कमैया बस्तीमा (कविता)
कमैया बस्तीमा
- सुमन पोखरेल
म छुट्याउन सकिरहेको थिइनँ
उनीहरूका भाग्य र
उनीहरूका छाप्रा अड्याइरहेका ती झिना झिक्राहरूमध्ये
कुन बढी विश्वासयोग्य थिए।
उनीहरूले पछारेको घिनलाग्दो इतिहास
र उनीहरूलार्इ जिस्क्याइरहेको निर्लज्ज वर्तमानमध्ये
कुन ज्यादा नाङ्गो थियो,
कुन अधिक वीभत्स थियो
मैले बुझ्न सकिरहेको थिर्इनँ।
तिनका अनुहारमा सन्तुष्टिजस्तै हँसाइ पोती
जब गुन्जिरहेथे स्वाभिमानमा उभिएका
ती उन्मुक्त आवाजहरू हाम्रो वरिपरि,
मलार्इ उदेक लागिरहेथ्यो।
"पानी पर्यो भने के गर्छौ?", सोधिरहेथे साथीहरू
"खै के हुन्छ, भिज्छौँ होला", हाँस्दै उत्तर दिइरहेथे उनीहरू
"भरे के खान्छौ?", उत्तर थिएन उनीहरूसँग, हाँस्नुबाहेक अर्को।
मलार्इ रिस उठ्लाझैँ भइरहेथ्यो
मेरो बोली हराएझैँ गरिरहेथ्यो
जसरी तिनीहरू आफ्ना सपना हराइरहेथे।
नभोगेको खुसीमा हाँस्दै गरेका ती अनुहारमा
चड्याङ्चड्याङ् हिर्काउँझैँ लागिरहेथ्यो मलार्इ
त्यो दु:खमा किन हाँसिरहेछन् तिनीहरू भनेर।
इन्द्रेनी पनि लत्पतिएर टाँगिएजस्तो
पानी पनि सुइरो भएर बर्सिएजस्तो
घाम उदाएर पनि बस्तीको आकाशलार्इ समेत नछोर्इ उम्किभागेजस्तो
उनीहरूको सपनामाथिको ठट्टा देखेर मलार्इ रोऊँरोऊँ भइरहेथ्यो।
त्यो गन्तव्यविहीनतामा रुमल्लिइरहेका यात्राहरूको बस्तीबीच
बेसुरमा गाइरहेका चराहरूको स्वर
नियतिदेखि अनभिज्ञ नाचिरहेका पुतलीका उमङ्ग
र मिठासविहीन बहिरहेको लाटो हावा देखेर
मलार्इ बहुलाऊँबहुलाऊँ भइरहेथ्यो।
त्यत्रो अपमान पराजित गरेपछि जन्मिएको
त्यो निस्सारता देखेर मलार्इ मरूँमरूँ लागिरहेथ्यो।
उनीहरू रमाइरहेथे संसार विजय गरेझैँ।
मलार्इ जीवनको रहस्यले पिरोलिरह्यो,
प्रश्न आयो मनमा,
के स्वतन्त्रता जीवनभन्दा मिठो हुन्छ?
वा जीवन कठीन भएपछि बाँच्न सजिलो हुन्छ?
साउन २०६०, नेपालगञ्ज
Jeevanko Chheubaata
Suman Pokhrel

Published on September 17, 2010 20:02
No comments have been added yet.
सुमन पोखरेल Suman Pokhrel
This blog contains the literary works of poet, lyricist and translator Suman Pokhrel.
- Suman Pokhrel's profile
- 123 followers