'लू' नयनराज पाण्डेको पाँचौँ उपन्यास हो । यसअघिको उनको उपन्यास उलार अत्यन्तै चर्चित रह्यो । समकालीन नेपाली आख्यानमा पाण्डेले यथार्थबोधको नयाँ आयाम खडा गरेका छन् । उनका आख्यान कृतिहरुमा यस युगको क्रुरता र संवेदनशीलता मर्मस्पर्शी र चित्रमय भाषामा वर्णन गरिएको हुन्छ । कथालाई सरल र सहज तरिकाले सम्प्रेषण गर्नु पाण्डेको विशेषता हो । उनको आख्यान कला 'उलार' उपन्यास र 'निदाएँ जगदम्बा' जस्ता कथाकृतिहरुमा स्पष्ट उजागर भएको छ ।
यस उपन्यासमा भारतसित सीमा जोडिएको एउटा गाउँमा घटिरहने अमानवीय र आपराधिक गतिविधी, भोक र प्राकृतिक प्रकोपसितको युगौँदेखि जारी सङ्घर्ष, आर्थिक र राजनीतिक स्वार्थको टकराव अनि त्यसबीच हुर्किरहेको सुकोमल प्रेम र सामाजिक सद्भभावलाई अत्यन्त नजिकबाट अनुभव गर्न पाइन्छ ।
'लू' नेपालको समग्र दक्षिणी सीमावर्ती क्षेत्रको अभिलेख-कथा हो ।
Nayan Raj Pandey (Nepali: नयनराज पाण्डे) is a Nepali writer. He writes stories and novels, as well as screenplays for Nepali cinema. He is known for his representation of contemporary Nepalese society in his novels, in a figurative style
नयनराज पांडेद्वारा लेखिएको 'लू' आधुनिक नेपाली साहित्य को एउटा उत्कृस्ट उदाहरण हो.
उपन्यास्मा रहेका ब्रिस्तित पात्रहरु र वास्तविक कथासार ले पाठकहरुलाई मोहित बनाउछ. कथामा भएका चुट्किला र व्यंग्यहरु ले समय-समय मा हसाँउछन भने, कथामै रहेका सामाजिक र राजनीतिक समस्याहरुले मुटुलाई खिन्न बनाउन नि सफल रहेका छन्.
यो सिमाक्षेत्रको दु:ख दर्शाउने उपन्यास हो भन्ने सुनेको थिएँ । त्यसैले धेरै नै रोनाधोना भएको उपन्यास जस्तो लागेर पढ्न केहि हिच्किचाएँ पनि । तर प्रथम पन्ना पढ्दै मेरो यो अनुमान गलत साबित भयो । ओहो ! कति फरक शैली । अनि कति धेरै सेन्स अफ ह्युमर । जति जति पढ्दै गएँ त्यति त्यति डुब्दै गएँ । उपन्यासभित्र पानीभूत रहेछ क्यारे पढिसक्दा पनि छाडेन यसले, मष्तिस्कमा खेलीरहे पात्रहरु । सुरुसुरुमा धेरै ठाउँमा हासेँ, अन्त्यतिर आँखाहरु ओसिला भए । विशेष गरी करिमको चरित्रले मनमा बेग्लै छाप छाड्यो । पुस्तकमा कहीँ कहीँ केहीमात्रामा अश्लिलता झल्किएको छ । तैपनि उरण्ठेउला केटाहरुको दृष्टीकोणमा लेखिएको भएकाले त्यती असान्धर्विक भने लाग्दैन । रोमाञ्चक सुरुवात र दमदार अन्त्य भएको यो उपन्यासले जो कोहीको पनि मन छुनेछ (नेपाली नेताहरु बाहेक) ।एकपटक पढ्नै पर्ने उपन्यास हो 'लू' ।
He is no doubt my favourite nepali writer. Such simple words for a very real story and yet you cannot take it lightly. I couldn't get over it for a whole day. He has woven so beautifully.
