https://soundcloud.com/sumanpokhrel/n...न त दिन भयो, न त रात भयो
सँधै तिम्रो यादको बर्सात् भयो
कहिले आयौ माया लिई, कहिले मुस्कान बोकी
कहिले आयौ जून पिई, कहिले शृङ्गार ओढी
तिम्रो झझल्को मै मेरो सबै रात गयो
सँधै तिम्रो यादको बर्सात् भयो
कहिले रूझेँ, अतीतमा कहिले कल्पनामा
कहिले भिजेँ वसन्तमा, कहिले सपनामा
तिम्रो प्रीत कै बादलको रात भयो
सँधै तिम्रो यादको बर्सात् भयो
Suman Pokhrel
Published on August 20, 2013 22:50