गिब्बन र बार्बरीहरुको संसारमा जस्तै मिथक फूल छ हरेक संसारभित्र तर समुदायले कहिल्यै त्यसको खोज गर्दैन । क्याला – लिलीको सौन्दर्यसँगै सती जानेहरू आफूलाई जीवनको ठूलो खाडलभित्र त पुयाउँछन् तर बाहिर निकाल्ने यत्न कतैबाट गर्दैनन् । पहेंलपुर डरलाग्दो साम्राज्य हो , सबैलाई यो सत्य ज्ञात छ तर यसलाई ध्वस्त पार्न कोही अघि सर्दैन । राजसी ठाँट वा अहंबाट आफूलाई मुक्त गराउन पहेंलो रंगको सहारा लिनु भन्छन् प्राचीन दार्शनिकहरू तर मानिसहरुको समाज विचित्रको छ । व्यक्ति लोभ , मोह र अहंलाई नै पच्छ्याइरहन्छ । कहिल्यै मुक्त हुन रुचाउँदैन ऊ यी जञ्जालहरुबाट । पहेंलिनुमा व्यथा छ । परापूर्वकालदेखि बोकेर आएको रोगबाट मुक्ति खोज्नुमा संसारको उत्थान छ , न कि यसैभित्र भासिएर आफू पतन हुनुमा । उपचार आफैभित्र हुन सक्छ तर खोजी कसले गर्ने ? भ्रम अर्थात् मायाको एक सकों धुवाँमा रुमल्लिएर माल्दिभ्सबाट डिपोर्ट भएको आलोक हलुसिनेसनबाट तङ्गरिन लाग्दैथियो कि ऊ रुमल्लियो पहेंलपुरमा । पहेंलो फूल , पहेंलो दृष्टि , पहेंलपुर छ संसार !!!
पहिलोपटक यो शब्द सुन्दा लागेको थियो, शायद एउटा शहर होला पहेली नै पहेलीले भरिएको। या होला कुनै शहर पहेला घरहरुको, जसको पहेंलो सडकमा गुड्नेछन् पहिला मोटरहरु पहेंलै मानिस बोकेर। जसको केन्द्रभागमा हुनेछ एउटा पहेंलो दरबार, जहा पहेलै कुर्सीमा विराजमान हुनेछन् पहेँला बादशाह, जसले शासन चलाउनेछन् समस्त पहेलपुरको। धेरैपटक सुनेको र फेसबुक टाइमलाईनमा ‘फलानो इज रिडिङ' भन्ने क्याप्सनका साथ देखिरहेको उपन्यास थियो, “एक सर्को माया”। शायद कुनै गजेडी वा ड्रगिस्टको कहानी होला, जसले आफ्नि प्रेमिकाको पवित्र मायालाई उसले खाने गरेको ड्रगसंग तुलना गरिरहेको छ भन्ने सोचेर पढिन, सुनिन। जब उपन्यास पढे, निकै मिठो लाग्यो। उक्त उपन्यास बिभिन्न पात्र अनि तिनका आफ्नै कथा हरुले भरिएको थियो। त्यसैले त उपन्यास अरुभन्दा भिन्न लागेको थियो। जब उपन्यासको अन्तिम पृष्ठतिर पुगियो, पहेलिहरुमाथि छाएको धुवाको पर्दा उघारिदै गयो, अनि पाठकको आखा अगाडी थियो, वास्तविक कहानी। केहि समयअघिसम्म सत्य भनेर विश्वास गरेका कुराहरु झुटा अनि झुटा भनि विश्वास गरेका कथाहरु सत्य सावित हुदैगए। कथाले पुलपारी गैडाकोटमा पुगेर बिश्राम लियो भने मैले चाहि लेखकको अरु उपन्यास लेखहरु छन् कि भन्दै नजर डुलाउन थाले गुगल र युट्युबतिर। पहेंलपुर उपन्यास चाडै बजारमा आउदैछ भन्ने देखेपछी निश्चय गरे, ढिला चाडो यो पुस्तक किनेर पढ़नेछु। यसैले लोकसेवा आयोगको परिक्षा दिएपछिको समय सदुपयोग गर्दै पढेको हु, पहेलपुर उपन्यास। किनेर पढ्न थालेपछि थाहा भयो, एक सर्को मायाले पाठकलाई जहा लगेर बिश्राम दिएको थियो, त्यही वरपरबाट सुरु हुने रहेछ यात्रा, पहेंलपुर दुनियाको। त्यसो त लेखकले उपन्यासको सुरुवाती चरणदेखि नै त्यहि बिन्दुबाट सुरु गरेका त होइनन, तर उपन्यासभित्रका कथा र पटकथा पढ्दै अनि बुझ्दै जादा थाहा हुन्छ, कथा कुन बिन्दुबाट सुरु भएको थियो, र किन घुमाएर ल्याइएको थियो कथालाई। सेवक बाजे, तृष्णा, चालिसे दाई, दिनेश र आलोक, सबैका कथा आफ्नै बेगमा बग्दै थिए, गण्डकी कोशी र कर्णाली बगेझै। अनि फेरी सबै कथा गएर समाहित हुन पुगे