गीत
- सुमन पोखरेल
यो मेरो हठ हो हुनसक्छ दृढता हो
वेदना बाँधी नै राख्छु मनको गाँठो खोल्न सक्दिनँ
यो मेरो माया हो हुनसक्छ शिष्टता हो
तिम्रो भेद खुल्ला भनी आफ्नो पीर पोख्न सक्तिनँ
मनका तृष्णाहरूले आफैँलाई डसाइदिन्छु
आँसु प्यारो मलाई एक्लै खसाइदिन्छु
यो मेरो चाहना हो हुनसक्छ बहाना हो
तिम्रो खुसी फुट्ला भनि भीडमा आँसु झार्न सक्दिनँ
मेरो छेउ पनि बहार नआएको हैन
मायाले भिजेको जीवन पनि नबाँचेको हैन
यो मेरो रहर हो हुनसक्छ विवशता हो
तिम्रो कथा बोल्ला भनी आफ्नो अतीत लेख्न सक्तिनँ
Published on February 08, 2010 09:30