"लिखे" मलाई एकदमै मनपरेको उपन्यास थियो। त्यो पढें लगत्तै मलाई त्यसको दोस्रो भाग "तपन" पढ्ने हुटहुटीले गिजोल्न थाल्यो। खोजेर बल्ल बल्ल पाएँ अनि पढ्न शुरू गरें।
लिखे जस्तै तपन, जातीय उत्पीडन, छुवाछुत, जन आन्दोलन र प्रेमलाई पृष्ठभूमि बनाएर लेखिएको उपन्यास हो। लिखे अनि तपनको विशेषता भन्नु नै डिटेलिङ र भाषाको मीठास हो।
लिखे जहाँ सकिन्छ, त्यहीँबाट तपन शुरू हुन्छ।
जन आन्दोलन, जातिय विभेद र उत्पीडनलाई पृष्ठभूमि बनाएर लेखिएको उपन्यासहरू मध्य लिखे र तपन सबभन्दा उम्दा उपन्यास हुन्।
मलाई तपन ४१९ पेजको भएर हल्का लामो भएको जस्तो लाग्यो, नत्र यस्ता उपन्यासहरू पढ्ने मौका एकदम कम पाइन्छ।