Jump to ratings and reviews
Rate this book

पैताला [Paitala]

Rate this book
एक तान्त्रिक कथा-विधान, जसले तपाईंलाई पुर्याउनेछ रहस्यमयी कथा-लोकका आदिम अक्केराहरुमा अनि भेटाउनेछ, कथा-कानुनले बेरिएका परालौकिक पात्रहरु !

363 pages, Paperback

Published April 1, 2017

Loading...
Loading...

About the author

Ganess Paudel

2 books11 followers
Ganess Paudel (Nepali: गनेस पौडेल) is a contemporary Nepali writer, translator, and columnist known for his crisp prose and thoughtful engagement with Nepali society. He studied English Literature at Tribhuvan University and later earned an MBA from Pokhara University. Before venturing fully into writing, Paudel taught in various schools, experiences that quietly shape the emotional depth of his work.

Paudel’s debut novel Paitala established him as a distinctive new voice in modern Nepali fiction. As a translator, he has brought global literature to Nepali readers, most notably through his Nepali translation of John Steinbeck’s Of Mice and Men, published as Musa Manus. His next novel, Dejavu, is currently in the works.

He regularly contributes columns to leading Nepali newspapers, magazines, and journals.
You can connect with him on Facebook at facebook.com/ganesspaudel, or visit his official website ganesspaudel.com.np.

Ratings & Reviews

What do you think?
Rate this book

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
13 (28%)
4 stars
19 (42%)
3 stars
11 (24%)
2 stars
1 (2%)
1 star
1 (2%)
Displaying 1 - 10 of 10 reviews
Profile Image for Anup Joshi.
99 reviews14 followers
August 19, 2017
उपन्यासको पहिलो पन्नाबाटै कथा रोचक तरिकाले अगाडि बढ्छ । गनेसको यो पहिलो उपन्यास भए पनि भाषाशैली र लेखन हेर्दा उनमा धेरै परिपक्कता देखिन्छ । पाठकलाई लेखकले आफ्नो छुट्टै संसारमा लैजान्छन् । कहिले कथाको पछिपछि कहिले अघिअघि अगाडि बढिरहन मन लाग्छ ।
पहिलो पुस्तकमै औधी पिरिम बस्यो यी लेखकसँग ! जीवनलाई यिनले निकै सरल र रोचक तरिकाले प्रस्तुत गर्छन् कि बाँच्ने बडो सोख पलाएर आउँछ । आफ्नै पैतालाको बोध हुन्छ । कुन दिशामा उन्मुख हुँदै छ मेरो पैताला ?
परम्परागत नपाली लेखनबाट वाक्कदिक्क भइसकेको अवस्थामा यस्तो नविनतम शैलीमा उपन्यास आएको छ । पछिल्लोसमय नेपाली साहित्य बजार खस्कियो भनेर झोक्राउने पाठककालाई ठूलो 'रिलिफ' हुनसक्छ पैताला ।
सम्पादनको कार्य पनि निकै कुशलतापूर्वक सम्पन्न भएको छ ।
उपन्यास पढ्दै गर्दा मलाई भने Haruki Murakami को The Wind-Up Bird Chronicle झल्को आयो उपन्यासैभरि ! त्यत्सै Salman Rushdie को Khalifa Brothers सिक्वेलको पनि बारम्बार झल्को आइरह्यो ! पैताला लेख्दै गर्दा लेखक मुराकामीबाट अलिअलि प्रभावित त पक्कै भएको हुनुपर्छ जस्तो मेरो अनुमान छ !
अत: पैताला मलाई निकै मन पर्यो ! फन्टासी र म्याजिक रियालिजम विधा मनपर्ने पाठकले छुटाउनै नहुने किताब भन्न चाहन्छु !
Profile Image for Sundar  Parajuli.
102 reviews8 followers
May 20, 2026
पैताला नेपाली साहित्यमा आएको एउटा दुर्लभ, साहसिक र शैलीगत रूपमा अत्यन्तै फरक कृति हो। गनेस पौडेलले पूर्वीय तन्त्र विधा र दर्शनलाई स्वैरकाल्पनिक (Fantasy) शैलीमा प्रस्तुत गरेर गज्जबको उपन्यास पस्किएका छन्।

