What do you think?

एब्स्ट्राक्ट चिन्तन: प्याज [Abstract Chintan: Pyaj]
This book is an anthology of essays written by Shankar Lamichhane. This book also received a Madan Puraskar.
84 pages, Paperback
First published January 1, 1967
About the author
Shankar Lamichhane
6 books55 followersहरिप्रसाद लामिछाने र राजकुमारीका जेठा छोराका रूपमा शङ्करको जन्म वि.सं. १९८४ साल चैत ५ गते काठमाडौंको जैसीदेवलमा भएको थियो। उनी सानै छँदा उनको पिता तथा माताको संबन्ध चिसिएकाले आफ्नो दूधे भाइसँगै आमाका पछि लागेर मावलीघर बनारस पुगे। त्यहाँ पुग्ने वित्तिकै यिनको भाइको निधन भयो। बनारसमा आमाले स्कुलमा पढाएर छोरो पालिन्। अनि एक दशकको हाराहारीमा उनकी आमाको पनि निधन भयो। त्यसपछि किशोरावस्थाको आरम्भमा नै उनी फेरि काठमाडौं आए। लामिछानेले आइएस्सीसम्मको अध्ययन गरे। अनि उनी जागीरमा लागे। राणाकालीन युगको समाप्तिको पूर्वसन्ध्यामा उनले गुठी अड्डामा खरदारको पदमा जागीर खाए। त्यसपछि उनी नेपाल-भारत सांस्कृतिक केन्द्रको पुस्तकालयको अध्यक्ष भए। त्यहाँ उनको जागीर भएको केही समयपछि भारतीय राजदूतावासमा राजदूत र साँस्कृतिक सहचारी फेरिए। अनि त्यस ठाउँमा नयाँ मान्छेसँग उनको विचारको मेल भएन र स्वाभिमानका कारणले उनले त्यहाँबाट हात धोए। लामिछाने जागीरकै सिलसिलामा घरेलु कला तथा बिक्री भण्डारमा महाप्रबन्धकमा भर्ना भए। त्यहाँ पनि उनी धेरै समय टिक्न सकेनन्। अनि फेरि उनले सिनेमा हलमा पनि काम गरे। उनले नेपालकै पहिलो सिनेमा हल जनसेवा सिनेमा हलमा व्यवस्थापकका रूपमा काम गरे। त्यतिमात्र होइन उनले होटल शङ्करदेखि शङ्कर ट्राभल्स एन्ड टुर्ससम्म पनि जागीर खाए। ती ठाउँहरूमा पनि उनी सफल भएनन्।
स्वभाव र लेखन
लामिछाने खुबै मिलनसार थिए। उनी महाकवि देवकोटाका पनि अति नजीक थिए। त्यस बेला यी दुबैजना आर्थिक हाहाकारमा भास्सिएका थिए। किनभने उनीहरूको कमाई खानेभाँडो ठूलो थिएन। त्यसैले एक पटक लामिछानेकै पारामा लागेर देवकोटा पनि लामिछाने झैं विदेशी पर्यटकलाई घुमाउने पेशामा आबद्ध भए। त्यस बेला गाइडको काम गरेका लामिछानेले देवकोटालाई यो पनि एउटा जिविकाको काम हो भनेर त्यतै मोडेका थिए। देवकोटा पनि अबोध बालक जस्तै थिए। त्यसैले जस्ले जे भन्यो उनी त्यही मानिदिन्थे। अनि फेरी तुरुन्तै अर्को कुनै मान्छेले भड्काए पछि देवकोटा उसैका कुरा पत्याइ दिन्थे। तर लामिछानेले चाहिं देवकोटालाई आर्थिक रूपमा पनि उकास्ने प्रयत्न गरेका थिए।
