awarded Madan Puraskar/2064 BS, Uttam Shanti Puraskar/2064 BS A Journey to the Soul : A Soliloquy - antimemoirs .The book which is part autobiography, part monologue, and part travelogue presents the story of the writer himself, describing his journey towards being a writer and the challenges he faced in the process.
एकदम खतरा किताब । पढ्दा समय बितेको पत्तै नहुने । धेरै कुरामा लेखकको बिचारसँग मेरो बिचार मिल्यो । प्रभावित भएको छु । तर कतिधेरै क्यान्सर पिडीतहरू लेखकको नातागोता भित्रमात्रै ? आफूँ पनि क्यान्सर लागेरै मरिन्छ कि क्या हो भन्ने डर पनि मनमा नपलाएको हैन ।
The best autobiographical book ever read. Honest confessions and less attempt on making one self all good. Though somewhere he seems to advertise his contribution done for the people Ramechhap. It was good better then the contemporary autobiographical books by other writer.
अन्तर्मनको यात्रा पढ्दै गर्दा मलाइ मेरो हजुरआमाले सानो हुदा सुनाउनुभएको अनुप जलोटाको भजनको याद आयो:
“माटी कहे कुम्हार से, तू क्या रोंदे मोहे, एक दिन ऐसा आएगा, मैं रोंदूगी तोहे।
आये हैं तो जायेंगे, राजा रंक फ़कीर, एक सिंघासन चडी चले, एक बंदे जंजीर।
दुर्बल को ना सतायिये, जाकी मोटी हाय, बिना जीभ की हाय से लोह भसम हो जाए।”
जगदीश घिमिरेको यस किताबले पनि यहि संदेश दिएको पाए । मृत्युलाई नजिकैबाट नियालेको यस आत्मकथाले सोचमग्न बनायो। आखिर जीवन के नै हो र, यो रिस राग, इर्स्या के का लागि? ? आजको हासिखुसी भोलि रोदनमा बदलिन कति पनि समय लाग्दैन, जिन्दगी अप्रत्यासित छ इत्यादिका हामी सबैलाई थाहा भएकै कुराहरुलाई यो किताबमा एकदमै प्रभावकारी रुपमा पस्कियिएको छ। मलाई जगदीश घिमिरेका कुराबाट उहाँ निकै नै परिस्कृत व्यक्ति लाग्यो, उहाँको जीवनलाई नजिकबाट अवलोकन गर्न पाउदा अझै धेरै आभारी छु।
This is a book of life time and I do think anyone must read it once, to understand the emotions, the ups and downs, feel the friendship, hardship, sorrow and every other thing that everyone's life has to offer; there's one antarman ko yatra on my shelf, it's of my dearest and i love to keep it with me :)
पहिलो पल्ट साबिती पढेर लागेको थियो जगदीश जी मैले चाहे जस्तै लेख्नु हुन्छ। मैले चाहेका शब्दहरु नै पुस्तकमा भेटिन्छ्न। निकै प्रभाव पारेर एउटा प्रेरणाको स्रोतका रुपमा उहाँलाई हेरेको थिए। आज 'अन्तर्मनको यात्रा' पढेर उहाको जीवनका भोगाइहरलाई नजिक बाट नियाल्दा,अझ सम्मान बढाएको छ। एउटा मान्छेले चाहेमा समाज सुधार्न सक्छ भन्ने एकल एक्जाम्पल सेट गर्नु भएको छ। समय अनुरुप आफुले चाहेका र गर्न खोजेका कामहरु गर्दा अनेकौं