स्वीकार नगर (Nepali Translation of Yaduha Amicai's Poem "Do Not Accept")

स्वीकार नगर
-येहुदा अमिसाई (१९२४-२००० इस्राइल)



ढिलो आएका यी बर्सात्‌लाई स्वीकार नगर ।
बरू अलमल गरिदेऊ ।
तिम्रा दु:खलाई मरूभूमिको बिम्ब बनाऊ ।
यो सबै भनिसकेको हो भन्देऊ, र
पश्चिमतिर नहेर ।
अस्वीकार गरिदेऊ, आत्मसमर्पण गर्न ।
 
यस वर्ष पनि
लामो गर्मीभरि एक्लै बाँच्ने कोसिस गर ।
सुक्दैगरेका तिम्रा आफ्नै रोटी खाऊ,
आँसुबाट निस्क,
र नसिक अनुभवबाट ।
 
आधा रातमा फर्किने गरेको
मेरो युवाकालको उदाहरण लेऊ ।
पोहरको बर्सात्‌मा जे सुकै लेखिए पनि
केही फरकपर्ने छैन यसपाली ।
 
तिम्रा अनुभूतिहरूलाई मेरै भावना ठान ।
सबै थोक पहिलेझैँ हुनेछ -
अब्राहम फेरि अब्राम हुनेछ र
सराह फेरी हुनेछे सरई ।


Yehuda Amichai
Translated by Suman Pokhrel
 •  0 comments  •  flag
Share on Twitter
Published on December 01, 2015 00:38
No comments have been added yet.


सुमन पोखरेल Suman Pokhrel

Suman Pokhrel
This blog contains the literary works of poet, lyricist and translator Suman Pokhrel.
Follow Suman Pokhrel's blog with rss.