चेतनप्रवाह शैलीलाई नेपाली निबन्धमा भित्र्याउने श्रेय उनैलाई दिइन्छ। लामिछानेका प्रयोगशील निबन्धमा बौद्धिकताको प्रखर चेत पाइन्छ। उनले आफ्नो समयमा व्यवसायीका रूपमा समेत काम गरे। उनले लेखनीमा शब्द, शैली र प्रस्तुतिमा नयाँ प्रयोग गरिरहे। उनले आफू पन्ध्र वर्ष पुग्दानपुग्दै आफ्नो लेख साहित्यस्रोतमा छापाए। त्यसपछि उनी क्रमशः चर्चा-परिचर्चामा आइरहे। किनभने उनले घनत्व भएका कृतिको मात्र निर्माण गरे। उनको निबन्धसङ्ग्रह 'एब्स्ट्रयाक्ट चिन्तन प्याज'ले २०२४ सालको मदन पुरस्कार प्राप्त गरेको थियो। उनका फूटकर रूपमा थुप्रै कविताहरू छापिएका थिए भने कथासङ्ग्रहका रूपमा 'गौंथलीको गुँड' (२०२५) प्रकाशित भएको थियो। साथै उनको व्यक्तिकेन्द्रित निबन्धसङ्ग्रह 'बिम्ब प्रतिबिम्ब' (२०२८) प्रकाशित भएको थियो। 'गोधुली संसार' (२०२७) र 'शङ्कर लामिछाने' (२०३२) नामक उनका थप निबन्धका कृति प्रकाशित भएका थिए।
नेपाली भाषासाहित्यमा रुचि राख्ने सबैले शङ्करलाई चिनेका छन्। खास गरेर नेपाली निबन्धको फाँटमा महाकवि देवकोटापछि शङ्करको नाउँ आउँछ। तापनि निबन्धमा लामिछानेका पाठक देवकोटाका भन्दा शायद थोरै चाहिं छैनन्। वास्तवमा कलात्मक लेखनका उनी एउटा मुर्धन्य साहित्यकारका रूपमा सुप्रसिद्ध भए। उनले निबन्ध विधालाई नयाँ शैली, नयाँ आयाम र नयाँ परिवेश दिए। त्यसैले नै नेपाली साहित्यमा उनी सर्वत्र मानिए। लामिछानेले आफूले पनि लेखे अरूलाई पनि लेख्न प्रेरणा दिइरहे। उनको लेखन सीप अलौकिक मानिन्थ्यो। उनी लेख्ता मनबाट लेख्थे, मस्तिष्कबाट लेख्थे र वचनबाट लेख्थे। त्यसैले उनको लेखन बौद्धिक गिदीहरूको आहार बन्थ्यो। त्यही कारणले उनी छिटोछिटो लोकप्रिय हुँदै गए। त्यसमाथि उनको सङ्गठनात्मक शैली लोभ लाग्दो थियो। महाकवि देवकोटाकै आग्रहमा उनी काव्य प्रतिष्ठानको सदस्यसचिव भए, त्यसपछि उनी इन्द्रेणीको पनि सम्पादक भए। साथै उनले हाम्रो साहित्य नामक बाल पाठ्यसामाग्रीको आठ भागको सम्पादन गरेका थिए। उनी नेपाली साहित्यमा सङ्गठन, सम्पादन र सृजनामा बराबरी समर्पित थिए।
पारिवारिक अवस्था
शङ्कर लामिछाने साहित्यिक कृति जति अब्बल दर्जाका छन्, व्यतिगत जीवनमा उनी त्यतिनै अव्यस्थित र विवादित रहे। दार्जीलिङनिवासी रत्ना राईसँग प्रेमविवाह गरेका उनले पछि काठमाडौंकी सुवर्ण श्रेष्ठसँग पनि अर्को बिहे गरे। रत्नातर्फ़ बाट उनको दीप र शिखा जन्मे भने सुवर्णबाट प्रकाश र प्रभास। यसैबाट उनी बहुविवाहको झमेलामा परे। भन्नेहरू भन्छन्, उनले थुप्रैसँग प्रीति गाँसे। त्यही क्रम तानिएर उनी पारिजातको सम्पर्कमा पनि पुगे। पारिजातसँगको उनको सम्पर्कलाई धेरैले प्रेमको संज्ञा दिए, तर उनले बा