त्यहि पहेंलपुर दुनियाको कथामा त्यसरी नै, जसरी सबै नदीहरु गएर समाहित हुन्छन् गङ्गामा, अनि गङ्गा हुदै समुद्रमा। तानमा राखिएका धागाहरुझैँ एक आपसमा समानान्तर पारी तन्काईएका पटकथाहरुलाई एक आपसमा बुनेका थिए अन्तिम तिरका केहि पृष्ठहरुले। कथा पढ्दैगर्दा र यी पात्रहरु एक आपसमा कसरि सम्बन्धित छन् भनेर खोज्दा खोज्दै पानाहरु पल्टेको पत्ता नै नपाईने रहेछ, अनि पानाहरु पल्टाउदा पल्टाउदै पुस्तक नै सकिएको समेत पत्तो नपाइने रहेछ। सायद पहेंलपुरको सुन्दरता नै यहि होला। यो उपन्यासमा चर्चा गरिएको स्थानको बारेमा छलफल गरौ एकछिन। अघिल्लो उपन्यासको केहि केहि भागमा र यस उपन्यासको धेरैजसो भागमा चर्चा गरिएको स्थान थियो, चितवन-नवलपुर उपत्यका अनि नारायणी नदि। यी स्थानहरु मेरो जन्मथलो वरपर नै पर्छन्। आर्कोतिर बयान गरिएको स्थान अमलापुर; कालिगण्डकी, रानीमहल, तानसेन, आधिखोला यी सबैको वरपर वा मिर्मीदेखि आलमदेवीसम्म कहिँ कतै पर्छ होला। यसैगरी टारीखेत भनी ब्याख्या गरिएको स्थान, जुन उत्तरी स्याङ्गजामा आधिखोलामा मिसिने कुनै सानो खोला खोल्साको किनारमा पर्छ होला। यी स्थान मेरो कर्मथलो, गल्याङबाट नजिक नपरे पनि शायद टाढा पर्दैनन् यदि यी कुनै काल्पनिक स्थान रहेनछन भने। शायद यसैले पनि होला उपन्यास पढ्दै गर्दा लाग्थ्यो, यो कथा मेरै गाउ ठाउमा घटेको हो र पटक पटक सुन्दा सुनाउदा पनि अप्रभंश नभई पवित्र रुपमा पुस्तान्तरण भएको छ। यहि भावनाले पनि मदद गर्यो कथासँग जोडिन। सुरु गरौ सेवक बाजेका मालिकको कथाबाट। सेवक बाजेले सुनाएको कथा सुन्दा एउटा दन्त्यकथा सुनेजस्तो अनुभूति हुन्छ, सानो छदा हजुरआमाले सुनाउने कथा जस्तै, प्रोफेसर प्याट्रिकले सुनाउने जिब्बन र बार्बरी बादरको कथा जस्तै। यो कथाका साइड क्यारेक्टर हरुको एउटा आफ्नो छुट्टै कथा छ, अनि कथाभित्र अनगिन्ति ब्यथा छ। यिनै ब्यथा र व्यथामा पिल्सिदा पिल्सिदै पहेलिएर मरेका अनगिन्ति लाशहरुको भर्याङ चढ्दै अगाडी बढेको छ सेवक बाजेका मालिकको जीवनयात्रा। तिनै साईड क्यारेक्टरहरुका लागि कथाको अन्तसम्म निरन्तर प्रार्थना गर्न मन लाग्छ। अन्तर्यामी भगवानले त गरिएका सबै प्रार्थना सुन्दैनन् भने प्रकाशित भईसकेको पुस्तकका लेखकले के सुन्थे र। तर बाजेका लागि भने यो कथा हो, बिजयको, पराक्रमको अनि सफलताको। यस सफलताको संरक्षण गर्नु मालिकका सन्तानको काधमा आएको जिम्मेवारीब हो, र सानो मालिक अर्थात् मालिकका सन्तान पनि यस कार्यबाट कत्ति पनि बिचलित भएका छैनन्। यस कथाले नेपाल, भारत र बेलायतको तत्कालिन परिवेशलाई जस्ताको त्यस्तै प्रस्तुत गर्ने प्रयास गरेको छ। हजुरबाको मुखबाट तृष्णा र कृष्णले बारम्बार सुन्दै आएको कथा हो, हजुरबा हजुर आमाको कथा। यस कथाले तत्कालिन परिवेश र एक प्रेमीले ल्याउन खोजेको सामाजिक क्रान्तिको एक हिस्सालाई प्रतिनिधित्व गर्छ। मायाले मानिसलाई के के गर्न बाध्य तुल्याउछ भन्ने कुराको पनी प्रतिनिधत्व गर्छ। एउटा हागोमा फुल फुल्न खोज्दा आर्को हागो सुकेर जाने फुलको बोटजस्तो लाग्ने यस कहानीमा पात्रहरुमाथि न्याय वा अन्याय के भयो भन्ने आकलन पाठक स्वयम्ले गर्नुपर्ने देखिन्छ। टारी गाउका अन्य पात्रहरू अनि तिनका कथाहरुमा पन्चायतकालिन