पहिले केही थिएन जे भो जिन्दगी मै भो' (गीत)

गीत
- सुमन पोखरेल


पहिले केही थिएन जे भो जिन्दगी मै भो'
नहुनु हुन्छ त्यहाँ, जस्तो जिन्दगी नै भो'

रहर भो, कुण्ठा भो, केही विरक्त पनि भो'
जिजीविषा जीवनप्रति आसक्त पनि भो'
हेला भो', घृणा भो', प्रेम जिन्दगी मै भो'
नहुनु हुन्छ त्यहाँ, जस्तो जिन्दगी नै भो'

रोयो, विक्षिप्त भो, कहिले मन तृप्त भो'
उफ्रियो, दौडियो, तन; कहिले सुषुप्त भो'
खाँचो भो', अभाव भो', प्राप्ति जिन्दगी मै भो'
नहुनु हुन्छ त्यहाँ, जस्तो जिन्दगी नै भो'

मोह भो', अहंकार भो, ताण्डव नृत्य पनि भो'
मै हुँ भनेर के गर्नु आखिर मृत्यु पनि भो'
अन्त्य मै भए पनि हुन त जिन्दगी मै भो'
नहुनु हुन्छ त्यहाँ, जस्तो जिन्दगी नै भो'
 •  0 comments  •  flag
Share on Twitter
Published on May 16, 2009 09:25
No comments have been added yet.


सुमन पोखरेल Suman Pokhrel

Suman Pokhrel
This blog contains the literary works of poet, lyricist and translator Suman Pokhrel.
Follow Suman Pokhrel's blog with rss.