आफूसित गाँसिएका स्मृतिलाई शब्दमा उतार्ने बुद्धिसागरको शैली मनमोहक छ । पुस्तक उसले दिएको उमेरमा पनि बुद्धिसागरका स्मृति पढ्दा पाठक आफ्ना पूर्वस्मृतिसम्म पुग्नेछन्– जहाँ उनीहरू नपुगेको धेरै समय भइसकेको हुन सक्छ ।
एउटा मानिस यत्तिकै उमेरका खुट्किला उक्लिँदैन । उसले अनेक तीतामीठा घटनाका जङ्घार तर्नुपर्ने हुन्छ । यस पुस्तकमा पनि त्यस्तै जङ्घार छन्, जो सबै मानिससित गाँसिन्छन् । लेखकले लेखेकै छन् कतै- साइकिल सिक्दा गोडामा लागेका खत अझै छन् । सोच्छु– हरेक सिकाइका खत कहीँकतै रहिरहन्छन् । कुनै देखिन्छन्, कुनै देखिँदैनन् ।
यी स्मृति मात्र होइनन्, लेखकले सुनाउन चाहेका खतहरू हुन् ।
Buddhisagar (Nepali: बुद्धिसागर; born 2 June 1981) is a Nepali writer. He is best known for his novel Karnali Blues and Phirphire.
Buddhisagar was born in Matera, a place in Kailali district of Nepal. Later his family moved to Katase Bazzar and finally Kalikot district. His debut and most popular novel Karnali Blues is also set in these locations. He was passionate about writing from early age. From a very early age, his poems were played on radios. He moved for Kathmandu after passing his School Level. On moving to Kathmandu, he studied journalism at RR Campus. He was a journalist of Naya Patrika and Nagarik News before he set his career as a full-time writer.
'कर्नाली ब्लुज' बाट बुद्धिसागरले मलाई मोहनी लगाउनुभयो। 'स्वर्ग बंक' को तीनवटै शृङ्खला मैले जम्मा गरेँ। मलाई थाहा भयो, बुद्धिसागरका लेखहरू नागरिक दैनिकको शनिवारीय-विशेष 'अक्षर' मा छापिन्छ। साथीले घरबाट फर्किंदा भेटेसम्मको 'अक्षर' ल्याइदिने भयो। 'पिता', 'हुस गुरु', 'प्रिय लेखक, अटोग्राफ प्लिज!', 'उल्लु र उल्लिकाको प्रेमकथा', 'स्वप्न धावक', र 'स्वप्न निर्माता', तिनै 'अक्षर' हरूको चाङमा भेटिए। ... स्कुल सकियो। स्कुलसँगै कर्नाली ब्लुज पनि अलप भयो। एउटालाई पढ्न दिएको थिएँ। उसले 'मैले यसलाई दे'को छु' भन्यो। अर्कोले 'मैले यसलाई दे'को थेँ' भन्यो। यसरी त एउटा लामै लिस्ट तयार भयो! आखिरमा किताब न यसले दियो, न उसले। धेरै पछिसम्म मैले नयाँ प्रति किन्ने जाँगर पनि चलाइनँ। बुद्धिसागरको नयाँ पुस्तक पनि आइसकेको थिएन। उहाँलाई पढ्ने मेरो रहर साथीले ल्याइदिएको तिनै 'अक्षर' का टुक्राहरूले मेट्थे। एकदिन दाइले ती टुक्राहरू पढ्न माग्नुभयो, फिर्ता गर्ने वचनसहित। साहित्यमा दाइको पनि लगाब थियो। मैले दिएँ। फिर्ता आएन। ... इन्टरनेट सुलभ हुँदै थियो। हामी युट्युब र सामाजिक सञ्जालको जन्जालमा अल्झिदै गयौँ। इन्टरनेटले अनेकौं सम्भावनाको ढोका खोलेको थियो। म 'साहित्य सङ्गग्रहालय' र 'नागरिक न्युज' मा हराउन थालेँ। सर्च बक्समा 'बुद्धिसागर' लेखेर पठाउँदा थुप्रै नतिजाहरू फिर्ता आउँथे। मलाई त खजानै भेटेजस्तो भयो। एकएक गर्दै मैले भेटेजति लेखहरू माइक्रोसफ्ट वर्डमा कपि-पेस्ट-सेभ गर्दै गएँ। 