Jump to ratings and reviews
Rate this book

अर्को देशमा [Arko Deshma]

Rate this book
“अर्को देशमा” सानु शर्माद्वारा लिखित कथाहरूको दोस्रो सङ्ग्रह हो । यस सङ्ग्रहमा “सौता“, “लकडाउन“, “परी“, “नयाँ मोड“, “म परी“, “बन्द खाम“, “ग्लानि“, “अर्थात् ऊ“, “अस्तु“, “प्रारब्ध र म“, “सुरुवात“, “मेरो म”, “निसाफ“, “नयाँ सोच“, तथा “बकाइनाको बोट“ शीर्षकका कथाहरू रहेका छन् ।

“अर्को देशमा” भित्र समेटिएका कथाहरूमा सानु शर्मा उनका अन्य कथा र उपन्यासहरूमा जसरी नै पाठकलाई कुनै पनि प्रकारले निर्देशित गर्दिनन् । उनका पाठकहरू सम्मानित, सक्षम र संवेदनायुक्त छन् । कथाकार एउटा दक्ष शब्दशिल्पीले जसरी पाठक आफैँले देख्नका लागि गतिशील शब्दचित्रहरू देखाइदिन्छिन्, उनी आफू केही भन्दिनन् । यस सङ्ग्रहमा मानिसमानिस बीचका सम्बन्धका अनेक आयामहरू र विशेषतः समाजमा भइरहेका तर नहुन् भन्ने चाहना राखिएका व्यवहार र घटनाहरूलाई कुनै नारा नलगाई, कसैलाई गाली नगरी कुशलतापूर्वक देखाइएका कथाहरू समाविष्ट रहेका छन् ।

.........................................................

"Arko Deshma" is the second collection of stories written by Sanu Sharma. This collection contains stories titled "Sauta", "Lockdown", "Pari", "Nayaa Mod". "Ma Pari", "Banda Khaam", "Glaani", "Arthaat Uoo", "Astu", "Prarabdha ra Ma", "Suruwat", "Mero Ma”, “Nisaaf", "Nayaa Socha”, and "Bakainako Bot".

In the stories contained within "Arko Deshma", the writer doesn't direct readers in any particular way, as she does in her other stories and novels. Her readers are respected, capable, and empathetic. The author, like a skilled wordsmith, presents dynamic word-pictures for readers to see for themselves, without dictating anything. This collection includes stories that skillfully depict behaviors and events existing among various dimensions of human relationships and especially prevalent in society without imposing any slogans, refraining from insults, and skillfully presenting them.

365 pages, Paperback

First published April 1, 2024

13 people are currently reading
147 people want to read

About the author

Sanu Sharma

9 books53 followers

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
44 (61%)
4 stars
22 (30%)
3 stars
4 (5%)
2 stars
1 (1%)
1 star
1 (1%)
Displaying 1 - 6 of 6 reviews
Profile Image for Sushil.
83 reviews5 followers
June 23, 2024
सानु शर्माको 'अर्को देशमा' पढी सकाए। नारी र पुरुष सम्बन्धका विभिन्न आयाममा लेखिएका १५ मन छुने कथा। विशेषत: नारी पात्रको मनोभावना सजीव तवरले प्रस्तुत गरिएको छ। नेपाली समाजमा नारीले सम्बन्धको नाममा भोग्नु पर्ने भोगाइ मिठो तवरले उजागर गरिएको छ। १५ वटै कथा रमणीय र पठनीय लाग्यो। पढुन्जेल रमाइलो हुन्छ, पात्रको परिवेशमा हराइन्छ। माया, प्रेम, यौन, सम्बन्ध, नाता, समाज सबैको चित्रण गरिएको छ। कुनै कथा फिल्मी पनि छन् तर पढ्दा वास्तविकता बाट टाढा जान पाउँदा छुट्टै रमाइलो पनि हुन्छ। हरेक कथा परिवेश भन्दा पनि पात्रको मनोभावमा केन्द्रित भएको हुँदा पढ्दा पात्र सँगै त्यो पल बाँचिन्छ। मन पर्यो मलाई लेखाई शैली र कथा।
Profile Image for Durga.
1 review
September 15, 2024
"अर्को देशमा" पढिसिद्याएँ । कथाहरू अति नै मन परे। युट्युबमा यसका कथाहरु बारे गरिएको यो छलफल भेट्टाएँ । यसलाई पनि यहाँ शेयर गर्दा हुन्छ होला जस्तो लागेकोले लिङ्क शेयर गरेकी छु ।



https://youtu.be/UDWrh6ogCyg
Profile Image for Neela Tamang.
2 reviews5 followers
June 7, 2024
“अर्को देशमा” पढिसकेपछिका अनुभूतिहरू

