Jump to ratings and reviews

अग्नि [Agni]

मलाई तिमीले जस्तै
सबै कुरा बिर्सँदै जाने छुट छैन
नसम्झीकन त कसरी गर्ने र
समयसँग हरेक सम्झौताको सम्पूर्ण हिसाब ?
यत्ति सम्झ कवि-
फूल रोप्ने माटो तिमीलाई कस्ले दियो ?
कस्ले बाल्यो त्यही माटोमा झरिलो अग्नि ?
र, यो पनि नबिर्स-
तिम्रा पुर्खाले त्यही आरनको आगो लगेर
खरानीमा छोपेर राखेका हुन्
तिम्रो भान्साको बिउ आगो !

आरन बिटुलो छ भने
तिम्रो भान्सा पनि बिटुलियो यही आगोको स्पर्शले
साँच्चै भन अब तिम्रो भान्सा कसरी चोख्याउँछौ ?

306 pages, Paperback

First published September 1, 2021

Loading...
Loading...

About the author

Naba Raj Lamsal

5 books3 followers
Dr. Naba Raj Lamsal is a familiar name in the field of Nepali literature, journalism, and cultural studies. The voice behind popular literary radio programmes Madhuban and Soor Sangam, 48-year-old Lamsal is also deputy director at the state-owned Radio Nepal...

Ratings & Reviews

What do you think?

Friends & Following

Create a free account to discover what your friends think of this book!

Community Reviews

5 stars
2 (13%)
4 stars
9 (60%)
3 stars
3 (20%)
2 stars
1 (6%)
1 star
0 (0%)
Displaying 1 - 2 of 2 reviews
Profile Image for Jaiseri.
206 reviews16 followers
December 8, 2022
“लेख्न त लेख्नुस् जात लेख्नुस्

जातका, गोत्रका, थर र उपथरका कथा लेख्नुस् ।

तर यो पनि लेख्नुस् पवित्र ग्रन्थ वेद ।

एक साधारण माझी पुत्री हुन्

वेदका रचयिता व्यासकी आमा मत्स्यगन्धा । ऋषि पराशरले उनलाई सुटुक्क सम्भोग गरेका हुन्

नदी किनारमा

व्यासको जात के हो ? लेख्नुस्

र लेख्नुस् वेदका ऋचा छुत कि अछुत ?

शुकदेवकी आमा

व्यासकी पत्नी हुन् कि होइनन् ?

जब आमाको पहिचान खुल्दैन भने

व्यासपुत्र शुकदेवकै जात कसरी खुल्छ ? लेख्नुस्

उर्वशीका जुम्ल्याहा सन्तान हुन्

वशिष्ट र अगस्ति

तर को हुन् स्वयम् उर्वशी

मैत्रावरुणसँगको उनको सम्बन्धको अर्थ के हो ? र के थियो स्वर्गमा उनको जात र परिचय ? लेख्नुस् ।

विदुरकी आमा

ऋषि आश्रमकी परिचय नखुलेकी दासी हुन्

लेख्नुस्, महात्मा विदुरको जात के हो

र उनी छुत कि अछुत ?

ऐतरेय उपनिषद्का लेखक”

नवराज लम्सालको अग्नीमा भएका यी र यस्ता केहि पंक्तिहरु खुबै मनपरे । सन्दर्भ सहितका तर्कहरुले धर्मको आधारमा गरिने विभेद र विभेदलाई धर्मसिद्ध अधिकार मान्नेका लागि सोच्ने ठाउं बनाउला ।

ठूले कामीले मकवानपुरका राजा हेमकर्ण सेन (विसं १७९० देखि विसं १८१६) का लागि ७५ वर्षको उमेरमा १६० धार्नी फलाम पिटी, ६ जना कालीगढ लगाएर बनाएको २ वटा जेठी तरवारको ऐतिहासिकता वरिपरि यो किताब घुमेको छ । किताबलाई ३/५ तारा दिनुको कारण पनि यसको ऐतिहासिक महत्व नै हो ।

महाकाव्य भनिए पनि छन्द विनाका कविताका कारण अनुच्छेद पढे जस्तै लाग्छ । पात्र अनुसारको शब्द चयन नभएको हो कि जस्तो पनि लाग्छ । किताबक मुल कथा भूमिकामै एक अनुच्छेदमा आइ पनि २८६ पाना खर्चेर अनावश्यक लम्ब्याइनुले पठन अलि पट्यार लाग्दो लाग्छ ।

गोरखा र काठमाण्डुको इतिहास नै नेपालको इतिहास हो भन्ने भाष्य बाट अलग रहेर महारानी, अग्नी, आदि जस्तै किताबहरु आउनु सुखद कुरा हो । यसले हाम्रो विगत सम्झन र त्यसबैट सिक्न हानीलाई निकै मद्दत गर्ने छ । यो क्रम जारी रहस् ।
#agni #nabrajlamsal
2 reviews1 follower
February 3, 2023
अग्नि:🌟🌟🌟🌟🌟
लेखक: डा.नवराज लम्साल

थुप्रै महिनाबाट 'अग्नि' मेरो पुस्तकहरुको चाङ्गमा मात्र बसेको थियो। महाकाव्य भएकालेे धैर्यसङ्ग पढ्न सहि समयको प्रतीक्षामा थिएँ भनु कि पुस्तक पढ्न भाषगत रूपमा कठिनाई भएमा निरासा हुन्छ भन्ने डरले पढ्न आँट गरेकि थिइनँ तर ३ दिन अघि मात्र पुस्तक पढ्न सुरु गरेँ। सुरु गरेपछि भने म थाकिन। जति पढ्यो उति उत्सुकता जाग्यो र प्रतेक पटक पुस्तक हातमा पाँउदा बितिक्कै नपढेकोमा पश्ताप भयो। कति छिटो अन्तिम पानामा पुगेछु पात्तै पाइँन।

मदन पुरस्कार बिजेता 'अग्नि' पुस्तक जातीय विभेदबाट उत्पीडनमा परेकाहरुको साझ कथा हो। दलित भएर बाँच्नु, अस्तित्व गुमाउनु, राज्यबाट शोषण खप्नु, श्रमको मुल्य नपाउनु र इतिहासमै विलिम हुनु जस्ता विषयबस्तु यसमा समावेश गरिएको छ। यो ठुले कामीको कथा हो, इतिहासमै हराएको जेठि तरबारको कथा हो। पुस्तकका केहि हरफहरुले मलाई यसरी छोए कि म टक्क अडिएर सोच्न बाध्य भएँ। यो महकाव्य अवश्य पनि मदन पुरस्कारको हकदार रहेछ।

अनि हजुरले यो पुस्तक पढ्नु भयो त?
पढेको भए हजुरलाई कस्तो लाग्यो?
This entire review has been hidden because of spoilers.
Displaying 1 - 2 of 2 reviews