गीत
- सुमन पोखरेल
मेरा भावनालाई तिर्सना ठान्यौ शायद
नजीक आउन त्यसैले तिमी डरायौ शायद
दुई पल साथरहे एक जीवन पाउनेथे
धेरै दिनका मौन यी अधर मुस्काउनेथे
यी रात रुँदै काट्ने तिमीले बनायौ शायद
नजीक आउन त्यसैले तिमी डरायौ शायद
आफ्नो भन्छ्यौ जसलाई त्यो आँखा मेरै थियो
मुटुमात्र हैन सब भाव-भाका मेरै थियो
मेरा आफन्तलाई पराई बनायौ शायद
नजीक आउन त्यसैले तिमी डरायौ शायद
Suman Pokhrel
Published on March 21, 2009 23:20