कुनै किताब पढ्न शुरु गरेपछि मनपर्‌यो र पढूँपढूँ लागिरह्यो भने प्रायःजसो नसकिकन नछोड्ने गर्छु । तर १५ वटा कथाहरू समावेश भएको सानु शर्माको कथासङ्ग्रह“अर्को देशमा” पढ्न थालेपछि हरेक कथा पढुन्जेल कथाका पात्रसँग सँगसँगै हिँडिरहूँ, तिनलाई बोलाऊँ, तिनीहरू भए ठाउँमा पुगूँ र सान्त्वना दिऊँ, तिनीहरूसँग दुःख साटासाट गरूँ र तिनका अनुहारमा खुसी फर्काउन सहयोग गरूँ जस्तो भइरह्यो । एउटा कथा पढिसकेपछि अब कयौँ दिन केही नपढूँ । त्यही कथाका पात्रहरूसङ्ग हराइरहूँ, उनीहरूका मनोवेग सुनिरहूँ, र उनीहरू सँगै संवाद गरिरहूँ जस्तो लागिरह्यो । त्यसले गर्दा ३५६ पेजको यो कथासङ्ग्रह पढिसिद्याउन झण्डै महिना दिन जति लाग्यो ।

‘प्रारब्ध र म’ शीर्षक कथा पढ्न शुरु गरे लगत्तै कथाका पात्रहरू र स्थान पूर्वपरिचित झैँ लागे । कथा पढ्दै गएपछि सम्झना भयो, २०७५ मा प्रकाशित यिनै कथाकारको पहिलो कथासङ्ग्रह “एकादेशमा”मा भएको कथा “प्रारब्ध” कै पात्रहरू रहेछन्, यस कथामा पनि । मैले उनीहरूलाई त्यहीँ पढिसकेकी, भेटिसकेकी रहेँछु, ती ठाउँहरूमा त्यसबेला नै पुगिसकेकी रहेँछु । यो कथा त्यही पृष्ठभूमि र प्लटमा अर्को पात्रको प्रस्पेक्टिभ (दृष्टिविन्दु)बाट लेखिएको रहेछ । एउटै कथा त्यसमा भएका भिन्नभिन्न पात्रको भोगाइमा कसरी भिन्नभिन्न हुन्छ भनेर यी कथामा कुशलतापूर्वक देखाइएको छ । यही सङ्ग्रहभित्र रहेका दुई भिन्नभिन्न शीर्षकका कथाहरू “परी” र “म परी” पनि त्यस्तै कथा रहेछन् । यी कथाले भिन्नभिन्न दुई पात्रका भोगाइ, भावना, अनुभूतिले कसरी उही घटना वा घटनाक्रमहरू पनि भिन्नभिन्न देखिन्छन्, भिन्नभिन्न हुन्छन् भनेर बोध गराउँछ । मैले हालसम्म पनि एउटै कथानकभित्र भिन्नभिन्न पात्रहरूमार्फत् उनीहरूका अनुभूति र मनोवेग सम्प्रेषण गर्ने कथाहरू नेपाली साहित्यमा नपढेको रहेँछु । कथाकारको यो विलक्षण खुबीसँग म अचम्भित, नतमस्तक र कायल भएकी छु ।

अलिअघि अनलाइनमा प्रकाशित “बकाइनाको बोट” कथा पढेथेँ । पढ्न शुरु गरेदेखि नै मन-मुटुमा गाँठो परेर हिक्का छोडिएला झैँ हुने, आँखामा समुन्द्र ओर्लिएर झरिहाले झैँ हुने स्थिति यस सङ्ग्रहमा अटाएको सोही कथा फेरि पढ्दा पनि दोहोरियो । सङ्ग्रहमा भएका सबै कथा मर्मस्पर्शी छन् ।