Ratings & Reviews
Friends & Following
Create a free account to discover what your friends think of this book!
Community Reviews
Displaying 1 - 30 of 31 reviews
December 6, 2019
"म त आजको मान्छे होइन, व्यथित जी | म एक हजार वर्षपछी जन्मिने पृथ्वीको मान्छे हुँ | मेरो जन्मकालमा राष्ट्रका परिधिहरु, विश्वासका परिधिहरु, धर्मका परिधिहरु, राजनीतिका परिधिहरु केहि पनि हुने छैनन् |"
एब्स्ट्रयाक्ट चिन्तन प्याजमा उल्लेख भएको यो कुराले किन पनि तान्यो भने मैले Yuval Harariko ko Homo Spiens and Homo Deus साथमा पढ्दै थिएँ | yuval ले पनि यिनै विषयमा व्याख्या विश्लेशण र अनुमान गरेका छन् | ठ्याक्कै त्यस्तै नभए पनि विस्तारै त्यतैतिर भविष्य तानिदै छ | त्यसैले भन्न सकिन्छ | शंकर लामिछानेको वर्तमान समयका बौद्धिक र साहित्यिक व्यक्तित्व मात्र होइन | शंकार लामिछाने भविष्यका मानिस हुन् |

July 12, 2020
"हाँस्न जान्नु पनि ठुलो कला हो। मनिसको उमेरमा बिकास हुनासाथै उसको हाँसोको कलामा अनेक रङ चढ्न थालछन्। "
"हाँस्न जान्नु पनि ठुलो कला हो। कुन मनिस सँग कती हास्नुपर्छ त्यो जानियन भने रोयको बराबर दु:ख पाईन्छ।"
किताबको बारेमा छोटोमा भन्नुपर्दा 'जती पढेपनी पढ्न मन लाग्ने'।
म शान्त छु, म जिज्ञाशु छु, म फराकिलो छु, म जता पनि छु, मलाई सबै मन पर्छ, मलाई सबै मन पर्दैन, मलाई लेख्नु छ, मलाई लेख्नु छैन। म वास्तवमा वास्तविकता हो। बाँकी के छ? कस्तो छ? किन छ? म सजिब निर्जिब जस्तो सँग पनि आफुलाई र आफ्नो जीवनलाई दांज्न सक्छु, मलाई संसार हेर्ने चाह छ। म देउता मान्छु, म देउता मान्दिन, मलाई बिज्ञान प्रती विश्वाश छ या त छैन, जे छ सबै छ, जे छैन केही छैन, बस, म चाइ छु। यस्ता प्रश्न र प्रतिप्रश्नले भरियको, संसार समेटियको यो पुस्तक नेपाली साहित्यकै एउटा नमुना हो जस्तो लाग्छ।
मलाई यो किताब सबै भन्दा मन पर्ने किताब हो। धेरै पटक पढि सके। तर म टाइपराइटर बन्न सक्छु सक्दिन थाहा छैन, जन्म जीवन मरण बुझ्छु कि नाइ थाहा छैन तर म - म बन्न सक्नुपर्छ। किताब सुरु नहुँदै एउटा मन्तव्य छ त्यसमा निबन्ध शिरोमणी महाकवीका वाणी सम्झनुहुन्छ ''Repeation of work on the same line has no meaning''। किताब सुरु नहुँदै यती राम्रा कुरा पायपछी किताब सकियकै थाहा हुँदैन। अझै भन्नुपर्दा लेख्न खोज्नेहरुको लागि त यो सर्बोत्कृष्ट पुस्तक हुन्छ जस्तो लाग्छ। नाइन्टिज किड्सहरु अङ्रेजी मात्र पढ्न खोज्छन, यदी कुनैले नेपाली किताब पढ्न मन गर्छन् भने यो किताब दिनुपर्छ। आँफै नेपाली साहित्य प्रती आकर्शण बढ्ने छ। यो पुस्तक पुस्तक मात्र होइन यथार्थ हो, सबैको यथार्थ। सुरुमा त किताबको नाम नै अचम्म लाग्दो भन्ढानिन्छ तर पढेपछी आँफै प्याज भईन्छ। नपत्याय पढ्नुहोस्।

October 11, 2013
म साधारणतया किताब दोहोर्याएर नपढ्ने मान्छे । 'एब्स्ट्र्याक्ट चिन्तन : प्याज' भने पक्कै पनि दोहोर्याई तेहेर्याई पढ्ने छु । प्याज जस्तै रहेछ यो निबन्ध संग्रह, गहिरो, पत्रै पत्रले मोडिएको । आशा छ, हरेक पटकको पढाईमा नयाँ-नयाँ कुराहरू फेला पर्दै जानेछन् ।
लेखकको शैली पनि गजबको छ । हरेक निबन्धहरूमा नयाँपन झल्किन्छ । सलल बग्ने, पढ्दै जाँदा अल्छिपना वा 'मोनोटोनी' कहीँ कतै नआउने । एकै बसाईमा पढि सिध्याएँ । समातेपछि छोड्नै मन लागेन ।
प्रशंसा धेरै भयो है ? राम्रो कुराको प्रशंसा कञ्जुस्याईँ नगरि दिल खोलेर गर्न पर्छ के ;)

