Bhanubhakta Acharya was a Nepali poet, translator and writer. He was the first person to translate the epic Ramayana from Sanskrit. Despite having other contemporary poets in the country during his time, he is revered and honored with the title of Adikavi (The First Poet) of the Nepali language.
एक् दिन नारद सत्य लोक पुगि गया लोक्को गरूं हित भनी । व्रह्मा तांहिं थिया पऱ्या चरणमा खुशी गराया पनी ।। क्या सोध्छौ तिमि सोध भन्छु म भनी मर्जी भयेथ्यो जसै । व्रह्माको करुणा बुझेर रृषिले बिन्ती गऱ्या यो तसै ।।१॥
विसं १८७१ अषाढ २९ गते चुंदीरम्घा तनहुंमा जन्मेका भानुभक्तको रामायण आध्यात्म रामायणको नेपाली उल्था हो । वेद व्यासको व्राह्मणपुराणमा आधारित रामायणको यो संस्करणलाई विकिपिडियाले रामलाई ईश्वरको रुपमा चित्रित गरेको संस्करण मान्छ । वाल्मिकी रामायणमा उनलाई मान्छेको रुपमा चित्रित गरिएको छ र त्यो हाल उपलव्द्ध सबैभन्दा पुरानो रामायणको संस्करण पनि मानिन्छ ।
रामायण साहित्यको रुपमा हेर्दा गज्जब छ । वाल्मिकी रामायणलाई त पहिलो काव्य नै पनि मानिन्छ । भानुभक्त रामायण नेपालीको पहिलो काव्य नभए पनि पहिलो जनजीब्रोमा बस्न सफल काव्य भने हो नै । यसका कतिपय श्लोकहरु मैले आमाका मुखबाट सुनेको छु । अर्ती उपदेशका लागि पनि यसका श्लोकहरु आमालो सुनाउनु हुन्थ्यो ।
सुन्यौ भाइ संसार्मा शरिर अति कच्चा छ जनको । शरिर् कच्चा जानी नगर तिमि रिस् कत्ति मनको ॥ सबै भोग चञ्चल छन् बिजुलि सरि एक् छिन् न रहन्या । विचार यस्तो राखी सहु तिमि बडो हुन्छ सहन्या ||३०||
क्रोधै हो यमराज सर्व जनको वैतर्नि भन्नू पनी । तृष्णा हो भनि यो बुकेर तिमिले कैल्हे नबिर्स्या पनी || सन्तोष लाइ बुद्धि कामधेनु सरिको सन्तोष मन्ले रहू । रिस् गर्नु बढिया त छैन बनमा जानु असन् हो सह ||३५||
धीरा भै रहन् विपत्ति सहन् कस्तै परुन् ता पनी । कैल्हे मोह विषे न पर्नु जनले माया छ संसार मनी ॥ यस्तै बात् सुनि रात् बित्यो गुहजीका रामका नजिकमा रही । गङ्गा तर्न हुकुम् भयो प्रभुजिको ताहाँ उज्यालो भई ॥५८॥ (अयोध्याकाण्ड)
यिनै कारणले रामायणको पठन पुराना याद ताजा गराउने खालको पनि भयो । यसको छन्दमा भएको कविताको निरन्तर पठनले सामान्य वाक्य पनि बेलाबेला रामायणकै छन्दमा पढ्न मन हुन्थ्यो । त्यसखाले अम्मली चाहि यसले बनाउंछ ।
यसमा भएको भक्तियोग, देह र आत्माको बीचको अन्तरको प्रसंग, संसारलाई मायाजाल (म्याट्रिक्स) को रुपमा अर्थ्याईंदा प्रयोग गरिएको सपनाको विम्व, आदि पनि यसका राम्रा पाटाहरु हुन् ।
रामायण आजको युगमा भक्तिभावले मात्रै हेरिईंदैन । यसलाई युग अनुसारको आलोचनात्मक चेतले पनि हेरिन्छ । विसं १९०५ देखि १९१९ सम्ममा लेखिएको वा अनुवाद गरिएको कृतिमा युग अनुसारको पछौटेपना हुनु त्यस्तो उदेक लाग्दो त हैन तर पनि आलोचना गरेजस्तो पनि हैन कि भन्ने समेत भएको थियो । सितालाई अग्नीपरीक्षा लिन लाएको कुरामा प्राय रामलाई दोष लाग्ने गर्छ । तर भानुभक्त रामायण पढ्दा त्यस्तो लाग्दैन । सिता हरण हुनुपूर्व नै रामले सितालाई अग्नीको जिम्मा लगाएर सिताको छायांलाई कुटीमा छोडेको र रावणले त्यसैलाई अपहरण गरेको भन्ने छ । यतिसम्मकि सिता अपहरित भएकी हैन भन्ने जान्दा जान्दै आफू दुःखी भइएन भने रावण वध नहुने हुनाले रामले विसाप गरेको भन्ने पनि छ ।
अग्नीले पनि बिन्ति छुप् सित गया रामका चरणमा परी । भूषण वस्त्र अनेक धन्याकि जननी सीता अगाडी घरी ॥ सीताजी कन आज सम्म त यही राखी दियाको थियाँ । कामको सिद्ध भयो लिन् अब हवस् सीता हजुरमा दियाँ || २९९|| (युद्धकाण्ड)