'जमुनाको रूख', 'मेरो पट्टु', 'यो रेडियो नेपाल हो', 'दोस्रो प्रेम', 'मैले भगवान् देखेँ', 'घोडाझैँ उफ्रने जिप', 'धन्नै मरिगएको', ... त्यो लोडसेडिङको बेला थियो। बत्ती जानासाथ घरमा बुद्धिसागरका शब्दहरू गुन्जिन्थे। म भट्याउथेँ। बाँकी सुन्थे। नसुनेर धर पनि थिएन। मेरो चाहना थियोे, ती सारा लेखहरू प्रिन्ट निकालेर बाइन्डिङ गरेर राख्ने। हिसाब पनि क्लियर थियो, पाँच सय रुपैयाँ लाग्छ। पैसा मैले छुट्याइसकेको थिएँ। एकदिन पाँच सय हरायो। त्यसपछि जाँगर पनि चलेन। फेरि, इन्टरनेटमा अल्मलिनका लागि अरू कुराहरू पनि आइसकेका थिए। ... 'उसले दिएको उमेर' विभिन्न पत्रपत्रिकामा पहिल्यै छापिएको बुद्धिसागरका स्मृतिहरूको संयुक्त रूप हो। ती पुराना स्मृतिहरूमा कति शब्दहरू थपिएका छन्, कति झिकिएका पनि छन्। समयानुकूल विभाजित गर्न खोजियता पनि केही स्मृतिहरू तलमाथि पो भए कि! घटनाहरू सबै मसिना हुन्। तिनलाई सुनाउने शैलीमा भर पर्छ। हामी सबैले जीवनमा सँगालेका यादहरू हुन् यी। लेखकले एकपटक फेरि सम्झाइदिनु भएको हो। कसैले लेख्नुभएको थियो- 'बुद्धिसागर स्मृति सुनाउनका लागि बाँचेका हुन्।' उहाँका स्मृतिहरू यति सुन्दर हुन्छन् कि, ती पटकपटक पढिरहूँझैँ लाग्छन्।
There are some books you buy as soon as you hear the author's name. You don't even need to know what it is about. Usle Diyeko Umer is one of those books I bought because of who the author is and when I finally got it in my hands, I dived into it blindly.
Usle Diyeko Umer is not a novel but it reads like one. Or a beautiful poetry. Take your pick. It is a collection of a few chapters from the author's life. It is written in the typical Buddhisagar style - simple, poetic, relatable and utterly captivating. It makes you laugh, shake heads at little Buddhisagar's crazy antics and wrenches your heart at times. But mostly, it makes you nostalgic for the 'good old days'.
If you've read some of his works before, you might find yourself a little familiar with the events, places and people in this book. However, instead of sounding boring and/or repetitive, it made reading this one all that more interesting an experience for me. It was an easy, captivating and beautiful read overall; definitely recommended.
It was a fun read, as I had just finished reading Karnali Blues for the third time. This book felt like an extended version of Karnali blues, I loved it 😊
As a person who grown up spending most of the childhood in village, I travelled back to those days through the story. I enjoyed to revisit my childhood days.
तिम्रा कथाका पात्रहरु ईर्ष्यालु थिए होलान् तर ती पात्रहरुमा पनि मैले निर्दोषता भेटेँ । इतिहास पढ्न रुचाउने र इतिहासलाई सँघाल्नुपर्छ भन्ने मेरो लागि यो गज्जबको पठन थियो । तिमीले छोरी र उनको पुस्ताहरूको लागि भनेर किताब समर्पण गरेका रहेछौ । असाध्यै खुसी लाग्यो । मलाई पनि बुवा तथा उहाँको उमेर र परिवेशमा हुर्केको मान्छेको कथा पढ्न पाएको अनुभव भयो ।
बुद्धि तिमी यसै बुद्धि भएका हैन रहेछौ । तिम्रो स्मृति संग्रहका लागि धन्यवाद !
