गीत
- सुमन पोखरेल
आज यो मैले तिमीलाई नै सुम्पिदिएँ
जे गर यसलाई तिम्रै जिम्मा लगाएँ
हिजो अस्ति त यो अरूको ऋणी थियो
अलि अलि आश सबलाई बेच्या थियो
आज हकदाबी गर्न अरु कोही आउने छैन
आश भन तिमी या लाश भनिदेउ
चाहे गाड यसलाई चाहे जलाइदेउ
जे गर यसलाई तिम्रै जिम्मा लगाएँ
आज यो मैले तिमीलाई नै सुम्पिदिएँ
जीवनको ब्यस्ततामा सँधै नै म हराएँ
यही हो त्यो कमाइ जो मैले आज पाएँ
अब फिर्ता माग्न कोही पनि आउने छैन
यश भन तिमी या लाश भनिदेऊ
चाहे सञ्चय गर चाहे सडाइदेऊ
जे गर यसलाई तिम्रै जिम्मा लगाएँ
आज यो मैले तिमीलाई नै सुम्पिदिएँ
Published on May 13, 2009 08:47