गीत
- सुमन पोखरेल
जीवनको बाटोभरि व्यथैव्यथा देखेँ
तिनै व्यथा सङ्गालेर एउटा गीत लेखेँ
पोहोर साल गह भिजाई एउटा झरी पर्यो
आँखाभरि सङ्गालेको सपना नै झर्यो
छातीभरि जता छाम्यो पीरै पीर भेटेँ
तिनै व्यथा सङ्गालेर एउटा गीत लेखेँ
बाँच्दै थिएँ खुसीसँग एउटा बज्र पर्यो
जिन्दगीले साथ छोड्यो मृत्यु पनि टर्यो
मुटुभरि जता छोयो चोटै चोट भेटेँ
तिनै व्यथा सङ्गालेर एउटा गीत लेखेँ
Hazaar Aankhaa Yee AankhaamaSuman PokhrelSumana PokharelaHajara Amkha, Yi Amkhama: Sumana Pokharelako Gae Gita Nagae Kavita Srnkhalako Pahilo Bhaga = Hazaar Aankhaa, Yee Aankhaama: Lyrical Poems / By S
Published on October 22, 2012 02:45