भाषाका जादूगर प्रसिद्ध आख्यानकार नयनराज पाण्डेको सद्य: प्रकाशित उपन्यास "लू" रमाइलो पारामा गम्भीर विषय उठाउने उत्कृष्ट कृति हो । भारतसँग सीमाना जोडिएको पश्चिम नेपालको एउटा गाउँ पत्थरपुरवाको सेरोफेरोमा उनिएको यस उपन्यासको कथाले त्यस भेगका मानिसका व्यथालाई उजागर गरेको छ । भारतीय सीमा प्रहरीका आतंककारी व्यवहार र नेपाली नेताका उदासीनताका कारण त्यहाँका वासिन्दा पीडित छन् । अझ त्यसमाथि प्रकृतिको कहरबाट समेत आक्रान्त छन् उनीहरू । गर्मीमा चल्ने तातो हावा लू ले उनीहरूको तन मन दुवैलाई आक्रान्त पारेको छ । तर यति धेरै पीडामा बसेपनि आफ्नो मानवीयतालाई कायम राख्न सफल यी गरीब गाउँलेसग पाठकको आत्मीयता मजबुत बन्न पुग्छ । यी पात्रप्रतिको सहानुभूतिले पाठकको हृदय सराबोर पार्न सफल छन् कृतिकार पाण्डे ।
उपन्यासमा धेरै पात्र छन् र सबै सशक्त तथा यादगार छन् । मुख्य पात्र इलैयालाई मात्र हाबी नगराएर पाण्डेले सबै पात्रलाई उत्तिकै भूमिका खेल्ने अवसर दिएका छन् र यो "अन्सम्बल कास्ट" को उम्दा नमुना हो । उपन्यासको कथानक शैलीले पनि सबै पात्रको मनोभावना व्यक्त गर्ने अवसर जुटाइदिएको छ । रुसी समालोचक मिखाइल बाख्तिनले "बहुभाषी, बहुआयामी" उपन्यास महान् हुन्छ भनेका छन् । पाण्डेको यो उपन्यास बाख्तिनको उक्त कसौटीमा खरो उत्रन्छ । त्यो इलाकामा बोलिने विभिन्न भाषा यहाँ अटाएका छन् र विभिन्न पृष्ठभूमिका पात्रका सांस्कृतिक, धार्मिक, मनोवैज्ञानिक तथा सामाजिक आयामहरू यहाँ प्रस्तुत भएका छन् । यस्ता पात्रहरूको आपसी भाइचारा तथा टकरावले उपन्यासको गतिमा द्रूतता ल्याएको छ र यो एक बसाइमै पढेर सकिने तथा पछिसम्म पनि याद रहिरहने कृति बन्न पुगेको छ ।
आवाज दबाइएका सबाल्टर्न पात्रहरूलाई उपन्यासमार्फत आवाज दिएर पाण्डेले शासक वर्गका आँखा समेत खोलेका छन् । सीमानाका वासिन्दाका पीडा तत्काल सम्बोधन गरिनुपर्ने गम्भीर विषय हो भनी उपन्यासका माध्यमले पाण्डेले काठमाडौंका शासकलाई झक्झक्याएका छन् ।
यो उपन्यास भाषाका कारण गजबको बन्न पुगेको छ । परिवेशको भाषालाई दुरुस्तै टिपेर पस्किएकाले मीठो सुनिएको त छँदैछ । त्यस अतिरिक्त पनि पाण्डेले विभिन्न अलंकारका प्रयोगद्वारा कथानकमा लालित्य छरेका छन् । सशक्त बिम्ब तथा उपमा त उपन्यासभरि नै छरिएर रहेका छन् । पाण्डे सिनेमाका स्क्रिप्ट पनि लेख्ने भएकाले बिम्बसंयोजनमा उनको दक्षता देख्नसकिन्छ । पात्रका बाहिरी परिवेश र आन्तरिक चिन्तन शृंखला दुवैको उत्तिकै सन्तुलित वर्णन गर्न पाण्डे सफल भएका छन् । वाक्यहरू सानाछोटा र चोटिला छन् ।
मैले चाहिँ उपन्यासमा कायम गरिएको हास्य चेत घतलाग्दो पाएँ । मेरा प्रिय प्रख्यात लेखक सलमान रुस्दीले आफ्ना उपन्यासमा चटपटे भाषा तथा हास्यचेतलाई सुरुदेखि अन्त्यसम्म राखेका हुन्छन् र पाण्डेले यो उपन्यासमा त्यस्तै गरेका छन् । अल्लि छाडा र अश्लील लाग्ने वर्णन पनि यसमा भएको छ तर ग्रामीण जनजीवनको दुरुस्त तस्बीर उतार्दा यो आउनु स्वाभाविक हो । त्यस्तै रुस्दीले झैँ पाण्डेले हिन्दी सिनेमाका प्रभावलाई उपन्यासमा उतारेका छन्, चाहे त्यो प्रमुख पात्रको हिन्दी फिल्मप्रतिको लगाव होस् चाहे उपन्यासकै कतिपय फिल्मीजस्ता देखिने प्रसंग हुन् । यसले उपन्यासको रोचकतामा अभिवृद्धि गरेको छ ।
"लू" को शैलीलाई "कोरल नोभेल" भनिदो रहेछ । धेरैवटा सूत्रधारले कथानक अघि बढाउने । अनि माओवादी विद्रोहको पटक्कै चर्चा नगरिएकाले गाउँलेहरूको क्षेत्रीय तथा तात्कालिक महत्त्वको विषयलाई उपन्यासमा जोड दिइएको हो भन्ने लाग्छ ।
