Bhupi Sherchan was a Nepalese Poet. He is best known for poems in simple words. He was awarded Sajha Puraskar for his poem collection Ghumne Mech Mathi Andho Manche in 2026 B.S.
प्रेममै पनि हामी मानिसको जात कति क्षतिकर र विध्वंसकारी !
कर्णप्रिय धुन सुनी सुनी वाक्क हुने अवस्थासम्म किन पुग्छौँ ? मिठो लाग्ने परिकार खाएकोखायै गरेर अमन किन बनाउँछाँै ? मन पर्ने व्यक्तिसँग चाहिनेभन्दा बढी नजिकिएर प्रेमिल सम्बन्धलाई बिरानो किन तुल्याउँछौँ ? चलचित्रका पात्र–पात्रको संवाद सँगसँगै भट्याउन सिकुन्जेल त्यही पर्दामा आँखा टट्याउने गरी हेर्न हामीलाई के कर लाग्छ ?
प्रत्येक राम्रा र रमाइला, प्यारा र आनन्ददायी वस्तुको अति प्रयोग गर्नैपर्ने कस्तो बाध्यता होला ?
अनि किताब...हामी एउटै पुस्तक किन दोहो-याएर पढ्छौँ ?
प्रथमपटकको नवीनता र कौतूहलको अनुभव फेरि गर्न पाइने होइन । समयको अनित्य स्वरूपले विचलित नभई अमूल्य जीवनका अनेक पल उही शब्दहरूमाथि बारम्बार घोत्लिँदा हामीले के पाउँछाैँ ?
मैले पाउँछु मित्रता, चिनारुसँग फेरि जोडिएको साथित्व र एउटा सहजपन । एकपल्ट पढिसकेको पुस्तक एकचोटि हिँडिसकेको बाटोजस्तो हो, मुख्य कान्ला र घुम्तीको सम्झना हुन्छ, नडराई टेक्न मजा आउँछ । तर, वरपरका दृश्य परिवर्तनशील हुन्छन्, तिनले दिने अर्थ नौला हुन्छन्, त्यो आफ्नो–बिरानोको दोसाँधको अपनत्वको अनुभव बेग्लै हुन्छ ।
बाल्यकालमा मैले एउटै पुस्तक सयपटकसम्म पढेँ । किताब छोटा हुन्थे, विकल्प सीमित थिए, चिरपरिचित हरफहरूमा मन रमाउँथ्यो । ‘लिखुरे र चतुरे’ उपन्यासतिर बारम्बार हात लम्किन्थ्यो । ‘फेमस फाइभ’, ‘हाइडी’, ‘लिटल वुमन’ र ‘पिटर प्यान’सँग पनि साक्षात्कार भइरह्यो । तर, शब्दको सामथ्र्य (मात्र तिनको पराक्रम) ले परास्त भएर अनगिन्ती पटक दोहो¥याएर पढेको पहिलो कृति थियो, ‘घुम्ने मेचमाथि अन्धो मान्छे ।’ तिनैले भूपिको आजीवन अनुयायी बनाए ।
भूपि शेरचनको कविता ‘शहीदहरूको सम्झनामा’ हाम्रो दश कक्षाको पाठ्यक्रममा थियोः ‘ओठमा हाँसो, गालामा लाली तब आउँछ जगत्को देशको पीरले भेटी जब वीरले चढाउँछ रगतको...।’
यसको लयात्मकता, गेयात्मकता र त्यो क्रान्तिको भाव– किशोर मन आकर्षित भइहाल्यो । भूपिको तस्बिरले पनि यो स्नेहमा भूमिका खेल्यो होला : घुम्रिएको कपाल, एकजोडी निख्खर काला आँखा, अनि स्मित मुस्कान । पुस्तकको पुछारमा रहेको यही कविता मात्र मलाई कण्ठस्थ थियो । त्योभन्दा केही अघि ‘अस्मिता’ मासिकमा पनि पढेकी सम्झिन्छु : चार दिवारीभित्र एउटा अलमारी त्यो अलमारीभित्र चारवटा सारी नारी ! त्यही हो तिम्रो फूलबारी ।
