किताबको चाङबाट ईलैया मलाई उठाउ भन्दै एउटा गाता उप्किएकाे पुस्तकले मलाई हेरिरहेकाे रहेछ । केही दिनदेखि नै । गिजुभाईकाे मुनिया रानी र भ्लादिमिरकाे लाेलिता पढेर म पुस्तक थन्काउने तरखरमा थिए । अब कुन पढ्ने हाेला भन्ने साेचिरहेकै बेला बुद्विसागरकाे फिफफिरे फुत्त हातमा अाईपुग्याे । उता भने त्यहि गाता उप्किएकाे किताब मलाई हेर्दै रहेछ । साेचिरहनुभएकाे हाेला त्याे कुन हाेला भनेर । अनि म उत्तर दिन्छु नवराज पराजुलीको २०७३ सालकाे मदनपुरस्कारमा समावेश भएकाे र त्यहि सालकै पध्मश्री पुरस्कार द्वारा सम्मानित कविता संग्रह - सगरमाथाको गहिराइ !!
एकै बसाइमा पढियाे पुस्तक । हुन त म प्राय पुस्तक एक दिनमा नै समाप्त गर्छु तर अलि 300 पेजबाट कटन थाल्याे भने 3 वा 4 दिन नै लाग्न सक्छ । फाइनप्रिन्ट पब्लिकेसन्सले बजारमा ल्याएकाे पुस्तक सगरमाथाको गहिराई, कलेवरमा उत्कृष्ट त छदै छ र भित्रकाे अक्षर डिजाइन पनि उत्कृष्ट नै छ ।
कविताको शिर्षक नै हेर्दा म भन्छु यसबारेमा कि " यदि सागरकाे छालसरि कविकाे कविता उठेर सगरमाथा छुन्छ भने वा त्यहि रंग र देशत्व भाव जागेर सगरमाथाले सागरकाे गहिराइ झुन्छ भने त्याे नै सगरमाथाको गहिराइ हाे ।"
कवि ज्यू भन्नुहुन्छ यी कविता मैले लेखेका हाेइनन् मद्वारा लेखिएका हुन ।
पुस्तकमा शब्द, भाग, याेगकाे पुरापुर बेजोड प्रस्तुति छ । त्यसैले कविताकाे केही अंश मलाई यहाँ छाडने रहरै पलायाे 😀
🍁 यो संसारको कुनै महान् परोपकारिलाई यो पृथ्वी भरिकै फोहोर पखाल्न पुग्ने पानी चाहिए मेरो देशको नदिहरुसंग सापटि माग्नु
म त नदिहरुको देशको मान्छे,
तर यो कुरा चाहिँ पछि गरौँला कि, मेरो छोराको घिटघिट गरिरहेको घाँटिलाई चाहिने दुई थोपा अौसधि किन्न म आफुचाहिँ अरब आएको छु।
-सगरमाथाको गहिराइबाट
🍀 त्यो खोयामा देखिएका खाल्टाहरू छन् मकैले छाडेर गएका उस्का यादहरू हुन ।
-खाेयाबाट
🌺डराएको मनले लगाएको पिरतीमा पीर मात्र बाँकी रहँदाे रहेछ
-पीर'तीबाट
🌲 मेरो बिदाइमा म आफैले रोपेको फूल पनि हाँसेन ।
आफ्नो घर हुजेल घरमै बस्छु भन्ने सोचेको थिएँ आफ्नो भर हुजेल घरमै बस्छु भन्ने सोचेको थिएँ
तर एक दिन मेरो शिरमा ऋण यसरी टाँसियो कि मैले मेरो मूल ढोकाको शिरमा गोबर र दूबोले टाँसेको सिक्का पनि उक्काउनु पर्यो
सबैभन्दा बढी भाउ आउने बेला भएको गाई त्यो दिन मैले आफूलाई बेचिदिएँ
दाम्लोले पर पुगुन्जेलसम्म गाईलाई हेरिरह्यो गाईले फर्केर दाम्लोलाई हेरेन ।
-घर छाेड्ने दिनबाट
🥀 'सानोमा दिदी र मलाई सिङ्गासिङ्गै पेन्सिल किनिदिन नसक्दा तपाईंले एउटै पेन्सिललाई काटेर दिदीलाई सधैं मेट्ने नभएको तल्लो भाग र मलाई सधैं मेट्ने भएको माथिल्लो भाग दिनुहुन्थ्यो, तपाईंलाई त्यतिखेरै थाहा रहेछ है, बुबा मैले भविष्यमा धेरै गल्तीहरू गर्नेछु भन्ने !