पुरुषप्रधान समाज, त्यसमाथि अझ ग्रामीण परिवेशमा नारीप्रति राखिने दृष्टिकोण, गरिने तुच्छ अनि हिँस्रक व्यवहार कथाहरूमा दर्शाइएको छ । आफ्ना इच्छा आकाङ्क्षाहरूलाई थाती राखी तिनै दमित शोषित पात्रहरू आफूलाई न्याय दिलाउन विद्रोह पनि गर्छन्, साहसिक कदम पनि चाल्छन् । एकोहोरो, पारम्परिक वा पुरुषीय दृष्टीले हेर्दा यसमा भएका कथाहरू नारीका मात्र कथाजस्ता पनि लाग्न सक्लान्, तर यी कथाहरू नारीका कथा मात्र हैनन् । यी कथामा जति नारी पात्र छन्, त्यति नै पुरुष पात्रहरू पनि छन् । यी कथा ती पुरुष, ती घटनाक्रम, ती सम्बन्धहरू र ती ठाउँहरूका पनि उत्तिकै हुन्, जाति नारीका हुन् । हाम्रो समाजका, हाम्रा परिवारहरूका कथा हुन् यी । प्रायःजसो परिवारमा पुरुष मात्र वा नारी मात्र हुँदैनन् । समाजमा पनि पुरुष मात्र हुँदैनन्, नारीहरू, बालबालिकाहरू र अन्य मानिसहरू पनि हुन्छन् । यी कथा हाम्रा वरिपरिका बालबालिकाहरू, किशोरकिशोरीहरू, पुरुषहरू, नारीहरू, परिवारहरू र समष्टिमा हाम्रो वरिपरिको समाजका कथाहरू हुन् ।

कथाहरू परिवारकै लेखिएका हुन्छन्, समाजकै लेखिएका हुन्छन्, सम्बन्धहरूकै लेखिएका हुन्छन् । तर पनि सबै कथाहरूले यति गहिरोसँग छुँदैनन् । सानु शर्माका कथाका पात्रहरूका व्यवहारहरू र तिनीहरू बीचका तानाबानाहरूले मान्छेमान्छे बीचका सम्बन्धहरूको व्यापकता, विराटता र पृथकतालाई विशेष कौशलका साथ कन्भिन्सिङ तरिकाले स्पस्टसँग देखाएका छन् । सायद कथाका पात्रहरूलाई सकेसम्म न्याय दिलाउनकै लागि हुनसक्छ, धेरैजसो कथाहरू प्रथम पुरुष शैलीमा बुनिएका छन्, कथाकार शर्माका कथाहरू ।

कथामा भएका एकदमै नयाँ विषयहरूका साथै लेखनको उत्कृष्ट जादुमयी शैलीका कारण सानु शर्माका चुम्बकीय कथाले पढेको धेरै समयपछि सम्म मनमा, मस्तिष्कामा प्रभाव जमाइरहन्छन् । केही महिना अरू केही नपढूँ जस्तो बनाउँछन् ।

अहिले त्यस्तै, केही नपढूँको अवस्थामा पुगेकी छु ।

नीला तामाङ
धरान
Profile Image for Sabin Chhetri.
132 reviews4 followers
November 9, 2024
यो सङ्ग्रहका प्राय सबै कथाहरु राम्रा छन्। लेखिकाले यो पुस्तकका प्राय सबै कथाहरुमा महिला र पुरुष बीचको सम्बन्धलाई मीहिन ढंगले केलाएर प्रस्तुत गरेकी छिन्। भाषा सरल छन् र हरेक कथा पढ्दा पाठकहरुलाई बाँधेर राख्ने पक्का पक्कि छ। धेरै पछि एउटा संग्रहणीय पुस्तक भेटेकोमा खुशी छु।

कुनै कुनै कथा फिल्मी र अतिरन्जित लाग्न सक्छ, तर यो फिक्सन भएकोले त्यसलाई नजरअन्दाज गर्न सकिन्छ।

समग्रमा मलाई एकदम राम्रो लाग्यो।
1 review
April 6, 2025
My favorite story was “Nisaf”, loved the character Junu.
Displaying 1 - 6 of 6 reviews

Can't find what you're looking for?

Get help and learn more about the design.