यो पंक्ति उद्धृत गरेपछि स्तम्भकारले कविलाई खुबै आलोचना गरेकी थिइन्– महिलाविरुद्धको संकुचित सोचका कारण होला, अहिले सम्झनामा छैन । सम्झनामा छ त ती हरफहरू र आलोचकप्रति मेरो आश्चर्यको भाव । नारीवादको कखरा नसिकिसकेकी म अचम्मित भएकी थिएँ, यति सुन्दर कवितालाई किन गाली गर्नुपरेको होला ? ठीकै त हो लेखकको भनाइ, फेरि अन्त्यका शब्दहरू (‘अन्त्यानुप्रास’ भन्न आउन्नथ्यो) कति मिलेका ! पढ्दै सन्तुष्ट हुइने ।
भूपि शेरचनसँगको मेरो चिनजान यत्ति थियो । आइएडमा पुगेपछि ऐच्छिक नेपालीमा पढ्नुपर्ने रहेछ, ‘घुम्ने मेचमाथि अन्धो मान्छे ।’ मलाई यो किताबको नीलो गातामाथिको अमूर्त चित्र याद थियो । तर, फिटिक्कै मन परेको थिएन यसको शीर्षक । अब आज्ञाकारी छात्रालाई ती ४३ कविता पल्टाउन करै लाग्यो । मसिनो किताब लिएर बसेँ । पढ्न थालेँ । र, पढिरहेँ ।
आजपर्यन्त पढिरहेकै छु, जीवनका अन्तिम क्षणहरूमा घिटिघिटी हुँदा पनि गुगलमा सर्च गर्छु होला– ‘भूपि शेरचन, मृत्यु ।’
यो त एउटा कल्पना हो, अतिशयोक्ति । वास्तविकता केवल उनका कविता । जुन शब्द होइनन्, विस्फोट हुन् । आक्रोश र मादकता, सौन्दर्य र बीभत्सता, खोज र एकाकीपन, सबै सबै अमिल्दा तत्वहरु उनकै कवितामा अटाएका छन् । म, मेरा अघि र पछिका हरेक पुस्ता, युग र व्यक्ति–व्यक्तिलाई तोकेर यो संग्रह रचिएको छ । ५० वर्षअघिका कविताहरू झन्–झन् प्रखर, प्रबल र समयसापेक्ष बन्दै गएका छन् । यिनै कविताहरू धेरै–धेरैजनाका सर्वप्रिय रचना हुन् । नेपाली साहित्यप्रेमीलाई कुनै न कुनै समयमा उनका केही पंक्तिले मनमा चस्स घोचेकै हुन्छन्, उनका स्वच्छन्द लयले कोमल भाव जन्माएका हुन्छन् र अक्षरहरूमा लुकेका अँध्यारा–उद्वेलित–विद्रोही अर्थले मुटु हल्लाएकै हुन्छन् । अनगिन्ती पाठकको पहिलो रोजाइमा उनै पर्छन् । तर, पनि कसैले ‘भूपि मलाई मन पर्छन्’ भनेर बोल्दा, लेख्दा, भन्दा म मनमनै प्रतिप्रश्न गरिहाल्छु, ‘हो, तिमीले मन पराउँछौ होला, तर के तिमीले उनलाई मैले जस्तो प्रेम गरेका छौ ? सम्मोहित भएर उनका शब्द–शब्दमा आफ्नै लागि छापिएका सन्देश र संकेत खोज्ने गरेका छौ ? हजार कमजोरी र अक्षमता देखी–बुझी पनि के तिमी उस्तै पागलपनले भूपिलाई पछ्याउँछौ ?’
बाहिर म मुस्काउँला, ‘मलाई पनि मन पर्छन् ।’ मुटुले एकोहोरो ढ्यांग्रो ठोक्छ, ‘मेरो, मेरो, मेरो !’