Can I give it 6 stars?😭 My first read of 2024, and what a start. Buddhisagar never fails to amaze me; his writing touches my heart and soul. I cannot wait for the next book written by him.❤️
बुद्धिसागर जीको नयाँ - पुस्तक `उसले दिएको उमेर´ नराम्रो संस्मरण लागेको छैन ; ईन्टरनेटको रिसर्चमा हेर्दा पुस्तकमा अटाएका १४ स्मृतिहरुमध्य ८ वटा चै मैले अनलाइन खबर, नागरिक , कान्तिपुर, शिलापत्र र साहित्य संग्रहालय website मा प्रकाशित रहेको पाएँ। मैले पढेको जम्मा मेरो पट्टु, मेरो बिरालो र प्रोजेक्टर रहेछन् -- पत्रपत्रिका कमै पढ्ने बानी रहेकोले। अत: comparison गरेर हेर्दा चै पहिले प्रकाशित रहेका र यसमा संग्रहित गरिएका रचनामा धेरथोर परिवर्तन एडिट भएको पाएँ। धन्नै मरिगएको चै पुरै modify गरिएको रहेछ them, context लाई हेरफेर नगरीकनै।
अनलाइनखबरमा राखिएको पिता सम्बन्धि रचना र यसैमा अन्तिममा ���हेको पिताको नि बीच तिर र अन्त्य तिर फेरबदल गरिएको रहेछ। एक मित्रले कमेन्ट गरे झैँ यसमा रहेका सबै लेख-रचनाहरु पुरै पूर्व-प्रकाशित छन् भन्ने लागेन। तमस, नारायण ढकालका कथा पढ्दै गर्दा पनि केही नयाँ र केही पहिले प्रकाशित रहेका कथाहरु राखेर प्रकाशन भएको थियो नि।
अत: सन् २०२२ मा प्रतिष्ठित बुकर जितेको Shehan Karunitalika को The Seven Moons of Mali Almeida पनि सन् २०२० मै Chats with the Dead नामले प्रकाशित गरिएको थियो नि। २०२० मा निस्केको पुस्तकलाई नै पुरै एडिट गरेर नयाँ western audience का लागि readable बनाइएको थियो उक्त पुस्तक। अनलाइनमै आएका निबन्ध, प्रबन्ध, कथा आदिहरुलाई पुस्तकका रुपमा अन्त पनि प्रकाशित गरिने चलन रहेछ तर अन्तिममा चै कहाँ, कहिले र कुन मितिमा पहिले छापिएको भनेर खुलाएर।
प्रकाशकसँग गुनासो चै किताबको आवरण अनि भित्री पानामा bracket राखेर किताबका कन्टेन्टहरु पूर्व- प्रकाशित हुन् र त्यस्ता रचनाहरुमा कहिले , कहाँ प्रकाशन भएको जानकारी दिनुपर्ने र भूमिका वा intro मा कुरा प्रष्ट पार्न पर्ने थियो के।
ईन्टरनेटमा सामाग्री खोज्नुभन्दा बुक मै हुनु कसैलाई easy peasy लाग्ला कसैलाई odd या गाह्रो लाग्ला। पाठक,रुचि अभिरुचि र पढ्ने बानी अनुसार फरकफरक कुराहरु, विचार आउला। बुक-हिलले सत्ता र सत्य प्रकाशित गरेको बखत अनुवादक खगेन्द्र संग्रौला नभनेर सिधै खगेन्द्र जीकै ओरिजिनल किताब झैँ मार्केटिङ गरेको कुरा याद आयो fineprint को यो हेर्दा त।
किताबमा अटाएका संस्मरणहरु पढ्दै वा रिपिट हान्दै जाँदा फरकफरक emotional ups and downs, trip down memory lane, sweet and sour reminiscence of lost childhood and school days, companionship, antics, etc. याद आउलान्। केही lessons र philosophy बारे ज्ञान मिल्छ अनि लेखकप्रति फरकफरक भावना संभावना पैदा होलान् र हुन्छ नै। अहिलेको कमर्सियलमा पाठकलाई मस्तैसँग झुक्यायो लाग्छ केहीलाई र बहस - defense etc. उत्पन्न हुन्छ नै यो फोरममा।