नेपाली समाजको प्रतिबिम्ब देख्न सकिन्छ। यिनै पात्रहरूका कथाहरुको बिचमा एउटा पृथक भनाइ कथा छ, तृष्णाको। उनको बाल्यकाल देखि युवाअवस्थासम्मको पिडा र संघर्षको कथाले नेपाली समाजको चेतनाको स्तरको विश्लेषण गर्छ। प्रेम, घृणा, हासो, रोदन सबै मिसिएको यो कथा तृष्णाजस्तै धेरैको कथा हो जसले त्यस समुदायको प्रतिनिधित्व गर्छ। कथाको सुरुवाती खण्डमा तृष्णाप्रति भएको व्यवहारले सोच्न बाध्य बनायो, कुनै निश्चित समुदायका व्यक्तिहरुलाई समुदायले कस्तो ब्यवहार गर्छ भन्ने प्रष्ट परेको छ। तर यो पनि सत्य हो कि धेरैको जिन्दगी ध्वस्त बनाएको, धेरैको आखाबाट आशु बगाएको पहेलपुर दुनियाले तृष्णालार्इ भने मुहारमा एक सर्को खुसी दिन्छ, गालाका दायाबायाबाट बग्दै गरेका आशुका डोबहरू पनि मेटार्इदिन्छ। बर्षोदेखि माया गरेर हुर्काएको सुन्दर बगैचामा उम्रेको बिषालु काडोलार्इ जरैदेखी उखेलेर त्यसको सट्टामा सुन्दर फुल रोपिदिएझै।तर पनि उ निश्चिन्त छे, प्रतिबद्द छे अनि यो पहेंलपुर दुनियाको बिरुद्ध मोर्चाको अघिल्लो पङ्क्तिमा खडा छे, झुटको पर्दा उघार्न। उपन्यासको अन्तिम खण्डमा जब लेखकले कथालाई अनि पत्रहरुलाई कतै लगेर जोड्न खोज्छन, तब प्रस्ट हुन्छ, लेखकले यत्तिका बिधि कथा किन लेखे भन्ने कुरा। अनि पाठकको मनभित्र सुरु हुन्छ आर्को दौड, अब के होला भन्ने किसिमको अनेकन अनुमानहरु हुन्छन्, कथाको भविष्यको बारेमा। तर जब षड्यन्त्रहरु भण्डाफोर हुन्छन् अनि प्रतिषड्यन्त्रहरु बन्छन, तब सकिन्छ सबै सपनाहरु र संगसंगै सकिन्छ कहानी एक आवाजको। आवाजसंगै कैयौ भविष्यहरु समाप्त हुन्छन, कैयौ सपनाहरु खरानी हुन्छन अनि पाठकको मनमा उठेका अनुमानहरु पनि। कहानी सकिएपनि पाठकका मनमा कैयौ प्रश्नहरु जीवित नै रहन्छन, अनुत्तरित। पहेंलपुर सम्बन्धमा। अमलापुर सम्बन्धमा। टारीगाउ सम्बन्धमा। सेवक बाजे सम्बन्धमा। यसका पात्रहरु सम्बन्धमा। तिनीहरुको कहानी सम्बन्धमा। कतिपय प्रश्नहरुले त रातको निद्रा र दिनको भोक प��ि खराब गरिदिन्छन, कैयौ दिनसम्म।
‘पहेँलपुर’ केहिदिन अघिदेखि सुन्न थालेको थिएँ तर एक घण्टा पनि सुनिभ्याएको थिइन्, समय दिनै सकेको थिइन । करिब १६ घण्टाको अडियो आज सुनिभ्याएँ । जिएस पौडेलले राम्रो लेखेका रहेछन् । पात्रहरू तथा कथा जेलिएका छन्, बुझ्न अलि कठिन नै रहेछ । जे होस् सहज रहेनछ । राम्रो लाग्यो उपन्यास । पात्रहरूको अन्तरसम्बन्ध, अनि कथाको प्रस्तुति गज्जव लाग्यो । अन्त्य अलि भिन्न गरेको भए अझ राम्रो हुने थियो कि तर ठीक छ । राम्रो छ ।
I found "ek sarko maya" to be an absolute gem, so I was kind of scared when I heard about the publication of G.S Poudel's second book. However, this book exceeded my expectations and didn't disappoint at all. Similar to ek sarko maya, I got really attached with the characters, especially hajuraama and felt like I was wandering Pahelpur's world along with all of them. The writing is equally beautiful, hence this book deserves nothing less than 5 stars.