कुनै पनि लेखकप्रति यो अन्धभक्ति सही होइन, हुनै सक्दैन । तर, म विवश छु । ती कविताको रापले पग्लिएर, वजनदार विचारले पिटिएर र लावण्यले एकोहोरिएर म अझै पनि उही आशक्त किशोरी नै छु । एउटा अन्तर्वार्तामा साहित्यकार वानिरा गिरीलाई प्रश्न गरिएको थियो, ‘तपाईं कुन साहित्यकारबाट प्रभावित हुनुहुन्छ ?’ उहाँको उत्तर थियो, ‘गोपालप्रसाल रिमाल । म उहाँलाई असाध्यै प्रेम गर्छु ।’
म निकै अपरिपक्व थिएँ, काकालाई त्यतिखेर सोधेको प्रश्न सम्झिँदै हाँसो लाग्छ, ‘गोपालप्रसाद रिमाललाई प्रेम गर्दा उहाँको श्रीमतीले केही भन्नुहुन्न ?’ काकाले मलाई साहित्यिक प्रेमबारे बुझाउनुभयो ।
त्यतिवेला थोरै बुझेँ होला, भूपि शेरचनसँगको हेलमेलपछि पूर्णः ज्ञात भयो– किन र कसरी साहित्यकारप्रति प्रेम पलाउँदो र हुर्कंदो रहेछ । उनका कविता मैले पचासौँपटक पढेँ । परीक्षाका वेलामा झन् निहुँ बनाउनु पनि परेन । बाँकी पाठ्यपुस्तक एकातिर, भूपि शेरचन एकतिर । जम्मा एउटा सप्रसंग व्याख्या गर्नुपथ्र्यो यो कृतिबाट, २० अंकबराबर । तर, मैले यसरी पढेँ, मानौँ, १०० पूर्णांककै जाँच हुँदै छ । तरल भई मेरो नशामा बगेसम्म र बाफ भई प्रत्येक अणुका कण–कणसम्म फैलिने गरी पढिरहेँ । विद्यालयमा जस्तो कण्ठ पानुपर्ने बाध्यता थिएन, तर यति तन्मयसाथ पढेँ कि दस–बाह्र कविता मुखाग्र आउँथे । अहिले पनि केही शब्द, पदावली, तस्बिरहरूले उनका कविताका लागि नोस्टाल्जिक बनाइदिन्छन् । ‘जून’ सुन्दा मन एक्लै गुनगुनाउँछ : ‘मेरो जस्तै ए जून ! झुटो हो तिम्रो हाँसो पनि...।’ वैशाख आउन लाग्यो, त्यसले सम्झाउँछः ‘फेरि एकचोटि संगी साथीहरूको सूची बनाउनु छ फेरि एकचोटि भयानक बमहरू बोकेर, उडिरहेका हवाईजहाज र रकेटमुनि बसेर लेख्नु छ प्रियजनहरूको नाममा सफलता, शान्ति र दीर्घायुको शुभकामना–पत्र ।’ ‘मेरो चोक’ त हरेक नेपालीको मनको आवाज हो, यसलाई राष्ट्रिय कविता घोषित गरे फरक नपर्ला : साँघुरो गल्लीमा मेरो चोक छ । यहाँ के छैन ? सब थोक छ । असंख्य रोग छ, अनन्त भोक छ, असीम शोक छ, केवल हर्ष छैन, यहाँ त्यसमाथि रोक छ ।
कुनै पनि सरकारी कार्यालय जाऔँ, वा सत्तासीन व्यक्तिहरूको दम्भ अनुभूत गरौँ, ‘घुम्ने मेचमाथि अन्धो मान्छे...’ तत्काल सस्वर वाचन गर्ने चाह जाग्छ ।
‘मलाई गलत लाग्छ मेरो देशको इतिहास...’ उनी भन्छन् । हामी सही थाप्छौँ– ‘यो बाटोको बीचमा माटो खनेर बसेका देवताहरू यो बुझेर पनि लाटो बनेर बसेका मानिसहरू यी भूकम्पपीडित मन्दिर र ढल्केका गजुरहरू यी सालिक बनेर दोबाटोमा उभिएका हजुरहरू...।’
‘सधैँ सधैँ मेरा सपनामा’ मा भूपिले प्रयोग गरेका सुँगुरका बच्चाहरूको विम्बले तितो स्वाद छोडेको सम्झन्छु, र ‘हो ची मिन्हलाई चिठी’ पढेपछि त्यो ठाउँ र नाउँको इतिहास खोतलखातल पारेर भियतनाम पुग्ने अठोट लिएकी पनि सम्झिन्छु । केवल त्यो कवितासँगको भावनात्मक सम्बन्धले ।
