पहिलो पटक साया पढ्दा, समर लभ पढेको २ वर्ष भईसकेको थियो। समर लभको धेरै कुराहरु विस्मृत भइसकेका थिए त्यतिखेर।
केही दिन अघि समर लभ पुन: पढेको थिएँ, त्यस लगतै साया पनि फेरि पढेँ। पढेँ के भन्नु, जबरदस्ती पढेँ। सायालाई समर लभको सिक्क्वेलको रुपमा निकालेर निसन्देह समर लभ जस्तो धेरैले रुचाइएको उपन्यास माथि अन्याय नै भएको जस्तो छ।
साया लेख्नै पर्ने उपन्यास नै थिएन। र, समर लभ अधुरै छोड्नु पर्ने खालको उपन्यास पनि थिएन। त्यो बेला ४० - ५० पाना अतिरिक्त खर्चेर अतीत र सायाको प्रेमलाई सुखद अन्त्य दिएको भए हुन्थ्यो, वा कम्तिमा सायाको दृष्टिकोणबाट उपन्यासलाई टुङ्गाएको भए हुन्थ्यो।
सायामा व्याकरणीय त्रुटि त छँदै छन्, साथमा कतिपय ठाँउमा भाषिक त्रुटि पनि छन्।
मलाई यस्तो लाग्यो कि, समर लभ हिट भयो, यसको सिक्वेल साया जस्तोसुकै भए बिकिहाल्छ भन्ने उद्देश्यले लेखेको जस्तो लाग्यो मलाई। पाठकलाई २ वर्ष कुराएर, भावना हीन पुस्तक पैसा नै कमाउनको निम्ति नलेखेको भए राम्रो हुन्थ्यो।