Bibash Sapkota's Reviews > खलंगामा हमला [Khalangama Hamala]

खलंगामा हमला [Khalangama Hamala] by Radha Paudel
Rate this book
Clear rating

by
6574474
's review

liked it
bookshelves: nepali, non-fiction, biography

खलंगामा हमला
एक नर्सको डायरी
मदन पुरस्कार प्राप्त

पुस्तकको शीर्षक देखेपछी यसको कथानकको बारेमा केही अड्कलहरू आउँछन् दिमागमा । हमला..... घाइते व्यक्तिहरू....अस्पताल.....नर्स.....उपचार....घाइतेहरूको व्यथा....उनीहरूसँगको वार्तालाप.... आदि ।

तर अर्कै छ यसको कथा । हमला पनि छ । नर्स पनि छिन् । हमला भएको बेलामा एक नर्सको मनमा के कस्ता भावना आए यसैलाई प्राथमिकता दिएर लेखिएको किताब हो यो ।

नर्स होस या नोकर्नी, जीवन मरणको दोसाँधमा उभिएको बेला आउने भावना उस्तै हुन्छन् ।त्यसैले यो किताब नर्स वा अरू कुनै पेशामा लागेको व्यक्तिको डायरी हुनु/नहुनुले खासै फरक पार्दैन ।

म डायरी लेख्दिनँ । डायरी ठ्याक्कै कस्तो हुन्छ थाहा छैन । तर पनि म के भन्न सक्छु भने डायरी यस्तो हुँदैन । खलंगामा हमला डायरी होइन, संस्मरण हो ।

कथाको प्रस्तुति सरल सपाट तरिकाले गरिएको छ । न्युजपेपर रिपोर्टिङ्ग स्टाइलमा, कुनै पनि बिम्ब वा प्रतिकको प्रयोग बिनै ।सायद त्यसैले होला कथाको सतहमै रहेर पढेँ मैले । डुवाउन सकेन । कथा बग्यो, मलाई बगाउन सकेन ।

अलि लामो हुन सक्थ्यो, खै किन हो साह्रै छोटो बनाइयो । के को हतार थियो कुन्नी ? अलि धेरै अनुभवहरू समेटिएको भए, अलि गहिरिएर मनोवैज्ञानिक चित्रण गरिएको भए राम्रो हुन्थ्यो । आखिर युद्धले बाहिर जति घाउ दिन्छ, त्यो भन्दा गहिरो घाउ मनमा पुर्याउँछ ।

अनावस्यक आत्मश्लागामा नडुलि सिधै विषयबस्तुमा प्रवेश गरिएको छ किताबमा । मन पर्यो । नेपालको ईतिहासको एक घटनाबारे महत्वपूर्ण दस्ताबेज बन्न सक्छ यो किताब । यस्ता पुस्तकहरू लेखिनु पर्छ । लेखियो । प्रभावकारीता अलि कम भयो । गुनासो यही हो ।


र अन्त्यमा,
सहरको रिमझिममा नभुली जुम्ला जस्तो दुर्गम ठाउँमा गएर सेवा गर्ने राधा पौडेललाई सलाम छ ।
flag

Sign into Goodreads to see if any of your friends have read खलंगामा हमला [Khalangama Hamala].
Sign In »

Reading Progress

Started Reading
September 16, 2014 – Finished Reading
October 8, 2014 – Shelved
October 8, 2014 – Shelved as: to-read
October 8, 2014 – Shelved as: nepali
October 8, 2014 – Shelved as: non-fiction
October 8, 2014 – Shelved as: biography

No comments have been added yet.