समस्या आउछन राजनीतिक, सामाजिक र अन्य फाइनान्सियल तर आफू के गर्दै छु भन्ने भान आफुमा राख्न सके र त्यसको प्रष्ट उत्तर आफुसँग भएमा त्यो सम्भव छ भन्ने प्रेरणा पुस्तकबाट लिन सकिन्छ। स्वास्थ जीवनको मुल ऐना हो। त्यो नै बिगि्रए बाकी काम केही गर्न सकिदैन। पुस्तकका पछिल्ला भागहरु उहाँले क्यान्सर सगँ लडनु भएको कथा पेस गर्नु भएको छ,जस्ले स्वास्थमा ध्यान दिनु पर्छ है भन्ने भान अवस्य गराउछ। सामान्य परिवारमा हुर्केका र जीवनशैली, आयस्रोत सामन्य हुने मानिसहरुका लागि क्यान्सर या अन्य रोगहरु कति घातक हुन सक्छ भन्ने पनि प्रष्ट बुझ्न सकिन्छ। पारिवारिक माया र आफन्तको मायाले नै जीवन सजिलो बनाएको छ, हामीले आफ्नु वोरिपरी र सकेसम्म समाजमा माया, ममता र सहयोगको भावना विकास गर्न भूमिका खेल्नु पर्छ। म अब धेरै समय बाच्दिन है भनेर जीवनलाई हेर्ने नजर र मृत्युलाई त्यति वास्ता नगरी बाच्नुमा धेरै अन्त्तर छ, मृत्युलाई बुज्न खोजे र यसलाई प्रयोग गर्न सके जीवनमा धेरै हासिल गर्न सकिन्छ भन्ने प्रेरणा पनि पुस्तकले दिएको छ। साहित्य सृजनामा कलम चलाउनुभएको र एउटा नयाँ आयाम प्रस्तुत गर्नुभएकोमा जगदीश घिमिरे प्रति आभार।
जीवनयात्रा कारुणिक तथा कलात्मक अभिलेख प्रत्येक स्वाभिमानीले यो पुस्तकमा आफू चित्रित भएको पाउनेछ । – मदनमणी दीक्षित ***
भर्दाभर्दै हजारौं विषय- सुख-घडा देह लम्तन्न पर्दा । झर्दा सम्पूर्ण सेखी, तुजुक, पवनले निस्कने जोड गर्दा ॥ सर्दा आपस्त डर्दै पर पर धमिलो नाचको अन्त्य पर्दा । गिर्दामा साथ जाने कुन कुन चिज हुन् ? सम्झ ती काम गर्दा ॥ – लेखनाथ ***
सामान्यतया जसलाई स्वभाव भनिन्छ त्यसमा तीन कुरा हुन्छन्; मान्छेको व्यक्तित्वका तीन वटा-बोक्रो, गुदी र चुरो । यिनलाई म भाव, स्वभाव र स्व वास्तविकता भन्छु । यी एकअर्काका परिपूरक हुन् । यिनले मान्छेका विभिन्न तह चिनाउँछन । पहिलो, भाव झ्वाट्ट देखिने बाहिरी बोक्रो हो, त्यसले सतह चिनाउँछ । दोस्रो, स्वभाव सामान्य बानीबेहोरा हो । यो बाहिरी बोक्राको भित्री पाटो हो र भित्री चुरोको बाहिरी पाटो । यसले मान्छेको शिष्टाचार-व्यवहार चिनाउँछ । हिमचिम नभएको मान्छेको एकसरो मूल्याङ्कनको आधार पनि यही हो । तेस्रो, स्व- वास्तविकता हो । यो मान्छेको सक्कली गुदी वा चुरो हो, जुन नबुझी मान्छे बुझिन्न | मान्छेको पूर्ण व्यक्तित्व उसको भाव, स्वभाव र स्व-वास्तविकताको संयोग हो ।
Antarman ko Yatra[अन्तर्मनको यात्रा] 2064 B.S(2007) Nepali Jagadish Ghimire Autobiography Madan Puraskar 297 Pages
Antarmanko Yatra means ‘Journey to inner heart’ The book which is part autobiography, part monologue and part travelogue presents the story of the writer himself, describing his journey and the challenges he faced in the process.