-बुबाबाट
सायद कमै कवि हाेलान यसरी मनै रूवाउने गरेर कविता रच्चे । म त याे मान्छु कि कवि भुपी शेरचनकाे दाेस्राे जन्म नवराज पराजुली नै हुन कि ??? समाजकाे संगति र विसंगतिलाई ठाडो अा
कविता पढ्ने उति बानी परेन । सबैले हात हातमा उपन्यास लिएर पढन्ते बन्दा म पनि उहि कोटिमा रहे । केहि कविताहरु युट्युबमा हेरेको थिँए नवराज पराजुलीका अनि सगरमाथाको गहिराइले पद्मश्री पुरेस्कार पायो भन्ने खबर सम्म थियो । कोटेश्वरको बजारमा टहलीरहदा यस्को हाड्ड कभरवाला पुस्तक किनेर घरमा ल्याए । यसरि कविताबाट पनि वेजोड साहित्यिक आनन्द आउदो रहेछ भन्ने कुरा महसुस गरे ।शब्द शब्द र यसबाट निस्केको बेजोड भावाकृत अर्थले हरेक कविता चाख लाग्न गरि पढे । साहित्य पठनबाट म खास आशा राख्दिन । मलाइ पढुन्जेल आनन्द पाए पुग्छ र त्यो काम सगरमाथाको गहिराइले पुरा गरेको छ । केहि कविता छन यस भित्रका जसलाइ मैले पुन पठन गरेको छु र हरेक पल्ट नयाँ नयाँ आनन्द आएको छ । औला शिर्षकको कवितामा बेजोड प्रेममय भावना छ ।लोकसेवा आयोग कवितामा नेपाली व्यङग्य छ उसको छनौट प्रणाली र प्रश्न प्रति । समकालीन समाज अनि यस भित्रका विकृति विसंगती राम्रोसँग समेटेका छन पराजुलीले । प्रहरी शिर्षकको कविताले प्रहरी आफ्नो खुसिलाइ बन्दकि राखि कसरी अरुको सेवामा खट्टछन भन्ने कुरा पोखिएको छ । आमाबाुबुको माया देखि दिदिभाइको सम्बन्ध राष्ट्रभाव राजनिती हरेक सेक्टरमा उनले कवितात्मक समिक्षा गरेका छन ।
नवराज पराजुलीले कवितामा ग्ल्यामर भित्राइ दिए । कविता कन्सर्टको कन्सेप्टका कन्सेप्चुअरको रुपमा रहे । हरेकका मोबायलमा उनले वाचन गरेका कविता सुनिन्छन । ठुलै माग छ उनको कविता वाचनको । यो नेपाली कविता क्षेत्रमा आएको पछिल्लो मुभमेन्ट नै मान्नु पर्छ । सगरमाथाको गहिराइमा मेरा केहि अति मन छोएका र पटक पटक दोहोर्याएका केहि अंश छन जसलाइ यहाँ मैले समेटको छु ।
-आज म आराले दुइ पट्टिबाट काटेर छिनाइ सकेको तर ढलीनसकेको रुख भएको छु । ३५ । रुख -तिमिले मेरो हात समाएको दिन देखि मेरो यो मुटु औलामा धड्किन थालेको छ । ५८ । औला -तिमि आउनु अघि त म केवल ज्युँदै थिएँ । तिम आए पछि त म साँचै जिउँदै छु । ७३ । प्राङ्गारिक प्रेम -इश्वर जित्न हिडेको म मान्छेसँग हारे र घर फर्किएँ ।९३ । हार -हाँस्ने ठाँउ खोज्न घर छाडेको म रुने ठाँउ खोज्दै घर फर्किए । ९३। हार -मेरो निधार साह्रै भिरालो भएर होला भाग्य सधै चिप्ली रहयो । १०९ । घर छाड्ने दिन । -मलाइ कसैले देखेन भनेर दुख छैन मलाइ हावाले बाँचेको मान्छेले पनि हावालाइ देख्दैन ।१३१। मोक्ष । -बरु आसु बनेरै सहि मलाइ तिम्रै आखामा रहनु थियो क्यै गरि झरि हाल्दा पनि तिम्रै काँखमा झर्ने थिए ।१५२ । यसपाली यस्तै भयो ।
यीनै यस्तै शाब्दिक जादु छ पराजुलीका कवितामा । कति पटक आङ स्रिङ हुन्छ । सुन्दर कवितात्मक आनन्नदको अनुभव छ पठनमा । मज्जा आयो बस ।
It will be a poetry book that will be recommended in coming days to anyone who wants to know how Nepali young generation poets see their country. I think it carries that much of a weight.
This book introduced me to Poetry to Nepali poems in a way I could never get off this book.. Read it so many times and still it makes me feel a lot I can not name emotions
'सगरमाथाको गहिराइ' कवितासंग्रहमा 36वटा हृदय छुने हृदयात्मक कविताहरू संग्रहित छन्! 'नवराज पराजुली' अहिलेका नेपाली जनजिब्रोमा तथा मन-मस्तिष्कमा आफ्नो ठाउँ बनाउन सफल कवि हुन् र उनका कयौ कविताहरू युटुबमा लाखौ पटक हेरिएका छन्!
थप; यस कवितासंग्रहले 'पद्मश्री साहित्य सम्मान'द्वारा पुरस्कृत पनि भएको छ!
4.5 stars I wanted to read and I did. Poetry, for me, is like hormonal therapy. We need daily regular doses to maintain the homeostasis of the body. Poetry doesn't always preach, it's for expression.
"When words fail, music speaks, When story fails, poetry express"