Pahelpur is a novel that feels alive because of its characters. Each person in the story carries their own weight, their own dreams and flaws, and together they create a world that feels close to our own. The way they interact, struggle, and grow makes the book deeply human.
Reading it, I felt like I wasn’t just following a plot but meeting people whose lives mattered. Their emotions are written with honesty, and even the quieter moments leave a mark. It is a story that reminds us how literature can connect us to the heart of human experience.
एक सर्को माया मलाई निकै राम्रो लागेको थियो। त्यही आशमा पहेँलपुर पढेँ। एक सर्को माया जहाँ सकिन्छ, त्यतैबाट यो शुरु हुन्छ। तर यसमा आलोकको भन्दा अरू पात्रहरूको कथा बेसी छ। थ्रिलर जनराको यो उपन्यास राम्रै छ। तर चाहिने भन्दा बेसी गन्थन छ। धेरै पात्रहरूको न्यारेशन ले गर्दा बीच बीचमा कथाको पकड़ छुट्छ। थोडा बहुत उपन्यासमा गल्तीहरू भेटिन्छन् तर तिनीहरू गौण छन्। समग्रमा राम्रो छ
Suspenseful and complex web of characters and their relation with each others, struggle in every situation like gender inequality, survival, hallucinations, drugs abuse, relationships, and many more interesting unexpected twists and turns. Enjoyed the book.
I recently had the pleasure of delving into one of the most remarkable Nepali books I've ever encountered. This literary gem stands out among the rest, primarily due to the author's unparalleled ability to weave a captivating narrative that seamlessly builds upon his previous work, "Ek Sarko Maya." The sheer brilliance with which the author connects the dots between the two novels is truly mind-boggling.
What sets this book apart from others within the Nepali literary landscape is its distinctive writing style. The author's approach stands in a league of its own, diverging from the conventional norms followed by many Nepali writers. This refreshing departure from the ordinary contributes to the book's allure, making it an exceptionally unique reading experience.
Moreover, the story itself is a tour de force of gripping storytelling. The author's mastery over the art of crafting an engaging plot is evident throughout the book. From the very first page, I found myself completely immersed in the world created by the author, eagerly turning each page to uncover the next twist and turn. The story's ability to hold my attention from start to finish is a testament to the author's exceptional storytelling prowess.
Overall, this Nepali book surpasses expectations on multiple fronts. Its ability to seamlessly connect with the author's earlier work, combined with its distinct writing style and gripping narrative, make it a literary masterpiece that is truly in a league of its own. I wholeheartedly recommend this book to anyone seeking an extraordinary reading experience.