नेपाली आख्यान साहित्यको कथा क्षेत्रमा अविचल उभिएका महेशविक्रम शाहका कथामा नेपाली सामाजिक–सांस्कृतिक चित्र, आञ्चलिक स्वाद, ग्रामीण द्वन्द्वको घाउ झल्किन्छ । सटाहा सङ्ग्रहमार्फत नेपाली कथासाहित्यमा उदाएका शाहका सिपाहीकी स्वास्नी, अफ्रिकन अमिगो, छापामारको छोरो र काठमाडौंमा कामरेड कथासङ्ग्रहमा नेपाली माटो तथा विदेशी पृष्ठभूमिका कथाहरु समेटिएका छन् । तर उनको छैटौं कथासङ्ग्रह ज्याक्सन हाइटले भने अलि फरक स्वाद दिएको छ पाठकलाई । सङ्ग्रहका सबै कथाको सिर्जनभूमि विदेशी परिवेश भए पनि नेपाली डायस्पोरामा आधारित उनका हरेक कथामा कुनै न कुनै रुपमा नेपाली मनका दुःख, वेदना र पीडाहरु समेटिएका छन् । ज्याक्सन हाइटमार्फत विदेशमा रहेका नेपालीको धुकधुकी छाम्न पुगेका शाहले नेपाली मन र विदेशी पृष्ठभूमिलाई राम्ररी सम्बोधन गरेका छन् ।
I visited many countries and met many interesting person without tickets just through this book.Stories of Jackson Height reveals the hardship and struggle of neplease people in forigen land..Writer is able to present the insights of the people and there culture of different society..