"मैले नजन्माएको छोरो" पारिजातका सम्पूर्ण कथाहरुमध्येबाट छानिएका कथाहरुको संग्रह हो । पाठकहरुलाई पारिजातका प्रतिनिधिमूलक उच्चकोटिका कथाहरु पठनको लागि सजिलोहोस् भनी फिनिक्स बुक्सद्वारा यो संग्रह प्रकाशित गरिएको छ । यसमा उनका 'आदिम देश', 'सडक र प्रतिभा', 'साल्गीको बलात्कृत आँशु' र 'बधशाला जाँदा आउँदा' कथासंग्रहहरुबाट कथाहरु छानिएको छ । प्रकाशन सँस्था अपेक्षा गर्दछ, यसले पाठकहरुलाई सुलभता प्रदान गर्नेछ साथै यसप्रतिका तपाईंका अपेक्षाहरुलाई आगामी संस्करणमा समावेश गर्दै जानेछौं । यसमा तपसिल बमोजिमका तीसवटा कथाहरु समाविष्ट छन् ।
तपसिल:
मैले नजन्माएको छोरो आदिम देश तिउरीको फूल, पायरियाको गन्ध बीसौं शताब्दी एउटा गल्लीमा अप्ठ्यारो र अभ्यस्त मान्छे सधैं बित्नुपर्ने हामी सडक र प्रतिभा वर्कशपभित्र सन्त्रास अन्तर्विरोध नयाँ मान्छे सिटी हलको बूढा ज्यामीसँग यस ठाउँमा... देवल घाम ताप्दा बूढा बा साल्गीको बलात्कृत आँशु पैसाको रंग यसरी एउटा नाउँ काटिन्छ नैकापे सर्किनी सम्बन्ध एउटा गाउँमा प्रतिकूलता बधशाला जाँदा आउँदा एउटा जून पानीभित्र शकुन्तलाको चिन्तन शोध साँझ, उदास घरको पिंढीमा नाटकको चौथो चरण सइसको चिट्ठी
Parijat was a Nepalese writer. Her real name was Bishnu Kumari Waiba but she wrote under the pen name Parijat. Her most acclaimed publication is Shiris Ko Phool (The Blue Mimosa), which has also been adapted in the literature curriculum of some colleges in some English-speaking countries like United States, England etc.
मन भित्र कुण्ठित भावना, पुरुष मानसिकता, दमित भावनाबीच उठ्ने असन्तुष्टि, ज्वारभाटा र जीवनको शिलशिलामा बग्दा हुने विभिन्न घटना क्रमको मानसिक विचरणलाई विश्लेशण गरी सशक्त रुपमा यथार्थपरक ढङ्गले लेखिएको कथाहरु उत्कृष्ट छन् | धेरैअघि देखि यो किताब मन पर्ने लिस्टमा थियो | त्यसको क्रमभंगता भएको छैन | अझ पनि यसभित्रका कथाहरु दोहोर्याएर पढ्ने गर्छु |
शिरिषको फुल' पढेर तीन छक्क परेको थिए। लागेको थियो नेपाली साहित्य पढेकै रैन छु। आज यो कथा संग्रह 'मैले नजन्माएको छोरो' पढी सकेर आबेगमा छु। यसरी हरेक चरित्रको पाइलामा टेकेर कसरी त्यो मनोबैज्ञानिक र मानसिक पीडा आफ्नै भोगाइ जसरी प्रस्तुत गर्न सकेकी पारिजातले? अझ 'वर्कशपभित्र', 'सिटि हलको बुढा ज्यामीसँग', शोध' पढिसकेर त्यही भित्र नहराउने सायदै कोहि हुनेछ। हरेक पाना पल्टाउदै जादा अब कस्को के बारेमा भनिने हो भन्ने उत्सुकताले घेरी नै रहन्छ। समाजको यो यथार्थ अहिले पनि उस्तै छ। पात्र फेरिए होलान तर पीडा अझै उस्तै छ। यस्तो सुक्ष्म बैचारिक दृष्टिकोण बोकेर कसरी बेतित भयो होला पारिजातको जीवन? साहित्यको यो आयामलाई त्यस बेलाको समाजले कति वाइवाइ दियो होला? खै, सयाद याँहा मृत्युले मात्रै महानताको ट्याग भिराइदिन्छ। अनि सोच्छु पारिजातको कलमले नेपाली साहित्यलाई शताब्दीऔं फडको मार्न मधत गरेको छ। हामीले उनको यस उपहारलाई ग्रहण गर्नै पर्छ र ती नयाँ हातहरुमा पुर्याउनै पर्छ। शंकर लामिछानेले त्यसै भनेका हैन रहेछ्न पारिजात पारिजात हुन, उनलाई अर्को चिनारी कहिले चाहिने छैन। खै शब्द कमै हुनेछन इ रचानाहरुलाई बयान गर्न, 'रिड इट' जस्ट 'रिड इट' ।।
पारिजातको शिरीषको फूल र महत्ताहीन पढेँ लगत्तै मैले "मैले नजन्माएको छोरो" कथा संग्रह पढेँ केही नयाँ केही नौलो होला कि भनेर। लेख्ने शैली राम्रो छ। हरेक कथामा "म" पात्रको गन्थन भएकोले सब एउटै एउटै किसिमको लाग्छ। कथाहरूमा खासै विविधता छैन। एउटा साधारण कुरालाई घुमाएर अनावश्यक साहित्यिक पंच दिन खोजेको जस्तो मलाई लाग्यो। मलाई ठीकै मात्र लाग्यो। बीच बीच मा केही कथाहरू उच्चट लाग्दो लागेर नपढी छोडें । त्यस्तो पढ्नै पर्ने कृति हैन पारिजातको।