र मात्र सास आयो (A Ghazal by Suman Pokhrel)

आफ्नै कोठाबाट, यो कस्तो बतास आयो
चुल्ठो खोल्यौ कि तिमीले, हावामा सुवास आयो
 
रात अँधेरी थियो, तर म बेग्लै देख्छु
घुम्टो खोल्यौ कि कसो, यो कस्तो प्रकाश आयो
 
फुल्दछ फूल किन, थाह थिएन मलाई
भित्रियौ मनमा तिमी, सर्वत्र मधुमास आयो
 
ओठ कमाई राख, तिमी डेग सम्हाली राख
मभन्दा दह्रो गरी, मेरो वाहुपाश आयो
 
तिम्रो सौन्दर्य देख्दा, भुतुक्कै मरिसकेँथेँ
लजाई मुख छोप्यौ, र मात्र सास आयो
 
केही अनुभव छैन मलाई माया-प्रीतीको
तिमी पर्खिबस्याछ्‍यौ यो कत्रो बित्यास आयो
 
जुदाई झुकायौ आँखा, खै केके भो’ भित्रभित्रै
मलाई थाहै नदिई आँधीझैँ निश्वास आयो
 
दिन त ढलेकै थियो, निरस साँझ पनि सकियो
सुमन ! तेरो जीवनको रात एक खास आयो




Suman Pokhrel
1 like ·   •  2 comments  •  flag
Share on Twitter
Published on August 24, 2013 07:11
Comments Showing 1-2 of 2 (2 new)    post a comment »
dateUp arrow    newest »

message 1: by Anuja (new)

Anuja superb!!!


message 2: by Suman (new)

Suman Pokhrel Anuja wrote: "superb!!!"

Thank you.


back to top

सुमन पोखरेल Suman Pokhrel

Suman Pokhrel
This blog contains the literary works of poet, lyricist and translator Suman Pokhrel.
Follow Suman Pokhrel's blog with rss.