नेपाली साहित्यमा प्रायः सामाजिक यथार्थवाद, प्रेम, राजनीतिक संक्रमण वा पारिवारिक संघर्षका कथाहरू नै केन्द्रमा रहने गरेका छन्। तर ‘पैताला’ ती सबैभन्दा पृथक उभिन्छ। यसले पूर्वीय तन्त्र दर्शन, मन्त्र र ‘यन्त्र’ लाई स्वैरकाल्पनिक (Fantasy) शैलीसँग गाँसेर नेपाली साहित्यमा निकै कम प्रयोग गरिएको रहस्यमयी आख्यान निर्माण गरेको छ। जहाँ तन्त्र भनेको विधि, मन्त्र भनेको शब्द र यन्त्र भनेको ज्यामिति वा माध्यम हो।

मुख्य पात्र ‘जोस्मणि’ को यात्रा बाहिरी संसारको यात्रा मात्र होइन, आत्मा र चेतनाको तहभित्र गरिने आध्यात्मिक यात्राजस्तो अनुभूति हुन्छ। लेखकले मानव शरीरका चक्र, मृत्युको रहस्य, तान्त्रिक साधना र अस्तित्वको प्रश्नलाई काल्पनिक परिवेशभित्र राखेर अत्यन्त प्रतीकात्मक ढंगले प्रस्तुत गरेका छन्। यस क्रममा उपन्यासले पाठकलाई कहिले रहस्यवाद (Mysticism) त कहिले दार्शनिक विमर्शतर्फ डोर्‍याउँछ।

उपन्यास पढ्दा कतैकतै जादुई यथार्थवाद (Magical Realism) र फ्यान्टासीको प्रभावशाली मिश्रण महसुस हुन्छ। वास्तविकता र अलौकिकताको सीमारेखा बारम्बार धमिलो बन्छ, जसले कथालाई अझ सम्मोहक बनाउँछ। लेखकले सिर्जना गरेको संसार पूर्ण रूपमा काल्पनिक भए पनि त्यसभित्र उठाइएका प्रश्नहरू अत्यन्त मानवीय र दार्शनिक छन्।

नेपाली आख्यानमा केही नौलो, गहिरो र परम्पराभन्दा बाहिरको साहित्य पढ्न चाहने पाठकका लागि ‘पैताला’ एक अविस्मरणीय अनुभव बन्न सक्छ।
Profile Image for Manozz Regmi.
2 reviews
January 2, 2021
पैताला पढेर सकें। यो किताब पढिसक्दा मनमा धेरै प्रश्नहरु उब्जे। पढ्दै जाँदा कति प्रश्नको उत्तर भेटें, कति भेटिनँ। यो किताब पढ्दै गर्दा एउटा साह्रै मन परेको कुरा भनेको यसमा मुख्य पात्र, जोसमणिले गरेको यात्राको क्रममा बयान गरिएका नेपालका तराई तथा हिमालका बिभिन्न ठाँउहरु हुन्। के यो सब ठाँउ लेखकले घुमेकै हुन्? के कल्पनाशिलतामा घुम्दै नघुमेको ठाँउको बारेमा यस्तो बिस्तृत बिवरण निकाल्न सक्ने शक्ति हुन्छ? यस्ता प्रश्न उब्जिएका थिए। किताबको पुछारमा लेखकले त्यो प्रश्नहरुको उत्तर भने दिएका छन्।