उपन्यासको प्रथम वाक्य "इलैया मर्यो !", रेडियोलालले आरम्भमै सारा सस्पेन्स खोलिदियो । र, कहानी शुरू गर्यो ।" यो महाभारतको शैली हो । युद्धको वर्णन गर्दा संजयले धृतराष्ट्रलाई "द्रोण वा अन्य कुनै योद्धा बित्नुभो" भनेर सुरु गर्छन् र कसरी बित्नुभो त्यसपछि भन्छन् । यो उपन्यासले महाभारतीय शैली अपनाएकोले पनि गजबको बन्न पुगेको छ । महाभारतको झैँ यहाँ बहुआयामी पात्रहरूको बाहुल्य छ ।
समग्रमा भन्दा यो एउटा पढ्नैपर्ने उपन्यास हो र नेपाली साहित्यमा यसको आगमनलाई एउटा सुखद घटनाका रूपमा मैले बुझेको छु ।
This novel had contained so many things: humor, politics, religion, culture, love triangle, inter-religious marriage, economic struggles, draught, and above all the livelihood of terai, specific to 'Indian Border'. All the characters were well created and justified in the description. I guess the main character described here was 'Elaiya' then there was a love triangle between him, 'Nusrat', and 'Karim'. The struggles and difficulties each of the characters had to bear and was referred to as hot-humid air, 'lu' was simply a perfect title for the novel. At the end, when 'muchhauri panditni' and 'tute pandit' took a stand and helped those Muslims were really adorable. A must-read Nepali novel.
It will always fall on my favourites. I wouldn't hesitate to say that this is one of the finest novels written in simple language.
I really liked the writers approach of storytelling where in each chapter the character of the story continues the plot.
In synopsis, this book is about how love for someone changes a bad person into good one and on the contrary how vengeance of betrayal destroys everything.
My personal thought is that the book deviated from the topic and the story continues with unnecessary characters and stories. The book tries to be comic and serious but couldn't maintain the balance. It could have been better.
नयनराज पाण्डेले नेपालमै भएर पनि र नेपाली मातृभूमि प्रति उतिकै प्रेम भएका तर कतै हामीले बिर्सिएका र न-नेपली सोचेका सिमान्कृत भारतीय सिमाना नजिकै, गरिवी र दुख भोगेका, अपहेलित भएर बसेका मदेशी समुदायको जीवनको सार्है नै राम्रो चित्रण गरेका छन् |
मलाई टुटे पण्डितको अन्तिम चिट्ठीले छोयो | उसले लेखे अनुसार "बडा दुक्ख और पीडाको साथ भन्नुपरिरहेको छ गाउँ र ठाउँ उही भए पनि अब हाम्रो पता ठेगाना चाहिँ बदलिएको छ ....ग्राम:पत्थरपुरवा, उत्तर प्रदेश, भारत"
र यही टुटे पण्डितको अन्तिम चिट्ठीले समग्रमा नयनराज पाण्डेले यस कितावबाट उठाउन खोजेको मुद्दा साथै सिमानामा बसेका हाम्रा नेपाली दाजु भाई दिदीबहिनीका कशमकश र पीड़ालाई प्रस्ट परेकोछ |
Lu is a tale about hardship and troubles faced by people residing on the boarder of Nepal who share most of their identities with their counterparts on the other side and are equally exploited from both sides . Even the Earth and its weather do no listen to them but keep on adding other misfortunes . They have nobody to ask for and nowhere to complain for so hope becomes their only friend for eternity . Author has tried to add humour and amusing anecdotes of the characters childhood and involved variety of characters to make this novel like a sitcom story. Easy fast read and proper usuage of time.