र, सम्बन्ध यस्तो छ कि भूपि मेरा लागि सदा युवा, आदर्श र जीवित छन् । प्रौढ भएपछिको त्यो मोटो फ्रेमको चस्मा र ढाका टोपी पहिरेको तस्बिर म हेर्न सक्दिनँ, युवावस्थाको मृदु मुस्कान मात्र सहन सक्छु । आफू विलासी जीवनमा डुबेर ‘सर्वहारा’को नाममा सत्ताविरुद्ध लेख्ने उनको द्वैध चरित्रबारे पढेकी छु । दुईपटक विवाह गरेर दुवै परिवारलाई समय नदिने शैली मेरा लागि अक्षम्य अपराध हुनुपर्ने हो (र हो पनि) । यस्ता खुंखार प्रतिद्वन्द्वी पछि गएर त्यही सत्ताको गुणगान गाउने नीच यथार्थ ? कसरी बिर्सने यो छल ?
तर पनि, यी कविताका मायाले म आफैँलाई भ्रममा राख्छु । भूपिका बारे माइकल हटको जीवनी मेरो पढ्ने सूचीमा छ, तर सायद म उनका अरू कमजोरी उधिन्न सक्दिनँ होला, त्यो किताब यसै रहला । देश, काल र परिस्थितिबारे उनका कविता सर्वाधिक शक्तिशाली छन्, अहिले पनि अन्यायविरुद्ध आवाज उठाउन हामीलाई जुरुकजुरुक उचाल्छन् । तर, मेरो सर्वप्रिय कविताले भने नारीका बारेमा बोल्छ, उसका जीवनका तीन महत्वपूर्ण क्षणको मार्मिक चित्रण गर्छ– ‘मैनबत्तीको शिखा ।’ यसकै प्रभावले मैले एउटा कथा पनि लेखेँ, ‘मेरी शिखा ।’ यही कवितामा आधारित भएर अरू कति कृति रचिए, एउटा छोटो चलचित्र बनेको रहेछ, रेडियोकर्मी शिखा बरालको ट्विटर ह्यान्डल नै छ– @मैनबत्तीको ।
‘घुम्ने मेचमाथि अन्धो मान्छे’ अहिले मसँग छैन (वा कतै छ, पुस्तकको रासमा मबाट छलिइरहेको) । तीनपटक किनेँ, त्यसपछि छाडिदिएँ । अचेल नियास्रो लागे साहित्यिक वेबसाइटहरूमा जान्छु, पढ्छु, टिप्छु । हरेकपटक पढ्दा लाग्छ, ओहो ! यो पालि पढ्न किन ढिलो गरेँ ? मलाई जान्न मन थियो, यसरी दोहो¥याएर पढ्न कतिले मनपराउनुहुन्छ ? ट्विटरमा यही प्रश्न सोध्दा ३०० उत्तर आए । ७० प्रतिशतले आफूले एकदेखि पाँचपटकसम्म पुस्तक दोहो¥याउने खुलाउनुभयो । १५ प्रतिशतले १५ पटकभन्दा बढी दोहो-याउनुभएको रहेछ । दोहो¥याइएका पुस्तकका विविधता पनि रमाइला थिए– ‘गीता’ र ‘द सटल आर्ट अफ नट गिभिङ अफ’, ‘स्वस्थानी’ र ‘फर लभ अफ इन्सेक्ट्स’, ‘घामका पाइलाहरू’ र ‘प्राइड एन्ड प्रेजुडाइस’, ‘द काइट रनर’ र ‘मोबी डिक’, ‘पल्पसा क्याफे’ र ‘द ह्यान्मेड्स टेल’, ‘अलिखित’ र ‘सुम्निमा’, ‘शिरीषको फूल’ र ‘नयाँ घर’ ।
‘ह्यारी पटर’ धेरैले दोहो¥याएर पढ्नुभएको रहेछ, मैले पनि । मेरो लागि यी सात किताबको तुलनामा अरू कुनै किताब आउँदैनन् । मेरो पठन, लेखन र दर्शन यिनले निर्देशित गर्छन् । यस्तो पनि लाग्छ, मैले पढेका कुरा पूरै बिर्सिऊँ, फेरि पनि किताब पढ्दा त्यही पहिलो संगतको मिठास अनुभव गर्न पाइरहूँ ।
