गीत
- सुमन पोखरेल
मनभरि मायैमाया तर भाका खोल्न सक्दैनन्
चोट देखेर मौन छन्, यी आँखा बोल्न सक्दैनन्
तिम्रा वेदनाहरूमा आँसु पोख्ने गर्छन्
तिम्रै पीर पढी गह भिज्ने गर्छन्
दुखेका तिम्रा विवशता अरुले बुझ्न सक्दैनन्
चोट देखेर मौन छन्, यी आँखा बोल्न सक्दैनन्
आँसुहरूले शायद व्यथा धुने गर्छ्यौ
मनमा बोझ बढी एक्लै रुने गर्छ्यौ
लुकेका तिम्रा निरसता मुस्कानले छेक्न सक्दैनन्
चोट देखेर मौन छन्, यी आँखा बोल्न सक्दैनन्
Published on May 23, 2010 09:47