https://soundcloud.com/sumanpokhrel/k...गीत
-सुमन पोखरेल
कति मिठा कति न्याना तिम्रा प्रीतका वर्सात्हरु
आज आफैँ सुकिगए यी आँखाका प्रपातहरू
रमाइला रातहरू बेहोशीका वातहरू
खुलेका ती केशहरू सङ्गीतमय हातहरू
अङ्गअङ्ग जताततै यौवनका मातहरू
केलाई छोऊँ केलाई चुमूँ के दिऊँ म सौगातहरू
किन यति छोटा हुन्छन् मधुमासका रातहरू
मनमा कहिल्यै नसकिने पीरतीका बातहरू
खुसी खोस्न आइहाल्छन् यहाँ फेरि प्रभातहरू
कहाँ लुकाऊँ कता लुकाऊँ यी रमाइला साथहरू
Suman Pokhrel
Published on November 16, 2011 23:16