कथाकार र न्यारेटर बिचमा सृजना गरिएको संबाद र उनिहरु बिचको सल्लाह पश्चात पात्रहरुलाई दिइएको भूमिकाको शिलशिला पढ्न साह्रै रोचक लाग्यो।
तर, अन्त्य मैले सोचेको जस्तो थिएन। अन्त्यमा पाठकलाई एउटा यस्तो संसारमा लगेर छोडिदिन्छन् कि त्यहाँ पाठक आफैले अनेक कुराको कल्पना गर्न सक्छन्।
जे होस्, बोलीचालीका ठेट नेपाली लवजहरु पढ्न मजा लाग्यो।
यस्मा प्रयोग भएका यौनिक बिम्बहरु, अलौकिक संसारको शयर, भिभिड इमेजरी, पात्रहरुमा गरिएको प्रयोग, शून्यबादको छनक र विमिथिकरण आदी मलाई मन परेका पक्षहरु हुन्।
स्यामूयल बेकेटको "वेटिंग फर गोदो" र "इन्टु दि वाइल्ड"को क्रिस्टोफर म्याकन्डलस्को प्रसंग मलाई लेख्न मन लागेको तर ढंग नपुगेर नलेखेको प्रंसग यसै किताबमा देख्दा आश्चर्य लागेको थियो एक ठाँउमा।यति बेला एमएको कोर्समा कतै पढेको Sense of belatedness सम्झिएँ।
अन्त्य बुझ्न सकिन कि, मेरो इच्छा अनुसार अन्त्य नभएकाले खल्लो लागेको हो त्यो मलाई थाहा भएन। यद्धपी अन्त्यमा लेखक चुकेकै हुन् भन्ने निष्कर्ष निकालेर किताब बन्द गरें।
किताब पठनको दौरान मलाई हरेक क्षण एउटा यात्रामा निस्केको अनुभूति भइरह्यो। जे होस्, गज्जबको छ यो पुस्तक। पढौं है!
Profile Image for Niel .
129 reviews
March 12, 2021
किताब धेरै राम्रो छ तर पटक्कै मन परेन ।
Profile Image for Nascent.
109 reviews2 followers
Read
January 21, 2021
Kumar Nagarkoti ले किन गनेस पौडेल लाई “गनेस पैताला पौडेल” भन्ने गर्छन् ? आज यस प्रश्नको उत्तर नसोधेर थाहा पाए ।


***

वास्तवमा जीवनमा महत्पूर्ण प्रश्न हरु तिनै हुन्, जसको उत्तर मान्छेलाई थाहा छैन ।

वास्तवमा सृष्टिका महत्पूर्ण प्रश्नहरू तिनै हुन्, जसको उत्तर हुँदैन ।

डरको प्रमुख कारण अज्ञानता हो रहेछ । आकस्मिकता हो रहेछ । अविश्वनियता हो रहेछ । शायद, भविष्यको अनिश्चितता रहेसम्म मान्छे डराइरहनेछ । थरथर कापिरहनेछ ।

के ननिदाईकानै निन्द्रा पुर्याउन सम्भव छ ।

पर्खाइजस्तो अत्यासलाग्दो काम एकान्तमै गर्न सजिलो हुन्छ । भीडमा बसेर कसैलाई कुर्दाकुर्दै आफैँ हराउन पुगेका धेरै मान्छे देखेको छु मैले ।

मान्छेको जात जिन्दगीभर “जिन्दगी के हो ?” भनेर भौतारीरहन्छ । एकदिन थाहा हुँदो रहेछ, सम्झना नै मान्छेको जिन्दगी हो । सम्झनाका लागि केही गतिलो कुरा नभएको मान्छेको जिन्दगी, अझै जिन्दगी हुन बाँकी नै हुन्छ । जति गतिला सम्झनाका किस्साहरु बन्छन्, उति गतिलो जिन्दगी बन्दै जान्छ ।

नाम मात्रैको नेपाली थरले क्यार्नु सर ? समाजले पशुको जस्तो व्यवहार गर्छ ।

घनघोर अँध्यारोमा चट्याङले पनि बाटो देखाउँछ ।

फूलको बास्नाको एलर्जी छ मलाई ।

हरेक मान्छेले जीवनमा केही न केही गल्ती गरेकै हुन्छ । कसैले गल्ती लुकाउन सक्छन् र समाजमा सज्जन करार हुन्छन् । कसैले गल्ती लुकाउन सक्दैनन् अनि उनीहरू खराब करार हुन्छन् ।

मान्छेको सफलता, मान्छेको परिचय, उसले देखाएको क्षमताबाट जति निर्धारण हुन्छ, उसले लुकाउन सकेको कुरुप्तबाट पनि त्यति नै निर्धारित हुन्छ । इमान्दारी नामको बजारमा आफूलाई जति लुकाउन सक्यो, उति सफल हुने सम्भावना ज्यादा हुन्छ ।

चियाको त बाफ उठ्छ र सेलाउँछ । मनको बाफ भए पो उडेर सेलाउँथ्यो ?

