थुनेर चाहना निरस भएँ (गीत)

गीत
- सुमन पोखरेल

थुनेर चाहना निरस भएँ
यो दुनियाँ सामु विवश भएँ
मेरो मौनताका धेरै अर्थ छन्
यो जिन्दगीमा शायद ती भन्न सक्दिनँ

एक्लै एक्लै एक्लै बाँच्न मनपराएँ
रक्सीभित्र पसी एक्लै नै हराएँ
म मातिनुका धेरै कारण छन्
यो जिन्दगीमा शायद ती बताउन सक्दिनँ

तिनैसँग रोएँ तिनैसँग हाँसे
तिनै आँसु समेटी मुटुको घाऊ टाँसे
यी आँसुका आफ्नै व्यथा छन्
यो जिन्दगीमा शायद फुकाउन सक्दिनँ
 •  0 comments  •  flag
Share on Twitter
Published on July 16, 2010 09:49
No comments have been added yet.


सुमन पोखरेल Suman Pokhrel

Suman Pokhrel
This blog contains the literary works of poet, lyricist and translator Suman Pokhrel.
Follow Suman Pokhrel's blog with rss.