तर, आजभोलि कुनै कृति दोहो¥याएर पढ्ने फुर्सद हुँदैन । फुर्सद त के हुन्नथ्यो, सबै प्राथमिकताका कुरा हुन्– आजकल त्यो विलासिता पाइँदैन, भनौँ । प्रत्येक दिन पढ्न इच्छा भएका दश नयाँ किताब देखा पर्छन्, पत्रपत्रिकाका परिशिष्टांक हप्तैभरि पढी भ्याइन्न, कार्यालयका प्रतिवेदनहरू, अनि इमेल, लेख, सामाजिक सञ्जाल... मनले खाएको किताबसँग लुटुपुटु गर्दै, चित्तबुझेका हरफमुनि औँला सार्दै, प्यारो आफन्तसँग घन्टौँ बात मारेजसरी हराउन कहाँ पाइयो र ?
उमेरले पनि वेला–वेला विषालु वाण हानी बस्छ । बीसको दशकको ती उन्मत्त दिन, हातमा समय नै समय, मनमौजी तालमा खर्च गर्न पाइने, अविछिन्न र अपार लाग्ने जिन्दगी । तीसको दशकमा टेक्नेबित्तिकै थोपरिएका जिम्मेवारीहरू, चोइटिँदै गएको जीवनको आभास, औँलामा काप–कापबाट चिप्लिएर मरिरहेको निजी समय । चिरपरिचित शब्दहरूले बुनिएको त्यो न्यानो, आफ्नो पेवा पुस्तकको ओढ्नेमा रुमल्लिन अब कहिल्यै पाइन्न होला ।
कति छोटो जिन्दगी, कति धेरै किताब ! पढ्न, लेख्न, सोच्न हाम्रो भाग लागेको मात्र एउटा साँघुरो समय, कस्तो अन्याय ! हजारौँले रोजेका कवितामा म पनि आफैँलाई देख्छु : केही पढ्छिन् यसो सोच्छिन् चित्त बुझ्दैन फेरि पढ्न समय खोज्छिन् केही पल चोर्छिन् भ्याइँदै भ्याइँदैन लामो सास फेर्छिन् कठैबरा, बिचरा ऋचा भट्टराई !
कुन कालखण्डमा लेखेका थिए तर भुपीका कविता उस्तै सान्दर्भिक। हिजो पनि क्यारम बोर्डका गोट्टि थिएम।आज सम्म छौ।नेपालको भविष्यका कति कुसल दृष्टा थिए भुपि सेरचन।
Bhupi Sherchan, an acclaimed figure of Nepali literature, originally from Bhairahawa, has great thoughts concerning to the prosperity of the nation. Because of his consciousness, we find the rage towards the contemporary messed up societal status in his poetry anthology, घुम्ने मेचमाथि अन्धो मान्छे. Rage is his tool as eye-opener of the readers in the entire anthology. Moreover, his poetic insight explores the reality that is even harsh to accept. The poem "मेरो चोक" from the very anthology represents the bitter truth where 'everything' is available in comprising uncountable diseases, infinite hunger, unmeasurable grief. His last poem in the anthology entitled "मेरा साथीहरू" not only provides a reason but inspires each and everyone to live a human life at its fullest. Saying "to be alive is difficult", he wants to convey a message - "Nothing great can be achieved simply". So, we should work hard and harder in our life. Published by साझा प्रकाशन (Sajha Publishers) the book is only 88 pages thin. However, the language of poem and meaning it generates makes you think as a human being in general and as a Nepali in particular.
