गीत
- सुमन पोखरेल
च्यातिएको मनमा के घर बन्ला, नबन्दै भत्केला
भाग्य पनि फुटेकै होला, के हेर्नु हत्केला
दुखेका रहर चुँडिएका इच्छा किचिएको हृदय
हजारौँ हजार सपना बोकी थिचिएको हृदय
फाटेको मुटु के सिउनु र, सिउनी नै खुस्केला
भाग्य पनि फुटेकै होला के हेर्नु हत्केला
फूलैले घोच्छ शीतैले पोल्छ चर्केको मनमा
चाहनाको चितामा ठोक्किई मर्केको मनमा
प्रीतको दीप के बल्थ्यो अब धुँवा चैँ निस्केला
भाग्य पनि फुटेकै होला के हेर्नु हत्केला
Published on August 08, 2009 08:27