बिर्सनु
येहुदा अमिसाई (इज्रायल)
कसैलाई बिर्सनु भनेको
घर पछिल्तिरको बत्ती निभाउन बिर्सिनुजस्तै रहेछ,
जो भोलिपल्ट दिनभरि पनि बलिरहन्छ ।
र त्यसैको उज्यालाले,
सम्झाउँदोरहेछ
फेरि सम्झनका लागि ।
(मूल हिब्रुबाट बेन्जामिन तथा बार्बरा हर्शभले गरेको अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा नेपालीमा अनुवाद )
Yehuda AmichaiSuman Pokhrel
Published on October 18, 2012 11:08