म चै enjoy नै गरिरहेको छु र relate नि गरिराको छु किताब पढ्दै। कान्तिपुर र नागरिकमा आएका सबै रचना - लेखहरु आएका चै रहेनछम् यसमा। अलिअलि अघिल्ला कृतिका shadow आएको छ भन्ने लाग्छ र रिपिटिसन लाग्छ तर भाषा मिठो र सरल लागिरहेको छ। ओकेजनलभन्दा रेगुलर रिडिङ्ग गर्मे भएकोले राम्रो नै अनुभुति हुँदैछ personally भन्नुपर्दा चै।
यो पुस्तक पढ्दापढ्दै म हराए कतै विगतमा, कतै कल्पनामा! कहिले यि पाइलाले भोगेका गल्लीहरुमा त कहिले यि हातले कोरेका पानाहरूमा। कहिले कहिले चन्द्रमा पुगे त कहिले कुनै महासागरको यात्रामा निस्के। कुनै कथा मसँग वितेका थिए कुनै म भित्र थिए, तर थिए मेरै वास्तविक या काल्पनिक ! मान्छे जीवन भन्दा पनि कथा धेरै बाच्छ । रचयिता कतै बसेर हेर्दाहुन हाम्रा कथा,लेख्दाहुन हामीलाई हरेक दिन । आफुले लेखेको कथा नराम्रो कसलाई बनाउन मन होला र ? तेसैले त भन्छन " जे हुन्छ राम्रोकै लागि हुन्छ! " तिम्रा लागी नभए कसैका लागी!
बुद्धिसागरका लेखाई सरल र पढीरहन मनलाग्ने खालका हुन्छन्। यस उपन्यास शब्द र लेखाईमा बुद्धिसागरको उत्कृष्ट भन्न नमीले पनि नराम्रो नै चाहीँ भन्न मिल्दैन। यस उपन्यासको समस्याको पक्ष भनेको यसको कथा बस्तुमा रहेको छ। बुद्धिसागरले कर्णालीको दुर्गम ठाउँमा बिताएको बाल्यकाल अनि त्यसबेला गरेको बिठ्याई धेरै पाठकहरूलाई nostalgic लागे पनि, उपन्यासलाई एकमुष्ठ हेर्ने हो भने मलाई चाहीँ अन्तिमका तीन अध्याय अली धेरै रोमान्चक लागेका थिए। सायद कर्णालीको दुर्गमता र बुबा सँगको सम्बन्धलाई विषय बनाएर लेखेको भए बरू उपन्यास अझ उत्कृष्ट हुने थियो भन्ने लाग्दै गर्दा याद आयो त्यसमा त "कर्णाली ब्लज" पहिले नै लेखिसकेका छन्।
तपाईले यस उपन्यासको बिचको कुनै अध्याय पल्टाएर पढ्नु भयो भने पनि केहि छुटाउनु हुने छैन। एक अध्याय र अर्कोलाई बाध्ने विरलै केहि भेटिन्छ। त्यसरी हेर्दा यो एउटा कथासङ्ग्रह जस्तो लाग्छ र यो समस्या यस किताबको मात्र नभएर नेपाली साहित्यमा धेरैजसो उपन्यासमा रहेको छ। Plot driven भन्दा पनि character driven कथाहरू धेरै हुन्छन् जसमा उपन्यास कुनै पात्रको जीवनमा घटेका घटनाको सङ्ग्रह मात्र जस्तो हुनपुग्छ, न की कुनै पुरा गर्नै पर्ने उदेश्य या कुनै पार गर्नै नसकिने समस्या। र त्यसैको fatigue भएर यो पुस्तक मलाई चाहे जस्तो मन नपरेको पनि हो जस्तो लाग्छ।
तपाईंलाई चाहीँ बाल्यकालका घटना र बिठ्याई अनी दुर्गमताले गाउँ घरमा ल्याउने समस्याको चित्रणले समाएर किताब मन पर्न सक्छ त्यसैले एक पटक पढी हेर्नुहोला।
म ध च गोतामे ज्युको संस्मरणको निकै ठूलो प्रशंसक हो। वहाँको संस्मरण पढेर मलाई यस विधा प्रति आकर्षण बढेको हो। अब बुद्धिसागरको कुरा गरौँ। वहाँको उपन्यासहरु प्राय सबै पढिसकेको हो। पछिल्लो पटक एक्लो पनि पढी भ्याएको नै हो। उनको उपन्यासमा गजबको डिटेल हुने गर्छ। त्यहि आश लिएर मैले "उसले दिएको उमेर" किनेर पढेँ। पढे पछि म निकै निराश भएँ।
१. लेख्ने तरिका बच्चालाई कथा भनेको शैली जस्तो शैलीमा लेखिएको लाग्यो। २. किताब महँगो र मोटो बनाउन हरेक अध्याय वीच अनावश्यक २-३ वटा बुट्टा भरिएको पेज राखिएको छ। ३. धेरै घटना र परिवेश कर्णाली ब्लुजसँग मिल्ने भएकोले कर्णाली ब्लुज नै दोहोराएर पढेको जस्तो लाग्छ बेला बेला।