May 15, 2020
हुन त मैले उनलाई पढेको यो दोस्रो पटक हो, पहिलो पारिजातको शिरीषको फूलको भूमिकामा भेटेथेँ, रमाइला रैछन् मान्छे जस्तै लाथ्यो! आज यो किताब लगभग एकै बसाईँमा पढेर सके। सलललललल बगेको मनोवाद जस्तो तर अल्छि नलाग्ने गरि लेखिएको, सारा संसारभरिको सन्दर्भ जोडेको तर सबै थाहा नपाउँदा नि बुझेझैँ लाग्ने, पढ्दा पढ्दै 'अँ त नि, हो नि!' जस्तै लाग्ने, कहिले चाहिँ एकछिन पढ्न रोकेर सोच्नुपर्ने, त्यहि अनुच्छेद फेरि दोहोर्याउनपर्ने, समग्रमा भन्नुपर्दा मलाई रमाइलो लाग्यो पढेर सक्दा! सार्है मन परेकामा चाहिँ "साहित्य - आकुबखडा कि आऊँ" र "औपन्यासिक पात्र: जीवनको पृष्ठभूमिमा" हुन्। अब अरु पनि पढ्नुपर्ला लामिछानेज्युको! ☺️
August 16, 2023
कस्तो सरु जस्तै शङ्कर।
कुनै किताब बारमबार पढ्ने रहर हुन्छ भन्थे। अब यो वाक्य मेरो पनि हुने भयो।

December 13, 2019
Its so good that I finished it in one read but couldn't understand fully
May 8, 2020
Wow. The first few lines of the first essay and I was floored. Thoroughly enjoyed. A unique perspective and some deep thoughts. Fun read.
Currently Reading
March 15, 2015संकर लामिछानेका निवन्ध पढ्दा स्वयम संकर लामिछाने नै मसँग बोलिरहेका छन कि म आफै पढिरहेको छु नै कन्फ्युज हुने।एब्स्ट्रय्ट्राक्ट चिन्तन प्याज पठन समाप्त भएको छ।"सम्झनाको लयमा विलिन हुदै" निवन्ध बढ्दा मजा आयो तर मजा आउदा पनि पछि निवन्धमा के छ भनेर सोच्दा दिमाग खाली भो।#अचम्म
March 15, 2020
Lamichhane, one of the genius of Nepal Literature has shown his realistic approach towards life in Abstract Chintan Pyaz. Anyone who thinks Nepali literature ain't 'that' great, should read this incredibly beautiful book(just to realise how much wrong you are!)
July 24, 2020
One of the best books I've read. Lamichhane is a genius with words and wordplay!
October 26, 2021
A masterpiece.
November 4, 2021
उन्मुक्त लेखनशैली ।
June 4, 2020
सायद मैले बुझे सम्म शंकर लमिछानेको यस निबन्ध सङ्ग्रहमा आफ्नो सम्पुर्ण जिवनको अनुभवको सार प्रस्तुत भएको छ।
देउताको मुर्तिलाई कुनै रुपैयाँमा मात्र चिन्ने लामिछानेलाई कुनै बेला चन्द्र ग्रहणको समयमा कुनै दलित स्त्रीले देख्दा असहज महसुस हुन्छ र मनु आफ्नै लामिछाने बा जस्तै लाग्छ। गोरेटोको खोजीमा संघर्स गर्दै साहित्यमा केहि सफल भएको अनुभव पश्चात् उनिलाई साहित्य बाहिर बाट हेर्नेहरुको लागि आलुबखडा तर भित्र आउँ रहेको बोध हुन्छ। तब साहित्य यथार्थ नभएर काल्पनिक हुन्छ। त्यसपछि उनि लेख्न त लेख्छन तर के हुन्छ यो कथा, प्रबन्ध , उपन्यास, थाहा छैन बस लेख्छन। हरेक पल्ट समयको बसन्त संगै नयाँ नयाँ बादहरुको जन्म भए संगै सो अध्ययन गर्दै जादा आफू भित्र प्याजको पत्रै पत्र रहेको जुन बाहिर सफा चिटिक्कको तर भित्र सडेको र कुहिएको पाउछन् । उनी आफुलाई कुन वादी भनेर प्रस्तुत गर्न सकि रहेका छैनन् किनकी उनिमा हरेक वादको विर्य मिसिएको छ। उनको हरेक प्याज भित्रको सडेको पत्र यौटा वादको उपज हो जसलाई ढाक्नलाई अर्को वादको पत्रको खोल ओडिएको छ। तेसैले उनि आफ्नो हरेक प्याजको पत्रलाई एक एक गरेर छोडाउदै छन। भित्र कुहिएको भएपनी देखियोस। जे सुकै भनोस जो सुकैले भन्दै। सम्झनाको लयलाई समतेर प्रेमको यक्स्टेसीमा पुग्दा प्रेम केवल योनको अचेतन रूप रहेको जुन पेन्डुलम ओस्किलेसन भएर सचेत तर्फ पुग्दा योन र अचेत तर्फ अस्किलेसन हुँदा प्रेम भएको देखिए संगै मन्दिरमा कुँदिएका योन आकृती बाट ईश्वर बढी सचेतन भएको प्रतित हुन्छ। तर स्वयम् भने अन्तमा पैतला रहन पुग्छन र भन्छन। "हामी पैताला हौं फगत पैताला।"
र सायद यहि नै त्यो प्याजको भित्रको अन्तिम पत्र हो। उनिले अझै एक कदम हिम्मत गरेर अन्तिम पत्र पनि छोडाएका भए ? कुन पत्र ले "याब्स्ट्र्याक्ट चिन्तन प्याज" शीर्षक यो निबन्ध संग्रह लेख्थ्यो?

