सुख दुःख जीवनभरको साथ जिन्दगीको (गीत)

गीत
- सुमन पोखरेल


सुख दुःख जीवनभरको साथ जिन्दगीको
रक्सी जस्तै लाग्न थाल्यो मात जिन्दगीको

आफू रुन्छु मनभित्र जीवन हाँस्छ तनमा
छाती पोल्छ, दुख्छ मुटु, काँडा बिझ्छ मनमा
पोल्नु, दुख्नु बिझ्नु नै हो जात जिन्दगीको
रक्सी जस्तै लाग्न थाल्यो मात जिन्दगीको

कस्तो नशा लागेको यो कचिङ्गलको खेलमा
खेल्दा खेल्दै परिसकेँ यसैको मोह जालमा
मृत्युको दिनभन्दा, प्यारो रात जिन्दगीको
रक्सी जस्तै लाग्न थाल्यो मात जिन्दगीको
 •  0 comments  •  flag
Share on Twitter
Published on October 21, 2012 09:36
No comments have been added yet.


सुमन पोखरेल Suman Pokhrel

Suman Pokhrel
This blog contains the literary works of poet, lyricist and translator Suman Pokhrel.
Follow Suman Pokhrel's blog with rss.