- यहुदा अमिसाई (इज्राइल)
इतिहास आफैँ दोहोरिन्छ दोहोरिँदैन
थाह छैन मलाई,
तर थाह छ
तिमी एउटै काम दोहोर्याउँदिनौ ।
शहर विभाजित भएको सम्झना छ मलाई,
यहुदी र अरबबीच मात्र हैन
तिमी र म एकै भएर बाँचेका बेलामा पनि
हामी दुई मै समेत ।
हामी आफैँले सङ्कटको गर्भ रोप्यौँ
हामीले प्रलयकारी युद्धको जगमाथि युद्ध कै घर बनायौँ,
सुदुर उत्तरका मान्छेले झैँ
जो मृत्यु बोकेका हिउँ जोडेर सुरक्षित न्याना घर बनाउने गर्छन् ।
शहर त फेरि एक ढिक्को भएको छ,
तर हामी एकसाथ छैनौँ ।
अब भने थाह पाएँ मैले
इतिहासले दोहोर्याउँदैन आफैँलाई ।
तिमी एउटै काम दोहोर्याउँदिनौ भन्ने त थाह छँदै थियो ।
Yehuda Amichai(Translated by
Suman Pokhrel)