July 29, 2026
2.5 stars rounded up.
This is exactly the kind of book that I struggle to enjoy/appreciate. There are definitely some paragraphs in some essays that are insightful, and that carry these insights in beautifully crafted sentences. But for the most part, the central thesis of most of these essays can be summarized in a single paragraph and the actual content in the essay does very little to build that thesis up -- it's bullet-point thoughts dressed up in a confusing word/thought salad.

December 25, 2017
"अहं ब्रम्हसमी"
June 8, 2018
Truly fantastic
January 17, 2021
must read
April 13, 2021
good book.
June 25, 2021
Malai nai yaad chaina kati choti pade
September 27, 2021
Abstract chintan love it .
May 28, 2022
This is one of my favorite books in Nepali literature from one of my favorite writer. And this book has been my escape whenever I don’t have courage to commit to a new book.
August 4, 2023
" हामी दुइ किन संसारको दुई भिन्न भागमा जन्म्यौं ?
हामी किन संसारको यस भागमा मिल्न पुग्यौं?
हामी किन फेरि छु्ट्टिने होला ? "
सम्झनाको लयमा विलीन हुंदै ...
निकै मन परेको कृति...

July 17, 2024
very introspective and wise, a re-read kinda book
Read
December 3, 2025good
This entire review has been hidden because of spoilers.
June 28, 2026
i dont think i like stream of consiousness style of writing then
July 28, 2026
"हाँस्न जान्नु पनि ठुलो कला हो। मनिसको उमेरमा बिकास हुनासाथै उसको हाँसोको कलामा अनेक रङ चढ्न थालछन्। "
"हाँस्न जान्नु पनि ठुलो कला हो। कुन मनिस सँग कती हास्नुपर्छ त्यो जानियन भने रोयको बराबर दु:ख पाईन्छ।"
"हाँस्न जान्नु पनि ठुलो कला हो। कुन मनिस सँग कती हास्नुपर्छ त्यो जानियन भने रोयको बराबर दु:ख पाईन्छ।"
June 28, 2015
मेरो जीवन नै एउटा एब्स्ट्रयाक्ट जीवन हो, यसबाट त म रोज पन्छिरहेछु, रोज यसलाई पन्छाइरहेछु ।
एब्स्ट्रयाक्ट चिन्तनः प्याज / शङ्कर लामिछाने

November 26, 2016
Exceptional!!!!!!!!!
October 30, 2020
अरुले अनुभबाट सिक्न सिकाए; तिमिले अनुभबलाई सिकाउन सिकायौ 😍
May 19, 2021
I want to read this book