This book gives a voice to so many issues from land encroachment to social issues. But I think it is also presents a glimpse of the threat that is climate change with the advent of heat waves ravaging southern belts of Nepal. The book is very interesting and especially the last bits on religious violence is a page turner. I wish this was all fictional but unfortunately it is a character study on events that has occurred.
नयन राज पाण्डे को उलार लगत्तै लू पढी भ्याएँ, गजबको लाग्यो। पश्चिमी तराई को बासिन्दाले सीमा वारी र सीमा पारी बाट आउने दुःखको सामना कसरी गर्छन्, आख्यानकार ले भाषाको जादूबाट पोखेका छन्। पढ्न शुरू गरेपछि नसकुनजेल छोड्न मन नलाग्ने हुने गरी बाँध्न लेखक नीकै सफल देखिन्छन्। यो एउटा पढ्नै पर्ने कृति हो, तर यो भन्दा अघि एउटा एकदम छोटो र मीठो उपन्यास उलार पढेको राम्रो।
साहित्यकारको आफ्नो आफ्नो स्वाद हुन्छ । विशेषत नयनराज पाण्डेको साहित्यको घेरा मध्य र पश्चिम मधेस रहने गरेको देखिन्छ । उनको उपन्यास उलार देखि घामकिरि सम्म आइपुग्दा मैले पाएको स्वाद यहि हो । (सल्लीपिर पढेको छैन) भर्खरै मात्र मैले लु को पठन सकाँए । लु घामकिरि भन्दा अगाडिको कृति हो सायद तर पठनमा घामकिरि भन्दा पछि हुन गयो ।
लु का पात्र मधेषबाट झिकिएका छन । कथा मधेसकै छ । हुनत मलाइ मधेष भनेको भौगोलिक शब्द हो या सामुदाय त्यो नै स्पष्ट थाहा छैन । नेपालमा बस्न नेपाली, शहरमा बस्ने शहरी, रोल्पामा बस्ने रोल्पाली जस्तै मधेषमा बस्ने मधेषि हुनु पर्ने हो । यो बुझाइले मधेष एक भुगोल हो र यहाँ बस्ने मधेषि हुनु पर्नी हो तर किन हो मधेषी हो कि होइन भन्ने कुराको लागि यहाँ थर नै स्पष्ट किटानी हुनु पर्ने । सापकोटा, पराजुली थर भएकालाइ मधेषि कसले मान्ला चाहे उनीहरु नेपालगंजमै किन नवसुन?
जे होस मेरो बुझाइ जस्तो होस ,नयनराज पाण्डेको लु नेपालको तराइ/मधेस क्षेत्र भित्र बसोबास गर्नेको कथा हो भन्न हिच्किचाउनु पर्दैन । यो उपन्यासको सेटिङ नेपालगंज र आसपासको क्षेत्र छ । यो मेरा लागि केहि चाखलाग्दो विषय हो किनभने म त्यो ठाँउमा रोजगारिको सिलसिलामा करिव १ बर्ष जति बसेको छु । उपन्यासमा आफुले विताएका चिनीएका २/४ ठाँउको बर्णन पढ्दा आनन्द आउछनी । रुपैडिया, विपी चोक, जमुनिहा, कारकाँदो, सुर्खेत रोड आदि मैले पनि छोटै समयको लागि भए पनि हाँसखेल गरेको ठाँउ हो । मज्जा लाग्छ ति दिन सम्झँदा,लु ले पनि मेरो नेपालगंज कोलाजलाइ व्युताइदियो ।
मधेषवासिहरुलाइ नेपालको सिमा रक्षकको रुपमा लिइन्छ । नेपालको अस्मिता रक्षाको लागि उनीहरुले निकै दुख खप्छन। काठ्माण्डौबाट सन्धी त भइ नै गयो विना भिषा खुल्ला आवत जावत गर्न सकिने भनेर तर यसको असर शताब्दियौ देखि मधेसका जनताले खेपि रहेका छन। अझै खेप्लान। सिमानाका नेपाली जनता आफ्नो पहिचान संकटबाट गुज्रीएका छन। न नेपाललीले आफ्नो ठाँन्छ न भारतीयले आफ्ना ठाँन्छन। उनीहरुको यहि संकटलाइ लु ले उजागर गरिदिएको छ।म नेपालगंज बस्दा त्यहाँ लोडसेडिङ हुन्थेन । हुन त अहिले नेपाल भरि नै लोडसेडिङ छैन तर पनि भन्न लायक त्यो बेलाको एउटा प्रसंग छ । नेपालगंजमा भारतीय प्रसारणलाइन थियो जहाँबाट विना रोकतोक विजुली आउँथ्यो । दैनिक १ घण्टामात्र लोडसेडिङ हुन्थ्यो जवकि अन्य पहाडि भागमा १८ घण्टा हुन्थ्यो । सामानहरु सिमापारमै सस्तो पाउथ्यो । सर्वसुलभ सस्तो । रोजगारिको लागि पनि सिमापार नै राम्रो ।