गीत
- सुमन पोखरेल
पटक पटक मरेर फेरि बाँच्न खोज्छु
यौवनको प्यास नभनूँ त के भनूँ
एक मृत्यु त्यो नजरमा मरेँ
अर्कोपल्ट फेरि अधरमा मरेँ
कपोलमा मरेँ केशपासमा मरेँ
रहर उत्तिकै छ अझै मर्न खोज्छु
पटक पटक मरेर फेरि बाँच्न खोज्छु
रहरैले पनि तिर्सनामा मरेँ
एकछिन मायाको चाहनामा मरेँ
सामीप्यमा मरेँ आलिङ्गनमा मरेँ
निसास्सिई अझै खै केमा मर्न खोज्छु
पटक पटक मरेर फेरि बाँच्न खोज्छु
Suman Pokhrel
Published on May 21, 2011 23:23