नेपाली साहित्यमा उचित सम्मान पाउन नसेका भुपी शेरचनको यो कबिता सङ्ग्रहले उनको भिन्न शैली , अभिब्यक्तिका भिन्न आयामलाई प्रतीनिधित्व गरेको छ । सरल शब्दमा गहन कुरा पाठकलाई बुझाउन सक्नु उनको बिशेषता हो जुन यो कबिता सङ्ग्रहमा नि उजागर भएको छ । राष्ट्रीयता , मानबाताबाद , जीवनका अनेक चोट , रफ्तारबाट थकित मानिसको भावना , युद्धबाट पिल्सिएका आमाहरुको,मनहरुको कथा, अधुनिकता सँगै हामीले भुल्दै गएका हाम्रा ऐतिहासिक स्तम्भ , शाहीदहरुको कथा,हाम्रो परनीरभरताको कथालाई सिमित शब्दमा कबिताको माध्यमबाट भुपिले देखाउन , बुझाउन खोजेका छन !
यो कबिता सङ्ग्रह हरेक नेपालिले पढ्नै पर्छ !
यस कबिता सङ्ग्रहमा सङ्ग्रहित "सधैँ-सधैँ मेरो सपनामा" , "हामी" ,"मेरो देश " ,"गलत लाग्छ मलाई मेरो देशको ईतिहास " "यो हल्लै हल्लाको देश" , जस्ता कबिता मार्फत कबिले देश र यहाँका बिभिन्न घटनाक्रम प्रतिको आफ्नो धारणा ब्यक्त गरेका छन जुन आजको अवस्थामा पनि निकै नै सान्दर्भिक छ !
स्कुल बेला ७ कक्षामा हुँदाताका शेरचनका कविता अध्ययन गरेर प्रफुल्ल भ���को थिएँ। कुल ४२ कविताहरु सामेल भएको यस संग्रह बारबार दोहोर्याउन पट्यास लाग्दैन। प्रत्येक repeat अध्ययनमा उस्तै ताजा अनुभुति हुन्छ अनि समय-सान्दर्भिक पनि बोध हुन्छन् केही कविता अहिले पनि। शेरचनका विचारधारा, कल्पनाशीलता, वास्तविक समय- परिवेश- पात्रहरूलाई समुचित reflection incorporation गर्ने शैलीले मोहनी नै लगायो बहुत।
सेल्फ- पोर्ट्रेट, हृदयलाई स्पर्श गर्ने, बिर्सेका यावत् समय- घटना- परिवेश स्मृतिमा ल्याइदिने, प्रेमिल भावना जागृत गराइदिने आफैँप्रति, देश - समाज र वातावरण प्रति अनि विविध बिम्ब प्रतिबिम्बहरुको समुचित inclusion ले legacy अझै नि छ यस किताबको।
वि.सं. २०२६ मा पहिलोपटक ११०० प्रति प्रकाशित भएको यस कविता संग्रह वि.सं. २०५१ मा नवौँ पटक मुद्रण हुँदा ३१०० प्रति छपाइ भएको रहेछ। अरु प्रकाशन गृहहरुले नि यति प्रति प्रकाशन भएको जनाउनु नि हौँ।
Sherchan is a master of thought-provoking yet beautifully crafted poems and this book is just awesome. Re-reading book right after 'milk and honey' even cured my frustration and helped me reminisce the good times of poetry.
