गीत
- सुमन पोखरेल
त्यो अँङ्गालोमा बाँध्ने शायद तिमी थिइनौ
नत्र यति कठोर मायालु तिमी थिइनौ
नजीक आई मिठा मिठा कुरा गर्ने गर्थ्यौ
मनका सबै कुरा उदाङ्ग पार्ने गर्थ्यौ
आजकल मृदुभाषी पाउँदिनँ तिमीलाई
आजकल पारदर्शी देख्दिनँ तिमीलाई
रिसाउन सक्दिनँ आफ्नै छाती दुखाइदिन्छु
तिम्रो साटो आफैँ नै आफूलाई फकाइदिन्छु
आजकल माया पनि देखाउन्नौ मलाई
आजकल किन तिमी बोलाउन्नौ मलाई
Published on October 31, 2011 09:18