•••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••

हामी पाइतला हौं
केवल पाइतला
र फगत पाइतला
पाइतला : जसको भरमा शरीर उभिन्छ
पाइतला : जसको आधारमा शरीर हिँड्छ
पाइतला : जसको भरोसामा शरीर दगुर्छ
पाइतला : तर जो भन्ठान्छ कि
शरीरले कृपा गरेर उसलाई पालिरहेछ
दया गरेर उसलाई सँग-संगै हिँडाइरहेछ
मक्ख पर्छ शरीरको महानतामाथि
र सधैं सम्पूर्ण शरीरको भार सहन्छ
सधैं शरीरको सबभन्दा तल रहन्छ
कहिल्यै शिर उचालेर माथि हेर्दैन
सधैं-सधैं नतमस्तक रहन्छ

हामी पाइतला हौं
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो निधारले टीका थाप्छ,
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो घाँटीले माला लाउँछ
हामी दौडमा प्रथम हुन्छौं र
हाम्रो छातीले तक्मा टास्छ
हाम्रो टीका थाप्ने निधार अर्कै छ
हाम्रो माला लाउने घाँटी अर्कै छ
हाम्रो तक्मा टाँस्ने छाती अर्कै छ,
हामी त फगत कसैको इशारामा
टेक्ने, हिँड्ने र दगुर्ने पाइतला हौं
केवल पाइतला
र फगत पाइतला।

— भूपी शेरचन
Profile Image for Shiva Sankalpa.
26 reviews2 followers
January 15, 2021

‘‘के तिमीलाई मिथिलाको ठकवक तन्त्रको बारेमा थाहा थियो ? जनकपुरका सरोवरहरू, गुल्मी र मुस्ताङ र डोल्पाका विकट गाउँहरू अनि नेपालगञ्जका मस्जिदहरूका नाम के के हुन् ? याद गरेका थियौ ? लोमान्थाङ गाउँमा गएर झोपाको दुध र साम्पा खाएका थियौ ? रुमीका कविता र सूफी दर्शनबारे खोजेका थियौ ? निर्गुण भजन गाउने सिद्ध शशिधरका चेलाहरूका बारेमा सुनेका थियौ ? के मुन्धुमभित्र के छ कहिल्यै घोरिएका थियौ तिमी ? मुजिङ्ना खेयङ्ना को हुन् ? चिनेका थियौ? विज्ञान भैरव तन्त्र के हो र षट्चक्र भेदनको रहस्य के हो त्यो जान्न कहिल्यै प्रेरित भएका थियौ ? ‘मान्छेको उमेर ढल्किन (परिपक्व हुन) मात्रै यौटा संसर्ग काफी हुन्छ मित्र’ र यो ‘पैताला’को संसर्ग पनि त्यस्तै हो । यो पुस्तक पढ्यौ र यसका प्रसङ्गलाई पुनः अनुसन्धान गर्यौ भने जीवन र जगत्को बारेमा धेरै बुझ्नेछौ ।’’
पूरा समीक्षाका लागि तलकाे लिङ्कमा जानुहाेस् ।
https://www.shivasankalpa.com/2017/05...
Profile Image for Sabin Chhetri.
178 reviews7 followers
July 24, 2024
This novel can be considered an extraordinary work, especially given its unique genre. There may be only one or two other novels written in this genre, and even those are rare.

Reading this fantasy and mystery novel from beginning to end keeps you curious about what will happen next. What doesn't it have? It encompasses everything from the story of the war between gods and demons to tales of tantra, mantra, and mystery. It includes stories from ancient times as well as from the present.

In the war between gods and demons, we have previously heard the tale of how the demon guru Shukracharya revived dead demons using the Sanjeevani knowledge. This novel revolves around that very Sanjeevani knowledge.

However, what bothered me is that many things are left unanswered. Ending could have been better.

Perhaps the author is planning a sequel to this novel.

Overall, it felt thrilling.
Displaying 1 - 10 of 10 reviews