलिँदै गरेका ऐनाहरू
र तिनमा बिलाएको
एउटा थर्थराइरहेको आकाश ।

म आफ्नो स्वास रोक्दछु
तिमी नबिलाऊ भनेर ।

तिम्रो सौम्य चालढाललाई हेरेर
कहिल्यै पनि अघाउँदिनँ म
तिम्रो सोचाइको एउटा स्पर्शलाई समाउन
र तिमीले आफ्ना सपनाहरूलाई बाँचिरहेको बेला
तिम्रो रगतको फैल्याइलाई समाउन ।

म गोडाका औंलादेखि नै सङ्कोचित हुन्छु
डेग थाम्छु
र नडराई सुम्सुम्याउँछु तिम्रा शीरमा सुशोभित
घुङ्ग्रिएका मखमली केशलाई ।

एउटा सुगठित मूर्ति बनेको थाह पाउँछु
स्पर्श गरेर
त्यसको रुपरेखा आँकलन गरेर,
हृदयको एउटा पृष्ठमा
"टुनामुना" भन्ने शब्दका मुन्तिर ।


(मूल इटालियनबाट मार्गारेट स्येनले गरेको अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा नेपालीमा अनुदित

Translated by Suman Pokhrel
 •  0 comments  •  flag
Share on Twitter
Published on August 30, 2015 10:06

August 29, 2015

थाह छैन, दोहोरिन्छ-दोहोरिन्न इतिहास (Nepali Translation of Yehuda Amichai's Poem "I Don'T Know If History Repeats Itself ")

- यहुदा अमिसाई (इज्राइल)



इतिहास आफैँ दोहोरिन्छ दोहोरिँदैन
थाह छैन मलाई,
तर थाह छ
तिमी एउटै काम दोहोर्‍याउँदिनौ ।

शहर विभाजित भएको सम्झना छ मलाई,
यहुदी र अरबबीच मात्र हैन
तिमी र म एकै भएर बाँचेका बेलामा पनि
हामी दुई मै समेत ।

हामी आफैँले सङ्कटको गर्भ रोप्यौँ
हामीले प्रलयकारी युद्धको जगमाथि युद्ध कै घर बनायौँ,
सुदुर उत्तरका मान्छेले झैँ
जो मृत्यु बोकेका हिउँ जोडेर सुरक्षित न्याना घर बनाउने गर्छन्‌ ।

शहर त फेरि एक ढिक्को भएको छ,
तर हामी एकसाथ छैनौँ ।
अब भने थाह पाएँ मैले
इतिहासले दोहोर्‍याउँदैन आफैँलाई ।
तिमी एउटै काम दोहोर्‍याउँदिनौ भन्ने त थाह छँदै थियो ।


Yehuda Amichai
(Translated by Suman Pokhrel)
1 like ·   •  0 comments  •  flag
Share on Twitter
Published on August 29, 2015 03:43 Tags: i-b-स-मन-प-खर-ल-i-b

August 27, 2015

ऐनामा देखिएको प्रतिबिम्ब (Nepali Translation of Mohamed N Elramady' Poem "THE REFLECTION OF MIRRORS")

-मोहम्मद नागीब अलअरमादी (मिस्र)


जब म तिम्रा बारेका सोच्दछु
र सधैँ सोचिरहन्छु पनि,
म ऐना हेर्ने गर्दछु
र मेरो मुटुमा गोली हान्दछु
ता कि
म भुतुक्कै मरिजाऊँ
र तिम्रा बारेमा अरू धेरै सोच्नु नपरोस् ।


म बाँचिरहन चाहन्छु
जबसम्म तिमीलाई मुक्त गर्दिनँ,
जसले मभन्दा पहिले तिमीलाई बलजफ्ती माया गर्‍यो
त्यसको पकडबाट मुक्त गरेर मात्र
मर्न चाहन्छु म ।


(मूल अरबीबाट निजार सर्तावीले गरेको अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा नेपालीमा अनुदित)

Translated by Suman Pokhrel
1 like ·   •  2 comments  •  flag
Share on Twitter
Published on August 27, 2015 22:44

जब तिमी आउनेछौ (Nepali Translation of Rita Stanzione's Poem "QUANDO VERRAI")

जब तिमी आउनेछौ
- रिता साञ्चियोनी (इटाली)


तिमी यस खोलबाट निस्कने छौ
हाँगाबाट निहुरिएर मलाई हेर्नेछौ
मौसम सकिएपछि बाँकी रहेको एक मात्र फल
बतास र वर्षाको थकित खेलौना ।

मेरो बोधोपनको बास्नालाई पखाल्ने छौ
र आफ्ना आँखाको भेनिला ओढाउने छौ तिमी
हामी गहूँका दाना र छवालीका मुठाबाट निस्कने अदृष्य बाफ हुनेछौँ
मौरीका गाँस र भुनभुनाहटका रुवाइ हुनेछौँ ।

जीवनदायी जलले सिञ्चेर
सम्पूर्ण बगैँचालाई उर्वर बनाउने छौँ हामी ।
चराका झुन्डहरू फक्रिनेछन
फूलका पुङ्केशरहरू उक्सिएर बाहिर निस्कने छन्
र तातो रगतले सर्पहरूलाई ब्यूँझाउनेछ ।

प्रेमको भ्रान्ति, आदिम रीति
तिमीलाई थाह छ
यसको व्याख्या हुन सक्दैन ।



(मूल इटालियनबाट मार्गारेट स्येनले गरेको अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा नेपालीमा अनुदित)



Translated by Suman Pokhrel
2 likes ·   •  1 comment  •  flag
Share on Twitter
Published on August 27, 2015 06:10

August 24, 2015

स्वजनको रगत कहिल्यै वीरताको टीको हुँदैन

-सुमन पोखरेल

विजय हुन्छ प्रेमको, तरवार र गोलीको हुँदैन
स्वजनको रगत कहिल्यै वीरताको टीको हुँदैन

जलाऔँ आफ्नै बस्ती हामी यहीँ बस्नुपर्छ
जलेको घाउ पुर्न फेरि बर्सौँ खट्नु पर्छ
धर्तीमा लागेको घाउ सहजै निको हुँदैन
स्वजनको रगत कहिल्यै वीरताको टीको हुँदैन

पौरख खोज्दछ धर्ती पौरखी नै ढालेर के मर्नु
पसिना माग्दछ माटो रगत बगाएर के गर्नु
आपसको लँडाइमा ढलेको लास बैरीको हुँदैन
स्वजनको रगत कहिल्यै वीरताको टीको हुदैन


Suman Pokhrel
2 likes ·   •  1 comment  •  flag
Share on Twitter
Published on August 24, 2015 07:43

सुमन पोखरेल Suman Pokhrel

Suman Pokhrel
This blog contains the literary works of poet, lyricist and translator Suman Pokhrel.
Follow Suman Pokhrel's blog with rss.