यो हिसावले सिमापारका जनताले आफ्नो भुमि भन्दा सिमापारमै बढि आवतजावत हुन्थ्यो । काठमाण्डौ र दिल्ली बराबर जस्तै होला सायद त्यहाँबाट । यस कारण पनि सिमाका नेपाली जनताले नेपाल सरकार प्रति अपनत्व कम महसुस गर्दछन। मैले यो अनुभव गरेकै विषय हो । उपन्यासका पात्र बजरंगिले भारतिय प्रहरि अपरपालसँग दोस्ती बढाउन खोज्नु र बढेको दोस्तीमा गर्भ गर्नु पनि यसै मनोविज्ञानको उदाहरण हो । उपन्यासको सबै पात्र कुनै न कुनै रुपले भारतीय सिमा सुरक्षा बलको हेपाइ र दवाइमा छन तर उनीहरु मध्ये नेपाली प्रसासनको सहयोगको अपेक्षा कसैले गर्दैनन किनकि यस्तै छ यहाँको चलन। बरु दुवै देशका प्रहरि मिलेर चै भकर्नु भकुर्छन। देश धनी र सशक्त हुँदो हो त यसो हुन्थेन। विश्वका ठुला मुलुकहरु आफ्नो नागरिकले विदेशिहरुबाट कुनै अप्ठेरोमा परेको थाहा पाउँदा निकै कुटनिति प्रयोग गरेर जोगाउँछन तर अहिले सम्म कसैको गुलाम नभएको देश, सार्वभौम र राजकिय शक्ति जनतामा रहेको देश, अंग्रेज फौजलाइ आफ्नो भुमिबाट लखेटेको देशको हालत अहिले यस्तो छ । लु पढ्दा साँचै हाम्रो त्यो विरता र त्यो गौरवतामाथि संका गर्न र प्रश्न गर्न मन लाग्छ ।
उपन्यासको उत्तरार्धतिर नेपालगंजमा भड्केको धार्मिक हिंसा उल्लेख छ । पहिलो संविधान सभाको अवसानको बेला यस्तै भएको थियो भन्ने सुनेको थिए । तर पुस्तकमा चर्चा भएको काण्ड त्यहि थियो या थिएन म यकिन गर्न सक्दिन । तसलिमा नसरिनको उपन्यास लज्जा हिन्दु मुसलमान दंगामा आधारित रहेर लेखिएको थियो । त्यहि याद आयो तर नेपालमा सायद बाबरि मस्जिद र राम मन्दिर सरहको रुप नलिएको हुनु पर्छ । प्रेम, तराइ मधेषको विकृति विसंगति ,त्यहाँका नेताहरु कसरि सिमापारका गुण्डा नाइके सँग संगत गरेर फाइदा लुट्छन , नेपाल सरकारको त्यहाँ उपस्थिति कस्तो छ ,जनताले के कसरि अपनत्व गर्छन आफ्नो सरकार प्रति सब उठान गरिएको छ। आशा छ मधेस पहाडको हार्मोनी सधै रहनेछ । लु ले काल्पनिक कथा भन्नु भन्दा यथार्थपरक चित्रणलाइ समेटेको छ । मधेसको गर्मि, त्यहाँको शैक्षिक स्तर, सामाजिक सांस्कृतिक विकास, आर्थिक जिवन यापन, पहाड-मधेस सम्बन्ध बारे लुबाट धेरै कुरा थाहा पाउन सकिन्छ। कल्पनाशिलताको अत्यधिक प्रयोग र साहित्यको माधुर्यताको अपेक्षा भन्दा धाराप्रवाहरुपमा परिस्थितिको बर्णन नै लुको एक विशेषता हो । कथामा शिलशिलेवार छैन.,यो पछि के होला के होला भन्ने खालको रहस्यमयी उपन्यास पनि हैन तर पढुन्जेल छाडिहाल्न चै सक्दैन यो पुस्तक । म नयनराज पाण्डेको उपन्यासको नियमित पाठक पनि हो । लगभग सबै उपन्यासमा फ्लेवर एकै रहेको पाइन्छ , अव त शिर्षक हेरेरै यस्तो लेखेको छ भन्ने पनि पुर्वानुमान गर्न सकिने भइ सक्यो । अव कि फरक विषय र फरक पृष्ठभुमिको कथा वा उहि कथालाइ फरक प्रस्तुती दिन पनि म लेखकलाइ अनुरोध गर्दछु ।
Beautiful. Never thought that ending would be so beautiful. As I was finishing the novel, the change in behavior of all the characters hit me hard. The characters I hated in the beginning because of their behavior changed, and now I love them. Also, I think the author has given a beautiful character named Ilaiya. All the chapters include Ilaiya in some form which allows others to hate him. And the action that he took, in the end, is what I think a beautiful ending. Things start slowly and the character-building process is slow in the beginning. After the end of 1st half, things start to get a little fuzzy as there is the entrance of some new characters. These characters give some spice to the novel, which I think is important for the development of existing characters. Overall, I loved the novel very much.
