हराएछन् सबै आश जिन्दगीका मेरा (गीत)

गीत
- सुमन पोखरेल


हराएछन् सबै आश जिन्दगीका मेरा
अत्याउँछन् सबै त्रास जिन्दगीका मेरा

साथ दिने रक्सी नै छ आजकल मेरो
भट्टी नै छ घरजस्तो आजभोलि मेरो
भत्किएछन् सबै बास जिन्दगीका मेरा
हराएछन् सबै आश जिन्दगीका मेरा

जिउँदैरहेँ बहुलाजस्तो एक्लै कराउँदै
आफूसँगै पिउँदै रहेँ आफैँ हराउँदै
पोखिएछन् सबै प्यास जिन्दगीका मेरा
हराएछन् सबै आश जिन्दगीका मेरा
 •  0 comments  •  flag
Share on Twitter
Published on December 13, 2011 09:23
No comments have been added yet.


सुमन पोखरेल Suman Pokhrel

Suman Pokhrel
This blog contains the literary works of poet, lyricist and translator Suman Pokhrel.
Follow Suman Pokhrel's blog with rss.