त्यस्तै सूर्पणखाको नाक कान काटेको कुरामा पनि राम र लक्ष्मणले अस्वीकार गरिसकेपछि सिता खान खोज्दा त्यो आक्रमण गरेको भन्ने छ ।
यस्तो वचन् सुनि सिता कन हाँसि हेरी । उत्तर दिया प्रभुजिले घरमै छ मेरी ॥ सौता बुझी कन न भज् तँ पती मलाई । भाई छ खालि बरु भज् पति भाइलाई ||३२||
साँचो भन्या भनि त लक्ष्मणका नजिक नै । आयाँ म पत्नि हुन येति भनेर खुस् भै ॥ सून्या वचन् सकल लक्ष्मणले र ताहाँ । दास् हूँ मता म सित कुन् सुख मिल्छ याहाँ || ३३||
जा वाहि मालिक उ हुन् उहिं बस्नु अच्छा । बुद्धी रहेनछ बहुत् रहिछस् तँ कच्चा ॥ यस्ता वचन् सुनि र शूर्पणखा रिसाई । सीताजिलाइ अब खाँ मनि फर्कि धाई ॥३४॥ (अरण्यकाण्ड)
बरु प्राय चर्चा नहुने मन्दोदरीको चीरहरणको प्रसंग भने अलि नरमाइलो लाग्छ ।
ती मन्दोदरिलाइ रावण नजिक पौचाइ हुमंत् लिया । चोलो खोलि अफालि फेरि कटिको सारी खसाली दिया | लायाका गहना समेत शरिरका वस्त्रै अफाल्या जसै । दैरावणका नजीक रहँदी बिन्ती गरिन् यो तसै ॥ २२॥
हे नाथ् आज कता गयो हजुरको लज्जा अनाथ क्या गरूं। पत्नीका इ विलाप् सुनी जिउनु धिक् मर्नु निको हो बरु ।। येती बिन्ति गरिन् र पुत्र कन खुप् सम्झेर लागिन् रुनै । आर्को कोहि थियेन ताहि तिनका साहाय हुन्या कुनै ||२३||
जातीय विभेद प्रतिको दृष्टिकोण व्यक्त गर्ने एक घटना पनि रामायणमा छ । शुद्रले तप गर्दा व्राह्मणको छोरो मरेको प्रसंग त्यसको एक उदाहरण हो ।
यस बाहेक शृष्टिको सुरुवातको कथा, भक्तियोगका कुरा, देह र आत्माको भेद सहितको तत्वज्ञानका कुराहरु पनि रामायणमा छन् ।
epustakakaya मा फेला पारेको विपुस्तकमा प्रश्नोत्तर र वधुशिक्षा जस्तै कविता पनि छन् । त्यसमा वधुशिक्षा तारापतिकी वुहारी देखि रीस उठेर लेखेको कविता हो । रीसाएको बाहुनले वेद पढ्दैन भनेजस्तै तारापतिकी बुहारीको रीस उनले कवितामा मस्त पोखेका छन् । युग अनुसारको चेतना अनि त्यसै अनुसारको साहित्य हुने न हो । बधुशिक्षा लैंगिक विभेद कहांसम्म थियो वा नारीको स्थान कहां थियो भनेर बुझ्नलाई पढ्दा हुन्छ । कमारा अह्राउनु लगायतका कुराले त्यो पनि कुन आर्थिक स्थिती भएको परिवारको हकमा हो भन्ने पनि ध्यान दिइनुपर्छ ।
आदि कविको रचना भएकाले पढ्नु राम्रै हुन्छ । अरु त आ-आफ्नो रूचिको कुरा हो । मलाई छन्दमा भएको भएर खुब पढ्न मन लागेको थियो । बीच बीचमा त छन्दमै लेख्मे हुन्छु कि भन्ने पनि भएको थियो । कहिं कतै भने छन्दमा पझ्न गाह्रो पनि भएको थियो । त्यै हो !
थपथापः यो पढ्दा पश्चिमा जगतमा यसको रचनाकालमा के लेखिईंदै थियो भनेर पनि सोचें । यो त मार्क्सको घोषणापत्र प्रकाशित भएको करीब डेढ दशकको आसपासमा रचना गरिसकिएको रहेछ । त्यसले पनि धेरै भन्छ ।
#भानुभक्त #रामायण #bhanubhakta #ramayan
This entire review has been hidden because of spoilers.
Bhanubhakta Ramayana, commonly known as Ramayan, is the Nepali translation of Valmiki Ramayana by Adikavi Bhanubhakta Acharya. It was posthumously published in its complete form in 1887. It is widely considered to be the first Nepali epic. The prose style of the epic has been termed Bhanubhaktiya Laya since it was completely original in Nepali literature, being the first work. Due to this distinction, the author, poet Bhanubhakta Acharya is known as Adikavi (first poet) in Nepal.