Mero jastai ae jun! Jhuto ho timro haso pani. Farak chaina timro ra mero, Bhitra-bhitra royera pani bahira bata hasne baani. Farak yeti matra cha hami duiko kahani ma, Ki timi runchau ra timro aasu sit bancha. Ma runchu ra mero aasu geet bancha.
4.5/5 stars Some poems are really touching and some poems are real eye openers. Majority of the poems are amazing but some dwell on the border of mediocrity. So I decided not to give full stars. (although Goodreads doesn't have the option to add .5 stars)
आज किताब काठमाडौं छोडेर म गाउँमा आयको छु। मैले किताब नपायपनी ''हो चि मिन्ह लाई चिट्ठी'' पढ्न मन लागेर अन्लाइन हेरिहाले। सम्झनामा आइहाले भुपिका अन्य कबिताहरु। अनी लेख्न मन लाग्यो। मैले थेलोडोमाइडको बारेमा भुपीलाई पढेपछी थाहा पायको थिय। क्यासिनोमा कती अंकमा बल रोकिन्छ भनेर जुवा खेलिने त्यो घुम्ने भाँडोलाई रुलेट भनिन्छ भन्ने पनि ''पहिरो जाने पहाड मुन्तिर'' भन्ने कबिता पढेपछी थाहा पायको थियँ। वास्तबमा यी कबिताहरु जहिले पढे पनि आजैको सन्दर्भ हो जस्तो लाग्छ। शायद भुपिको कृतिको सबैभन्दा ठुलो रस नै यही हो। अर्को हो उनको क्रान्तिकारी धारणा। अत्यन्तै जर्याकजुरुक उठाउने खालका कबिताहरु पनि छन यसमा।
''अन्तरिक्षमा मर्ने कुकुरको शोकमा गिर्जाघरमा रुने ढोंगी मानवता धरतिमा गरेको हत्याको पछुतोमा आत्माहत्या गर्न वाध्य हुनेछ। ''
त्यती बेला पनि विश्व पारीबेशलाई कती ठुलो व्यङ्या र आफ्नो धारणा यती गजबले प्रस्फुटन गर्ने यो शैलीले जस्लाई पनि उचाल्छ जस्तो लाग्छ। व्याङ्य, राष्ट्रियता, मानवता, क्रान्ति,............... अनी मायाले भरियको यो कबिता सङ्रह मेरो बिचरामा हरेक प्रगतिशिल नेपालीले पढ्नै पर्ने पुस्तक हो। मेरो चोकबाट सुरु गरेर बसन्तको बाटोबाट घुम्ने मेचको अवलोकन गरेर घण्टाघर हुँदै शाहीदहरुको सम्झनामा पोखरा पुगेर होची मिन्हलाई चिट्ठी लेखेर हल्लै हल्लाको देशमा पहिरो जाने पहाड मुन्तिर शितयुद्धकालका बाँदरहरुसँग भुपी शेरचन जीवनको अध्यारो सडकमा हिँड्दा हिँड्दै मेरा साथीहरु सँग आइपुग्छन। हामी पनि साथीहरुसँग पुग्ने बेलासम्म गतिको पैडलमाथी खुट्टा चलाईरहन्छौं।
उनले लेखेको समय र अहिले पनि अवस्था र सन्दर्भ उस्तै छ। एउटा महान लेखकको गुण पनि सायद यहि होला जसका रचनाले केवल कुनै एउटा निस्चित कालखण्डको परिधिलाई मात्र सम्बोधन गर्दैनन, त्यसपछी आउने कयौँ युगलाई नि प्रतिनिधित्व गर्छन।
'...अनि असंख्य मौरीको भुनभुन र डदाइदेखि आत्तिएर म उठ्छु न्यायको दिनमा प्रेतात्माहरु उठेझैँ र नपाएर बिस्मृतिको ‘लेथे’ नदी, रक्सीको गिलासमा हामफाल्छु र बिर्सन्छु आफ्नो पूर्वकथालाई पूर्वजुनी र मृत्युलाई यसरी नै सधैँ चियाको किटलिबाट एउटा सूर्य उदाउँछ सधै रक्सीको रित्तो गिलासमा एउटा सूर्य अस्ताउँछ घुमिरहेकै छ म बसेको पृथ्वी —पूर्ववत् फगत म अपरिचित छु वरिपरिका परिवर्तनहरुदेखि, दृश्यहरुदेखि, रमाइलोदेखि, प्रदर्शनीको घुम्ने मेचमाथि करले बसेको अन्धो जस्तै।'