This book gives a voice to so many issues from land encroachment to social issues. But I think it is also presents a glimpse of the threat that is climate change with the advent of heat waves ravaging southern belts of Nepal. The book is very interesting and especially the last bits on religious violence is a page turner. I wish this was all fictional but unfortunately it is a character study on events that has occurred.
Indian Encroachment in the Nepali Border has been taught to us right from our school days. This book talks about the same issue primarily. Based on a small village in Nepal India border later encroaches by India, the book gives you an insight on how lives of people are in the border villages, their social constraints, religious and caste based conflicts and the issue of border encroachment. An interesting read, absolute page Turner with power forcing you to have visual imagination.
Wow! is all I can say. The writer has done a wonderful job portraying the everyday life and hardships faced by the people living in the particular region of the country. Full of humor, sadness and sometimes aggravating but all in all very enjoyable read.
The story seems fine but the writer hasn’t presented with new concept. Its another social novel deplicting sorrow. In a brighter side the flow of the story is good and keeps the reader engaged. But at times there is exaggeration of a single point sth like repetition. Worth a read
the book uses mixed Hindi-Nepali dialect & used humor to keep the reader engaged. Also, the ending is sooo good. it shows the power of good and non-violence and different people's perspectives about a subject matter.
लु मा नयनराज पाण्डे ले एकदमै मर्मस्पर्शी र धेरै विषयका कुराहरू प्रस्तुत गरेका छन्। उपन्यास को अन्त त्यसरी हुन्छ भनेर शायद कमै मान्छेले मात्र सोच्न सक्छन्। एक उत्कृष्ट उपन्यास।
नयन राज पाण्डे द्वारा लिखित लू नेपालको सिमानामा रहेका दुखी नेपालीको कथा हो। उपन्यासमा गरिबी छ, हिन्दू मुसलमानको तिक्तता छ, प्रेम छ, युवा जोश छ, सीमामा भारतको राजनीति छ। उपन्यास राम्रो र पठनीय छ।
नयनराज पाण्डेकाे उपन्यास " लू " एउटा पृथक विषयकाे उठान गरिएकाे उत्कृष्ट कृति हाे । नेपालकाे एउटा वास्तविक र संवेदनशील पक्षलाई उजागर गरिएकाे छ । तराई तथा सीमावर्ती क्षेत्रका व्यक्तिहरूकाे जिवनयापन, कष्ट र समस्याहरूलाई सजिव रूपमा प्रस्तुत गरिएकाे छ । विभिन्न सामाजिक व्यवहार, सहयाेग, भाईचारा र अापसी सद्भावकाे उत्कृष्ट उदाहरण पनि देख्न सकिन्छ । विभिन्न पात्रहरूकाे सबल भूमीका प्रस्तुत गरिएकाे छ । बाहिरी देखावटीपन भन्दा खुला र विशाल हृदयले अरूकाे समस्यामा सहयाेग गर्नु नै ठूलाे कुरा हाे भन्ने सन्देश दिईएकाे छ ।उक्त स्थानकाे सजिव चित्रण, स्थानीय बाेलीचालीकाे भाषाकाे प्रयाेग तथा सूक्ष्म व्यवहारिक विश्लेषणले अझ सशक्त बनाएकाे छ । समग्रमा एउटा सामाजिक समस्या वा नियति र त्यसै बीचकाे हार्दिकता र सहयाेगी व्यवहार देख्न सकिन्छ ।