Jagdish Ghimire’s life is presented like an adventurous movie which is surrounded by cheers, miseries, ups and downs. After reading this book, personality Jagdish Ghimire can be understood by multiple ways, a talent littereate, a sacrificing social worker, a revolutionary young leader, a responsible son, a respected father and a lovable husband.
ध च गोतामेको संस्मरणको फ्यान भएकोले। जगदीश घिमिरेको अन्तर्मनको यात्रा किनेर पढ्न थालें। यो संस्मरण मलाई धेरै लामो लाग्यो। सं��्मरणात्मक पुस्तकहरु जति छोटो भयो उति राम्रो हुन्छ। बरु तीन भागमा निकाल्नु भएको भए पढ्दा त्यति पट्यार लाग्दैन थियो। ध च गोतामेले शायद म जस्तो पाठकको मर्म बुझ्नुभएकोले आफ्नो संस्मरण बिभिन्न नामबाट बिभिन्न भागमा निकाल्नु भयो।
अन्तर्मनको यात्रामा जगदीश घिमिरेले आफ्नो सुदुर विगत देखि नजिकको विगतसम्मलाई केलाएका छन्। यसमा वहाँले आफ्नो रोगसँग गर्नु भएको संघर्ष, आफ्नो पढाई र कामको लागि ठाउँ ठाउँ भौंतारिनु भएको सम्झनालाई ताजा पार्ने प्रयास गर्नु भएको छ।
लामो नभएको भए निकै राम्रो हुन्थ्यो। तर समग्रमा ठिकै छ यो संस्मरण।
A good read, the writer has expressed his lively memories and its effect . His work has the beautiful effect on the Ramechhap district, especially Manthali, also he was the founding member of Tilganga eye hospital which is the one thing he is really proud of. I liked the small things he described that really matters, during the time of his illness, like the phonecalls from closed ones, the different kind of empathy and discussion with family, realisation of love from&to the nature (Chovar hills description) etc and many more about religion and what not . A solid book, even heard that this book is treated as a daily ritual book by many.
रामेछापको मन्थली देखि सुरु भएको घिमिरे को जिवनका सबै आरोह अवरोहलाइ समेटेको पुस्तक हो यो। मृत्युलाइ नजिकबाट नियाल्दै उनले यो पुस्तक तयार पारे । यो पुस्तक पढ्दै जादा लाग्यो, आखिर के नै रहेछ र जिवन ! जिवनको एक मात्र सत्य यो हो कि त्यो मृत्युु हो। मृत्यु हुनुअघि केकति कर्म गरे, ति कर्मले नै सायद अमर बनाउंछ मान्छेलाइ। उनले रामेछाप जिल्लालाइ आफुसक्दो सेवा गरेका छन। उनको यो प्रतिसंस्मरणले धेरै कुराहरु अनुभुत गराएको छ र म जस्तै अरु पाठकहरुलाइ पनि पक्कै पनि गराउनेछ । Happy Reading !
अलि समय लाग्यो तर पढ्एर सकाए । मन को कुरा लाई आवारन नलगाइकन लेखिएकोले पढ्न रमाइलो लाग्यो । स्वास्थ्य कती महतोपूर्ण छ भनेर हरेक अन्समा दोह्रैएको ले सिक्ने मौका पाए । सफल समजिक सहयोग र सहियितिक गन्त्ब्य मा पुग्नु भएको म वहाँ र परिवार सबैलाई बधाई । धेरै कुरा सिक्ने मौका पाए यो किताब पढ्एर । धेरै धेरै धन्याबाद ।
जीवनयात्राको कारुणिक अभिलेख रूपी यस पुस्तक हर कोहीलाई अत्यन्त जीवनपयोगी हुनसक्छ । यो किताब पढी सकेपछि ममा जस्तै धेरै पाठकहरुमा जीवन जिउने रहर अझ बढी प्रस्फुटन हुन सक्छ ।
सबैले एकपल्ट पढ्नै पर्ने अमर कृति हो 'अन्तर्मनको यात्रा' ।।