मैले संस्मरण विधाका राजा ध च गोतामेको संस्मरणहरु पढ्ने गरेकोले होला यो संस्मरण मलाई खल्लो लागेको। कुनै साथीबाट सापटी पाउनु भयो भने पढ्दा हुन्छ, नत्र त्यत्रो अनावश्यक महँगो र औसत भन्दा मुनिको किताब किनेर पढ्न म सल्लाह दिन्न।
I have read all 3 Novels by Buddhisagar, Karnali Blues, Firfire and Eklo. This books feels like the culmination, a spin off as the writer has derived some much of his personal experiences like he said in this book itself as part of inheritance from his father. Literally some paragraphs are same as Karnali Blues and Firfire. I felt like tracing timelines of Karnali Blues, the parallels with walking all the way from terai to Mountain region, and in this book the dangerous road ways. A good nostalgic read for anyone who has lived their life in hills and then spent making their career in Kathmandu or major cities.
‘उसले दिएको उमेर’ एउटा कोमल यात्रा हो, जसले एउटा बालकको मनको दुनियाँ देखाउँछ, जो पछि गएर नेपालका सबैभन्दा प्रिय कथाकार बन्न पुग्छ।
सादा तर गहिरो शैलीमा आफ्नो बाल्यकालका पानाहरू खोल्नुहुन्छ, जहाँ आश्चर्य छ, तिर्सना छ, पीडा छ, अनि प्रेम पनि।यी सम्झनाहरू पढिँदैनन् मात्र, महसुस गरिन्छ।
कर्णाली ब्लुज” को प्रेरणा थाहा हुँदा लाग्छ, कथा होइन, कसैको भोगाइ पढिरहेछु। त्यो पीडा मौन छ, तर गहिरो छ। अनि अनौठो तरिकाले सुन्दर पनि।
गहिरो अनुभूति रुचाउने, आत्मीय कथा मन पराउने अनि लेखकको आत्माको यात्रा बुझ्न चाहने सबैलाई अत्यन्तै सिफारिस!
As always, it has the authenticity that's very Buddhisagar-core, if that makes sense but the style of writing is different this time around where each chapter feels like a different episode of a sitcom and I could continue from anywhere which is nice since it was a book I carried around for a while and picked up after a while but also made the read a bit lousy since there's no any hunger to know what goes on next. Light, easy and a bit different read compared to his other works.
I personally dont like multi-plot book, and now I have to make an exception of Usle Diyeko Umer. The book is well-written and is filled with heartwarming moments, along with cracking moments in between. Having read Karnali Blues, this book provides further context of the novel. Overall, Buddhisagar did a great work with this book.
बुद्धिसागरका सबै किताब कोही साथीले आफ्नो जीवनको रमाइलो घटना सुनाएजस्तो लाग्ने, यो त अझ उनको जीवनस्मृति नै हो, झनै आत्मीय लाग्यो। पेट दुखुन्जेल हास्नेदेखि आँखा टिलपिलाउनेसम्मका सबै सम्झना यहीँ समावेश छन् । पढ्दापढ्दै कहिले अन्तिम पेज आइपुग्यो पत्तै पाइन, अत्यन्तै राम्रो लाग्यो❤️
I had listened to Karnali Blues in early 2017. I don't remember the book but I remember that I liked it. I'm not sure I like this book as much. But I think it does deserve five stars because I am quite lenient.