यी र यस्तै छोटा र गहकिला वाक्यहरुमा भूपी आफ्नो लेखनको अदम्यतालाई भाषा दिन्छन। आफ्नो कमजोरीलाई सतसत स्वीकार गरेर निडर भई उनले पोखेको भावना हरेक शब्द-शब्दमा मुखारित छन्। त्यहाँ आवेग छ, रिस छ.. सँगसँगै चेतना पनि।
जति जति पढ्दै गयो उति उति मन थर्काउने भूपीका शब्दहरुमा जादु छन्। गम्भीर बिषय भए पनि कलात्मक बिम्बहरुले अर्थहरुलाई तरल र खुकुलो बनाउछन। बुझ्न सहज भएकोले पनि यो कृति अझ उत्कृष्ट बन्छ।
Satires on political, social and cultural aspects at that time Many of the points are valid even in current context. This is still a 'hallai halla ko desh'. The inverse law of being brave and unfoolish was also quite interesting and actually seems true as well
Some poems I liked a little more with reminder reason: - Mero Chowk - Humans and gods, sad, for their own reasons, each probably blaming one another. - Hami - an outpour of frustration - Ghantaghar - does look like described here - Ae jun - simple tragedy - Shahidharuko samjhanama - an evergreen patriotic poem - Yo hallai hallako desh ho - still the same. In fact the area seems extended to hallai hallako sansar - Bed lamp - an ironical comparison of bed lamp with wife - Asar - simply beautiful
पाना पल्टाए कडककडक आवाज नयाँ पुस्तकको वासना कति मीठो कति सफा अनि कति नयाँ तर पुरानो युगको चित्र कोरिएको पानामा होचि मिन्ह देखि भैरहवासम्म घुम्ने मेच देखि मैनबत्तीको सिखासम्म शहिद देखि अन्धो मान्छेसम्म हरेक चिज समेटिएको उत्कृष्ट सङ्ग्रह।
कठोर मनलाइ पनि कोमल बनाउने एक संग्रह! प्रतेक कविता हरुले छुट्टाछुट्टै विषय लाइ समाविष्ट गरेको छ। बेजोड लेखनशैलिले कुदिएका कविता पढ्न पाउनु हाम्रो शौभाग्य हो। अजर अमर भूपी!!
My gateway to the world of poetry is this book. Thank you for this, Bhupi Sherchan. And a special shout out to my colleague, Saurav, for recommending me this book.
भूपी को कविता मा आक्रोश छ सरकार प्रति, समाज प्रति, बेरोजगारी प्रति र समग्रमा एक्लोपन र निराशा को आभास छ | यश किताब का हरेक कविता काव्यात्मक छन्, मार्मिक छन्, विद्रोहात्मक छन् र हरेक कविता आफैमा महाकाव्य भन्दा कम छैनन् |
भूपी ले एस किताब मार्फत पिउन सिकाएका छन् र जिउन सिकाएका छन् |
नेपाली साहित्य का ५ उत्कृस्ट किताब मा भूपी सेरचन को यो किताबले सजिलै स्थान प्राप्त गर्दछ|
This brilliant poetry anthology by Bhupi Sherchan is an indignation at the social, cultural and political state of affairs in the post Rana regime Nepal. I loved them all, some more than others. If I had to choose three, my favourites would be - the titular poem Ghumne mech mathi andho manche, Ghaito bhitra batabriksha, and Siit-yuddhakalka badarharu.