घोषणापत्रमा वाचा गरेजस्तै नेपाली दलहरूले भारत र चीनसँग ‘सन्तुलित सम्बन्ध’ राख्न सक्लान्?
नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बारेका विभिन्न पुस्तकका लेखक सञ्जय उपाध्याय भन्छन्, “नेपालले कूटनीतिक कौशलका माध्यमबाट भारत र चीन दुवैबाट सहयोग पाउन सक्छ जुन एउटाको प्रभाव रोक्न अर्को (देश)ले चाल्ने कदममा निर्भर हुन्छ।”“जोखिम के छ भने त्यस्तो सहयोग मुद्दा केन्द्रित र लेनदेनमा आधारित हुन्छ। उदाहरणका लागि एउटा छिमेकीले राष्ट्रिय स्वाधीनता प्रवर्द्धन गर्ने हाम्रो अभियानमा सघाउने र अर्कोले लोकतान्त्रीकरणमा पूर्ण रूपमा जोड दिने अवस्थामा हामी रहन सक्दैनौँ। हामीलाई दुवैमा सबैको सहयोग चाहिन्छ।”
उपाध्याय भन्छन्, “चीनलाई जोड दिएको हालैको अमेरिकी राष्ट्रिय सुरक्षा रणनीति र शासन व्यवस्थाको सुरक्षामा केन्द्रित रहेको चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय कांग्रेसले नेपालले अबको पाँच वर्षमा भोग्ने मूल चुनौतीबारे स्पष्ट सन्देश दिएको छ। हाम्रो बृहत् विदेश नीति यी अवधारणाभित्र पर्नेछ जसको अर्थ नेपालले (कसैको) पक्ष लिनुपर्ने हुन्छ।”
गम्भीर राजनीतिक अस्थिरता बेहोरिरहेको नेपालका लागि आधारभूत भूराजनीतिक चुनौतीको सामना गर्न गाह्रो हुने उल्लेख गर्दै उनले त्यसो भएमा आर्थिक विकास, सामाजिक समावेशीकरण र अरू महत्त्वपूर्ण अत्यावश्यक मुद्दालाई ओझेलमा पार्ने बताए।
Published on November 05, 2022 09:58
No comments have been added yet.
Sanjay Upadhya's Blog
- Sanjay Upadhya's profile
- 2 followers
Sanjay Upadhya isn't a Goodreads Author
(yet),
but they
do have a blog,
so here are some recent posts imported from
their feed.

