गीत
- सुमन पोखरेल
कामनाहरूलाई रोकिराख्न सक्छु
बेहोशीमा पनि होस राख्न सक्छु
सायद ममा आज कुनै कसर छैन
मलाई लाजहरूको केही असर छैन
एकछिनको लागि लाटो हुनसक्छु
वैँसका रहरलाई बिर्सिदिन सक्छु
नडराए हुन्छ केही लुटिलिने छैन
तिम्रो त्यो बैशलाई घात दिने छैन
लरखराए बरु सहारा दिन सक्छु
रक्सिएरै पनि म नमातिन सक्छु
Published on May 17, 2009 08:37